Wednesday, July 15, 2020

ह्यापपी लुतेपर्व टु यु

आज साउने संक्रान्तिको महत्व लुते पर्व भएर झन बढेको हो । संसारभरका सवै लुतेलाइ महान लुतेपर्वको शुभकामना ! ह्याप्पी लुतेपर्व टु यु । लुतो कन्याउनुस् संसारकै परम र चरम आनन्द लिनोस् । अझ अरुका दिमागमा सुकेलुतो सल्काइदिनुस् अनि हेर्नुस् दुनियाँका रमिता...तमासा । कन्याउ ! कन्याउ …! लुतो, मस्त कन्याउ ! चिलायो भने कन्याउनै पर्छ या सिंगौँरी खेल्नै पर्छ । आफैले गुप्ताङ्ग कन्याउन सकिएन भने ढोके, हुक्के, छातेलाई कन्याउन लगाऊ । एक हुल लुतो कन्याउनेको जयगान गाउने भीड तयार गर, अनि देखाऊ …तमासा र लेऊ जिन्दगीका मजाहरु । “खुजुली का कहानी गजब होता है, खुजुली देवका शक्ति भी गजव” । सवैले एकअापसमा शुभकामना लिँउदिँउ -ह्याप्पी लुतेपर्व टु यु’ अरूले सल्काइदिएको लुतो कन्याउने महान लुतेहरूले सार्वजनिक थलोमा कन्याउँदै गरेको देखया छैा ? सभा होस् या सम्मेलन, दरवारी होस् खरदारीकै सामुने लुतो कन्याएर मख्ख पर्नेहरूको वखान माहाविदुषकहरूले पनि गर्नै सक्दैनन् । जब वैरीसँग लड्न भिड्न सकिदैन्न तब उसका सामु पुगेर कन्याइदिन थालेपछि शक्तिशाली लाजले भुतुक्क भएर कुलेलम ठोक्छ । लुतो कन्याई गाण्डिव धनुभन्दा पनि शक्तिशाली बाण हो । कन्याउन र कन्याइदिने कला नै लुते महात्म्य हो । पाहारिलो घाममा डिलमा बसेर आउँ परेको बेला कन्दै आची गर्नु र सुके लुतो कन्याएको जस्तो आनन्द मलाई पनि आजसम्म अरु कुनैकार्यले मज्जा दिएको नै छैन् । शक्ति हत्याउन, मोहनी लगाउन, अरुको हुर्मत काढ्न लुतो सल्काई दिनुपर्छ । ऊ कन्याउँदै रहन्छ, आफनो काम फत्ते । आज साउने संक्रान्ति । आज हलो पखाल्ने, गोरु नुहाइदिने, हिलासँग पौँठेजोरी खेलेर थकित ज्यान सुस्ताउने कृषि पर्वको अर्को पाटो लुतो फाल्ने पर्व परम्परादेखिकै चलनको महत्व र महात्म्य भने अपरम्पार छ । कृषि पर्व भए तापनि म अहिले भने लुते महात्म्य नै कहन्छु । लुते महात्म्यको राष्ट्रिय महत्व अहिले झन बढेको छ । लुतो कन्याउन थालेपछि पहिलाका सबै कुरा सहजै बिर्सिइन्छ । सिद्दान्त, आदर्श, प्रतिबद्धता, सगोत्रीका चिहान, गरेका कबुल, देखाइदिएका सपना, दर्शन, साहित्य, राजनीति र संगठन भन्ने कुरा सबै बिर्सँदा न उदेग लाग्छ, न दुःख । वाचावन्धन विर्सन लुतो कन्याउनु सवैभन्दा उम्दा उपाय हो । चिलाउँदा कन्याउनु नै पर्छ । तब बिजुलीपानी तन्काउदा बिर्सन नसकिने कुरा पनि लुते देवताको शरणागत भएपछि छुमन्तर हुन्छन् । कन्याउँदाको मजा सुके लुतो लागेकालाई मात्र थाहा हुन्छ । लुतो सल्काइदिने महाकला हुन्छन् । अझ लुतो दिमागमा सल्केपछि त लुतेहरु चाणक्य, म्याकावेली र बीरवलभन्दा पनि चतुर बन्छन् । लुते देवताको गाली आराधना गर्ने चाडवाड नै लुतो पर्व हो । समय फेरियो,चलन फेरिए । पात्रका चरित्र पनि फेरिए । केही राजनेता, गालीपण्डित र केही मिडिया भने सदाकाल लुते पर्व मनाइरहेका हुन्छन् । यो पर्व गाली पण्डितको योग साधना गरेर नयाँ र कलामय गाली आविष्कारको गौरवमय दिन भनेर पनि बुझिन्छ भने चाकर र भगतरामहरू मालिकका दुश्मनलाइ गाली गरेर भित्रिया बन्ने चाडपर्व पनि हो । इष्ट र दुष्ट छुट्याउने लुते पर्वनै फलानालाई गरिने गाली गालीशास्त्रको पहिलो प्रयोगशाला बन्यो । लुतो त्यसै लाग्दैन् लुतो लगाइदिने लुते देउता हुन्छन् । अक्करमा लुतो सल्केपछि आफैँले आफ्नो सार्वजनिक बेइजत गर्नु परम धर्म र कर्म बन्नपुग्छ । गुप्ताङ्गलाई निशाना बनाउने यो रोगले कुनै समय र थातथलोको हेक्का नराख्ने भएकाले सामाजिक हुर्मत त काढ्छ । अझ फत्रक्कै भए गुप्ताङ्गै झर्न पनि सक्छ । सँइन हुनसक्छ । सँइनलाई अाजकाल त क्यान्सर भनिन्छ । लुतो लागेपछि कन्याउन कसैले पनि लाज घिन मान्नै सक्दैन । पर्दैन । लुतो र लाजको मितेरी हुन्छ । लाज बचाउन नकन्याउँ भन्दा पनि दिनको चैन र रातको निन्द्रा हराइदिन्छ । त्यसैले लुतेहरु सार्वजनिक थलोमा जाने, भाग लिने औकात राख्दैनन् । तब लुतो नलागोस् भनेर लुते देवता पुज्न चलन चलेको हो । त्यसैले साउने संक्रान्तिमा पुर्खादेखिका जाने जतिका गाली बक्दै लुतो फालिने गरिन्छ, । लुतो फाल्न सात थरीका जडीबुटीका सार्दम जोर्नु पर्छ । त्यसको आयुर्वेदिक अर्थ धन्वन्तरी वा चरक महाराजले लेखिदिएनन् । देवीसरो, धुपीसरो, पानीसरो, ककुरडाइनु, कुरिलो, हाडे उनिँउ र सल्लाको दियाले काठको अर्थ के हुने हो कुन्नि ? त्यसपछि लुते गोठबाट राँको फाल्दै मेरो लुतो .....लुते लै जा है फलाना ….. मेरो लुतो लैजा भनेर जाने जतिको गाली फलाक्यो, चिच्यायो । जानेजतिका गाली फलानालाई फलाक्यो । मुखको तितो फाल्दै चिच्यायो र बैरीलाई सल्काइदियो । फलानो भनेको पुस्तौनी शत्रु वा हेपिएका जाति हुने गर्छन् अथवा अर्काको हुर्मत काढेर आफ्नो औकात बढाउन लुतो सल्काइदिने पर्वमा गाली गर्ने खलपात्र बनाइएका हरेक मनुवाका गाली खाने फलाना भने हुन्छन् । लुतोको शक्ति अपरम्पारछ । लुतो सल्केको मान्छे सामने कोई पनि भद्र मान्छे बस्न रुचाउदैन् । कन्याउन थालेपछि ऊ त लाज, घिन हराएको वेसर्मी बनीदिन्छ । उसको चर्तिकला देखेर सामने बस्ने लजाउँदै कुलेलाम ठोक्छ । लुतो कन्याई दिएपछि सामनेको माईक टाइसन र दारा सिंह पनि विना गालीगलौच भागी हाल्छन् । सारिदिनुस्, मजा लुट्नुस । जति चिलायो, त्यति मजा । जति कन्यायो, त्यति नै हाइसन्चो । लुतो कन्याउने मजा, चाप्लुसी र चाकडीका शब्द कोरल्दाको छुट्टै मज्जा ….. भिन्न खालको । अर्काको खिसीट्युरी गर्नु, कुरा काट्नु, चुक्ली लगाउनु, चाप्लुसी गर्नु, आत्मा विज्ञापन गर्नुभन्दा पनि औधी सन्तुष्टी ... क्या ! गाली पण्डित र भगतरामको महान र पवित्र दिन, यो शक्तिसाधना पर्व हो । आलोचना भन्नुस्, गाली भन्नुस्, गाली सामर्थ्य नै पर्वको ऐतिहासिकता झल्कन्छ । प्रभूको दुश्मन अगाडी गएर लुतो कन्याउनुस वा वैरीलाइ गाली गर्नुस त्यसले हुजुर खुशी भएर दाशको भाग्य नै खुल्छ । कन्यायो…. कन्यायो, आहा…..आफैलाई रक्तमुच्छेल पार्यो । चिथर्यो, कोपर्यो, घायल बनायो... कोपरेर पनि कन्याउन भने नछोड्ने । आफ्नो शत्रु आफै बन्यो । आफनो हुर्मत आफैले काढेर सर्वाङ्ग सडकमा दिगंवर बन्नुको मजा कुन तराजुले तौलेला र ! महा एलर्जीका रुप र तरिका अहिले फेरिए । लुते पर्वका बैरीहरु स्केवियन लोसन र मल्हम पनि निक्लिसके । हामीसँगै सिकेर अंग्रेजले गालीमा मनका भडास छताछुल्ल गरेपछि कसैले पनि बौलाउन पर्दैन भनेर गालीगलौच गर्ने स्वतन्त्रताको हाइडल पार्कलाई बनाइदियो । अझ जुकरवर्गे फेसबुके पार्क र ट्वीटरजस्ता सामाजिक सञ्जाल सेन्सरहीन गाली थलो बन्दा वर्ष दिनको साउने संक्रान्तिको लुते पर्वलाइ कुरिरहनै पर्दैन । संसारको महान गाली पण्डितहरु कोई सिद्दान्तको नाममा, कोई विचारका नाममा औकात अनुसारका कलामय गाली सिक्ने साँस्कृतिक आराधनाको पहिलो पाठशाला लुते पर्व नै थियो र हो भन्न अव हिच्किचाउनु अब पर्दैपर्दैन् । अाउनुस हुर्रेहुर्रे गर्दै लुतो फालैाँ, लुते पर्व मनाँउ । ह्यापपी लुतेपर्व टु यु

