Wednesday, October 28, 2020

मेरो टोडको

मेरो टोडको कसरी मानिस फेरिँदो रहेछ ? उस्का सोच, भूमिका, विश्वास, सपना र, सुन्दरताहरू ? ब्यक्तिकालागी विश्वास,सत्य र सुन्दरता पनि समय सापेक्षतामा हुँदा रहेछन् । वाह, जिन्दगीका टर्निङ प्वाइन्ट......। संसारमा कतै कही शेयर गर्न नमिल्ने, नहुँने,खतरा लाग्ने कुरा मान्छेले मनैमा जव गुम्स्याउन सक्दैन् तव उ टोडकोमा गएर पनि भन्छ । हरेक मान्छेका कहीँ न कहीँ,कोही न कोही टोडका हुन्छन् । अाखिर त्यही सुरक्षित टोडकोमै निजीकथाब्यथा सुरक्षित हुन्छन् । हो, मेरो टोडको ... उफ हिजो, अाज, खै भोली कोनी ?

Monday, October 26, 2020

दशैँ : केही अनुभूति, केही अध्ययन

( पठनपूर्व भन्नै पर्ने हुन्छ – यस लेखवारे लेखककै पूर्वप्रकाशित लेख वा टेलिभिन संवादमा आएका प्रसंग विचार र भावना लाग्न सक्लान् । हतारका पाठकलाई लेख केही लामो पनि हुनसक्छ । यसलाई सांस्कृतिक इतिहास, समाजविकास र आलोचनात्मक कोणबाट अध्ययनको लेखकीय अपेक्षा हो । पर्व र धर्म एकै ठाँउमा घालमेल हुँन जाँदा विषयको चुरोमा पुग्न सकिँदैन् । अन्धास्थाले त पढनै गाह्रो पनि पार्न सक्ला । कोरोना माहामारीले पर्वलाई छोट्यांउदै र डिजिटलाइजेसन बनाउदै छ । हिजै लेखको बहुकोणीय संवाद सुन्जुकीसंग भयो । उनी मझधारकी विज्ञानपुत्री हुन् र भगवतीभक्त । कोरोनाले धेरैकुरा भत्कायो । देबीदेवता, शक्तिपीठ गायव भए । डाक्टर र अस्पताल जान प¥यो । तर, घण्टी सोच हराएन । यूरोपमा कतै शक्तिपीठ त छैन ? आरयल त अक्क न बक्क परे । देख्दैछु– मन्दिर, चर्च, सेनेगाग र मस्जिदमा ताल्चा लागे, भक्तजनको रक्षामा कुनै आलौकिक शक्ति धरतीमा उत्रेन । धारको प्रतिकूल चिन्तन गाह्रो छ, त्यस्ले दशैँका विविध आयामबारे लेख्दैछु । ) यो समय पर्वको महाउत्सव–याम हो । हरेक पर्वसंग समाजको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र आर्थिकसंबन्ध जोडिएको मात्रै हुँँदैन्, सामाजिक मनोविज्ञानको तस्विर समेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो –लावर्षा, नागपञ्चमी आयो –गोवर्षा भन्ने लोकोक्ति नै छ । नागपञ्चमीले चाडपर्वको ढोका नै खोलिदिन्छ । हाम्रो समाज कृषि आधारित अर्थतन्त्र भएकाले पर्व कृषिपात्रो र मौसमी हावापानीसंग सरोकार राख्छ । समाजको आर्थिक चरित्र र प्रविधीको विकाससंगै सोच पनि फेरिँदै जान्छन् । हाम्रा चालचलन र पर्वका संवेदना र अर्थ पनि फेरिने भए नै । कतिपय आगन्तुक पर्व र अनुसरणले पनि परम्परागत रितिथिति र पर्वमा प्रभाव पारिरहेका हुन्छन् । अझ बजार मिडियाले पर्वचिन्तनमा जवरजस्ती हस्तक्षेप गर्दैछ । धार्मिक अतिवादले पर्वको महत्वलाई धार्मिक अन्धतामा सिमित पार्नेहुँदा कुपमन्डुक, अवैज्ञानिक र अतार्किकतामा खुम्च्याउने प्रयत्न पनि गर्छन् । आँउनुस् –अहिले भने दशै-तिहारजस्ता नेपाली पर्वका बहानामा ( यो प्रवृत्ति छठ्, होली, ल्होसार र इदमा पनि देखिँदैछन ) धार्मिक आस्थाको विकास, सांस्कृतिक एवं अर्थशास्त्रका विविध पक्षवारे संझिप्त चर्चा गरौँ । १. वैद्धिक इतिहास दशैँ महापर्वकाे रुपमा हिन्दु संस्कृतिमा नेपाली खस आर्य र वंगालीहरुको प्रमुख पर्व हो । अन्य हिन्दुको दोश्रोस्तरको । दशैँसंगै जोडिएका विभिन्न पहलुवारे चर्चागर्दा आर्य र अनार्यको युद्ध अध्ययन आवश्यक हुन्छ । दशैँ–महात्म्य त्यसै पेरीफेरीको युद्दगाथा मात्र हो । दशैँ , दसहरा, बिजोया, आयुध पूजा भनेर भारतवर्षको विभिन्न रुपमा उल्लेखित भएको दशैँ, आर्यहरुको विजयगाथा र आर्य-अनार्य दुई सभ्यताबीचको भिषण टकराहट हो । रावण र महिषासुरसंगको रणविजय नै यस प्राय:द्विप आगन्तुक आर्यको दशैँ–महात्म्य हो । जित्ने देवता बने, हार्ने राक्षस । जित्नेको प्रशंसाको निरन्तरता सन्तान-दरसन्तानले गर्ने नै भए । सिन्धनदी पूर्वका आदिवासी प्रतिरोधी–असुर अत्यन्तै सुरवीर रहेकाले युद्द जितेर पनि मर्माहत भएको घायल आर्यजातिले त्यस प्रतिकारलाई युगौँसम्म विर्सनै सकेन् । तत्कालीन यूद्दगाथा इतिहासकै रुपमा नभै महिषासुर र रावण दहनको धार्मिक कलेवर दिँदै मृत्यूउत्सव मनाँउदै रह्यो । देवासुर संग्राम कुनै दैवीकालमा नभएर आर्यको यस उपमहाद्विपमा आगमनसंगै रैथाने अनार्यसंग भएका लौहयुगको युद्दकथा हो । असुर कुनै हिन्दु वैद्धिकग्रन्थमा वीभत्स चित्रण गरिएका राक्षस नभएर अझै पनि भारतको झारखण्ड, उडिसा र पश्चिम बंगालमा रहेका लोपोन्मुख आदिवासी हुँन जस्को जनशंख्या १९९०को भारतीय जनगणना अनुसार १०,७१२ रहेको छ । झारखण्डमा मात्रै ७,७८३ रहेका छन् । त्यहाँ इसापूर्व ६ हजार वर्ष पहिलादेखि नै मुण्डाहरुको उपस्थिति छ । आर्यसंगको पराजयपछाडि मात्र असुरिया सभ्यता र शक्तिशाली असुर राज्यको पतन सुरु भयो । लौहयुगका जनक असुरको मूख्य पेशा फलाम गलाउने प्राचीनविधी संसारमै अन्य केही अफ्रिकी आदीवासीमा मात्र पाइन्छ । अहिले मुख्य असुरवस्ती झारखण्ड राज्यको गुमला, लोहारदंगा, पालमु र लातेहार जिल्लामा छन् । समाजशास्त्री के. के. ल्युमाका अनुसार अहिलेका असुर महाभारतकालीन असुरवंश नै हुँन भन्ने छ । हाम्रै हुम्ला जिल्लाको श्रीनगर आसपासका माडिला र मदना क्षेत्रमा पनि महिषासुरको पुजा गरिन्छ भने भारतको आदिदबासी क्षेत्र झारखण्ड, उडिसा र बंगालको पुररियाक्षेत्रमा पुजा हुँने गर्छ । अझ झापा जिल्लासंगै जोडिएको पश्चिमवंगाल राज्यको जलपाईगुडी अलिपुरदुआरको माझेरडाबरीका असुरवंशीले दुर्गापुजाको बेला शोक दिवस मनाउन न कपडा लगाँउछन् न घरबाटै बाहिर निक्लन्छन् । उनीहरु आफुलाई महिषासुर वंशीं भन्ने गर्छन् । एकातर्फ विजयादशमीको दिन भारतमा महिषासुर र रावण दहनलाई विजय उत्सवको रुपमा लिईन्छ भने अर्कातर्फ त्यही रावणको पुजा आरधाना गर्ने मन्दिर उत्तरप्रदेशको गाजियावाद विशरख, जोधपुरका दवे,गोधा र श्रीमाली समाज रावणको पुजा हुँने गर्छ । मध्यप्रदेशको मन्दसौर, उज्जैनको चिखलीमा मात्र हैन् कर्णाटकाको कोलार जिल्लामा त रावणलाई अन्न देवताकै रूपमा पुजिन्छ । जैनमत अनुसार रावण राक्षस नभै विद्याधर थिए । महाराष्ट्रको अमरावती र गाढचिरौली जिल्लाका कोरकुर र गोंड आदिवासी रावण र रावणपुत्र मेघनादलाई आफनो देवता नै मान्छन् । महाभारत धेरै अर्थमा यसक्षेत्रको महायूद्द भएपनि सो यूद्दगाथा आर्यहरुबीचमै भएकाले दशैँजस्तो महिषासुर र रावण दहनगर्दै पर्वको रुपमा मृत्यूउत्सव नमानाईएको हो । एकातर्फ अशुरजाति र सभ्यतामाथिको विजयलाई आर्यले विजया दशमीको दिन विजयउत्सव मनाउदै गए भने अशुरले महिषासुर र रावण महिमा गाँउनेगर्छन् । २. पर्वका अर्थशास्त्र हाम्रा पूर्वजहरु फिरन्ते युगबाट मानवसभ्यताको कृषियुगमा पुग्दासम्मका आर्यका कृषि उत्पादन, यूद्द गाथा र आर्थिक सम्बन्धका उत्सव मात्र हैन् । आदिआर्यका उत्सव कृषिअर्थतन्त्रसंग जोडिएका हुन्थे । त्यसैले पर्व पनि मनसुनको अन्त, बालीनाली भित्रिसकेका या खेतीबारीबाट फूर्सद भएको समयमा कृषिपात्रो आधारित हुन्थे । होम, यज्ञ पनि वाली भित्र्याईसकेपछि मात्र हुन्थे । त्यो बेला खोलानाला र बाढी-पैह्रो पनि टरिसकेकाले यात्रा सुगम हुन्थ्यो । कालान्तरमा आर्थिक उत्पादनको संबन्ध फेरिदैँजाँदा र सूचना-संचारले अन्यन्त्रका आक्रमक संस्कृति झेल्न नसक्दा पनि पर्वको अर्थशास्त्र कृषिपात्रोबाट फड्को मार्दे बजार–संस्कृतिमा फेरिंदै गयो । समाजमा पुरानो पुरै छोड्न पनि नसक्ने, नयाँ पुरै स्वीर्कान पनि नसक्ने तप्का हुन्छ नै वैश्विकरणसंगै अहिले भने बजारले मानिसको स्वभावलाई नियन्त्रण र निर्देशन गर्दै पर्वकै अर्थसम्बन्ध पनि फेरिदियो । बजार कि हजार भनिन्छ । बजारमा किन्ने र बेच्ने वस्तुमात्रै हुँदैन्, भावना र आस्था पनि हुन्छन् । त्यही आस्था उरालेर पर्वको बजार चम्कन्छ । बजारले मानिसको सोच र भूमिका फेरीदिएको मात्र छैन् गर्भको बच्चा र आर्यघाटका लास पनि बजारले ग्राहक बनाँईदिएको छ । आस्था र आवेगमा तुजुकको घालमेल हुँने पर्वको बजार अर्थशास्त्र कृतिम आवस्यकता पैदा गरेर अरुभन्दा भिन्न वा उम्दा देखिने मनोविज्ञान बन्दै गएको छ । अझ अतृत्प वासना जगाएर भावनालाई बस्तुमा फेरिदिँदै सुक्रिविक्री गरिदिँदैछ । पर्वको बजार–अर्थशास्त्र भनेको अरुभन्दा कसरी उम्दा र भिन्न देखाउने मनोभाव उत्पादन गर्नु हो । जताततै दशैँँका बम्पर उपहार, छुट्का सामान, दिल र दिमाग छुँने मनमोहक विज्ञापनले भरिएका मिडियाले लुरुलुरु र खुरुखुरी डोरिरहेका मनुवामा ‘ऋण गरेर नि घ्यू पिउने’ मानसिकता बनाईदिने हुँदा ‘आयो दशैँढोल बजाई, गयो दशैँ ऋण बोकाई’ पर्व–अर्थशास्त्रमा आधारित भनाई हो । ३. बली महात्म्य र शक्तिको उपशाना दशैँको बलि–महात्म्य अपरम्पार छ । दशैंको आध्यात्मिक दर्शन भनेकै बली चढाएर गरिने शक्तिको उपासना हो । इस्लाममा पनि कुर्वानीले विशेष महत्व राख्छ । शक्ति पाउँन बलि दिनुपर्छ तर कसैले पनि बाघ, भालुलाई भने बलि दिदैन् । एकातर्फ वैद्धिक इतिहास र राजनीतिको सम्झना, अर्कातर्फ बलि दिएर शक्तिको उपासना दशैँको शक्ति–मनोविज्ञान हो । भक्कुको राँगो बन्न नचाहनेलाई शक्तिले कहिल्यै कसैले पनि मौलामा पर्सनै सक्दैन् । हो …..जहिले र जहाँपनि निमसराकै बली दिईने गरिन्छ । अझ उपासकले कुनै जमानामा शक्ति हत्याउन नरबलि पनि चढाउँथे अरे, नरदेबी त्यसै कहलिएकी हैनन् । कलकत्ते कालीको महिमा विश्वासीका लागी अच्चमै छ । त्यहाँ दुर्गापुजाका लागि ल्याईने माटो अझै “वेश्यालय वा कोठीकै” हुँनुपर्छ । शक्ति हत्याउन, शक्ति रिझाउन नवरात्रको आराधना कुण्डलिनी जगाँउनेको के कुरा गर्ने र ! त्यसवेला नन्दी, भृगीँ, डंकिनी, भूत, प्रेत, पिशाच र तन्त्रविद्याका उपासक सक्रिय हुन्छन् । दशैँका अन्धअनुयायी भनेकै आफुसंग जे छ, त्यो बलि दिएर शक्तिको भक्ति गर्नु हो र दुश्मनका विरुद्द औकात अनुसार आफ्ना कोतमा रहेका पुराना हतियार अर्जाप्नु हो । कमजोरको बलि दिँदै शक्तिलाई रिझाएर शक्ति हासिल गर्नु हो । अहिंसावादी पनि कुभिण्डो, लौका, घिरौंलाको बलि दिने गर्छन् । दशैँमहात्म्य आधुनिक शक्ति उपासकलाई देववाणी बन्ने गर्छ । बलि संस्कृतिमा शक्ति आर्जन हुँनेहुँदा कस्ले कस्लाई कसरी बलि दिने र कसरी भोग खाँने भन्ने तुजुक देखाँउछ । ४. पर्वको सामाजिक र धार्मिक सम्बन्ध बजारले संस्कृति नियन्त्रित र निर्देशित गरिरहेकोले पर्व अहिले सांस्कृतिक निरन्तरतामाभन्दा तुजुक थलोमा फेरिँदैछन् । तुजुकले धर्म र संस्कृतिको निरन्तरता दिन नसक्ने भएकाले समाजिक हैसियत प्रर्दशन थलो बन्दै गएका छन्, पर्वहरु । आधुनिकतासंगै पर्ववारे चर्चा गर्दा धर्म र संस्कृति बीच कति सामिप्यता र कति भिन्नता भन्ने सिमाना छुट्याउनै मुस्किल हुँदै गएको छ । दुवैको एकैठाँउमा घालमेल भएको छ । बजार–संस्कृति र पर्व मिस्कट भएर ठिमाहा संस्कृति बनेको छ । विज्ञानचेत बढाउनु पर्ने मिडिया पनि कर्पोरेटिकरण हुँदा धार्मिक आस्था र विवेक प्रचारकभन्दा अन्धविश्वास फैलाउँदै बजार–संस्कृतिको मलजल गर्नेे माध्यम बनेका छन् । एण्टीकरेण्ट वा एण्टीमार्केट मिडिया सामाग्री बन्नै सक्दैन् । त्यसैले सामाजिक मनोदशा पर्वलाई के कसरी बुझ्नेमा अन्यौलता आएको छ । को सुर ! को असुर !, को नायक ! को खलनायक ! भन्ने समय सापेक्ष हुन्छ । हरेक समाज र संस्कृतिमा जित्दा देवता र हार्दा दैत्य हुन्छन् । नायक र खलनायकको बीचको दुरी पनि एउटा सानो रेखाले मात्रतय गर्छ । यी भनेका शक्तिले लगाईदिएको सिमाना र बन्ने धारणामा भर पर्ने विषय हुन् । शक्ति र दशैँबीच अचम्मकै साईनो जोडिएको हुँदा सत्तासंस्कृतिसंग जोडिने नै भयो । हतियारमा साँध लगायो, युद्ध अभ्यास पर्व मनायो । सामान्ती यूगका आर्य राजा, महाराजाहरु दशैँमै युद्ध अभ्यास र युद्दअभियान चलाउँथे । युद्धले नरबलि त खान्छ नै । शक्ति हत्याउन् प्रत्यक्ष वा छद्म आवस्यक हुन्छ । शक्तिरुपा अत्यन्तै चंचल भएर रुप, धन र बलको खास्टो ओड्दै मोहनी लाँउछे । संसारमा शक्तिलाई कसैले कज्याउन सकेन् तर त्यसको भोकले पनि कसैलाई पनि छोडेन् । अश्वमेद्ध यज्ञ र स्यामाकर्णे घोडा पौराणिक शक्ति कथा अहिले पनि मिठास हुन्छन् । कोत गारतमा बलि दिएर, हतियार पुजा गरेता पनि शास्त्र कहिल्यै आफ्नोे भने हुनेहैन् । समय चिनेर चलाउने युक्ति बुद्धिको स्वामित्व हतियारमाथी हुन्छ । रावण विद्धान थिए, वैद्धिक हिन्दु आख्यान पनि यसै भन्छन् । शक्तिको घोडा चढेर चाबुक मार्न सकिएन् भने उल्टो शक्तिनै घोडा चढ्छ् । हिजाका शक्तिवान भोलिका बबुरा इतिहासका नजिर हुन । आफैँले प्रयोग गरेको हतियार भोलि अर्काले प्रयोग गर्यो भने आफ्नै गर्दन छिनाल्ने कुरा कम्मरमा खुकुरी भिर्ने वित्तिकै अमरसिंह थापा सोच्नेले बुझ्दैनन् । शितयुद्ध र मनोयुद्ध त एउटौ लास नपारी शक्ति आर्जन खेल भएकोले दशैँको सौन्दर्यशास्त्र शक्तिप्यासाका लागि अदभूतै हुने गर्छ । तर, दशैँले दिएको शक्ति–उपासना र बलि सिद्धान्त कतिले हेक्का राख्छन् भिन्नै कुरा हो । ५. समाजशास्त्र र दशैँ हरेक जाति, समाज र संस्कृतिमा पर्वले आफ्नै समयका प्रकृतिसंग पौँठाजोरी, मानवयी द्धन्द र युद्ध, राजनीतिक गाथा र सामाजिक लोकमनोरंजनका सरोकारबन्दै सांस्कृतिक चरित्रलाई निरन्तरता दिईएका हुन्छन् । प्राकृतिक पुजकले प्रकृतिमा भएका चमत्कार, त्यसले पैदा गर्ने भय, त्यसवाट उन्मुक्तिका प्रयत्न, आशा र अपेक्षासंग पर्वमहात्म्य जोडेका हुन्छन् । नागपंचमी त्यही एउटा उदाहरण हो । ती पर्व कालान्तरमा धर्मका रुपलिँदै संस्कृतिमा फेरिँदै जान्छन् । मृत्यूपछिको मोक्ष र असुरक्षाको डर, सुखी जिन्दिगीको कल्पनाले धेरै भाकल, पुजा, आरधाना र बलि, र शक्तिको भक्तिले मान्छेलाई आस्तिकतामा पु¥याउदै गयो । समाज विकाससंगै संरक्षक, युद्दनायक, शक्तिशाली र विजेता जन्मदै गए । कालान्तरमा ती देवी-देवतामा फेरिए भने पराजीत भने राक्षेस र सैतानको रुपमा । विजेताको गुनगान र पराजितको घृणाले कालान्तरमा पर्वको शक्तिको दैवीरुप धारणगर्दै पर्वमा फेरिँदै गयो । भयको मनोविज्ञान भनेको शक्तिका उपासक हुन् । यसमा शक्ति–सौन्दयशास्त्रीहरुको दिमागी चमत्कार चातुर्यता पनि लगाँउदै गए । अहिले हामीबीच जो जति शक्तिशाली छ, त्यतिकै धार्मिक र अन्धविश्वासी पनि छ, । जति धन, बल र राजकीय सत्ता हत्याउँछ वा अभिलाषी हुन्छ त्यो त्यतिकै मन्दिर, मस्जिद, चर्च र गुम्बा धाउने पनि गर्छ । जोड्ले घण्टा हल्लाउँछ र उचों स्वरमा शंखफुक्छ । हरेक पर्वको विश्वास र गच्छे अनुसारको अर्थ लाग्छन् । आध्यत्मवादी र अन्धविश्वासीहरुलाई शक्ति आर्जन गर्ने दशैँ साईत हुन्छ भने नवधनाढ्यलाई चाड्वाड तुजुग देखाउने थलो बन्दै गएको छ । खेती-किसानीमा थाकेका किसानलाई विश्रामयाम बनिदिन्छ । सांस्कृतिक रुपमा भने गरिब गुरुवाका बच्चाबच्चीलाई वर्षदिन चिची र नाना बनेर आँउछ, गरिबलाई जोहो गरेर मिठो मसिनु खाने यो पर्व खेती किसानबाट फूर्सदको समय बन्छ । सामाजिक भेटघाट, रासरौस, मिठोमसिनो संगोलमा खाने, बिरक्तिएको भ्रमित आफन्तिलो मनको कालोमैलो धुने, नाता संबन्धलाई अर्जाप्ने, विगतको कटुता भुलाएर नयाँ संबन्ध सुरुवात गर्ने मौका पनि बन्छ । देशमा लाहुरे बन्दै विदेश भित्रिने र शहर गाँउमा पस्ने, पुर्खौली थातथलो पुग्ने र मान्यजनको आशिर्वाद लिने अवसर बन्छ । उमेरमा यौवन साटने, साथसंगीसंग कालान्तरमा भेटघाट गर्ने, सामाजिक संबन्ध र भावनाको पर्वरुपी दशैँ सामाजिक सदभावको मञ्च पनि हो । हरेक बालापनकाको मिठो सम्झना पर्वे सांस्कृतिक निरन्तरता हो । तर अहिले दशैँ सांस्कृतिक रुपमा कम, अन्धआस्था र तुजुकको घालमेलका रुपमा बढी देखिँदै छ । कोरोना माहामारी ती सुखद्पक्षको दुश्मन बन्यो ६. आस्था र प्रविधी प्रविधीको विकाससंगै सञ्चारको ब्यापकताले आस्था पनि प्रविधीमार्फत बजार–आध्यात्म फैलाउदै दशैँलाई डिजिटल पर्व बनाँउदै छ । प्रविधी विज्ञानको उपज हो भने विज्ञानले जहिले पनि वैज्ञानिक दृष्टिकोणको अपेक्षा गर्छ । तर कयौँ विज्ञानका सन्तान र उपयोग गर्ने नै वैज्ञानिक दृष्टिकोण भने राख्दैनन् । अत्याधिक वैज्ञानिक नै अन्धविश्वासी, रुढीवादी हुन्छन् । अझ जति मान्छे धनाढ्य वा शक्तिशाली हुन्छन् सो स्तर घट्ला वा अझप्राप्तिको लालसाले त्यतिनै तर्क, प्रमाणभन्दा अन्धआस्था वा शक्तिको लालशी बन्छन् सामर्थ्य पनि उनीलाई नै नायक ठान्दैे प्रविधीले फैलाउने आध्यात्म वा अन्धविश्वासको अनुसरण गर्न पुग्छन । तव धर्म, पर्व र आस्थाले डिजिटलाईजेसन बन्दै स्वआतंकबाट मुक्त हुँन पर्वलाई सांस्कृतिकीकरण गर्नुभन्दा पनि या त उपभोक्तावादी बनाईदिँदैछ या शिक्षित एवं आधुनिक रुढिवादी फेरिदिँदै छ । हरेक समाजका आआफना पर्वका शैली हुन्छन् तर अहिले प्रविधी र मिडियाको सयुक्त अभ्यासमा अन्यन्त्रको दशैँशैलीले मौलिक आफ्नै दशैँसंस्कृतिमा आक्रमण गरिरहेको छ । ‘. ७. आगन्तुक संस्कृति र त्यसले समाजमा पारेको प्रभाव भनिसकियो..‘ एकातर्फ पुँजी, प्रविधी र मिडियाको घालमेलले हाम्रा चालचलन, रहनसहन, खानपिन र सोचमा प्रभाव पार्दैछ अर्कातर्फ जनसंख्याको धेरैठूलो हिस्सा देश बाहिर छ । त्यो बाहिर मात्र छैन् त्यहाँको पर्व, संस्कृति र चालचलनसंग पनि प्रभावित हुँदैछ । अर्कातर्फ हामीसंगका मौलिक पर्वहुँदा पनि आफनालाई वास्ता नहुँने र “सभ्य” हुन अरुहरुकालाई आत्मासात गर्ने देखिन्छ । आफूलाई कट्टर धार्मिक भन्ने पनि पश्चिमा सांस्कृतिक नक्कल बर्थ डे, किटी पार्टी, फाष्ट फुड कल्चर, अप्रिल फुल, गेग्रियन न्यूइयर, फादर डे, मदर डे‘, के के हुन के के डेहरु, पश्चिमाशैलीका वैवाहिक पद्दति र एनभरसरी जस्ता चलन सामान्यबन्दै गएका छन् भने अरु हिन्दु वा बाैद्धमतानुसारका पर्वमा पनि तुजुक देखाउन् हावी हुँदै गएको छ । विवाह, मृत्यू वा अन्य संस्कार पनि त्यसैबाट प्रभवित हुँदै गएका छन् । त्यसमा ब्यापक बढ्दो धर्मपरिवर्तनले पनि पर्व र संस्कृतिलाई असर पारिरहेकोे छ । अन्तमा … दशैँ र संस्कृति चर्चाको बिट मार्न थाल्दा चाहे इतिहास– वैद्धिक होस् वा लिखत वा अलिखत हत्तस् होस् इतिहासलाई इतिहासकै रुपमा र घटनालाई त्यसकाल, परिस्थति, त्यसवेलाको मानव चेतना, द्धन्दको अवस्था, आर्थिक र सामाजिक सम्बन्ध, उत्पादनको मानव श्रमसंगको सरोकार, युद्धका विजेता र पराजित शक्तिको रुपमा हेर्न आवश्यक हुन्छ । कुनै पनि ऐतिहासिक घटनाले पर्वको रुपलिन लामो समयको सांस्कृतिक यात्रा पुरा गरेको हुन्छ । नायक र खलनायकबीचको दुरी त्यति टाढाको हुँदैन । जितारुका विजयगाथा लेखिन्छन्, प्रतिद्धन्दी शक्तिशाली छ भने उसलाई कुरुप पात्र, खलनायक वा राक्षश भनिन्छ नत्र विश्मृतिका गर्भमा हराँउछन् । कसैको देवता कसैको राक्षस हुन्छ । जहिले पनि शक्ति चाकर खोज्छ भने चाकरी बजाएर शक्ति हासिल गर्न सकिन्छ भने विभिन्न प्रकारको बलि चतुरेले सदाकालमा दिँदै आएका छन् । धर्म र संस्कृति एउटै नभए पनि धर्म संस्कृतिको आडमा मात्र जिउन सक्छ । कुनै देशको अस्तित्व ध्वस्त गर्नु छ भने भाषा साहित्य र संस्कृतिमाथि आक्रमण गरिन्छ । जति शक्तिशाली, धनाढ्य हुन्छ,ऊ त्यतिनै डरपोक र अन्धधर्मात्मा बन्छ । आधुनिकता विज्ञानपथमा नभई रुढिवादमा धर्मकर्म बन्दै समाजमा तुजुक प्रदर्शन गर्दोछ । दशैँको ऐतहिासिक युद्दगाथाको अहिलेको अवस्थालाई मानवसभ्यताको विकस र यसभेगको द्दन्द अध्यताको रुपमा अध्ययन गर्ने कि ! स्वस्थ बहस र छलफलका लागि – narenjp@gmail.com

संवेदनाहीन सत्ता र विश्वासको संकट

संवेदनाहीन सत्ता र विश्वासको संकट नरेन्द्रजंग पिटर२०७७, १० कार्तिक सोमबार ०५:५७ जवसम्म समस्या अरुलाई मात्र पर्छ तवसम्म गम्भीर विषय पनि सामान्य ठानिन्छ । त्यो अरुलाई मात्र हो, मलाई त छुँदैछुँदैन भन्ने सोचिन्छ । खाई, पिई अघाएका शक्तिशालीहरु अजम्वरी सोच्छन् । विश्व कोरोनाको माहामारीमा छ तर शासकलाई बरदान भयो । कात्रो ब्यापार फस्टाएकै छ । आफैँ अस्वस्थ भएपछि भने मेरो सरोकारको विषयमा अस्पतालमा भर्ना हुँन् कुन, कुन पापड बेल्नुपर्ने हो ? आसियु कहाँ छन् ? कस्को सिफारिस चल्ने हो ? पैसा जोगाड कसरी गर्ने ? चिन्ता छायो । सरकारले आफ्नो ब्यबस्था आफैँ गर् या पशुपतिनाथको भर पर् भनेपछि तव सरकार भन्ने जिनिसबारे प्रश्न उठे । यसैपनि चुलोमा के पाकेको छ भन्ने कुरा आंगनले नै देखाँउछ, सत्ता नियाल्न सिहदरवार हैन्,वालुवाटार नियाल्नुपर्छ । युरोपमा दोश्रोचरणको कोरोनाकाल सुरुभयो । कोरोना टाउकोमा सवार छ, तर सरकार जिम्मेवारीबाट हट्छ भने सरकार, राज्य र अवस्थाबारे सोच्न बाध्य पार्दैछ । के हामी त्यसबाट अछुतो हौँला । वा सरकारी मान्छे सरकारी नेकपालाई यो चिन्ता, चासो र सरोकार हुँने कि नहुँने ? कोरोना जिम्मेवारीबाट स्वमुक्त हुँनु सरकारी संवेदनाको निकृष्ट पराकाष्टा थियो, हो र रहनेछ । अस्पतालका २ लाख धरौटी मागका सूचना आए । डिलक्स अस्पतालका विसौँलाखका बिल देखा परे । सो घोषणासंगै राज्यतन्त्रबारे अनेकौँ कुरा गम्न वाध्य बनायो – म के नागरिक हुँ ? के म जन्मेको हुर्केको, रहेको राजनीतिक भूगोल मेरै देश वा राज्य हो ? राज्य र नागरिक हुँन के, के आधारभूत सर्त पुरा हुँनुपर्छ ? समाजवाद उन्मुख राज्यका आधारभूत चरित्र के, के हुँन्छन् ? के मलाईजस्तै चिन्ता सरकारीमान्छेलाई पनि छ ? वा उनीहरुलाई कोरोनाले छुँदैन् ? सरकारी नेकपाको मौनताले कोरोना उनीहरुबाहेकलाई मात्रै लाग्छ कि जस्तो भएको छ । कम्युनिष्ट हुँनुका नाताले ‘कम्युनिष्ट सरकार’ र नेतृत्वको विरोध गर्ने पटक्कै मन थिएन् । अझ विरामीले गाँजेको बेला जेपनि हुँने संघारमा रहेको मान्छेले देश, सरकार, मानवता, राजनीति जस्ता विषय किन सोच्ने ? यस्ता चिन्ताले त रोग अझ बढछ, मनोदशा कमजोर बनाँउछ नै । थाहा छैन् म पनि यस्लाई कसरी सामना गर्छु ! तर सामने आएका प्रश्नबाट भने म पनि उम्कन सक्दिन् । त्यसैले मौनता अपराध हो भने सरोकारको विषय बन्नैपर्छ । विश्वासको संकट भ्रमको उत्पादन सवै प्रश्नको केन्द्रिय उत्तर त राजनीतिमा हुन्छ । ताली पनि कमाण्डरलाई, गाली पनि कमाण्डरलाई नै हुन्छ । प्रधानमन्त्रीले पार्टी सरकार, जनमत, ब्युरोक्रेसीबाट र्अथात चौतर्फी विश्वास गुमाईसके । ज्वालामुखीको क्रेटरमा उभिएको सत्ता कुनै पनि वेला भरिएको बेलुनमा एउटा सामान्य पिन घोचिएपनि ब्लाष्ट हुनसक्छ । समस्या के हो भने यसले एउटा ब्यक्तिलाई मात्रै असर गर्छ की ! समग्र ब्यबस्थालाई नै ? गम्भीर प्रश्न बन्यो । संकटको आभास भएरै भारतीय हेपाहा प्रबृतिविरुद्दको चट्टाने अडान राख्ने भनिएका प्रधानमन्त्रीको दृढअडानलाई एउटा उच्चकोटीको जासुस(रिर्सच एण्ड एनालाइसिस विंग) प्रमुख सामन्तकुमार गोयलले विटुल्याइदिए भने कालापानीबारे अभद्र टिप्पणी गर्ने भारतीय प्रधान सेनापति आगमनपूर्व धेरै समिकरण फेरिदैछन् । चट्टान पग्लिएकोमा भारतीय मिडिया (द हिन्दु, इण्डियन एक्सप्रेस जस्तामिडिया) तिघ्रा बजाँउदै छन् । विश्वासको संकटसंगै भ्रमका खेल सुरु हुन्छन् । त्यो नागाेंपना पार्टीभित्र कर्णाली प्रदेशमा देखाप¥यो भने संकटमोचनमा हिजोका पार्टीको आवेग र उत्तेजना फैलाउन खोजिदैछ । अहिलेको सवभन्दा ठूलो समस्या प्रधानमन्त्री र सरकारबीच विश्वासको संकट हो । सत्ता जनतालाई भीड बनाउन चहान्छ । भीडसंग विचार, सपना, कार्ययोजना, लक्ष र नेता केही हुँदैन् । जस्ले पनि प्रयोग गर्न सक्छ । भीड एक बोरा आलु जस्तै हो ।बोरा खोल्ने बित्तिकै एक एक अंशमा छितरिन्छन । गतसाल प्रायोजित ढंगले पुर्ब सभामुख कृष्ण बहादुर महरालाई (शिर्षक भने उनैले दिए) परिवन्दमा फसाइयो, यसपटक कर्णालीको मुख्यमन्त्रीलाई सहमति बिपरित हटाउने नाटक रचियो र एकलौटी मन्त्री मण्डलमा मन्त्रीहरु थपियो । कार्यकारी अध्यक्ष र सचिवालयको सल्लाह बिना राजनैतिक नियुक्ति भए । पार्टी एकताका काम १० दिनमा सक्ने सहमति पहिलाका निर्णय जस्तै अर्थहीन भए । संघियताको मर्म बिपरित प्रदेशलाई केन्द्रको युनिट भनेर परिभाषित गर्ने गैह्रसंवैधानिक काम भए । बिनासकाले विपरित बुद्दी भएपछि वास्तविक रुपमा प्रष्टिनै पर्थ्यो । संवैधानिक अंग खुम्चिए, शक्ति केन्द्रिकरण र ब्यक्तिकरण भयो । पिरामिड आकारको सत्ताको केन्द्रमा ब्यक्ति हुकुमशाली बन्छ भने तहगत आदेशपालनमा अन्य संस्था वा ब्यक्ति रहन्छन् । राज्यका संवैधानिक अंग या औचित्यहीन हुन्छन् या निष्कृय । पार्टी भन्ने कुनै संस्था त हुँदैहुँदैन् । सन १९३३मा जर्मनीमा तेस्रो संसद बनेपछि एडोल्फ हिटिलरले सरकारमा पार्टीको कुँनै भूमिका हुदैन्भन्दै शक्ति केन्द्रिकरणगर्दै विश्वासपात्रवाट घेरिएर पार्टीका पुराना नेता कार्यकर्ता वाइपास गराए । आश र त्रासले लतारिएकाले भने झर्ला खाँउला भनेर उनका हरेक कामको सर्मथक बन्दै गएर एउटा समाजवादी पार्टी क्रमशः फासीवादमा फेरिँदै गयो । संसारमै कोरणकालमा अदालत शासकको हित वकालतकर्ता बनेको टर्की, भारत, हंगेरी आदि देश त उदाहरण बने । प्रधानमन्त्रीलाई आलोचनाले केही फरक पर्दैन । राय जान्नको बदला, आवेग भरेर राय बनाउने कोशिस गर्र्दैछन् । जुन राष्ट्यिताको बुईमा चढेर उनी चट्टान बनेका थिए, त्यो पग्लिसक्यो । उमेर बढदैजाँदा, रोगले गाल्दैजाँदा चिढचिढापन त बढछ नै । जव अहंकारले सहयोद्दालाई दुश्मन देख्नथाल्छ तव बदलाभाव र सवै समस्याका कारक आप्mनै पार्टी र सहयोद्दामा देखिन्छ । गरौँ त, गरौ के ? भन्ने अवस्थामा प्रधानमन्त्री छन् । भूसंवेदनशील देशमा त्यो राजनीतिक घटनामा छिटै देखिनेछ । समय खराव हुन्छ भने उँटमा चढेपनि मान्छेलाइ कुकुरले टोक्न सक्छ । जव मान्छे शिर्षासनमा बस्छ, तव जमिनी वास्तविकताबाट उ टाढिन्छ । अनुमानै लगाँउन सक्दैन् । पेटमा दाँत, राख्ने मान्छेलाइ सहमति र सम्झौता भनेको समय घर्काउने शक्ति सञ्चयकाल मात्र हुन्छ । मान्छेका तृष्णा कहिल्यै भरीदैन् जसरी समुद्र, मसानघाट तृष्णाको घडा र मान्छेको मनलाई नियाल्दा थहाहुन्छ तर दुध उम्ले पछि पोखिने गर्छ । दुध पोखिनका एउटै कारण भने हुँदैन् । छचल्केर, भाडोँ भरिएर, उम्लेर, भाँडै घोप्टेर वा चुहिएर त्यो परिस्थितिमा भरपर्छ । सवै तरल पदार्थ एकै ठाँउमा राखे पनि पहिलाकै रूप र चरित्र राख्छन् भने आपसमा कहिल्यै मिल्दैनन । आपसमा अन्तरघुलन भने पनि मूल गुण र चरित्र एउटाकै हुन्छ भने त्यो मिलाप हुँदैन । जव दुवैले पहिलाको रूप र गुण फेरेर तेश्रो बन्छन् तव मात्र मिलाप भन्न सकिन्छ । हरेक संगम नदीका मिलाप मात्रै हैन् अगाडि भंगाला फुटन सक्छन् । संकटबाट पार पाउन प्रधानमन्त्री पूर्ववर्ति समूहको आवेग भर्न चहान्छन् तर कोशी र कर्णालीमा पानी धेरै बगिसकेको हेक्का भने राखेको देखिँदैन् । समस्या कहाँ छ ? सरकारी नेकपाको समस्या भनेको संरचनामा, संस्थामा र मूल्यमा हो तर समस्याको हल भने प्रधानमन्त्री प्रविधिक रुपमा खोज्दैछन । समस्या भित्र छ, बाहिर खोजिन नक्कली दुश्मन तयार गरिँदैछ । लोकपृय नाराबाट सत्तामा पुगेपनि लोकतान्त्रिक आर्दशमा ढाल्न सकेन भने सामन्ती अहंकारमा फेरिएर टुट्न सक्ने झुक्न नसक्ने स्वभाव विकास हुन्छ । त्यसले ब्यक्ति त ध्यस्त हुन्छनै, ब्यबस्था पनि जोगाउन सकिँदैन् । सामाजिक अवस्थालाई अंकगणितको बहुमतले मात्र धान्नै सक्दैन् । विभत्स सुन्दरता भनेकै जे छ, त्यो भन्न नसक्नु तर सहयोद्दाको मान मर्दन गर्न र संस्थागत भ्रष्टाचारको संरक्षण र प्रोत्साहान हो । समर्थनलिने तरिका भय र प्रलोभन हो । त्यसकोलागि अख्तियारको हतियार न्यायिक र अर्धन्यायिक निकायको प्रयोग र आतंक हो । भय र प्रलोभनले समिकरणको तोडफोड हो । अहंकारको व्यबस्थापन हुँन नसक्नु र आलोचनात्मक चेत ध्वस्त हुनु समस्या हुँन् । यो सरकारी नेकपा सत्ताधारी पार्टी भएकोले यो प्रधानमन्त्रीको ब्यक्तिको मात्रै नभै प्रश्न देशको संकटग्रस्त समस्या हो । अन्तमा बाँच्नेको आधार, आशाको जननी, निराशाको अन्त भनेको विश्वासको थलोको जर्गेना हो । सरकारी भूमिका नियाल्दा आशा मर्दैछन् आक्रोस मौलाउदै छ, त्यसले कुनै पनि रुप कुनै पनि समय लिन सक्छ । कोरनाकालमा अझ शासनका सूझाव, आदेश र सल्लाहालाई परिणामले लत्यायो । आपत–साहारा सरकार मात्रै हैन् भगवान, अल्लाहा र इश्वर मन्दिर, मस्जिद, चर्च खालीगरेर भागी सके तर कर्मकाण्डी हाम्रो घन्टादर्शनलाई भने असर परेन् । के यो निराशालाई आशामा फेर्ने उपायको खोजीमा सकृय हुँने संकटद्धारमा पनि उपाय छैनन त ? अवस्य छन्, हुन्छन् । हरेक रोगले आफैसंग उपचार लिएर आएका हुन्छन् मात्रै चाहियो सही डाइगोनोसिस र सही ट्रिटमेन्ट । आशा जीवन हो रक्षा गरौँ ।