Sunday, July 12, 2020

समय,संकट र प्रेमालाप

(कथा प्रवेश पहिला केही भनैाँ । मैले लालहिरा, लैलामजनु र रोमियोजुलएटका कथा खुव चाख लिएर पढेको छु । सानैमा मधुमालतीका कथा रोचक लाग्थे । पहिलो गणतन्त्र बुझ्न, अाजको मधेश बुझ्न पनि अाचार्य चतुरसेनको वैशाली की नगरवधू गजव छ । भगवतीचरण वर्माको जीवन र प्रेमको दार्शनिक उपन्यास चित्रलेखाले अत्यन्तै छोयो । अझ गजव कथा हो- मिश्रकी माहारानी क्लियोपात्राको सत्ता महत्वकाक्षाामा जुलियस सिजर, मार्क एंथोनी र ऑक्टेवियन कसरी फस्दै गए ? क्लियोपात्रा जति सुन्दरी थिइन त्यतिकै चतुर, षड्यंत्रकारी र क्रूर पनि । प्रस्तुत कथाका मूलवाचक जोडिदार अब भने रहेनन् कथा भने घतलाग्दो रह्यो) पुरूषः पीडाका बेला मनका कुरा भन्ने मान्छे चाँहिदो रहेछ । सुनिदिने आफन्त पनि चाँहिँदो रहेछ । सबै लैनु भइन्जेल पगार्छन । बुढी भएपछि गाई भिरबाट लडाइने, भैसी ममचा। कोरोनाले भाग्यको छप्पर खोल्या भन्ठान्थेँ, उल्टो माहामारी हामीलाई पो लाग्यो । तिमी पनि परिणाम नसोच्ने पो रहिछ्यैा । पुरूष पो कृयालाई उत्तेजित हुन्छन् महिला त धर्ती हो । म उत्तेजीत हुँदा धैर्य राख्न, एकछिन सुस्ताउन किन भनिनैा ? यदि त्यो छिनको उत्तेजना सिथिल भा भए,संयमित भा भए.. यो नोहमत त आउने नै थिएननी, डियर । महिलाः तिम्रो यस्तो उत्तेजना कहिल्यै देखेकी थिइन् । प्यासालाइ स्खलनको यस्तो हतार ... । कसरी नाँइ भनैाँ, डियर...त्यस्तावेला पुरूष अति हिस्रक हुन्छन् । नारीले उसलाई ह्याण्डिल गर्न पनि समर्पण हुनुपर्छ । पुरूषको अैाकात एकैछिनमा देखिन्छ । अनि खिस्रिक्क पर्छन् । तर, पनि उस्को अहंकारले तृप्ति गर्न नसक्ने भए पनि नारीलाई हेप्न भने छोड्दैनन् । हो, मैले तिम्रो खुशीको लागि समर्पित हुनलाई एकछिन पनि समय लगाईन, आज पनि लगाईन । बरू सोच्न पर्यो । भन, अब के गर्ने ? जाहाज डुवेपछि न तिमी रहन्छैा, न म रहँन्छु । जमिन र बीज जस्तो हामी एक-अर्काका पुरक हैाँ। मेरै अैाकात र आफ्नै इतिहासको भर्याङ्ग चढेर म देवी र पुज्य भएकै हैन् । प्यारे, तिमी मेरा .... त्यो हैा.... जो अरू बन्नै सकेनन् सक्दैनन् । तर, हामी जुन धरातलबाट आएका हैाँ,त्यसको गफ चुट्न भने हुँदैन् । पुरूषः हेर... दिन घर्कन लाग्या हो की, सधैं समयको घोडा चढ्न सकिँदैन भन्थे । दिन दर्विला भका बेला दर्शनढुङा हिरा बन्दो रैछ, नक्कली माल पनि सक्कलीकै भाउमै बिक्न सक्ने । हो, मैले सत्रु छिमल्ने साइत जुराइन छु । तिमी त हिजोको दिनमा अक्करमा ठक्कर दिने उपाय पो निकाल्थ्यैा । टेन्सन भएका बेला घाउका पाप्रा भने अहिले नउधिन्.... क्या । टेन्सका बेला एक गिलास तन्काईदिँउ जस्तो लाग्छ हैा... तर के गरैाँ शरीरले नधान्ने । हेर... त बैरीको हुल ! तिघ्रा ठटाका..... । हेप्ने.... ! अझै शक्ति छ । फुर्ती लाउँछन् ... कागजका खोष्टा । एकएक नशा छाम्या छु..... कस्को आँताँ के छ भन्ने कुरा थाहा छ । मलाई था भाको कुरा.... के थाहा तिनलाई ? मैले कुन मूलको पानी पिएर हुर्केको भन्ने कुरा पत्तै पा छैनन् । महिलाः बी कूल । शान्त... शान्त, बिल्कुल । यस्ताबेला रीस देखाउनु हुन्न, बुद्दि खियाउनु पर्छ । किन नि त्यस्तो गम्भीर मिसन पनि मुर्खलाई जिम्मा दिएको ? सबै नांगेझार पो पारिदिए । अव कालीदासका कथा लेख्छन्, हेन्स अन्डरसनका कथा वाचन हुँन थाल्छ..... । उफ ! समयले कोल्टे फेर्या जस्तो पो लाग्छ, प्रिय पुरूषः पैारखी छन, यस्ता काममा अनुभवी पनि छन, विश्वसनीय पनि हुँन भनेर सुम्पे । हरि लम्पट मुर्खै पो रहेछन् ।...... ऊ भन्दा पनि सिल्ली परेछन् । कसरी यहाँसम्म पुगे ? अचम्मै लाग्छ । मान्छे चिन्न सजिलो रहेनछ, क्या ! उसबाट धेरै अदृश्य काम गर्याई, भस्मे नै फाँडेको हुँ । एउटा ठूलै काम फत्ते गरेर गुन लगाथ्यो । अर्को काम फत्ते गरेको भए उसको र हाम्रो अझ हैकम चल्थ्यो । भैदिए, नाक काट्ने बाँदरजस्ता । मैले कस्लाई विश्वास गरैाँ ! सबै हन्तकाली.... आफ्नै सात जुनीलाई थुपार्नु पर्ने, अपजसको भारी जति अशक्त शरीरले मैले नै बोक्नु पर्ने ! उफ ….. महिलाः हरेक समस्याले समाधानसँगै लिएर आको हुन्छ, कोरोनाले पनि उपचार ल्या जस्तै । को चाहीँ कैलि गाईको दुधले नुहाएको छ र ! सधैँ ऐठनमा बस्न हुँदैन । जाउ...प्यारे सत्रुलाई भेद गर । लोभ्याऊ, हप्काउ, त्रास देखाऊ । इतिहास र दुखःका दिनका यारी सम्झाऊ । पुराना कुरा बिर्सैा भनेर मनाऊ । ....फाइल खोल्दिउँ ? भनेर त्रास देखाऊ । छिमेकीलाई अझ रिझाऊ । शक्ति जतिसुकै टाढाको भए पनि विश्वास लेऊ । अझ सत्रुलाइ पटयाउने नेल्सन मण्डेलाको सुझाव-"प्रतिद्वन्दिसँग सहकार्य गर, जस्ले परिस्थितिलाई सामान्य बनाउने छ। गल्ति समीक्षा गर, गल्ति सुधार, गलत घेरा तोड, डटेर मुकाबिला गर तर नभाग, यो नै उत्तम बाटो हो।" ख्याल गर । अहंकारले कस्लाइ पो सहयोग गर्या छ र ! गणितमा भर नपर । ढुक्क हुँन अवस्थाले दिएको छैन । विग्रेको क्यालकुलेटरको भर हुँदैन । तिम्रो भने छिटो उत्तेजीत हुँने, फिसिक्क स्खलित हुँने समस्या छ । यो सबैतिर देखिन्छ, ख्याल गर । तर प्यारे,….. पुरूषोचित अहंकारले आफ्ना कमजोरी स्विकार्न तिमी लजाउछैा, यो कुरा म राम्रै बुझ्छुनी । नाटक गर्न आफूलाई अर्कैरूप र भूमिकामा देखिन सिपालु पनि छैा। तिमी ८४ कलामै निपुण छैा, मलाई मात्र थाहा छ । बेला घर्कदै छ, पुरा शक्तिसाथ युद्दभूमिमा तरवार खैँच । जित्छैाँ हामी सबैको हस्तिनापुरीको राज, हार्छैँ सबै चपरीमुनीको बास । जितेपछि मेटिएका इतिहास पनि फेरी लेखिन्छन् । जाऊ प्यारे...... हार्ने छुट हामीलाई छँदैछैन । रियल्ली उइ क्यान विन... प्यारे । माहाभारत राम्रोसंग फेरी पढ् । जहिले पनि उखानटुक्का पढ्याछ, डिक्सेनेरी घोक्या छ । यो तालले चतुर दुश्मनसंग फतेह गर्न सकिंदैन् । परिस्थिति उल्ट्याउन भीड चाहिँदैन, दिमाग भएका आफन्त चाहिन्छ । ध्यान देउ-अहंकार र पाखण्ड मितेरी साइनो हुन्छ । अहंकारलाई सामाजिक मान्यता पाँउन आदर्श पाखंडी बर्को ओडनु पर्छ । पाखण्डी साथीभन्दा इमान्दार बिरोधी सम्मान योग्य हुन्छन् । इतिहासको हकवाला त्यहीमात्र हुँन सक्छ जस्ले वर्तमानमा पनि सोही आदर्श पछ्याउँदै जीवनसंस्कृति पनि बनाएको हुन्छ । अंहकारीले पाखण्डको आदर्शी बर्को ओडनुपछाडि उसको सम्मान भनेको त्यहाँ हुन्छ, जहाँ पद हुन्छ । पद त्यहाँ हुन्छ जहाँ शक्ति हुन्छ, शक्ति त्यहाँ हुन्छ जहाँ राज्यसत्ता हुन्छ भन्ने हो । यस्ता आफन्त खहरे हुँन, वर्षा सकिनेवित्तिकै सुक्छन । तिमीसंग पैाँठाजोरी खेल्ने चङ्खे शक्तिहीन हुँनु पछाडि ऊ आफन्तको नाक काटेर अरूको गुप्ताङ्ग टाल्थ्यो, तिमी भने सय अपराध गरेपनि भक्तहरूलाई जोगाउथ्यो। त्यो तिम्रो पुँजी थियो । तर आशन फेरिने वित्तिकै तरिका पनि फेर्नुपर्थ्यो, त्यो सकेनैा। अझै समय घर्की सकेको छैन्, हिम्मत नहारी, नयाँदाऊ खेल्ने बेला अब भो । तिमी अहिले भीडमा घेरिएका छैा प्यारे..... .। उपदेश नठान, प्रियसीको प्रेम सोच्यैा भने मात्र यसको मर्म बुझ्न सक्नेछैा । आखिर तिमीले नै बनाईदिएको भए पनि मेरो त हैसियत भैसक्यो नी । सुन ! जीवनमा दु:खको ठूलो अंश मानिस आफैंले आर्जिने हो । मुगल सम्राट सुनेकै छैा,पढेका छैा । शक्तिको आशन कहिलेकाहीँ आवश्यकभन्दा धैरै निश्चिन्त हुन्छ । जनभावना बुझ्न नसक्दा, चाकरभीडमा रमाँउदा सबै ठिकठाक भएको ठानिन्छ । चन्द्र शमशेरको त्यो लामो शासनकाल शंका, सावधान र समाधान हो । शक्ति सुरक्षित हैन जहिले पनि भयमा रहन्छ । कसैले षडयन्त्र त गरेन भनेर कहिलेकाहीँ चाहिनेभन्दा धेरै सशंकित र आतंङ्कित हुइन्छ पनि । एकान्तमा बसेर भीडलाई चियायैा भने, सकार सोचका पनि मानिस त्यहा भेट्याउने छैा । भीडमा राम्रा कम र खराब बढिनै हुने गर्छन । अहंकारले नकार सोच जन्माउँछ, सामन्तहरू टुट्न सक्छन, झुक्न सक्दैनन् । अगाडि बढन सक्छन तर शिंहालोकन गर्दैनन् । प्रिय ...तिमी सदा हेक्का राख-शिंहालोकन अनुहार पुछेर ऐना हेर्नु हो,निर्मम आत्मा समीक्षा गरेर अघि बढने दीक्षा पनि हो । अवस्थाले मान्छेको चेत, कला, निर्णय क्षमता त उकास्छ नै । हो,....मैले इफ, बट, रेफ, कमा, किन्तु, परन्तु नभनी समर्पण किन गर्या भने म सोच्न नसकेर हैन् परिणाम थाहा नपाएर पनि हैन् पुरूषोचित मनोभाव बुझेर मात्र हो । संपादित अंश