Sunday, October 4, 2020

मित्र संवाद ७

एउटा कुरा याद छ ? पहिलो दिन स्कुल गएको ? पहिलो दिन त्यति थाहा नभए पनि अहिले केही झझल्को भने अायो । पहिलो दिन सरस्वती पुजाको दिन । बाले बोकेर लानु भो । गुरू रत्नप्रसाद पराजुली थिए । हामी ज्याम्देल भन्थिँउ । चन्दनीको डाँडोमा गणेश प्रावी अहिले त उच्चमावी भएछ । बाले भर्ना गरेर फकाउदै छोडेका । सरस्वती पुजाको प्रसाद, रंङगी विरंग अपरिचत केटाकेटी । अर्जुनदाइ, शान्त, बद्री, उपेन्द्र, केशर, शिवराम..... सवै सवै । अनगिन्ती नचिनेका मान्छे । रमाइलै लाग्यो । इँटाले बनेको लामो घर, बनोट अलगै थियो । त्यस्ताघर साहु टोला अधिकारीका पनि थिएनन । बाहिर पटटी कुर्सीमा बसेका गूरू, उनको पाउमा ढोगेका बुढापाका, तन्नेरी । कतिले हात जोडेर नमस्ते गरेका । पिपलको बुढो रूख, छेउमा ...पोखरी । काल्चाको पसल,. रेवतीका बाबाको अारण । अली माथी गएपछि पिल्लाबोट, सिमलका अजंङका रूख । कहिले बाले, कहिले दिदीले पुर्याउथे । पछि त बद्रीदाइले हात समातेर लान थाले । हामी पनि पहिलाको घर(तेजवहादुरको अहिलेको घर)बाट पर्ती फाँडेको तल झरिसक्याथियाै । जुठेसार्कीले घर बनाएका । हाम्रा टोलमाथी सासाना टोल थिए। पानी ढलो यता र उताका केटाकेटी कम चिनिन्थ्यो । स्कूल गएपछि अाखाँ त चाैडा पो भएछन,। कक्षामा अधिकारी, लुइटेल, गाैतम, बाोहरा, नेवार, दमाइ,कामी, अोहो संसार त सोच्या भन्दा फरक । विभिन्न कक्षा हुँदा रहेछन । अलीअली फरक पारेर बस्ने । घरबाट चकटी लगेर बस्ने । कति राम्रो चिटिक्कको चकटी अामैले बनेकी । सिलोट, बारखरीको किताव, खरी ढुङगो । सरहरु ? स्कुलको अवस्था ? सकूल जस्ताले छाएको थियो, पानी अाउदा गित बजाउने । हाम्रा माडसावहरूमा मुल त रत्न प्रसाद भै हाले । अरूमा कृष्ण प्रसाद पराजुली (साहित्यकार,भाषाविद) गोविन्द पराजुली (पूर्व न्यायाधिस) गोपाल प्रसाद पराजुली(साहित्यकार) श्रृसिराज सुवेदी, रामसरण लुइटेल, झिगु खोला जलाधारका चेतनापुञ्ज पुस्पराज ढुंगाना, बिदामा अाउने दीनानाथ ढुंगाना पनि रहे । अनि स्वयसेवा गरेर शिक्षादान गर्ने धेरैले पुन्यकर्म गर्ने हुन्थे । स्कूल चलाउन गाह्रो थियो मानामुठीले । शिक्षक खर्च धानिन्थ्यो । रत्नप्रसाद लामिछाने, पुष्पराज ढुंगाना, मानप्रसाद अधिकारी, बेदप्रसाद लुइटेल र ज्याम्देल परिवारको ठूलो योगदान थियो । अझ त्यहा भब्य पुस्तकालयमा नेपाली हिन्दी, अंग्रेजीका महत्वपूर्ण ग्रन्थ र पुस्तक हुन्थे । जागृत पुस्तकालयमा त्यो क्षेत्रकै पढनेको धुइरो लागथ्यो । मैले रबिन्द्रनाथ टैगोरको गोरा पहिलो पटक त्यहीँ देखेको हुँ । देशकै चर्चित पुस्तकालय खोल्ने पुषराज र रत्नको योगदानले त्यो क्षेत्र नै मगमगायो । सानु कदको अग्लो मान्छे रत्नको स्मृतिमा मैले लेख्या छु ..... फूलको वास्ना वरी परी, मान्छेको वास्ना डाँडा पारी । ५कक्षामा पुग्दानपुग्दै पुस्तकालयले मलाइ लोभ्याइसक्या थियो । ढाडे बिरालो आएछ भन्दा कस्तो लाग्यो ? थाहा पाउनु भएन छ जस्तो ? कति उचो प्रतिक ।खिस्स हासिदिन्थे । अामाका मुद्राभाषाले धेरै कुरा भन्थ्यो । छोराछोरी कस्लाइ धेरै माया गर्नुहुन्थ्यो, कसैलाइ पत्तै हुदैनथ्यो । अामासंग लामालामा कथा हुन्थे । थाकेर अाएपनि सुनाउनुहुन्थ्यो । कति धेरै प्यार,दोष बिरालो लाइ । त्यसमा पनि ढाडे बिरालो । बाबु सवै पढ् तर गिता नपढ, धुर्व । गितापढेपछि मान्छे वाैलाउछन रे, जोगी हुन्छन रे । तँ नजन्म्या भए मैले साैता पाँउथे काले । यसरी माया पोख्नुहुन्थ्यो । रोपारका खाजा च्यूरा अचार कहिल्यै अाफू नखाइ छोराछोरीलाइ ल्याइदिने । हो नि । मोह हुन्न केहीको ।काम क्रोध लोभ मोह ले नै हो पारिवारिक बन्धन । होला हक्की हुनुहुन्थ्यो हजुरबा । न ल्याउन के बेर । तर बुढाबुढी अति मिल्ने । हजुरआमाले मेरो आमाले बुवालाइ गरेजस्तो व्यबहार कहिले देखिन । मान्छेका अनेक प्रसङ्गका कुरा दुइ बुढाबुढी रातभर कुरा गर्थे । नमिल्ने भए रातभर कुरै हुन्न थियो । कसरी हात भाचिएको थियो ? भर्खर व्रतबन्ध भएको । जिम्वालको नातिसंग । फागुनको महिना थियो । फिस बुझाउने एक मोहर पैसा घरमा थिएन । तव त्यो दिन स्कूल जाँन सकिन । भोली जालास भनिन, कालीबुढीले । दिँउसो बाख्रा हेर्न सेतीमाटी गँइ । सुकेका बुटयानमा पात नभएका । तलतिर तहलहाउदा पालुवा देखेका बाख्रा हामफालेर भाग्न थाले । रोक्न सकिन । गाैबारीमा ठोसा थिए । रूदै छेक्न खोजीँ सकिँन । बारीका कान्लाबाट हामफाल्दै बाख्रासंग जाँदा नेपेदाइको बाह्रिकान्लाबाट फाल हाल्दा लडीँ, पधेरामा भिमसेन सापकोटाको श्रीमतिले देखिछन्र । घरमा खवर भो । अामाले रूदै बा दिदी भएका ठाँउमा लगे । बादिदीहरूखोड खन्ने कुल्ली काम गर्थे । सवैले चाइनाअस्पताल काफले डि लगे । चाइनिजले मायालु तरिकाले हातमा काम्रो बाँधे । पहिलाचोटी चिया र पाउरोटी त्यही खाएको । भोलीपल्ट काठमान्डु एक्सरे गर्न लानु पर्छ भनेछन् । घर फर्केर अाएपछि एक्सरेलाइ अप्रेसन चिर्ने भनेर बुझिएछ । अप्रेसन नगर्ने निधो भएछ । हामी जव क्याम्पमा गएनाै तव दोभाषे उपरसेठ बानियासंगै पो डक्टर घरमा अाए । मलाइ लुकाइयो । बद्रीदाइका बा जेठा सापकोटाले जडिबुटी ल्याएर काम्रो बाँधे । २१ दिनपछि खोलियो । हात बाङगो भयो । अझै कुम छुन सक्दिन । यसले मलाइ ठूलो शिक्षा दियो भने म्लेक्षको हातको चिया पाउरोटी खाएर मेरो पहिलो पटक जात गएको हो । घरमा अाएर सुनपानी छर्केर नयाँ जनै फेरेर जात फर्काको । त्यसपछि फ़ेरि जात गएको थाहा पाएकी पाएनन ? कति पल्ट गयो होला जात ? जात गएका कथाहरु आफ्नो मात्र होइन अरुका देखेका भोगेका सबैका जात गएका फर्किएका कथा भाका हारेर लेख्नुस । जात फालेर जातमा फर्केका धेरै जोडिदार अहिले देख्छु । उनीहरू कर्मकाण्डी बने – कोही अास्थाका नाममा, कोही संस्कृति र परपराका नाममा । सवैसंग अाफनो अाैचित्य पुष्ट गर्ने तर्क हुन्छन । तर्क र कुतर्क कोरलिन्छन । असहाय, पीडितको पक्षमा भगवान नबनेपछि जात फाल्नपछि ढुक्क भएको हुँ । या त भगवान छदैछैन, छ भने शक्तिशालीको पक्षमा भन्ने कुरा अाफ्नै पाखुराले तन्नमबाट उच्चमध्यमवर्गमा अग्लीएका हुक्सेलीलाइ शिकार खेल्ने देखेँ, भोगेँ र प्रतिकार गरेपछि हो । हुक्सेलीको उन्नतीमा कसैको एकथोपा रगत र एक थोपा अासुँ परेको थिएन । उनका गुहारले कसैको हृदय पग्लेन । जात त धर्म, भगवानको नियन्त्रणामा थियो, त्यसलाइ तोड्न मलाइ मुस्किल परेन । विरक्तिका कारक बने । जिन्दगीले माहाघुम्टी छिचोल्दै त्यस टर्निङ प्वाइन्टमा पुर्यायो, तव फेरिए सवै जिन्दगीका कथा । त्यसपछि म बाहुनबाट मान्छे क्रमश बन्दै गँए । मान्छे बन्नु र बाहुन बन्नुमा कुन गाह्रो ? हेर्नुस बाहुन बन्न कठिन छ, त्यहाँभन्दा पनि गाह्रो मानव न्नन । मानवबन्न धेरै संघांर छिचोल्नुपर्छ । हरेक कुराका कारण सोध्ने, सोच्ने जिज्ञाशा हुनुपर्छ । धर्म र मान्यता तोडनुपर्छ । अन्धविश्वासको संघार छिचोल्नु पर्छ । धरती नियाल्ने बाहुन चश्मा फालेपछि देखिने सुन्दरता र कुरूपताका मैदानमा पुगेर तपाइ अाफ्नै मस्तिक, अाफनै हृदय, अाफनै मनको मालिक बन्न सक्नुहुन्छ । वाहुन कुनै जात हैन् सोचको प्रबृति हो, ज्ञानका अहंकारमा रम्ने अमानव समूह हो । ज्ञानको सत्तामाथी कब्जा गर्न युक्ति र तर्क बहादुर हो । अहंकारमा जिउनु ज्ञानको पाखन्डमा रमाउनु, घृणा र द्वेसमा अस्तित्व खोज्नु हो, भने त्यसबाट मुक्ति खोज्दा पाउने कस्ट, तिरस्कार, बहिस्कार क्षेल्न सक्ने चेत अाफैँमा चुनाैती हुँन, मान्छे बन्न ।

Saturday, October 3, 2020

मित्र संवाद ५

(उनी अाफना स्तम्भमा माहाभारतका घटना, पात्र, प्रबृति लेख्न थाल्या छन । तर वैदिक साहित्यलाइ त्यसकालखणडको समाज,वयब्स्था,शक्ति सन्तुलन नियाल्न शिक्षाा बनेता पनि म उदाशिन छु । मैले भनी ... खै म त यस्ता विषयमा समय खर्च गर्दिन क्यार, भनीँ । हरेक मानिसहरू अाफ्ना विश्वासका सुन्दरताको, प्रसंसा गरिदिअोस सोच्छन् । त्यो मनोविज्ञान हो । अाज उनले कुन्ति प्रसंग उठाए । माहाभारतमा बच्चा जन्माउनु, काैमार्यता, बरदान र श्राप दिनु अादीकुराबारे मेरा मान्यता उनीसंग मिल्दैनन । लेख्नका विषय र अावस्यकता,वाणीहीनलाइ चेतनादिने लेखकिय दायित्वका धेरै अनेकाै असरल्लपरेका चित्कार, वाढीनपाएर मुर्मुरिरहेका कथा र ब्यथा समाजमा धेरै छन । वैदिक साहित्य र कृषी उत्पादनमा सामन्ती साैन्दर्यशास्त्रलाइ हामी इतिहास र धर्म भन्छाै त्यही चिन्तनको उनीसंग गडबड हुन्छ सुनको थालीमा अाचीको थुप्रो नपस्काै । –आहा ।हो नि । –हो,भनेको ।तपाइ ब्यक्ति नभै ब्यक्तित्व हो,जो कस्तुरीले बिना थाहा नपाएको –सन्जिव उप्रेतीले बजारमा अर्को तरंग ल्याए । –हो, पक्कै एकैपटक २ सिकार । उनी उत्तरअाधुनिकवादका पछिल्लो नेपाली प्रवक्ता । नेपाली समाजमा भाैतिकवादी चेतना दिन मोदनाथ प्रसिद्दको ठूलो योगदान छ तर अहिले नायकले नायकत्व गुमाएझै अाफ्नै मान्यता उनले थाम्न सकेनन् । उपलब्धीलाइ सास्कृतिक राष्ट्रवादले चकनाचुर पार्यो । मानवबाट फेरी उनी मोदनाथमा फेरिन पुगेँ । कम्युनिष्ट अावरणका ढोगीबन्दै ध्वस्त गरे । सन्दीपले भने बजारमा अाफनु बिज्ञापन गरे। म यसबहसमा हेलिन चाहान्न । साथी निभाका सन्दीप पनि असल साथी हुँन। –हजुर,मान्छे योजना बनाएर बिज्ञापन गरे । किताब झन बिक्ने भो । मलाई उनको शैली मन पर्छ । सापट लिए मान्यवर माथिका लाइन । उचित समयमा फर्काउने छु । –हजुर पक्कै हो ।२ सिकार । हंशको विमोचनमा गएको थिँए । (समकालीन नेपाली मिडिया,पात्र र प्रबृतिबारे छलफल भयो । जातका कथा जातकलाइनै ज्यादा थाहा हुन्छ । हो,सकियो । यदी अादर्शवान सत्रु छ भने । छलफल अघि बडदै गए । मिडिया, पत्रकार,ब्यक्ति,चरित्र र संस्कृति, अाधुनिक चुत्थो चाकर, सामान्तिसंस्कृतिले चाकरी कसरी प्रोत्साहन गर्छ ? जनयुद्दकालीन मिडिया, सेनका अंश र वंशबारे एकएक नियाल्दै चर्चा गरेँउ । अाफू हत्यारा र घाटेबन्दा पनि छोरो सोही नहोस, अाफू वेश्या हुँदा पनि छोरी अादर्शवान हुँन जस्तै अामाले पनि चाहान्छ । हाम्रा अाफनै कमिकमजोरी भएता पनि अादर्श कहनेहरूको जीवन त्यस्तै सुन्दर र अादर्श होस् भन्ने चाहान्छाै । उनी र म पनि एना हेर्छाै । तत्कालीन स्वार्थनै विचारका कुरा हुन्छन ।) –अहिले प्रचण्ड बादल निकाल्न चाहन्छ्न । सबैमा बदला भाव भए पछि कसरी अघि बढ्छ पार्टी ? अब बामदेव पनि बिच्किएका छ्न । ओलीले राम्रो गरेको भए कसैले हल्लाउन सक्दैनथे । थियो ।कान्तिपुर त हात धोएर लागेको छ किन होला ? केही थाहा पाउनु भएको छ ? तव पार्टी स्वार्थ स्वत्व त माटो बनिसके । ।मन्त्री फेर्न रक्साकस्सी छ । लेख्नुस क्या ... वादल त कन्चनपुरमा प्रचण्डलाइ मार्नै खोज्या हुँन, चुनावमा बचे अरे नी त । –म लेख्दिन तपाइ लेख्नुस । म परिवेशको साङलोले कसिएर स्वसेन्सरसिप भा छु । म लेख्दिन । प्रचण्ड बचाएर ध्वस्त गर्दै कमनिष्ट बिरोधीहरू विश्वमा नजिर दिन चाहान्छन, एक नायक कसरी ध्वस्त हुँदा मृत्युमा अाशु बगाउने पनि कोही रहँदैनन भनेर उनीहरूलाइ देखाउनु छ । –छोड्न हुन्न लेख्न त्यही त लडाइको हतियार पहिचानको चाैतारी हो –लेख्न र बोल्न छोडे हराइन्छ । – मिस्टर झस्क र उस्को पत्रकारिता बारे भन्नुस न ? –हो, उ मिडियालाइ हतियार बनाएर हित साधन गर्थ्यो । सकियो, एउटा अध्याय । उस्ले कस्लाइ बाँकि राख्यो ? उ योजनामा चल्या थ्यो । सवैको कमजोरीलाइ क्यास गर्दै अत्यायो, कमजोरीमा ब्याकमेल खुव गर्यो । सवैका दिन सकिन्छन, अताकको प्रतिकार गर्ने पनि देखिन्छन् । अर्को चाकरलाइ माला लगाएर उम्कियो । तपाइलाइ उस्ले नभै उस्को चुत्थ्थो चाकरले सताएको हो । ती अर्का विपक्षी पनि भिडन सक्ने रहेनछन् । जव त्यत्रो शक्ति पछि छ, एक्लैले तहलगाउन सक्नुपर्थ्यो तर अार्थिक लोभले सिध्याउछ, ब्यक्तित्व । यदी अादर्शवान सत्रु छ भने त्यो महान हुन्छ, जव अादर्शहीन मित्र नै भएपनि उ दुष्ट कोटीमा गनिन्छ । अझ चाकर मिस्टर सन्ठेराम.भनेकै छु –अाचि खान हुँदैन, गलत कुरा हो, खाँनै छ भने झिङाको हैन हात्तिको खाँउ। चाकरी त्यो पनि अपराधीको । उफ । चाकरी पनि तल्लो दर्जाको । उफ । – हामीले यस्तालाइ ठुलो मानीदिनु पर्ने ।त्यही त अझ चाकरीको स्तुतिपत्र फोटो टिसटिस । –उ कुनैदिनको भलामानुष अमानुस बननेको चुथ्थो पात्र हो ।समय र शब्द यस्तामाथी खर्चै नगराै –हो तर यस्ता पात्र र प्रवृत्ति दोहोरिनु हुदैन बहस गरौं । यसले कति जासुसी गर्यो होला त्यतिबेला जस्तो पो लाग्यो । हुँन सक्छ । –अपराधीले जहिले पनि स्पष्टीकरण दिन्छ ।अरुलाइ धमिल्याउछ ।मैले हिजो बिहानको पहिलो पोष्ट ठूलेदेखिँ, लास्ट यो पोष्टसम्म निचोडमा पुगे कि ठुले पनि अपराधी हो । यस्तालाइ प्रयोग गरेर –कुनै पदमा पुगेर झर्नु भन्या ज्यादै पीडा हुन्छ। त्यसैले क्षेत्रगत नाता लगाँउदै पुग्या होला । –प्रचण्डले पनि पार्टी भित्रका बिरोधिलाइ मारे कि नाइँ ? बाहिर त धेरै मारे । उनका नाममा धेरै मरे ।सायद कतिले प्रचण्डलाइ देवता ठान्दै मुक्ति मिल्छ भनेर अन्तिम सास लिए होलान् । –भित्रका मान्छे मारेनन। छोरी समात्न कोशिस गर्नेलाइ त उनले कार्यक्षेत्रम ात्र फेरे,शक्तिको बेला –ए,शंका गर्दा मान्छे आमालाइ पनि शंका गर्छ रे ।के निष्ठावानको खडेरी पर्या हो ? –कअाजको ार्टुनमा गज्जव सन्देश छ, मेरो मनपर्ने कार्टुनिष्ट । –कस्लाइ मन नपर्ला र ? –पत्रकारिताको यनजियोवादी धार पुरानै हो । लम्पसारबाद भन्दा अाग्रही सिद्दान्तवादी मलाइ मनपर्छन ।पत्रिकाले सो स्थान दिनु महत्वपूर्ण हो –व्यंग्य त बेजोड छ्दैछ राजनीति चेत छ उनमा अनि त्यही जलप लगाउछ्न उनि । राजनितिक चेत वेगरको श्रजकको कुनै अर्थ हुँदैन । मिस्टर यनपीको त्यसैले लेफ्ट देखिदा पनि जनयुद्दबाट टाढिएर मध्यमार्गी पाठक र विज्ञापनदातालाइ प्रभावमा पार्न खोज्या मिडिया देखिन्छ । एक अर्काका क्षमतावान तान्ने होड चलेकै हो । अहिले केही अनलाइनले बजार खोलेको छ । अनलाइनमा तान्नेको । हरेक नेता र शक्तिले अनलाइन खोल्नेको फेसन चलेको छ पनि । –अब पत्रकार नबिके पछि अनलाइन हो ।यता हार्ड पेपरमा काम गर्नेको सान र सम्मान धेरै छ । पेपर पनि ८० पेजको हुन्छ । त्यसो मात्रै हैन, करपोरेटले संपादकियकक्षमाथी रजाइ गर्न खोजेपछि गम्भीर पत्रकारको सामुहिक प्रयास पनि अनलाइनको विश्वब्यापी ट्रेन्ड नै बनेको छ । वैकल्पिक मिडियाको विश्वसनियता हेरिँदैछ । यता फुटबलको राजनीति नेपालमा सत्ताको । तव त वरिषठ अधिवक्ता कानुनबिट, डाक्टर मेडिकलबिट, सुरक्षाविद र पूर्व स्किलगुप्चर क्राइमबिटमा हुन्छन नी । ..................................................................................... (प्रसंग फेरियो ) जुन नर्सले यो फोटो खिचिन, उनले भनिन् कि यी वृद्ध ३ दिन देखि हस्पिटलमा छन् तर आजसम्म उनका आफन्तको केहि अत्तो पत्तो छैन । कोही सोध्न,खोज्न आएका छैनन् तर एउटा परेवा जुनदिन देखि ती वृद्धलाई हस्पिटल ल्याइयो त्यसदिन देखि यसरी आउने र एकैछिन बसेर जाने गर्छ । पछी मात्रै पत्ता लाग्यो कि यी वृद्ध तिनै व्यक्ति थिए जो हस्पिटलको ूहछेउको पार्कमा बसेर परेवालाई चारो हाल्ने गर्थे । सायद अदृश्य प्रेम यहीँ होला । #साभार : राष्ट्र सेवक पेज ।होला त ? हुन सक्छ अरु पनि आउँछ्न,यता त चारो हाल्नेको टाउकोमा बस्छन् । हुन सक्छ,त्यो वेवफेन्थका कुरा हुन्छन ।कतिपय सपनाका कुरामा पनि मनोविज्ञानसंग जोडिएका हुन्छन ।अदृश्य कामना जोडिएका हुन्छन । पशु पन्छिले पनि चिन्छ्न भन्ने कुरा थाहा पाएको । म पनि दुइ पिस पाउरोटी एउटा कोक पानी र चकलेट बोकेर हिड्छु । त्यही बाटो हिड्दा परेवा आउथे उ बेला । मान्छे पशु भन्दा पनि तल्लो छ हगि ? उफ राज्य कस्तो छ । दुइ कुरामा फासि दिनुपर्छ । एउटा बलात्कारी अर्को भ्रष्टाचारी ।मानवता नभएको देशमा भुत्राको मानवअधिकार ? धन्यवाद , तपाइको अाजको टुकी स्टयाटस । हाम्रो घरमा त टुकी बाल्न पनि पाहुना आउनु पर्थ्यो आमा बाठी रात परे पछि कसैको घर जानुदिनु हुन्नथ्यो । खाना खानेबेला दियालो बालिन्थ्यो । पछि मामाघर जादा पो थाहा भो यो त साझै देखि बालिने चिज रहेछ । उफ,उनी त्यसै फलामबाट स्पात बनेकी हैन, अपमानबाट त्यसै अहंकारी बनेकी हैनन, ।एक्लै पनि बाच्न सक्छु भन्ने त्यसै हिम्मति भएकी हैनन । उनले खल्ली खाइन ।स्वभिमानी अामा बनेर छरिन, सन्तनलाइ स्नेह दिएर ।तर.........। म हिजो टुकी देखेर आश्रुधारै भो । मैले लुकेर सबैलाइ तिम्रो बिगत के छ सोधे । म बिगत कथामा लेख्ने भए निभेको टुकीमा कस्ता कथा लेखिएला ? फेरी बाल्नुसन टुकी । टुकी होइन पुल्ठी भनिथ्यो । यो पनि घर अनुसार औकातको हुन्थ्यो । म नमर्दै देशमा अाउनुस न भन्या। मलाइ हिजो हर्ट दुख्यो । धन्य एस्पृन रहेछ । पिल्ज । के भएको ? छाती अचाक्ली दुख्यो। कतै सुर पाइन । रक्सी केहीदिनदेखी खा थिन । एकाएक एस्पृन याद अायो । खाँइ । सुतीँ । बिकासको सासुको दिदी बितेकाले पाटन अस्पताल गा थिए , २ बजे अाए । अहिले कस्तो छ? अहिले ठिक छ,कमजोर फिल भा छ देखाउनु भो ? टुकीले उज्यालो छर्यो, ।अाज जाँन सक्दिन ।भोली जान्छु मुटुको कुरा सुल जस्तो होइन क्या । यही कुरामा हामी पछि छौ ? कमसेकम प्रेसर चाल त हेर्नुपर्छ । हुन त हजुर मेडिकल चलाउनु भएको हो नि होइन ? प्रेसर अस्ति चेक गरेको ।कम रहेछ ।