Saturday, July 11, 2020

अब अच्छेदिन आँउनेछन्

हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितीमा प्रधानमन्त्री केपी सर्मा ओलीको ऐतिहासिक प्रस्ताव र निर्णयको अगुवाई गरे । पार्टी र देशनै अन्यौलता र असहजताबीच छक्क पार्ने प्रधानमन्त्रीको सो प्रश्ताव अर्थपुर्ण थियो । समाजवाद उन्मुख परिकल्पना सार्थक पार्न त्यो युगान्तकारी रह्यो । पारित प्रस्ताव अध्यक्ष एवं प्रधानमन्त्री ओलीले टेवुल गरेका हुँन् । सर्वसम्मतले पारित गरेर हिजै अपानी (अन्तरपार्टी निर्देशिका) पनि जारी भयो । भिन्न मत नराखे पनि केही सदस्यले भने घनघोर युद्द चर्किरहेको र सिपाही मोर्चामै भिडरहेको वेला कमाण्डर मैदानबाट पछि हटनु हुँदैन् भन्ने आवाज समेत उठाए । तर नोअडी (नोट अफ डिसिजन) भने लेखिएन् । अध्यक्षले सहयोगीका ती कुरा नसुनेको मात्रै हैन् नीजि स्वार्थकालागी आएका गुटिय तर्क भनेर हप्काए पनि । तपाई उनलाइ प्रेम गर्नुस वा घृणा तर वेवास्ता त गर्नै सक्नुहुन्न् । त्यस ऐतिहासक प्रस्ताव र निर्णयवारे विश्वस्त सुत्रले दिएको जानकारी छोटकरीमै जानकारी गराँउछु । .............. प्रधानमन्त्रीको प्रस्ताव आगे कमरेड अध्यक्ष– सरकार चलाउने पार्टी भएकाले यस्का राष्ट्रिय, अन्तराष्ट्रिय आयाम हुन्छन् । विगतमा सीमा समस्या भएकै हुँन् । सरकार र पार्टीको मुख्य नेतृत्व भएका नाताले यस्को मूख्य जस र अपजस मलाई नै जान्छ । टिम लिडरका कारण सरकार र पार्टीले गरेका कामकारवाहीको जिम्मालिन्छु । त्यो जिम्मेवारी तहगत पार्टी सदस्यसम्ममा पुग्छ । म केही युगान्तकारी विषय यस संमानित स्थायी समिति सामु निर्णयार्थ पेस गर्छु । क) क्म्युनिष्ट पार्टीको आधारभूत संस्कार, संस्कृति र संरचनामा हुर्केको÷रहेको र चाल, चरित्र र चेहेरा ठिक भएको कमरेडलाई पार्टी र सरकारको भावी कार्यकारी नेतृत्व हस्तान्तरण गर्दै आफू अभिभावक मात्र बन्ने । नामको प्रस्ताव पछि गरिनेछ । यो निर्णय आन्तरिक र वाहिय कुनै दवावले नभै आफ्नो गिर्दो स्वास्थ र भविश्यको देश र कम्युनिष्ट आन्दोलनको चिन्ता र अवस्थाले लिईएको हो । ख) १) भ्रष्टाचार आर्थिकमात्र हुँदैन् आचार, विचार र ब्यबहारमा पनि हुन्छ । मस्तिकमा फैलिएको भ्रष्टाचार ब्यबहारमा देखिएपछि मात्र त्यो अरुले थाहा पाउने हुँन् । परिस्थिति जटिल छ । हामीले इतिहासलाई जवाफ दिनु पर्छ । यो अवस्था ल्याउन हामी नै जिम्मेवार हौँ । राम्राको हकवाल भएपछि कमीकमजोरीको पनि दायित्व लिनै पर्छ । लुकाँउ भनेर लुकाँउन नसक्ने, छिपाँउ भनेर छिपाउन नसक्ने भनेको तथ्य हो । भ्रष्टाचार त हाम्रो सस्कृति पो बनिसकेछ । हामीले भन्या कुरा कसैले पो विश्वास नगर्ने भैसकेछन् । विश्वासको अन्त भनेको संकटको सुरुवात हो । अदालत भ्रष्टाचारको धोबीघाट र अर्धन्यायिक निकाय टक्सारमा फेरिए । भ्रष्टाचार शून्य सहनशीलता आफ्नो प्रमुख लक्ष भएकाले ०४८देखी नै नीतिगत वा ब्यक्तिगत भ्रष्टाचारको अध्ययन अनुसन्धान गर्दै कानुनको घेरामा ल्याउने । ०६३ पछिका घटनाहरूलाई केन्द्रमा राखेर तत्काल फाष्ट ट्रयाक अभियान थाल्ने । त्यो म आफनै जीवनकालमा देख्न चाहान्छु । आफ्नो टाउकोमा आफैँ राँको झोस्ने, नसके सहकर्मीले सहयोग गर्ने तर टाउकोमा कसैले हेल्मेट लगाएर आगो लगाँउन सक्छन् त्यसको निगरानी सर्वशक्तिमान आयोगले गर्ने छ । पहिलो परिक्षामा म नै उत्रिनेछु । भ्रष्टतन्त्रले गाँजिएको यो महाअभियान बमबार्ड द हेडक्वाटर हो । यसकालागी प्रत्यक्ष वा परोक्ष भ्रष्टाचारमा मुछिएका नेतृत्वलाई स्वच्क्षाले पदबाट राजिनामा दिएर छानविनमा पार्टी र सरकारलाई सहयोग पुर्याउने छन् । पहिला अनुरोध गर्ने, नटेरे पार्टी र सरकारले नै कारवाही गर्ने । त्यसको घेरामा पहिला आफू, त्यसपछि पार्टी, सरकारी नियुक्ति, प्रमुख ब्यरोक्रेट, न्यायिक सेवा, सेना, प्रहरी र अन्य सरोकारवाला पनि पर्नेछन् । त्यसमा बाहालवाला र रिटायर्डहरु सामेल गरिनेछ । २) विषय किटानः घुष खाने र खुवाउने त देशकै दुश्मन र अपराधी हुँन । तर यहाँ त नीति नियममै झेली गरेर वैधानिक भ्रष्टाचार भए । अव धमिजा काण्डदेखी नै फाइल खोलिने छन् । राष्ट्रिय महत्वका सन्धी सम्झौताको पुनर समीक्षा गरिनेछ । टनकपुर र माहाकाली सन्धी मात्रै हैन के कारणले अरुण तेस्रो योजना क्यान्शील भयो, निर्मम समीक्षा हुँनेछ । भ्याट बिल प्रकरण, चुडामणी काण्ड, आयल निगम जग्गा प्रकरण, वाइडबडी विषय, बालुवाटार जग्गा प्रकरण र माहासचिव कमरेड पौडयालको संग्लग्नता आरोप, यनसेल प्रकरण, आलम प्रकरणको सिण्डकेट, ओम्नी प्रकरण, कोरोना प्रकरण, यती सिन्डकेट संस्करण प्रमुख जाँजका घेरामा रहनेछन् । सेना देशको गौरव हो, अव सेनालाई राष्टिय सुरषको दायित्व वेगर अन्य कार्यमा प्रयोग गरिनेछैन् । ३) सर्वोच्च अंगको नेतृत्व गरेर (पूर्व सेनापित रबिन्द्र क्षेत्री र पूर्व अख्तियार प्रमुख लोकमान सिह कार्कीलगायत) पलायन हुँने राष्ट्र सेवकलाइ रेड कर्नर नोटिस जारीगरी देश भित्रयाउने र कानुनको सामना गर्न बाध्य पार्ने । अन्यदेशको नागरिकता लिएको भएपनि कुटनीतिक सकृयता देखाएर नेपाल प्रत्यारोपन गराउने । अझ राजदुत नै पनि विदेशमा पलायन भनेको देशकै बेइज्जत भयो । ४) सुरक्षाको कारण देखाएर विदेशी नागरिकता यसयलयम भिसावालाको सत्यतथ्य प्रष्टयाउन संवन्धित देशको सरकारसंग सहकार्य गर्ने । ५) विदेश पलायन भएर पनि नेपालबाट तलब भत्ता खाँने, राष्ट्रको सम्पतिमा पढेर त्यतै भासिनेसंग राष्ट्रले गरेको खर्च असुल गर्ने । ६) मन्त्री, सांसद र जिम्मेवार निकायले सरकारी स्कूलमै आफ्ना सन्तान पढाउन पर्ने र स्वास्थलाभ सार्जनिक वा सामुदायिक अस्पतालबाट लिन अनिवार्य गराउने । विदेशमा सरकारी खर्चमा उपचार अव हुँनेछैन् । यसले शिक्षा र स्वास्थको अवस्था सुधार गर्ने छ । नीति निमार्णथलोमा रहेकाले कुनैपनि निजी स्कूल, अस्पताल, यनजीयो÷आइयनजियोको संग्लग्नता हुँन पाइनेछैन् । शिर्षस्थपदबाट अवकासप्राप्तीको ५वर्षसम्म कसैले पनि संवैधानिक प्रमुख, राजदुत वा कुनै दात्रीनिकायको जागिरमा प्रतिबन्ध लगाइने छ । ग) पार्टी संगठन संबन्धमाः १) पार्टी कम्युनिष्ट विचार, सिदान्त र आदर्शले चल्नै पर्छ । यसलाइ अश्वीकार गर्नेले स्वच्क्षासाथ पार्टीबाट बिदा लिनुपर्छ । चिनिया राष्ट्रपतिको भनाई अहिले याद गर्छु – धनी बन्न चाहानेले राजनीति हैन् ब्यापार गरून’ । हामीले पनि सिक्नै पर्छ । निजीसम्पति राख्ने कम्युनिष्ट बन्नै सक्दैनन् । मैले पनि आप्mनो सवै सम्पति राष्ट्रको नाममा गरिसकेको छु । जीवन राष्ट्रका लागी, पार्टीकालागी र मानव समुदायकालागी समर्पपण गरेको कमरेडहरुलाई थाहा नै छ । ट्रेडमार्किया कम्युनिष्टमा अब पार्टी चलाइने छैन् । २) कम्युनिष्ट भनेको उस्का दृष्टिकोण र मान्यता द्वान्दात्मक ऐतिहासिक भौतिकवादले निदेर्शन गर्नेहुँदा बैज्ञानिक सोच अनिवार्य हुन्छ । यस्को अर्थ उ अदृस्य, परभौतिक शक्तिमाथी विश्वास गर्दैन भन्ने हो । त्यसै अनुसार जीवनपद्दति बनाँउछ । जस्ले पालन गर्न सक्दैन् ऊ ज्वतिष शरण गए हुन्छ वा घण्ट बजाए हुन्छ । ३) सामुहिक निर्णय, ब्यक्तिगत जिम्मेवारीका सिद्दान्तमा अव पार्टी चल्ने छ । पार्टी सदस्य र अध्यक्षको भूमिका फरक होला तर कम्युनिष्ट पार्टीका हरेक सदस्यको हैसियत भने बरावर हुन्छ । पार्टीका सवै तहका नेता, र्कायकर्ता नामकाजी नभै कामकाजी हुनेछन् । मानार्थ सदस्य क.