१२० वाइ ८० अरे । दुखेको बेलाको कुरा गर्दैछु । धुलिखेल हस्पिटल जानुहोस डा कोजुलाइ म भन्छु । अाज जान सक्दिन । हुन्छ । जाँउला। आफुलाइ कस्तो फिल भाछ अहिले ? अहिले केही भारी भा छ । टेलिफुन स्वीचअफ गरीँ ।फेबमा पनि तपाइसंग मात्रै हो संवाद ।खाना रेगुलर जस्तै भयो ।अाहा कति गम्भीर तपाइसंग संवाद भा रहेछन ।हेर्नुस त । हजुरहरुको जस्तै मेरो पनि अपार साहिनो छ यससंग । मेरो स्मरणमा पुल्ठी (हाम्रो तिरयसको नाम ) यो बाल्दा पुतली घुमी घुमी नाचेको अन्त्यमा जलेर मरेको याद छ । मेरा जिज्ञासा जगाउने आमालाइ अनेक प्रश्न सोधेर अवाक बनाउने चिज । आखिर पुतली उज्यालोको अगाडि नाच्दा नाच्दै सकिए झै हाम्रो नियति पनि त्यही होइन र यसबारे धेरै धेरै लेख्नु छ । वाहा,धन्यवाद ।मैले उज्यालो खोज्दाका पुतलीको मृत्यू र अर्कालाइ ज्वती छदाछर्दै पग्लनी मैनलाइ लेखिन । बरू डडेलो लगाइदिने फिलुगाका गित गाँए । अंगारको विषय न लेखेँ, न चिस्यान पर्दा अाैकात गुमाउने अभागी फिलुंगका के गित गाँए ।कस्तो महान विम्व,म पनि टुकीमै,दियालोमै पढेबढेको हुँ । युगान्तकारी लेखको प्रेरिरत गर्नु भो ।होतनी सरल र गम्भीर भाषामा युगसंग संवाद गर्न सकिन्छ ।अाज त विशेष प्रेमिल धन्यवाद मित्रवर । बि, लेखक,अन्तमा भाक ।अचेल मैले यस्ता कुरा नलेखी हुदैन मैले । बरू तपाइ बेल्जियम र अमेरिका बसेको देखेर कती मैयाले पिरती लगाउन खोज्छन ? जव मलाइ पूर्व र पश्चिमका कबिहरूले बमै ड्रगकेस बलिउड उठाए त्यसलाइ सोच्दा भारतीय मिडिया प्रभाव र नेपाली समाजमा विकसित फासीवादी भाव लेख्न जाादै छु । यि सुन्दरीको फुटो किन पठाएको ? म कुन प्रयोजनका लागि नेताले आफ्नो ब्यबस्थापन गरेको अनुमान शेयर गरेको मात्र हो । रोशनी शाही यिनि पनि शाही । त्यसैले यो बिषयलाइ बहसमा ल्याएको । युरोप र अमेरिकामा प्रवासी र जातिगत कुरा । लेख्छु .विषकन्या कति प्रयोग हुन्छन, सत्ता र सम्पतिकालागी ।युरोप अमेरिकामा बस्ने कामीहरू कसरी फसाइन्छन ? त्यो त अध्ययनमा छ तपाईंलाइ के के कन्ठ आउछ ? १०दिन छुटटी लिनुस । अनि कन्ठस्थका कुरा एकएक सुनाँउला । सरस्वती तोत्र । गणेश तोत्र । शिव ? कन्ठ अाउने लेख्दैजान्छु ।प्रश्न गर्दैजानुस । शुरुको कुन दसैं याद छ ? सबै भन्दा नबिर्सने दशै । दशै त नियमित प्रकृया भयो, याद अाए । सधैका दशैले अाफूलाइ नयाँ कपडा, चिउरा मासु,र चाम्लाभात र पिङ लिएरै अाँउथ्याे । कान्छा दमैदाइकाँ धर्नाबसेर लुगा सिलाउने, नयाँ लुगा लगाएर गाँउमा हिडनु, पालेको घाँस काटेर बस्तुलाइ खुवाउनु, टिका लगाएर दक्षिणा लिन दाैडिनु । तर, अाफु छोरा भएकाले दक्षिणा दिने भने माअवली हजुरअामा मात्रै हुँनुहुन्थ्यो । अनि दिदीहरूलाइ दिएको अाफूले नपाएकोमा खिन्न हुन्थेँ । पिङ खेल्न जाँदा अरूले देखाउने पैशा अाफूसंग कम हुन्थ्यो । मेरो पहिलो दशै दिदीहरूको विहा भएको पिहलो दसैकाे स्मरण गजव छ । त्यो वर्षको झरी गजव थियो । डाँफे खोलाले ७ दिन रोक्यो । तलमाथी दुवै घरमा पाहुना, जोडेको सामल सकिदैथियो । बाअामा चिन्तित । नयाँ ज्वाइहरू ७,८ भरियासहित बस्दा उनीहरू अाफनै चिन्तामा । तर म भने खुव मस्त । पहिलो चोटी रक्सी कसरी खानु भो ? पुरै स्मरण गर्नुस । गाँउमा रक्सी खाएर मात्तिएको चन्देनीका जुङे ड्राइभर । त्यसपछि डाइभर,नाइके, फोरम्यानले रक्सी खाएर जात फालेको सुनिन्थ्यो । चाँपेपिपलको अराष्ट्रिय क्ल्वम भनिने रत्नप्रसादहरू बिजुलीपानीले रन्थनिएका सुनिन्थ्यो । त्यहँ जातफाला धेरै जान्छन अरे,गाँइगुइ सुनिन्थ्यो । दलित, तामाङ नेवारलाइ जडयाहा हुँन भनेर गाँउमा गफ चल्थ्यो । ब्रतबन्ध भएपछि तल्लाजातिले छोएको खान प्रतिबन्ध लाग्या थ्यो । म खुव धार्मिक मान्छे । १३,१४पछि विश्वास धर्मरायो । कपडा खोलेर धोती पटकुमा चुलो चढेर खान छोडिसक्या थिँए । लुकेर कुखुरा फुल खान सुरू गरिसक्या थिँए । तित्राको फूल चोर्न हामी जंगल धाउन थालिसक्याथ्यैा । त्यसवेलासम्म तामसी खाना सुरू गरिसक्या थिँए । चुरोट खान पहिलोपहिलो नाकबाट धुवाँ निकाल्न र सर्को लगाउन नसकेर बानी नलाग्या हो । बंगाली खैनी खान सुरगर्या छादेपछि सकिन । लुकेर तास खेल्न त थालेकै थिँए । नराम्राबानी एकै पटक लस्करै लागेर अाए । तर त्यति हुँदा पनि रक्सी छोएको थिइन । २०३२मा पहिलो पटक रक्साैल सिण्डे क्लिनिकमा हुँदा पर्सा केहुनियाका नारायणले खुवाउन सिकाए । कम्निष्ट त जातपात मान्दैनन् त्यसलाइ प्रमाणित गर्नपनि रक्सी नखाइ कहाँ हुन्छ ? हो त्यही कारण पिउन श्रीगणेश गरेको । यसै पनि जनै चुडालिसक्या थिँए, टुप्पी नराख्न थालेकै थिँए । धेरै रोचक घोचक, गम्भीर विमर्श,अपमान र झगडाका तगडा कथा ब्यथा छन । पहिलो प्रहरका ०७, ०८हरेक कम्युनिषटले रक्सी खान, जनै नलाउन, अन्डा खान, दलित जनजातिसंग सहभोज सास्कृतिक समरस कायम गर्न थियो । त्यसपछि कहिले खाँने कहिले छोडने भएकै थिए । रक्सीका यारी गजव हुन्छन र वहाना पनि गजव । मैले भण्डारा चितवनमा पूर्वर सिडियो क्षेत्रकान्त मैनालीसंगको मधुपानले सम्बृद्द बनाएको छ । उनी ज्ञान र सूचनाका भकारी थिए, धेरै कुरा सकेँ । लुकेर रक्सी खानको मजै अलग । मुसलमान र अादर्शवादीहरूसंग, धेरै ठूलेसंग पिएको छु । झगडा तगडा गरेको छु , फुँइ झाडेको छु । मात्तिएको,पल्टिएको बकबक गरेको छु । घरमा दुख दिएको छु । अभाव,तनाव,रिस,खुशी सवै साटने रक्सी बन्या । असल र कमसल दुवैथरी पार्टनरसंग पियाछु । के के चोरेर खानु भो ? दहीको तर जोगाउन अामालाइ धाैधाै पर्थ्यो । कलीबुढी भन्थिन ...ाज पनि ढाडे विरालो अाएर दही खाएछ, देखिनस बाबु । अामाको गाली गर्ने तरिका त्यही थियो । घयू चोरेर खा छु । अाँप अम्बा केरा चोर्या छु । बाबाको बगलीमारेर होटलमा मिठो खानु त गरिव किसानपुत्रको जिब्रोको बदमासी थियो नै । माछा मार्न जानु भएको छ ? माछामार्न भन्दा पनि माछा चोर्न गएको छु। दनुवारका थित्री चोर्न धुर्व ढुगाना, टंक अधिकारी जोडी हुँन । पोलेर खानु भएको छ ? घरमा ल्याएर पोलेर र झानेर खा छु माछा समात्नु जति मुस्किल अर्को हुन्न । समात्दाको खुशी र फुत्कदाको बिस्मत । मित लगाउनु भएको छ ? हो, माथी कामीपुत्रसंग लगाएका अरे । एकपटक देख्या छु, नाम थाहा छैन । मर्छु रे भनेर कामीसंग मित लगाइदिया थिए, बाबाअामाले । मित सपना जस्तै रेछ्न ।मेरा त तीन ।म सङ्ग मित लगाउन कम्पिटिशन । पौडी खेल्नु भएको छ ? खेल्न नजानेर पानी खानु भएको छ ? पाैडी खेल्या छैन् । जान्दिन । एकपटक तामाघाटमा डुबेपछि डर लाग्छ । भाइ केदार र मिठाराम लिएर बंगाली काटन तामाघाट कान्छा नाउकोमा शनिवार गएर फर्केको। घटटेदहमा माथीबाट मेरा जोडिदारझै लाग्ने उफ्रेर दहमा हाम फाल्ने, टुप्लुक्क देखा पर्ने । भाइहरूलाइ छेउमा राखेर म पनि दहमा पसीँ। धेरैबेरसम्म ननिक्लिएकेपछि अरूले कतिबेर पानी खेल्न सक्या भनेछन । तर त्यहाँ एउटा बुजु्गले दुलाल डुब्यो भन्दै खोजेर बाहिर निकालेछ । पेटमा पानी भरिएको । पेट मिचेर निकालेछन । तव होस अायो । घर फर्कियैाँ, अब बाअामाले पिटछन, गाली गर्छन भनेर भाइहरूलाइ नभन है भन्या । घर पुग्ने वित्तिकै केदारले सवै भन्दियो । मिठाराम त फुच्चे नै थियो । गोठालो जानु भएको छ ? गोठालो जानु त नित्यकर्ममा पर्थे । गोठालो जाँने, झाडीले टोपी चोर्थ्यो, मेरो । मुडुल्लो फर्किन्थेँ । घाँस, दाउरा, पानी पधेरो, राति खेतमा पानी लगाउनु, दाँइ हाल्नु, भारी बोक्नु स्वभाविक हुन्थे। मैले ढिडो पकाउनु, भैसी दुहुनु र खशी काटनु बाहेक अरू कृषिकर्म गरेको छु । कुरकुरे वैसले च्यापेर गिदागे पनि बन्या छु । एकतर्फी लभ पनि गर्या छु । दुवैलाइ थाहा हुँने, दुवै भन्न नसक्ने ।काँतर हुँ ।तर गोठालो जादा हरामी गोरु, बोको । अरुको बाली चोर्ने बाख्री वा गाइले सताएको अहिले पनि याद अाँउछ । अझ हत्तेरीका बलत्कारी बोको र बहरले धेरै सताका छन । मेरो पहिलो पटक दाहिनेहात गोठालो जाँदा ८ वर्षमा भाँच्चिएको हो । किसानपत्रका यि नत ित्यकर्म पनि कुनै नोटेवल कुरा हुँन ? गाउँघरमा मान्छे बाजेको श्राप दिएको याद छ । को को बाजेका । कुटाकुट गरेको केके छ्न याद । पककै याद छ । सवभन्दा गाली दिनेमा अर्जुनदाइकी अामा थिएन । उनलाइ घाँस र दाउरा चोर्नु पर्ने । झगडामा अम्मलटारे अगाडी । के भनेर दिन्थिन । मरि जा । हे पलाञ्चोक भगवती हरियो बासले बाँधेर टुँ पार्दै छिटै लैजा । तलाइ हरियोबास । चापरी मुनी । पाटीको बास होस । हो ।अपशब्द भने भन्दैनथे । दलित र जनजातिले भन्नुमा उनीहरूसंग शब्द कमि भएर हुँन सक्ला । सुनेको छु, त्यो भन्या के भनेर अामा र दिदिसंग सोधथे फोहरी कुरा बोल्नु हुँदैन भन्थे । तलाइ च्यामे सार्कीले सुताओस भन्ने गाली नबुझेर आमालाइ सोधेको छु । यो गाली हो बाबु । कहाँ सुनिस भन्नु भो ? यहे । यी कुरा किन गरे हुला मैले ? एउटामानिसभित्र धेरै मान्छे हुन्छन,ब्यक्त नभएका कुराले उस्को जीवनपरिचय र ब्यक्तित्व निर्मार्ण हुन्छ । बाल्यकालका प्रतेक घटनाले जीवन प्रभावित हुन्छन । सोच निर्माणमा महत्व राख्छ । हुँन सकला त्यसैले तपाइको स्तरको मान्छेले थपडी बजाउन यस्ता प्रश्न सोधेननै । मलाइ पनि बाल्यकाल इमान्दारितासाथ रिवायन्ड गराउन सहयोग पुग्यो . बिस्मृति (अलजाइमर ) रोग नलागोस भनेर । बाल्यकाल देखिका हरेक बाचा बोली व्यबहारको हेक्का हुनुपर्छ । एउटा कोरोना कबिता अगर यह मेरी मा होती अाँचल में छिपाकर, लोहोरी सुनाती भुखे रहकर पी, रोटी खिलाती अगर अब्बा होते सर पे एक मजवुत छत होता अगर मेरा भाइ होता, मै चट्टानी पाहाडो से टक्कर लेता अगर यह महबुवा होती अपने गरम काख मे लेकर, एक लम्मा चुम्मा देती मगर यह करोना है, करूणा नही न यह रोना देता, न हस्ना देता । वाह,दमदार हे हुजुर, पिछ्ला हरफ । आहा । यो पनि ।थाह छ । (पाटामा धोती पटुका फेरेर खाएको भतेर फोटो देखाँउदै)यसरी भतेर खानु भा छ ? किन नखानु । दयनीधिको कान्छो छोरा नवराजको पहिलो जन्ती गएको छु । जन्ते बाख्रो भनेको त खासी पो हुने रैछ । मान्छे जस्ले भोगेको छ उसले आफ्नो परम्परा सस्कार सस्कृती कहिले भुल्दैन रमाउछ भन्ने सन्देश । सास्कृतिक अावरण नपाउने भए धर्म र अन्धविश्वास उहिल्यै परमधाम भैसक्या हुन्थे ।हलोको सियो र योनी सुद्दतामा सामाजिक चेत सृजना हुन्छ ।तपाइको अामा रजश्वला बार्नु हुन्छ तपाइकी श्रीमति र छोरी बार्दैनन, तपाइ रहेको भूगोलको त अझ कुरै छाेडाैँ । कुन ठिक कुन बेठिक ?सवैसंग तर्क छन । ................... पहिला १० बर्षमा समाज जुरुक्क उठथ्यो २०६३ पछि त २० बर्ष हुन लाग्यो चालचोल छैन । अबको आन्दोलन र क्रान्तिको रुप कस्तो ? हो किन ? हजुर । गम्भीर विषय उठाउनु भो, अध्ययन गर्छु । लेख्छु । कस्तो लाग्यो ? पक्कै हो, बजारले हाम्रो संवेदना क्वाप्प खाइदियो । हामी अाफ्नै अनुहार हेराै न । एहे,धेरै कुरा गम्भीर बनाएको छ । मान्छेलाइ पशुबाट अलग्याउने स्वभिमान हो । स्वभिमान सकियो भने दाश, चाकर बन्छ । स्त्वत्वबाट बिन्दु बनाएर कोणात्मक दुरीमा दुइधर्सा बढटन । एउटा स्वभिमान अर्को अहंकार । कतिपयलाइ यिदुवैकाे चरित्र, स्वभाव र सस्कृति एकै जस्तो लाग्न पनि सक्छ । स्वभिमानले अर्कालाइ अादर गरेर स्वयलाइ सोही गरोस भन्ने अपेक्षाा गर्छ, अहंकार घमन्डी हुन्छ र अर्कालाइ हेप्ने, थिच्ने, अपमान गर्न पुग्छ । दुवैको सुरूवात स्वत्व एउटै बिन्दुवाट भए पनि स्वभिमानको यात्रा सृजनात्मक हुन्छ,बन्छ भने अहंकारले अाफैँलाइ र नजिक रहेकालाइ जलाइदिन्छ । हो, स्वभिमान सर्लक्क बढेको रूख जस्तो हो, सवैले त्यसलाइ छिमोल्न चाहान्छन ।तर स्वभिमान सति साल हो । हजार साल खडा, हजार साल पडा र हजार साल सडा हुन्छ ।जुन मान्छे स्वभिमानी हुँदैन त्यो मान्छे जिँउदाे दास हुन्छ । मजदुर र चाकरमा यही फरक हुन्छ । गुडिया बन्ने महिलाले अाफनो स्वभिमान गुमाएका हुन्छन भने चकलामा रहने याैनब्यबसाय पनि स्वभिमानी हुन्छ । फेरीपनी चित्रलेखा ......!थिईन ,होईन ? उनी विदुशी थिइन . कुटनीतिज्ञ थिइन ।तपाइको स्तर अनुसार, घटना, पात्र र समय हेर्न सक्नुहुन्छ । म माहाभारत ग्रन्थलाइ गम्भीर वैदिक साहित्य र पूर्विय कृषीयुगको अाख्यान सोच्छु । कतिपयले त्यसलाइ धार्मिक ग्रन्थ । वा इतिहास सोच्छन दृष्टिमा दृष्टिकोणको सवाल हो ।अाजको १ संवादको टुक्रा हजुर यसमा थप यहाँको भनाइ । मैले त तपाईंले भन्नु भन्दा पहिलो अन्कमा लेखेको छु । सबै वेदब्यासले खडा गरेका पात्र सबै सजक छन् । सबैले सजकता र सतर्कता अप्नाउदा पनि फ़ेरि बढेको छ यो मोरो कोरोना । .................................................................................................................................................................................. त्यही त लडाइको हतियार पहिचानको चाैतारी हो । देशका शासक झन झन नैतिकहिन भए । यति त राणा र पन्च पनि थिएनन् । उफ । सम्धीजीको कालो टयाङ्की र विचारका कुरा ।लेख लेख्नुस न भुत्रोको विचारका कुरा अव नेकपमा । त्यो बेला धर्मको डर थियो । किन अाक्रमण गर्दैनन ? किन मान्छे चाकर बन्छ ? । निरह बन्छ, जनता । जनयुद्धमाभन्दा धेरै मान्छे आत्महत्या गरेर मरेका छ्न । किन यति धेरै टुटेका मान्छे ? त्यो शासनमा यत्रो आत्महत्या हुदैन थियो । अहिले हरेक दिन १३ आत्महत्या ७ बलात्कार ................................................................................................................................. (उनले अाफ्नलाइ सुझाव दिन भने, पारिवारिक कुरा चल्यो । एकछिन भक्कानियैाँ । सपनासंगै देख्या थियाैँ, दुखसंगै खा थियैाँ एउटै डियनए भएकाले अपमान र अपेक्षा दुवैको एकै थियो । तर भूमिका र चिन्तन केही फरक रहे । मैले खुलस्त गरी र तिनवटा अाफना भर्खरका स्६यास पनि पठाँइ ।) अनि मेरोबारे तपाइ के भन्नु हुन्छ नी ? –तपाइ ब्यक्ति नभै ब्यक्तित्व हो,जो कस्तुरीले बिना थाहा नपाएको । तर सुगन्धको खोजीमा भाैतारिरहनु भएको । तपाइसंगका उत्कृषष्ट लालसा, कमाएको उपलब्धी बचाउन नसक्नाका पीडा, त्यसका कुन्ठा रहे । अहंकारको ब्यबस्थापनका कमजोरीले संसारका ठूला शक्ति ध्वस्त भएका हामीले इतिहासका शिक्षाा लिन सकेनैाँ । त्यसले तपाइ मूलविषयमा वहसमा तर्कनुहुन्छ । हामी तितो यथार्तको सामना गर्नबाट जोगिन सक्दैनैाँ । सुख लुकाउन सकिन्छ, दुख सकिँदैन । अन्यथा नसोच्नुस । ............................................................................................................................... –तपाइ ब्यक्ति नभै ब्यक्तित्व हो,जो कस्तुरीले बिना थाहा नपाएको । तर सुगन्धको खोजीमा भाैतारिरहनु भएको । तपाइसंगका उत्कृषष्ट लालसा, कमाएको उपलब्धी बचाउन नसक्नाका पीडा, त्यसका कुन्ठा रहे । अहंकारको ब्यबस्थापनका कमजोरीले संसारका ठूला शक्ति ध्वस्त भएका हामीले इतिहासका शिक्षाा लिन सकेनैाँ । त्यसले तपाइ मूलविषयमा वहसमा तर्कनुहुन्छ । हामी तितो यथार्तको सामना गर्नबाट जोगिन सक्दैनैाँ । सुख लुकाउन सकिन्छ, दुख सकिँदैन । अन्यथा नसोच्नुस । .......................................................................... नजिकका मान्छेलाइ नसुन्ने,उनको हैसियत कम गर्ने, विश्वास नगर्ने हाम्रो मनोविज्ञान समस्या हो ।टाढा रहेका अपरिचित वा अार्थिक रराजनीतिक हैसितलाइ हामी महत्व दिन्छाै ।सवाल सम्झना र विकासको हैन ।अाज पनि नपिउने निधो गरीँ,नपिएको रात प्यास लाग्दैन, मुत्न अाउदैन, टाउको दुख्दैन ।जो दिन पिँउछु, त्यो दिन सवै हुन्छ । १) उदारवादमाथीको निर्ममतापूर्व हत्या । अाजकै दिन जन्मेका माहात्मा गान्धीको January 30, 1948 प्राथनासभामा हिन्दुअातंकवादी नाथुराम गोडसेले हत्या गरेको थियो,जस्को वैचारिकता अारयसयसका प्रमुख विनायक दामोदर सावरकर । अाज म बिजेपी र उस्को मूल अारयसयसले गान्धीलाइ कसरी सम्झेला ? नियाल्दै छु । बिश्व प्रसिद्ध बैज्ञानिक अलबर्ट आइन्स्टाईले गान्धिका बारेमा भनेका थिए – आउदो पुस्ताले यो बिश्वास गर्ने छैन कि यो पृथ्वीमा मासु र रगतले बनेको यस्तो सरल मानिस पनि हिडेको थियो जसले बिश्वको सबैभन्दा ठूलो साम्राज्यलाई पल्टाइदियो । भारतमा उदारवादी गान्धी हुँन या अमेरिकामा मार्टिन लुथर किङ सवै मारिन्छन् अनुदारवादीबाट र कालान्तरमा गोडसेभक्तहरू राज्यसत्ता कब्जा गर्न पुग्छन । Sitaram Agrahari आइन्स्टाइनको बैठक कोठामा दुइटा तस्वीर झुण्डेका हुन्थे। एउटा गुरुको अर्को गांधीको। पछि गांधीकोमात्र रह्यो।.. गोड्सेवादीहरुलाई गाह्रो छ, सावरकर या गोड्से बिक्दैनन अन्तरराष्ट्रीय जगतमा। जेहोस फासीवादको आयु लामो हुँदैन। पिटरःअाज हिन्दुसमाजसामु एउटा प्रश्न तेर्सिएकाे छ ..... गान्धी की गोडसेलाइ नायक मान्ने ? भक्तजन मध्यमार्ग हुँनै सक्दैन । अग्हरिः संकीर्णतावाद सर्वत्र हावी छ ।तर यो क्षणिकमात्र हो। गोड्सेवाद,ट्रम्पवाद, पुटिनवाद, शीवाद ओलीवाद आज शिखरमा छ तर इनको अवसान अवश्यंभावी छ। Narendra Jung Peter अहिले म भारतमा र विश्वमै उदारवादको अवस्था हेर्छु र गान्धी हत्या अध्ययन गर्न हाैसिन्छु। अदृस्य उदारवाद जहिले पनि फासीवादको शेवक बन्छ र कालान्तरमा बस्त्र खोल्छ । संसारमा माैलाइरहेको फासिवाद पुजीँको चरित्रसंगै फेरिने हुँन् । अाखिर किन त्यस्को प्रतिकार कम्युनिष्टले गर्न सकेन ? स्वय फासीवादको मतियार कोही राष्ट्रवाद,कोही जाति, धर्म र संस्कृतिका नाममा, कोही प्रवासी बिरूद्द किन बन्दैछन ? के उदारवादको अन्त भएको हो ? अहिले अाँसु चुहाउने हिन्दुले नै January 30, 1948 को गान्धी हत्या, अमेरिकामा April 4, 1968 पादरी मार्टिन लुथर किगको इसाइले नै हत्या गरे भन्ने मात्र हो । अझ कम्युनिष्टले यी उदारवादीले लिने जनमत किन लिन सकेनन ? कुनै दिनको क्रान्तिकारी स्वय अनुदारवादको प्रवक्ता कसरी बन्न सक्छ ? के समाजमा बर्ग मित्रु र वर्गसत्रु बाहेक बीचकाे ग्रे लाइन हुँदैन ? के उदारवाद फासीवादको सामने टिक्न सक्छ ? त्यसको प्रतिकार गर्ने शक्ति र हिरावल दस्ता को हो ? अाखिर मेराे भनाइ र जिज्ञाशा यही मात्र हो । किन 17 October 1920मा स्थापित भारतीय कम्यनिष्ट पाृटीले January 9, 1915मा दक्षिण अफ्रिकाबाट फर्केका गान्धीको सोचलाइ वैचारिक प्रतरोध गरेर श्रेष्ठता लिन सकेन ? के यी प्रश्नका उत्तर दिनबाट कम्युनिष्ट जोगिन सक्छन ? तर्क होलान, तर राजनीतिलाइ सामाजिकीकरण गर्न किन कम्युनिष्ट चुकेर कम्युनिषटकै नाममा उग्रदक्षिणपन्थको प्रवक्ता र कार्यकर्ता बन्ने नियत भोग्नु परेको छ ? मेरो जिज्ञाशा यहीँ हो ? के यक्षप्रश्नबाट निमित्त कारण देखाइ भाग्न सकिन्छ ? २) (अक्करमा कक्रर्क परेको मात्तिएको साँढेकाे फोटोको क्याप्सन) अगाडि बढाैँ, सक्दिन, पछाडि हटाैँ सक्दिन । अाफ्नै शक्तिले मैमत्त म साढेँ थिँए, हे प्रभू ....कति बेर यहीँ उभिरहने ? अाफ्नो वाहानको शिवजीले अाएर उद्दार गर्लान ? उद्दार गर..... हे प्रभु, म कत्तिन्जेल यसरी उभिरहुँ ? । ३) म एक इतिहासको गम्भीर पाठक, सामाजिक मनोविज्ञानको विध्यार्थी, राजनीतिक अान्दोलनको ४दशकको अभियन्ता, अहिलेको पार्टीहिन रोड इन्सेक्टर, मिडियामा राजनीतिक विश्लेषकको हैसियतले भन्न सक्छु– नेपालको अहिलेको सत्ता र राजनीति ज्वालामुखीको क्रेटरमा उभिएको छ, कुनै पनि वेला भरिएको बेलुनमा एउटा सामान्य पिन घोचिएपनि त्यो ब्लाष्ट हुनसक्छ। अाज नायक भनिएकाहरू खलनायकमा फेरिनेछन, फेरी जनमतले यिनलाइ थु थु गर्नेछ । डु यु नो ? क्रेटर अफ भोलक्यानो । म अत्यन्तै निजी प्रतिकूल चाैतारीमा असोज १८को पूर्वसन्ध्यामा पूर्णहाेसहवाससाथ यो भन्दै छु । संकेतले चेत्ने मानव, परिणामले चेत्ने पशु ।