पा.मा हुँदैन् । अव छिटै केन्द्रिय कमिटीको वैठक बस्ने छ । यसलाइ भिड–थलोभन्दा कार्यकारी बनाउने हो । त्यत्रो विशाल देश, ठूलो पार्टी चीनकै केन्द्रिय कमिटी र पोलिट ब्यूरो हेरौ त ! ४) वर्गिय र पेशागत समस्या उठान र संर्घषको हतियार जनवर्गिय संगठन बन्न नसकेकाले अब जवसको खारेजी गर्ने । ५) नेताहरू गुटवाज, चाकड र चम्चाबाट पुरै सम्बन्ध विच्छेद गर्ने, गर्न नसक्नेलाई पार्टीबाट बिदाई गर्ने । म आजैका दिनदेखी मेरो गुट अन्त गरेको घोषणा गर्दछु । म समग्र पार्टी र देशको नेता बन्ने प्रतिवद्दता ब्यक्त गर्छु । अन्य कमरेडसंग पनि त्यस्तै अपेक्षा राख्छु । पार्टीका आफनै कार्यालय छन् । अव बालुवाटार पार्टी बैठक बस्ने छैन् । त्यो देशको प्रमुख कार्यकारीको हो, पार्टीअध्यक्षको हैन् । हरेक तहका कमिटी अव कार्यकारिणी हुँनेछन् । घ) सरकार र पार्टीको संबन्धः १) सरकार राज्यको ब्यबस्थापक हैन् अभिभावक हो । २) पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने हैन् । पुच्छरले शरीर हल्लाउने चलन आजैदेखी तोडिए । ३) सरकार र पार्टी एकै हैन् । सरकार समग्र देशको हो । हाम्रा पार्टी सदस्य नभएकाहरुको पनि हो । हाम कमरेडहरु सिहदरवार र बालुवाटार र सितलनिवासलाई पार्टी कार्यालय र एकलौटी सोच्छन । अझ गुटियारहरु त आमाको प्यावा र बाउको अंशै सोच्छन । यस्ता सोच आजैदेखी त्यागौँ । हेक्का रहोस् –मभन्दा पहिला पनि यहाँ धेरै बसी सके, पछिपनि बस्नेछन् । ४) राजनीतिमा सिण्डकेट र नीतिगत भ्षटाचारको अन्त गर्ने । माफियाको सिहदरवार, बालुवाटार, मन्त्रीक्वाटर र नेतानिवासमा प्रतिवन्ध लगाउने । नेताहरुका खोपी पुग्ने कसैलाई पनि मूल्यांकनमा तल राख्ने । कुनै पनि आवरणका दलालको पहुँच निषेध गरिनेछ । ५) यनजीयो र आइयनजियोकर्मीलाइ सगठनमा प्रतिबन्ध लगाउने । समाजकल्याण परिषदमा सवै सूचना, कार्यक्रम र बजेट पारदर्शी गर्ने । आइयनजियो आवरणमा धर्म परिवर्तन गराउने वा नीतिगत हस्तक्षप गर्ने संस्थालाइ देशनिकाला गर्ने । ६) कोरोनाले ठूला शक्तिराष्ट्र त त्राहीमाम भए । विदेशिएका जनशक्ति फर्कदै छ । त्यो भयावह हुँनेछ । त्यसको ब्यबस्था चुनौति हो । विदेशमा कडा शारीरिकश्रम गर्नेहरू पनि देश फर्केपछि भने श्रमगर्न लजाँउछन । हाम्रो समाजमा विहानको चिया पसल र साँझको भट्टीमा राजनीतिक गफ चुटने बानी पिरसक्या छ । यस्ता सोच फेर्नु दर्शनढुङा चपाउझै हुनेछ । ७) नेपाललाई आधार बनाएर मित्रराष्ट्र भारत र चीन विरोधी अभियानलाइ निषेध गर्ने । त्यस्ता संघ संस्थासंग जोडिएका पार्टी कार्यकर्ताको पार्टी सदस्यता खारेज गर्ने र नागरिकको हकमा भने सचेत गराउने । हामी पनि कहिलेकहीँ कुटनीतिक विषयलाई हल्का, आवेग र आक्रोसमा ब्यक्त गर्छौ । त्यसले अन्धास्थालाई त बुरुकबुरुक पार्ला समस्याको हल भने निकाल्दैन । त्यसैले गम्भीर कुटनीति आवस्यकतावोध भएको छ । समस्या खडाभन्दा समाधान प्रमुख कुरा रहेछ । ८) कुनै पनि राजदुतहरुले कुनै नेता वा मन्त्री, प्रधानमन्त्रीलाई भेटनुछ भने परराष्ट्र मन्त्रालय मार्फत भेटने छन् । पार्टीका वरिष्ठ नेतालाई भेटदा विदेश विभागका सदस्य सामेल हुँनेछन् । ९) हामी आलोचना सुन्नै नसक्ने भएछौँ । आलोचना गर्नेलाई दुश्मनको कोटीमा राख्ने भएछौँ । यसैपनि संसारकै सवै शक्ति बुद्दिजीवी, लेखक कबि कलाकार र पत्रकारलाई सहन्नन् । गाइजात्रा आउन थाल्यो । कलाकारले अव केके भन्ने हुँन् । कस्ता रमिता देखाँउने हुँन् । त्यसलाई सहनु र शिक्षा लिनुपर्छ । शक्तिको भक्ति नगर्दै हिम्मतसाथ भन्ने र गर्नेहरु कहिल्यै दुश्मन हुँदैनन् बरु भक्तिराम र चाकर दुष्ट हुन्छन् । बालुवाटार भित्र बाहिर के भा छ, कसरी थाहा हुन्छ ? साच्चैका आलोचक त शक्तिकालागी तेस्रो नेत्र हुँन भने दुश्मन र विरोधी के कसो गर्दैछन् भन्ने उनका भनाईमा वास्तविक सूचना पनि पाइन्छ । नेता वा शक्ति के भने कसरी खुशी हुन्छन् भन्ने देखी सवै नेता कमरेडहरु होसियार हुँनुस् । त्यस्ताले आखाँमा पट्टी र दिमागमा गोवर भरिदिएका हुन्छन् । पहिला हामी असहिष्णु बनेकै हो, अव त्यो सोच त्यागिने छ । हामी सूचनाको हकमा सवर्साधारणको पहुँच ब्यवस्थित गर्ने छौँ । अन्तमाः हामी अन्तराष्ट्रवादी हौँ । गुरुहरुले हाम्रा आचार, विचार र ब्यबहार मात्रै नभै वर्ग पक्षधारिताको दिशा निर्देशन पनि गरेका छन् । परिस्थिति, भूराजनीति, आन्दोलनको अवस्था हेरेर हामी चल्नुपर्छ । त्यो कुनै कितावमा लेखिएको हुँदैन् । नेतृत्वका पनि सीमा, समस्या हुन्छन् । हामी कुनै अलौकिक प्राणी त हैनौँ । यही समाज, राजनीतिक संस्कृति र आन्दोलनले नेतृत्व तयार गर्छ भन्ने कुरा पार्टी पंग्तीले बुझ्न र बुझाउन सक्नु पर्छ । कम्युनिष्ट भनेको फरक धातुले बनेको राजनीतिक हिरावल दस्ता हो । कम्युनिष्टले संसिदय ब्यस्था र आचरणको रक्षा गर्नु पर्ने ... . शक्तिपृथकीकरण सिद्दान्तको रक्षामा समस्या आएकै हुँन् । स्वीकार्छु । अव त्यसो हुँने छैन् । मलाइ मन लाग्या थियो र ? –आफ्नै कुलबन्धुको पार्टी प्रतिवन्ध गर्नु पर्ने .. गुटियारले गरेका सवैकामलाइ शिरोधार्य गर्नु पर्ने रक्षा गर्नु पर्ने ... उफ । समयले कस्लाइ कहाँकहाँ पुर्याउने रहेछ .. । अव भने समय र आवस्यकता अनुसार देश र पार्टीहीतमा संगठात्मक विधी र प्रकृया अनुसार, कमरेडहरुको स्वत्वको रक्षा गर्दै आफनो दायित्व पुरा गर्नेछु । हेर्नुस् ...म पनि यसै समाजको उपज हुँ..स्वत्वको टकराहट भएपछि..होक्काँ गर्नै पर्ने, सिङ्ग जुधाउनै पर्ने । भो अब... इतिहासलाई जन्तर लगाउने हैन्, शिक्षा लिने पो हो । हिजो, हिजो थिए अब नौलो बनौँ । मेरो तर्फबाट यो प्रतिवद्दता भयो, भोलीका दिनमा ब्यबहारमा देख्न सक्नुहुन्छ । यो कथा र सपना हैन् पार्टी एकढिक्का भएर जोश र जाँगर लगाए हामीले गर्न सक्छौँ । हामीले नगरे कस्ले गर्ने ? ढुक्क हुँनुस् अब अच्छे दिन अाँउनेछन् । त्यसको स्वागतको लागी यसै बैठकले दृढ संकल्प लियौँ । सवै कमरेडहरुमा लालसलाम, अभिवादन । (मैले विस्वस्तसुत्रबाट पाएको भनिएको ड्राप्mट र सूचना पूर्णरूपमा फर्जी रहेछ । पार्टीको भरपर्दो सुत्र भन्छ– यस्तो न प्रस्ताव आयो, प्रस्तावनै नभएपछि केको निर्णय, के को परिपत्र ? यो षडयन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरोधीले चलाएका हल्ला मात्र हुन्न् ।) शनिबार २७ असार, २०७७ १८:३८:०० मा प्रकाशित Read more at: https://samachardainik.com/news-details/48352/2020-07-11

Thursday, July 9, 2020

भुमरीमा फसेको जहाज

दुई पाइलटले हाँकेको डबल नेकपा अहिले अत्यारिँदो घोप्टेभीरको छाँगोमा उभिएको छ। कोरोना महामारीले संसारकै शक्तिशाली धेरैलाई सडकमै पछार्‍यो। अर्थतन्त्र ओरालो लागिरहेको छ। किस्ता तिर्न नसकेर लिलामीका सूचनाले अब पत्रिका रंगिने भए। पेसा गुमेका छन्। प्रवासी मजदुर देश फर्किरहेका छन्। व्यवसाय ध्वस्त भएको छ। तनाव र दबाबका कारण आत्महत्या दर बढिरहेको छ। असन्तुष्टिका विद्रोही स्वर जताततै छताछुल्ल छन्। तर, यस्तो बेला नै सत्ताधारी दलको फाइट टु फिनिसको झगडाले दुनियाँलाई बिनाटिकटको तमासा बन्यो। कलाकारको भूमिकामा ‘त्याग, आदर्श र बलिदानको’ उच्च कीर्तिमान कायम गरेका नेता छन्। नेतृत्व शक्ति सञ्चयका लागि समस्या टुंग्याउनेभन्दा टंग्याउनतर्फ लागिरहेको छ। पछुवाहरू निमित्त तर्क कोरल्दै गम्भीर विषय, बहस, कार्यक्रम र एजेन्डा खारेजी अभियान राजधानीबाट प्रदेशमा प्रवेश गरिसक्यो। थाम्न नसकेपछि दुईतिहाइको गौरवता पनि बोझिलो हुँदै बुख्याच्याको टेको लिनु पर्दोरहेछ। जे छैन त्यो देखाइँदै छ, जे छ त्यो छिपाइँदै छ । हरेक पार्टीका झैझगडा कार्यकर्तालाई मात्रै नभई आमजनताका पनि सरोकार हुन्। अझ देशको साँचो-लाल्चावाला पार्टीका समस्यामा देशकै भाग्य र भविष्यसँग जोडिएको हुँदा प्रत्यक्ष सरोकार राख्छ । भ्रष्टाचार सिन्डिकेट र कोरोनाकालमा आफ्नै कर्मले सरकार नांगिइँदै गयो। झन् अहिलेको झैझगडालाई कतिपयले एमाले र माओवादी एकतामा तुष खोज्दै छन् भने प्रधानमन्त्री र प्रचण्डबीचको भिडन्तका रूपमा पनि लिएका छन्। मौका पाउने र नपाउनेबीचको कलह भनेर पनि अथ्र्याइँदै छ। पूर्वएमालेका कैयन् शीर्षस्थ नेतासमेत प्रधानमन्त्रीका विपक्षमा रहेकाले पहिलो र दोस्रो तर्कमा दम छैन। विचार, राजनीति, संस्कृति एक भइसकेकाले दुवैका पृष्ठभृमिका सबै हकवाला र दोष एवं गुणका हिस्सेदार बनिसके। अब एमाले र माओवादी भनेर डबल नेकपामा छिद्र खोज्नुको तुक पनि छैन । पात्र र प्रवृत्तिका रूपमा जे देखिए पनि यो बीआरआई (चीन) र एमसीसीको (अमेरिका) भिडन्तको नेपाली संस्करण मात्रै हो। भारतको बदलिँदो विदेश नीति अमेरिकी झुकावले क्षेत्रीय तनाव देखायो। चीन-भारतबीच लद्दाखको तनावका तार यता पनि जोडिए। स्वार्थका टकराहट र दूरगामी महत्व र सन्देश दिने लद्दाख, लिपुलेक र बीआरआई-एमसीसी आपसमा जोडिएका विषय हुन्। कसले कहाँ कसरी खेल्यो ? को कसरी प्रयोग भयो भन्दा पनि क्षेत्रीय महाशक्ति भारत र विश्व शक्तिको प्रतिस्पर्धी चीन अर्थात् दुई भिन्न चिन्तन, सानो चित्तका ठूला देशका बीचमा रहने मुलुकको नियति पार्टीभित्रका झगडाका रूपमा देखिए । आरोप चिन्तन, हैसियत र आग्रहको अभिव्यक्ति हुन्छन् तर नग्न सुन्दरता हेर्न ज्यादै गाह्रो पर्छ। कसको वैशाखी कसले टेक्ने भनिरहेको सरकारी नेकपा अहिले अंशमा सकिने कि समग्रमा ! भन्ने जद्दोजेहादमा छ। कहिलेकहीं नैतिक पुँजी, आदर्श सिर्जित इच्छाशक्तियुक्त एक व्यक्तिले पनि इतिहासका धार नै फेर्न सक्छ। उम्दा सहयोगी तयार गर्छ। तर, त्यही रहेन भने नायकत्व खलनायकमा फेरिएको पनि स्वयंले पत्तै पाउँदैन। पार्टी विभाजनका परिपक्क अवस्था र कारण हुनुपर्छ। सिद्धान्त नमिल्दा, उद्देश्य र मार्गचित्र फरक हुँदा वा नयाँ कोर्स थालनीमा विश्वास फरक परेर एकै ठाउँमा रहने अवस्था गुम्छ । http://annapurnapost.com/news/160876 सिद्धान्त र आदर्श रहिञ्जेल पार्टीमा संगठनात्मक चरित्र र अनुशासन रहन्छन्। त्यसमा तलमाथि पर्नेबित्तिकै पार्टी फुट्नु स्वाभाविक हुन्छ। तर, नेकपाको विवादमा दुवै पक्षबीच सिद्धान्त, कार्यनीति, मार्गचित्र र दूरगामी रणनीति कुनै फरक छैन। सबै विषयको विगतमा सबै मतियार बनेका हुन् भने अहिले त्यसको पश्चात्ताप पनि दुवै समूहमा देखिँदैन। आधारभूत चरित्र एउटै भएपछि टे«डमार्कका रूपमा रहेको पार्टीमा आन्दोलनलाई नयाँ दिशा दिने हैसियत पनि खस्कन्छ। तब झैझगडा राजनीतिक विषयभन्दा प्राविधिक विषयमै केन्द्रित हुन्छन् । प्रश्न शक्तिसँगै हुन्छ। मूल दायित्व पनि मूल नेतृत्वसँगै भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले भ्रम र अविश्वास पैदा हुने अवस्था छिमोल्न सकेनन् । १. विश्वास गुम्नु नै भ्रम, आशंका र आग्रहका कारण बने। अमेरिका र भारतलाई पछ्याएको कोरोना संकट समाधानका उपाय जनतालाई त्राहीमाम बन्यो, भ्रष्टाचारीलाई मौका। अमेरिका र भारतीय अभ्यास पछ्याउँदै भएका योजनारहित लकडाउनले गलत समयमा भएको सही निर्णयको