Thursday, October 1, 2020

मित्र संवाद ६

तर मान्छेले सवभन्दा ज्यादा सोच्ने सेक्सकै बारे हो । =================================================== एहे,धेरै कुरा गम्भीर बनाएको छ ।मान्छेलाइ पशुबाट अलग्याउने स्वभिमान हो । स्वभिमान सकियो भने दाश, चाकर बन्छ । स्त्वत्वबाट बिन्दु बनाएर कोणात्मक दुरीमा दुइधर्सा बढटन । एउटा स्वभिमान अर्को अहंकार । कतिपयलाइ यिदुवैकाे चरित्र, स्वभाव र सस्कृति एकै जस्तो लाग्न पनि सक्छ । स्वभिमानले अर्कालाइ अादर गरेर स्वयलाइ सोही गरोस भन्ने अपेक्षाा गर्छ, अहंकार घमन्डी हुन्छ र अर्कालाइ हेप्ने, थिच्ने, अपमान गर्न पुग्छ । दुवैको सुरूवात स्वत्व एउटै बिन्दुवाट भए पनि स्वभिमानको यात्रा सृजनात्मक हुन्छ,बन्छ भने अहंकारले अाफैँलाइ र नजिक रहेकालाइ जलाइदिन्छ । हो, स्वभिमान सर्लक्क बढेको रूख जस्तो हो, सवैले त्यसलाइ छिमोल्न चाहान्छन ।तर स्वभिमान सति साल हो । हजार साल खडा, हजार साल पडा र हजार साल सडा हुन्छ ।जुन मान्छे स्वभिमानी हुँदैन त्यो मान्छे जिँउदाे दास हुन्छ । मजदुर र चाकरमा यही फरक हुन्छ । गुडिया बन्ने महिलाले अाफनो स्वभिमान गुमाएका हुन्छन भने चकलामा रहने याैनब्यबसाय पनि स्वभिमानी हुन्छ । फेरीपनी चित्रलेखा ......!थिईन ,होईन ? उनी विदुशी थिइन . कुटनीतिज्ञ थिइन ।तपाइको स्तर अनुसार, घटना, पात्र र समय हेर्न सक्नुहुन्छ । म माहाभारत ग्रन्थलाइ गम्भीर वैदिक साहित्य र पूर्विय कृषीयुगको अाख्यान सोच्छु । कतिपयले त्यसलाइ धार्मिक ग्रन्थ । वा इतिहास सोच्छन दृष्टिमा दृष्टिकोणको सवाल हो ।