हविगत सडकमा देखिए। यसैबेला सांसद ‘अपहरण’ भयो। अध्यादेश आउनुपर्ने र खारेज हुनुपर्ने कारण न संसद्ले जानकारी पायो न देशले। पुराना बहस, छलफल, आशंका र आरोप बहसमा आएनन्। प्रतिपक्ष मौन भयो, पार्टी तैं चुप मै चुप । सिंहदरबार बालुवाटारमा केन्द्रित सत्ता शक्तिकेन्द्रीकरण हुँदै संवैधानिक अंग खुम्चिँदै गए। शक्ति पृथकीकरणको चेक एन्ड ब्यालेन्स आदर्श बकपत्रमा सीमित भए। दर्जनौं विधेयक कार्यसूचीमा हुँदाहुँदै राजनीतिक दललाई जानकारीसम्म नदिई संसद् अधिवेशन अन्त्य गराइयो। संसदीय व्यवस्थाविरोधीले नभई स्वयं क्याबिनेट मन्त्रीले संसद्लाई ‘रत्यौली अखडा’ भनिदिइन् । २. कर्पोरेट र राजनीति अन्तरघुलनपछि वैधानिक भ्रष्टाचारले कानुनी आधार पायो। समाजवादउन्मुख पार्टी र सरकार भने पनि क्लेप्टोक्रेसीको (भ्रष्टतन्त्र) रजगज भयो। बिनाघुष खुवाएर कुनै पनि काम फत्ते होला भन्ने विश्वास गुम्दै गयो । ३. संकटले समाधान लिएर आएको मात्रै हुँदैन, त्यसलाई हल गर्ने नयाँ मार्गचित्र साथै ल्याएको हुन्छ। तर, त्यसलाई पहिल्याउने र योजनामा फेर्ने नेतृत्व हुनुपर्छ। सपना देखाउँदै नयाँ ऊर्जा भर्ने नयाँ नेतृत्व संकटकै बीचमा जन्मिँदै जोखिमले मूर्तरूप पनि लिन सक्छ। तर कोरना महामारीमै संसारभर उग्र दक्षिण ढल्को नेतृत्व मैमत्त हुँदै छ। प्रधानमन्त्री पनि त्यही पुरानो अन्धराष्ट्रवादी कार्ड प्रयोग गरेर नयाँ संकटमोचन योजनामा छन्। एउटै नदी दोस्रोपटक पनि तर्न सकिँदैन पानी त बगिसकेको हुन्छ । ४. विगतको भूल सच्याउँदै नयाँ नक्सा जारी गर्नु स्तुत्य पक्ष हो। तर, त्यसपछि गम्भीर कूटनीतिक प्रयासलाई हल्का, ठट्टा वा आक्रोसमा व्यक्त गर्दा नक्सा हाम्रो हातमा जग्गा अर्काका हातमा रहने अवस्था आउन सक्छ। युघको रूप लिनै खोजेको गलवान भिडन्त अहिले गम्भीर कूटनीतिक प्रयासले समाधान खोज्दै छ, त्यसबाट नेपालले सिक्नुपर्छ । ५. प्रधामन्त्री व्यक्ति मात्रै नभई संस्था हो। तर दबाब र तनावमा किचिएपछि नक्कली शत्रु खोज्दै छायाँदेखि तर्सिन थालेर काल्पनिक विम्ब खडा गरिँदै छ। ‘विदेशीले सरकार ढाल्न खोज्यो’ ‘राष्ट्रपति महाभियोग’ प्रसंग आए। तर आफ्ना वरिपरिकाको घोर अपराध र भ्रष्टाचारसम्बन्धी उठेका विषयको प्रतिरक्षा भयो। प्राविधिक र स्वास्थ्यसम्बन्धी विषयमा प्रशिक्षण नै दिन खोजियो। होलीवाइन प्रकरण सामान्य विषय थिएन। प्रधानमन्त्री होटल सर्नु घबराहट र बेचैन लक्षण त्यही बेला देखिए। प्रधानमन्त्री खुद गल्ती गरिरहेछन्, गर्दै जाऊन त्यो अझ बढोस् भन्ने विपक्षी चाहन्थे। आफ्नो छवि बचाउन अर्काको छवि ध्वस्त गराउने रणनीति लिइयो। अवस्था सम्हालिएन्, आतंकित पारेपछि बालुवाटार शीतल निवासको म्याराथुन चले। मन्त्रीहरूलाई भय र प्रलोभनले समर्थन लिने कोसिस भए। देशको प्रमुख कार्यकारी निवास पार्टी कार्यालयमा फेरिनु र राष्ट्रपतिलाई प्रत्यक्ष पार्टी गुटमा तानिनु त मर्यादित राजनीतिमा दाग लगाउनु नै हुन्थ्यो । अन्त्यमा राम्रो काम त सरकारको दायित्वमै पर्छ। तरिका गलत भएपछि परिणाम पनि राम्रो निस्कन्न। भोको पेट, अपमानित स्वाभिमान, अनिश्चित भविश्य, टुटेका सपना, ध्वस्त भएका व्यवसायी नेतृत्वका रत्यौली देख्दा जनमानसमा निराश बढेर आक्रोश उत्पन्न भएको छ । पार्टीमा राजनीतिक संस्कृति नदेखिएपछि परिवर्तनका नारा आत्महत्या गर्दै गुट, फुट, झुट र लुट नै पार्टीको परिचय र संस्कृति बन्छ। गम्भीर विषय ओझेल पर्दै समस्या सैद्धान्तिक, वैचारिक र सांस्कृतिक भएर बहसमा प्रवेशै पाउँदैनन् वा खारेजीमा पर्छन्। गलत नियतले उमारिएका निमित्त तर्कले कुण्ठा मात्र जाहेर गर्छ। त्यस्ता कुण्ठाले प्रतिशोध जन्माउँछ। प्रतिशोध नै जब उद्देश्य हुन्छ त्यसले विध्वंस निम्त्याउँछ नै। सिद्धान्त, विधि र पद्धतिको मान्यता अवलम्बन नगर्दा नेकपा ध्वस्त अवस्थामा पुगेको हो। यो भिडन्तमा देशले ठूलो मूल्य चुकाउन पर्नेछ । अंशमा सकिने कि समग्रमा ध्वस्त हुने भनेर भुमरीमा फसेको जहाज कसरी निकाल्ने भन्ने विश्वासिलो योजना क्याप्टेनहरूसँग देखिँदैन। यो खुसीको समय नभई जाग्राम बस्ने समय हो। कोरोनापछिको अर्थतन्त्र, बेरोजगारी हटाउने र लिपुलेक भारतीय अतिक्रमणको गम्भीर कूटनीतिक सक्रियता कसरी गर्ने चुनौती हुन्। नेतृत्वमा इष नभई सर्वस्व गुम्नुभन्दा अंश गुम्न त राम्रो भन्ने सोच पलाउनुपथ्र्यो। तर सामन्ती अहंकारी संस्कृतिले टुट्न दिन्छ, झुक्न वा समझदारीमा पुग्न दिँदैन। पराइसँग जति लम्पसार परे पनि जोडीदारसँग भने ऊ ऐंठिन्छ ।

Friday, July 3, 2020

डिभोर्स मित्यानको

सर्प ! तिमी सभ्य त भएनौँ शहरमा बस्न पनि तिमीलाइ आएन । एउटा कुरा सोधौँ (जवाफ त दिन्छौ ?) कसरी सिक्यौ डस्न, विष कहाँ पाइयो ? –अज्ञेय शीतनिन्द्राबाट ब्यूझेको सर्पलाई लहड चलेर मान्छेसंग मित लगाउन खोजेछ । सर्प–भाषा बुझ्ने मान्छे र मान्छे–भाषा बुझ्ने सर्प भेटिएपछि मितेरी लाउने तय भो । शुभसाईत नागपञ्चमी छाँने । आकासको गरुड, धरतिको न्याउरी र मान्छेसंग सर्पजाति जोगिदैँ हिडनु पथ्र्योे । ज्यान जोगाउन उम्दाकाईदा मितेरी लगाउन सोच्यो । मान्छेको बुझाईमा पनि सहवासक्षणमा सर्पहरु मणि ओकल्छन् भन्ने विश्वासमा थियो । दुवैका आआप्mना सोच थिए । यसैपनि सर्प हर्माेनिक अण्डा खाएर तन्दुरुस्त भएकाले आफुलाई र्लोके ठान्थ्यो । नागपञ्चमी आयो । सर्पलाई शुभसाईतमा मान्छेले निम्त्यायोे । दुवैले संसारलाई नै आश्र्चयमा पार्नेगरेर मित लगाए । वाहाँजोडेर मित लगाउने कुरै भएन् । सारा जहानबच्चा पाहुँना देखेर अताल्लिँदै खस्कदै गए । निम्त्याउन त निम्त्यायो तर मितज्यूलाई कसरी खातिरदारी गर्ने ! थाहा भने थिएन । सकसमा प¥यो । मायाँ गरेर म्वाई खाईदिए पनि विषै लाग्ने, रिसायर डस्यो भने झन के र ! एकअर्कालाई टाढैबाट ढोगभेट गरे । सर्पको नमस्ते पनि फँना उठाएर जिब्रो निकाल्दै ग¥यो । समय घर्कदै साँझ छिप्पिदैजाँदा सर्पको फेब्रेट डिस उस्लाई थाहा थिएन । सुनेको थियो–सर्पलाई सवभन्दा मिठो दुध हुन्छ अरे । दुध पिएर विष बनाउने जात भनेर पुर्खा कहन्थे । नागहरुलाई दुधै चढाँउथे । केहीवर्ष पहिलानै शिवजीको मुण्डमाले नागले दुध पिएको मिडियामा सुनेको, टिभीदृस्य देखेको थियो । ज्यूनार होस्, मितज्यू ...भन्दै एक कचौरा दुध ल्याएर राखिदियो । सर्प भने फँना उठाँउछ, यताउता हेर्छ तर दुधा कचौरा भने छुँदैछुँदैन् । सर्पलाई शंका भयोः यसै त पुस्तौनी सुनेको, अझ दुध ! दुध त अपच हुन्छ । छेर्छ र मर्छ भनेर थाहा पाएरनै मितले ज्यानकै जालसाँची ठम्यायो । मांंसाहारी प्राणीले माछा, भ्यागुता मुसा मन पर्छन् । छुचुन्द्रोको नजिकै पर्दैन्, न्याउरी मुसो जत्तिकै होसियार हुन्छ । बरु आप्mनै सन्तान खान्छ । सोच्यो–हाम्रोजात त काँचुली मात्रै र्फेर्छौँ, तन्दुरुस्ती अनुसार वर्षमा ३ पटकसम्म । त्यो त मान्छेले फेर्ने कपडा जस्तै त हो । मान्छेको जात कुनबेला दिल, दिमाग र मालिक फेर्छ ? उस्ले त इष्टदुष्ट खुट्याउनै सक्दैन् भने हामीले कसरी छुटयाउने ! मित त लगाइयो तर विश्वास भने गर्नुहुन्न्, है ।’ तव दुधालु ब्यञ्जन नखाँनेनै अठोट गरेर विसिञ्चोको वहाना बनायो । दुवैमितलाई आ–आप्mना गुण र शक्ति थाहा थियो । सर्पमितको लागी खडप्वालको दुलोमा चिस्यान विस्तारा लगाएर मान्छे आफूभने पलंगमा पल्टियो । आखिर सर्पको रोजाई, बसाई रतिकृडाथलो चन्दन, रजनी गन्धा र चमेलीको ओरीपरी हुन्छ । ओसिलो भएर प्यारो थलो बनेको । खडप्वाल चिसो त थियो नै तर कुनबेला मित जागेर आक्रमक हुँने हो, सर्प यसैमा चिन्तत थियो । दुवैलाई निन्द्रा लाग्ने हैन् । दुवै के, कसो गरिरहेका छन्, एकअर्कालाई मार्ने दाउ त खोजिरहेका छैनन् ! भनेर सर्प दुलोबाट टाउको निकाल्दै जिब्रा चलाँउन्थ्यो भने सिरकबाट मुण्टो निकालेर मान्छे पनि घरीघरी खडप्वालतिर नियाल्दो । जव–जव एकअर्कालाई घुरिरहेको एकाअर्काले देख्छन् त्यतिकै एकअर्कालाई अझ आशंकामाथी थपिँदै गए । जव विश्वास टुट्छ, आशंका बढ्छन् तव दिनको चैन रातको निन्द्रा हराँउछ । छायाँ पनि षडयन्त्र गन्ध ओकल्छ । दुवैले अनिन्द्रामै छर्लङ्ग रात काटे । सर्पका सुंग्ने र सुन्ने दुवैकाम जिब्रोले गर्छ, तर ऊ जिब्रो निकाल्थ्यो तव मान्छे डस्नै खोज्यो भनेर होसियार हुन्थ्यो । सर्पको कुरा थाहा नपाएको मान्छे र मान्छेको मनपेट नबुझेको सर्प झन शसंकित हुँदैगए । एकअर्कासंग शसंकित र त्रसित भएपछि त अर्कालाई अपराधी र वेइमान नै देखिईन्छ नै । तव मितेरीका वाचावन्धन हुँन् या सन्धी वा माहासन्धी तोड्न समय घर्काउने मेसो मात्र बन्छ । सर्पको गुण र संपती भनेकै कति कडा विषालु छ भन्नेमा हुन्छ । शक्ति र विषका रुप फरक मात्रै हुन्छन् । जोगिन र जोगाउनै कठिन् । कुनबेला कस्ले कस्लाई डस्ने हो ! पत्तै हुँदैन् । मान्छेले स्वभाव फेरेझै सर्प पनि काँचुली फेरिरहन्छ । विहानी भयो, एकअर्काका नजिक दुवै पुग्न नसकेका । दुवैले सोचे –विजातिसंगको मितेरी ज्यानको खति । एकले अर्कालाइ पचाउन पनि नसक्ने, मितेरी धान्न पनि नसक्ने भनेको शंकैशंकाको कठिन जीवन हुन्छ । तव दुवैले मितेरी कट्टी गर्ने मनमनै निधो गर्दै मान्छेले भनेछ –मितज्यू यारीको भारी भयो भने जीवन कष्टमय गुज्रिन्छ । सजातिय मितेरी नै उम्दा । हाम्रो पुरुषार्थ कपटमा हुन्छ भने तपाईहरुको जति कडा विष, त्यतिकै ठूले.....। मान्छेमा जतिठूलो छलकपट गर्न सक्यो त्यसैले औकातको धरहरा ठडिने । हाम्रोजातमा शक्ति नपाईञ्जेल मेलमिलाप र एकता... त्यसपछि एकले अर्कालाइ खुईल्याउने मात्रै हैन् पचाईदिने खेल सुरु हुन्छन् । तपाईहरुका विष दिमागले बनाएर दाँतमा सरेर टोक्दा त एउटा जिवात्मा मात्रै मर्छ तर हाम्रा त दिमागै विषैली भएपछि एकै पटक एउटैकृत्यले लाखौ, करौडो स्वजाति, जिवात्मा र प्रकृति नै ध्वस्त बनाईदिन सक्छौ । जिन्दगीका मजा नौलो चलन थालेर गरौँ भन्या... हाम्रा आआफना गुणले एकअर्कालाइ शंकैशंकामा जीवन लर्ताने भए । एकअर्काका भाषा बुभ्mने विलक्षण प्राणी भएपनि दाउ भने बुभ्mन नसक्ने भयौँ । म त रातभरी निदाउनै सकिन । अव आरोप प्रत्यारोप गरेर के फाईदा ! मान्छे र सर्प आ–आफनै जाति र समूहका चंखप्राणी, मित्यान भएपछि एकअर्कालाई माया र विश्वास गरेको देखाउनु पनि पर्ने र साच्चैमा विश्वास भने नगर्ने । मितेरी त भेटघाट मात्रै हैन्, दिल र दिमाग, स्वत्वको मिलाप पनि भएरै जोडिदार हुनु हो । विश्वासै गर्न नसकिने ‘मितेरी’ धान्न सक्ने कुरै भएन् । तव मान्छे र सर्पले मितेरी डिर्भोष गरेछन् । त्यसपछि मान्छे र सर्प एकअर्कासंग जोगिदै, डराउदै मौका पर्ने वित्तिकै आक्रमण गर्ने मौका कुर्दै आआफना जातिसंग झैझगडा, प्रतिस्प्रधा वा मितेरी गर्ने तर विजातिसंग मितेरी नलगाउने टुङ्गोमा पुगेका हुँन् । मित्यान फुकाँउदै छुटिटनेवेला मान्छेले भनेछ –हो पक्कै हो, हाम्रो जातै कपटी.....। दुनियामै मन, मस्तिक, भावना मिलेर लगाईएका मितेरी कमै हुन्छन् । अझ धान्न त औधी गाह्रो । मित लगाउने आआफनै कारण हुन्छन् । यस्तो समय भन्या तंग्रेनी वा समय घर्काउने उपाय शक्ति सञ्चयकाल पनि बन्दिन्छ । स्वार्थको रक्षा गर्ने शक्ति नभैन्जेल यारी खुव चल्छन् । हुँनेभन्दा देखाउने यारीलाई चित र पटको सम्बन्ध भनिन्छ । कपटीका मित्यान धेरैदिन टिक्दैनन् । घटनाले समय तय गर्छ । समयले दपेटेपछि चुत्थ्यो विकल्प मितेरी दुश्मनीको अल्पविराम मात्र हो । अन्तमा मान्छेले मनकत्त बह पोख्यो–एकअर्कालाई सक्न जिन्दगीनै खर्चेकाले नसकेपछि मित्यान लगाँउछन् । अक्करमा ठक्कर दिन थाल्यो कि उछिट्टी हाल्ने, पाहाझै पर्छान खोज्यो, चिप्ली हाल्ने, एकअर्कालाई नष्ट र भ्रष्ट गर्न नसकेपछि मित्यान चुत्थो विकल्प हो । दुवैको सत्रु एउटै भएपछि सत्रुको सत्रु ...मित्र बन्छन । नौलो कथा रचौँला भन्ठान्या थिँए । मित लगाउनुे ठूलो भ्रम थियो । यसरी मित्यानको डिभोर्स भएर दुवै आ-आफ्ना बाटो लागे । सर्प फर्केला भनेर बाटाभरी मान्छेले खुँदो छर्कियो भने सर्प नजिकैको बुटयान घारीमा अल्पियो । Read more at: https://samachardainik.com/news-details/47868/2020-07-03