कबियत्री निभा शाहबारे एक पाठिका

(मेरी एक पाठकले निभा शाहको लेख लिक पठाइन । अनीसंग निभाका बहानामा समकालीन सोचका विविध पाटापक्षवारे हाम्रा छलफल यसरी भए ) नमस्ते, हिजो नयाँ पत्रिकामा प्रकाशित निभा शाहको पंहेलो अफिम पढनु भो ? -नमस्ते, हिजै पढि सके । - मैले यो लेख पढेपछि हजुरलाई सम्झेकी थिँए । हिजो अरु केहि छैन् । -सम्झना कसरी र किन गर्नु भो ? निभा, मेरी असल साथी हुँन् । हामी जीवन र जगतवारे, सामाजिक मान्यता, मानवजीवनका अनेकैा पाटा र पक्षका विविधकोणमा छलफल पनि गर्छैा । क्रान्तिको दुर्घटना, पात्र र प्रबृतिबारे वहस पनि हुन्छन् । उनी सानदार कबियत्री र सकृयतावादी गम्भीर विद्वान हुँन् । - बिवाह स‌‌स्था लाल पुर्जा होईन भनेर हजुरले एक दिन भन्नु भएको थियो, त्यसैले लेख पढदैजाँदा सम्झेकी । - हो, पक्कै हो । अझ लेख कुन्ता शर्माको 'पोथि वास्न हुँदैन' भन्ने कबिता पनि पढनुसन् । - कुन्ताको सो कबिता पढेकी छु सानैमा, के निभाजीसंग सहमत हुनुहुन्छ । - निभालाइ नबुझी निभाका कबिता र उनका लेख बुझन सकिँदैन । उनले "भद्र समाजमाथी" कसिलो घन प्रहार गरेकीछन । जडता विरूद्द चुनैातिदिँदै मशाल लिएर वैदिक विमर्शमा ललकारेकी छन् । यसलेखमा अरू कबिताजस्तै स्वसेन्सर गर्न विवस महिलाको प्रवक्ता बनेकी छन् । विवाहा स्वतन्त्रताको बन्धकी हुन्छ भने त्यस्ता बन्धनलाइ म घृणा गर्छु । विवाहा, प्रेम र संवन्धविचछेदवारे थप बुझ्न कुन्तादिदीको एक लेखमा कसरी मञ्जुलसंग डिभोर्ष भो ? तत्कालीन माले नेतृत्वले के, कस्तो तरिकाले न्यायिक धारणा बनायो ? एक महिलाले कति लान्छना खप्नु पर्छ ? फेरी पनि महिला अाफ्नो सतित्व प्रमाणित गर्न ज्वालामा होमिनु पर्ने ? दिदीले डियनए टेष्ट गराउनु पर्यो भन्ने खुलस्त छ । त्यसलेखमा पुरूषवादी समाज कसरी पुरूष पक्षधर गम्भीर भएर अध्ययन गर्नुस् । अझ क्रान्तिकारी पार्टीले अाफ्ना धारणा कसरी बनाउछ भन्ने बुझ्न तत्कालीन मालेको सास्कृतिक चेतका नेतृत्व र पक्षधारिता ( मदन भण्डारी, मोदनाथ प्रसिद, प्रदीप नेपाल नेपाल) नियाल्नु पर्छ । मञ्जुलले अझै त्यसलाइ खण्डन गर्न सकेका छैनन् । तव त म नीति निमार्ण थलोमा विचारसहितको सहभागिताको अावस्यकता देख्छु । - त्यसो भने के सत्तामा समतामुलक प्रतिनिधित्व र सहभागीताले महिला, दलित, मधेश, जनजातिको स्वत्व रक्षा गर्न सक्दैन त ? भैातिक उपस्थितिले केही नाप्दैन । मैले यसमा विचारसहितको सहभागिता भनेको छु । त्यसो त राष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानन्यायाधिस समेत महिला, मधेसि, जनजाति पनि भए । पञ्चायतकालमा पनि त रूपका सहभागिता हुन्थ्यो नी तर, उनिहरूले सत्तालाइ सामान्य हल्लाउन समेत सकेनन् । उनीहरू कति स्वत्वसहित देखिए त ? वर्चश्वशाली समूह, शक्ति वा सोचको प्रतिकारमा उभिए वा टिग्रे बने ? उनीहरू रूपमा त थिए, तर वास्तवमा वर्चश्वशालीका टिग्रे बनेर । तपाइले मेरो जोइटिग्रे, पोइटिग्रे र नेताटिग्रे विपक्षमा लेखिएको लेख त पढनु भएकै हो । कसैको शरीरको मालिक कसरी अरू हुँन सक्छ ? के कुनै अंङ्ग कसैको लाजपुर्जा बन्न सक्छ ? के लान्छना जति महिलाले खप्न पर्ने ? एकधर्को सिन्दुरको मुल्य कति ? के जिन्दगीका वहस, समीक्षा, अासंकाका विषय यैान मात्रै हुँन ? किन महिलाहरू स्वय पुरूषवादी सोचमा हुन्छन् ? यो दासताका जन्जिर किन स्वय लगाँउछन ? के त्यस्तो सामाजिक अातंक हो, जहाँ शिक्षित महिलाहरू पनि पुरषवादी सोचको संघार छिचोल्न सक्दैनन् ? जंजिर तोड्न बढ्न सक्दैनन् ? विचारमा चेतनशील र प्रगतीशीलहरू पनी किन ब्यबहारमा दाशी बन्छन ? यसका अन्तरनिहित पक्ष अध्ययनकालागी हामीले उत्पादन संवन्ध र अार्थिक स्वतन्त्रताको गम्भीर अध्ययन गर्नुपर्छ । सामाजिक विकासका चरणामा श्रम र श्रमसंबन्ध, परिवार र निजी संपतीको उत्पति, त्यसले पारेको मानसिक र सास्कृतिक प्रभावबारे चोटिलो अाक्रमण हो, निभाको स्रिजना । विचारमा प्रगतीशील हुँनु, वैज्ञानिक सोच पनि राख्नु, सामाजिक परिवर्तनको संघर्षमा सहभागी पनि हुँन एउटा पक्ष रहेछ तर सास्कृतिक सामन्तवादबाट मुक्ति हुँन फरक विषय हो । यसका अरू पक्ष के होलान ? हेर्नुस, हामी प्रेम, विवाह र यैान एउटै सोच्छैा । एकअापसमा जोडिएका भएपनि, देखिएतापनि पनि ती फरक विषय हुँन । प्रेम वेगरको यैान भनेको वेश्याबृति हो । फगत त्रृष्णा मेटाउने एक गिलास पानी । विवाहा एक सम्झैता पत्र हो, जिन्दगी गुजार्ने । यसलाइ पनि पूविर्य, पश्चिमा र इस्लामी संस्कृतिमा अालोचनात्मकचेतले नियाल्नु पर्छ । -हाम्रीलाइ त पूविर्य संस्कृतिले जीवन दिशा निर्देशन गर्छ नी, होइन र ? -संस्कृति भनेको पुरानो विरासत र तत्कालीन समाजीक व्यस्थाको रूप हो । त्यसमा वर्चश्वशाली समूहको अादर्श व्याख्यामात्रै हैन्, उ जवरजस्ति पालना पनि गराँउछ । उत्पादनका साधन, श्रोत र सम्बन्धमा अाउने हेरफेरसंगै सास्कृतिक मान्यता पनि फेरिँदैजान्छन् । जुन समाजको सास्कृतिक जड जति गहिर हुन्छ, उस्को अन्धविश्वासमा अाधािरत सोज पनि त्यतिकै कडा हुन्छन् । समस्या भनेको पुरानोसंग संबन्ध विच्छेद पनि गर्न नसक्नु, नयाँ बन्न खोज्नु, तर नसक्नु हो । निभाका कबिता र यस लेख अध्ययन पहिला यसवार प्रष्ट धारणा बनाए मात्र सहज हुन्छ । हामी फरक तरिकाले यस संसार, समय र समाजबारे अध्ययन गर्नै चाहाँदैनैाँ । त्यसैको बिद्रोहको विस्फोट हो, निभा शाह ।संघार तोडनु र पिँजरा फोर्न अझ महिलालाइ ठूलो संघर्ष गर्नुपर्ने हुन्छ। महिलाहलाइ थप साङ्लोमा पार्ने १) अार्थिक परनिर्भता २) समाजको अदृस्य भय ३) यथास्थितिमा पुतली बन्न रमाउनु ४) यो त अर्काको काम र भूमिका हो, म त उपलब्धी लिने मात्रै हुँ भन्ने मानसिकता । निभाबारे थप भन्नुस न तपाइर्संग पहिल्यै भनिसकेको छुः एउटा मान्छेभित्र अनेकैाँ मान्छे हुन्छन् । त्यसमा पनि उनी विदुषी । मान्छेलाइ समग्र कसैले पनि चिन्न र अध्ययन गर्नै सक्दैन् । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको भनाइमा सयैाँ मुटुको अप्रेसन गर्दापनि हृदय वा दील भेटिएन अरे । मैले जसरी उनलाइ बुझेँः उनी अावेगात्मक, संवेदना र मानिवय दायित्व भएकी सकृयतावादी हुँन् । कबिता जीवनको, मान्छेको, समग्र समाजको प्रतिविम्व हो भनेर भूमिकामा उत्रिने कबियत्री । पहिलो नेपाली क्रान्तिकारी महिला हो, जस्लाइ भारत सरकारले माअोवादी भनेर नेपाली सत्तालाइ बुझायो । बर्चश्वशाली कूलमा जन्मिएकी धनाढय 'रानी साहिवाले' सोचको मूल्य भुक्तान गर्न जेल भोगीन । छुटेपछि फेरी भूमिगत जीवन । उनलाइ कूलीन समाज 'जातफाला बैालाही' भनेर तर्कन्थे, 'कमरेडहरू' यि 'रानी साहिवा' के खान अाएकी हुँन् ? विश्वास नगर भन्थे । दोहोरोचापमा वैचारिक यात्रामा रहिँन । धुत्ने, चुस्नेले उन्लाइ थिलथलथिलो पारे र बिद्रोही चेतलाइ ठटटा बनाए । सुत्रमा वा भ्रष्टतामा क्रान्ति देख्नेहरू दुवैले खेदिएकी । । केही मान्छेकोलागी बिद्रोही, केहीकालागी अातंक, केही छम्द अादर्शवादीलाइ 'वाइफाले', महिला चिन्तनको लागी बिरंगना हुँन् उनि । पारिजातको र नीभाः दुइ ब्यात्वित्को कहिल्यै पनि तुलनानै हुँन सक्दैन । इतिहासपथको यात्री बन्नु र त्यसलाइ थेग्नु फरक विषय हो । जनयुद्दले धेरै विरंगना त जन्मायो तर समयसंगै कतिले अाफैँलाइ न्याय गरे, कतिले जस्को विपक्षमा लडेभिडेका थिए, उनैको सति गए, नियालाै त ....। विशिष्ट समयका अाफ्नै खाले नायकनायिका बन्छन । समय, अान्दोलनको चरित्र र सामाजिक हलचलले भूमिका निधार्रण गर्छ । पारिजात दिदीलाइ स्वास्थले साथ दिएन । दुवैको समान भूमिका भनेको हरेक क्षेत्रमा सकृय रहँदै सत्ता र बर्चश्ववाद बिरूद्द दुवै भिडे । कहिल्यै सुत्रमा हाकिँएनन्, शक्तिसंग अँाखाजुधाएर भिडे । ब्यक्तित्वको अध्ययन गर्न समय र अान्दोलनका चिरत्र नियाल्न पर्छ । दिदी यती अगाडि जान सकिनन, जति निभा । निजी जिन्दगीलाइ पाल्छी कुरामा नबोल्ने हक्की हुँन, निभा । -माथिल्लो स्तरले माअाेवादी नेतृत्वले कहिल्यै निभाको सावर्जनिक प्रसंसा गरेको सुनियन, तर यसलेखलाइ डां बाबुराम भटटराइर्ले रिटयुट गर्दै "महिलामाथिको ऐतिहासिक विभेद र उत्पीडनबारे क्रान्तिकारी नेतृ निभा शाहको पठनीय लेख! धर्मसंस्कृतिको नाउँमा अझै पनि विशेषत: खस आर्य महिलाहरूमाथि जुन प्रकृतिको अमानवीय विभभेद र हिंसा कायम छ त्यसलाई अन्त्य गर्न सचेत महिला र पुरूषले लामै एकीकृत संघर्ष चलाउन जरूरी छ है ! वधाइ निभा !" भने उनका निजी जीवनमा चियाउदै निन्दारस गर्नेहरूले पनि शेयर गरेको देखियो । त्यसलाइ तपाइ के कसो भन्नु हुन्छ ? कुन समयमा कस्ले के भन्यो त्यसको अर्थ र महत्व रहन्छ । मित्र र दुश्मन छुटिन्छन । पुष्पकमल दाहाल र डा.बाबुराम भटटराइ जुनबेला सर्वोच्च कार्यकारणाीमा (पार्टी र सरकार)थिए, त्यसवेला निभा शाहलाइ वास्ता भएन । नचिनेर नभएको नभै ज्यादै चिनिएर वेवास्ता भएको हो । कार्यकारी शक्ति दुश्मनले दिएको अपमान त सहनसक्छ तर अालोचनात्मक चेतका अाफन्त सहन सक्दैन् । हुकुममा नहाँकिने र स्वविवेक प्रयोगगर्ने निभाहरूलाइ कहिल्यै उनीहरू अाफ्ना सोच्दैनन् । जव शक्तिक्षिण हुनपुग्छ, टेवुलसघर्षमा दास नभै त्यसैमोर्चाका सिपाही अावस्यकता रहेछ भन्ने हेक्का पलाँउछ तव निभाहरूको हैसियतको याद अँाउछ । जहासम्म निन्दारसमा रमाउने कुण्ठावाजहरू क्षमताका टकराहटमा टिक्न नसकेपछि निजीजिन्दगीका छिद्र खोजेर अमुकपात्रको त अाची गन्हाउदो रहेछ अाफ्ना कमजोरी, वासना र महत्वकाक्षाा अोकली रहेका हुन्छन । निभा त यसै वर्चश्वशाली समूहमै जन्मिएकी भए पनि उनी अाखिर पीडत महिला श्रेणीमै पर्छिन । हवस, मेरा विचारसंग पुर्ण सहमतको अपेक्षाा गर्दिन, वहस चल्दै जाअोस हवस सर । समय र संवादकालागी धन्यवाद र अाभार धन्यवाद