Wednesday, July 1, 2020

छिमेकीका सीमा तनाव र हामी

पूर्वीलद्दाखको दुर्गम एवं निर्जन क्षेत्र अहिले भारत–चीनबीच तनावस्थल बनेको छ। झन्डै तीन महिनादेखिको तनाव घट्दै छैन, पूर्ण युद्धमा फेरिएला कि छिटफुट भिडन्तमै टुुंगिएला अझै भन्न सकिँदैन। दौलत वेग बोल्डीको १६ हजार ९४२ फिट उचाइमा भारतीय–चिनियाँ सेनाले सयुक्त योगभ्यास (२१ जुन २०१८ मा) गर्दै गर्दा कसैले पनि त्यही ठाउँमा दुई वर्षपछि (१५ जुन) हिंस्रक भिडन्त भएर २० भारतीय सैनिकको मृत्यु र दर्जनौं घाइते होलान् भन्ने कल्पनै गरेका थिएनन्। चीनले तीन दिनपछि १० युद्धबन्दी रिहा गर्‍यो। अझै उसले आफ्नो क्षतिको खुलासा गरेको छैन। सो योगाभ्यासलाई दोक्लाममा (भुटान) ७३ दिन लामो तनावलाई मत्थर पार्ने योगा कूटनीति अथ्र्याइएको थियो। यसै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको १८ पटकको भेटघाटले आपसी विश्वास दर्बिलोको संकेत दिएकै थियो। तर गृहमन्त्री अमित शाहले ५ अगस्ट २०१९ मा लोकसभामा कश्मीर विशेष दर्जा हटाउने संविधानको धारा ३७० बारे जानकारी दिँदै भने–पाकिस्तानतर्फको कश्मीर र गिलगिट मात्रै नभई अक्साईचीनको भूभाग पनि फिर्ता लिइने छ, ज्यान पनि दिइने छ।’ शाहको उक्त भनाइले नयाँ तनावको संकेत दिएको थियो। ३१ अक्टोबर २०१९ मा नयाँ नक्सा जारीसँगै भारतीय सोचप्रति यस क्षेत्रमै थप आशंका थपिए। नेपालको लिम्पियाधुरा र लिपुलेक पनि सोही नयाँ नक्सामा गाभिएको थियो। चीन–भारतबीच तीन हजार चार सय ८८ किलोमिटर लामो सीमा पर्छ। सन् १९६२ को ३१ दिन लामो युद्धका खत अझै मेटिएका छैनन्। यसै पनि लद्दाखसहितको कश्मीरलाई एसियाको डाइनामाइट थुप्रो, तिब्बत हत्केलो र उसका पाँच औंलामा कश्मीर, नेपाल, सिक्किम, भुटान र अरुणाचल भन्ने गरिन्छ। सीमा तनावसाथै १५ जुनको हातापाईलाई दुवै देशले एकअर्कामाथि दोषारोपण गरिरहेका छन्। यसै बीचमा राजनीतिक, सैन्य र कूटनीतिक वार्ता पनि चल्दै छ। तर परिणाम अझै उत्साहजनक छैन। २२ जुनमा चिनियाँ सेनाको सिञ्च्याङ प्रदेशका कमान्डर मेजर जनरल ल्यु लिन र लेहस्थित १४ कोरका भारतीय कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहबीचको ११ घन्टाको (मोल्डो, चीन) दोस्रो वार्तालाई भारतले पहिला सकारात्मक, रचनात्मक र सौहार्दपूर्ण भन्यो। तर, २४ जुनको विदेश मन्त्रालयको बयानमा भने चिनी सेना ढाँचागत निर्माण भत्काउने लक्षण देख्दैन भन्यो। चिनी विदेश र रक्षा मन्त्रालयले पनि एकैपटक गम्भीर तनावको छनक दिने वक्तव्य दिए। प्रायः एउटै विषयमा दुई मन्त्रालयले एकै दिनमा त्यस्ता वक्तव्य दिनु भनेको कूटनीतिमा जटिलताको संकेत मानिन्छ। चिनियाँ आधिकारिक धारणा ‘ग्लोबल टाइम्स’ मार्फत पछ्याइने गरिन्छ। त्यसका प्रधान सम्पादक हु सिजिनले भारतलक्ष्यित तिमी भड्काउने खालको शत्रुतापूर्ण बयानबाजी गरेर विश्वलाई तीव्र गतिमा विभाजनतर्फ धकेल्दै छौ, तिमी विश्वका मुख्य कूटनीतिज्ञजस्ता देखिँदैनौ, बल्कि तिम्रो चरित्र नाजी जर्मनीका प्रचार प्रमुख गोयबल्ससँग मेल खान्छ। तिमीजस्ता उग्र राजनीतिज्ञका कारण विश्वको शान्ति खतरामा पर्छ भन्ने तथ्यसँग संसार त्रसित छ’ भनेर लेखे। संयुक्त राष्ट्रसंघले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै महासचिव एन्टोनियो गुटेरसका सहप्रवक्ता एरी कानेको विज्ञप्तिमा दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गरे। तनाव कम भएको छैन्, अझ बढिरहँदा आरोप–प्रत्यारोप बढ्दा छन्। इतिहास फर्केर हेर्दा : हरेक घटनाका कारणका आधार इतिहासमा नियालिन्छन्। शक्तिको रूप र चरित्र रणनीतिक समीकरणसँगै तर्क पनि फेरिँदै जान्छ। दोस्रो विश्वयुद्धले शक्तिको यात्रा युरोपबाट सयुक्त राज्य अमेरिकामा सर्दै राजनीतिक भूगोल फेरबदलसमेत गरिदियो। राष्ट्रवाद र ‘अन्धराष्ट्रवाद’ घन्किए। चीनलगायत कयौं देश कम्युनिस्ट र राष्ट्रिय मुक्ति आन्दोलन हुँदै नयाँ राष्ट्रमा उदय भए। फासीवादविरुद्ध बनेको सोभियत रूस, बेलायत र अमेरिकाको सयुक्त मोर्चा टुट्यो। साम्प्रादायीकरण, संस्कृतीकरण र राष्ट्रवादीकरण हुँदै गए। महाशक्ति सोभियत रूस र अमेरिकाबीच महायुद्धको अन्त्यसँगै सुरु भएको शीतयुद्धले कम्युनिस्ट फोबियाग्रसित पश्चिमी शक्ति अर्थात् अमेरिकाको म्यार्काथीकाल (उग्र कम्युनिस्ट टविरोधी) वार्सा र नाटो सैन्य प्याक्ट बन्दै दुई धु्रवमा विश्व बाँडियो। कतै नलाग्ने देशले असंलग्न परराष्ट्र नीति अँगाले। पुरानो बेलायतको नयाँ वैश्विक भूमिका अमेरिकाले लियो। बेलायत त एसियाबाट फर्केर गयो तर यस क्षेत्रको समस्या भने थपेर। सन् १९१४ मा बनेको बृटिसकालीन म्याकमोहन सीमा रेखा अरुणाचलमा (नेफा) स्पष्ट थिएन् १९५४ मा प्रकाशित भारतीय नक्सामा अक्साई चीनलाई विवादित क्षेत्र भनेको थियो, भारत भनेको थिएन। । भारत र चीनबीच १ अप्रिल १९५० देखि कूटनीतिक सम्बन्ध छ। नवस्वतन्त्र भारत र चीनको सम्बन्ध सुमधुर थियो नै। सन् १९५४ अक्टोबर १९ मा प्रधानमन्त्री जवाहरलाल नेहरू र अध्यक्ष माओत्से तुङबीच भेटवार्ता भयो। नेहरू चीनको भ्रमण गर्ने पहिलो गैरकम्युनिस्ट प्रधानमन्त्री भए। तर, त्यो सम्बन्ध दलाई लामाको भारत आ श्रयसँगै चिसिँदै गएर सन् ६२ को युद्धमा फेरियो। अप्रिल १९७६ देखि फेरि चीन र भारतबीच राजदूत सम्बन्ध कायम भयो। फरवरी १९७९ मा विदेशमन्त्री अटलविहारी वाजपेयीले चीन भ्रमण गरे। सन् १९८८ मा प्रधानमन्त्री राजीव गान्धीको चीन भ्रमणपछि सम्बन्ध सामान्यीकरण हुँदै गयो। ४ जुन २००३ मा भारतले तिब्बतलाई चीनको अंगको मान्यता दियो भने चीनले सिक्किमलाई भारतको। तिब्बतबारे नेहरूदेखि नरेन्द्र मोदीसम्म स्पष्ट नीति छैन। मोदीले पहिलोपटक राष्ट्रपति भवनमा शपथ ग्रहण गर्दा (२६ मई २०१४) धर्मशालामा रहेका ‘तिब्बती अस्थायी सरकार प्रमुख’ डा. लोब्साङ सिंगेलाई अतिथिका रूपमा निम्त्याए। त्यसले चीन झस्क्यो। भारतको विदेश नीति र सुरक्षा साझेदारमा सन् २०१५ देखि फेरिँदै अमेरिका र इजरायल घनिष्ट हुँदै गए। दक्षिण चीन सागरमा भएको संयुक्त सैन्य अभ्यासमा (मई २०१९) अमेरिका, अस्ट्रेलिया, जापानसँगै भारत पनि सहभागी भयो। इराक अतिक्रमणमा मौन बसेको भारत, इरान समस्यामा भने अमेरिकी पक्षधर रह्यो। प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) राष्ट्रिय स्वयंसेवक संघको (आरएसएस) एउटा राजनीतिक मोर्चा मात्र हो। आरएसएसका ‘सांस्कृतिक राष्ट्रवाद’ ‘अखण्ड भारत’ हो। उसको एमक्यु नीति अर्थात् मुस्लिम, माक्र्सवादी र मार्केटविरोधी (बजार अर्थतन्त्र) नीतिलाई व्यावहारिकतामा उतार्नुपथ्र्यो। हरेक राष्ट्रिय सुरक्षा घरेलु राजनीतिबाट अलग राख्न आवश्यक हुन्छ तर बिजेपीले सकेन। अमेरिकाले सन् १८६७ देखि तिब्बतलाई चीनको अंग माने पनि कम्युनिस्ट चीनको उदयसँगै आफ्ना पुरानो धारणा फेर्‍यो। सन् १९५६ देखि सीआईएले विदेश मन्त्रालयको अनुमोदनमा तिब्बतमा विद्रोही गतिविधि सुरु गर्‍यो। प्रशिक्षित लडाकु र हातहतियार हवाई माध्यमबाट तिब्बत पुर्‍याइए। २३ वर्षीय दलाई लामा १७ मार्च १९५९ मा पोतला दरबारबाट बाहिरिँदै मार्च ३१ मा अरुणाचलको तवाङ गुम्बा पुगे। त्यसै पेरिफेरीमा हामीले पनि सन् ७१ सम्म गे वाग्दी समूहको लिपुलेकनजिक टिंकरमा कारबाही खम्पा काण्ड बेहोर्‍यौं। अमेरिकाको तिब्बतको आक्रामक नीति ५६ देखि सुरु भएर ७२ सम्म रह्यो। सन् ५६ देखि सीआईएले सुरु भरेको तिब्बत अभियान र खम्पा काण्डबारे सीआईए अफिसर जोन केनथ नसले आफ्नो पुस्तक ‘अरफेन अफ कोल्ड वारमा’ (शीतयुद्धका टुहुरा) सिलसिलेवार विवेचना गरेका छन्। गोप्यरूपमा उक्त मिसनमा भारत सहभागी पनि रह्यो। सोभियत रूससँगको तनावपूर्ण सम्बन्धका कारण सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सन र विदेशमन्त्री हेनरी किसिन्जरको पिङपङ कूटनीतिले शीतयुद्धकालको विश्व राजनीतिको नयाँ मोड लिँदै अमेरिकाले चीन, तिब्बत नीति फेर्‍यो। त्यसले भारतमा मात्रै हैन, नेपाली भूमिको खम्पा सक्रियता पनि शिथिल भयो। शीतयुद्धको समाप्तिसँगै एकल महाशक्ति बनेको अमेरिकाको ध्यान चीनको बढ्दो शक्तिसँगै व्यापार युद्ध हुँदै नयाँ खाले तनाव बढ्दै गए। अझ २८ जनवरीमा अमेरिकाको फेरिएको तिब्बत नीतिले अझ बढेको शीतयुद्ध कोरोना महामारी आरोप–प्रत्यारोपमा झन् थपियो। युद्धका विभीषिका अहिले भारत र चीन यस्तो खतरनाक टक्राहटमा फसेका छन्, जो दशकौं देखिएन। युद्धको खेल दुवै पक्षलाई महँगो पर्छ। गोली नै युद्धमा सबभन्दा ठूलो शिक्षक बन्छ। तर, अहिलेसम्म गोली भने चलेको छैन तर भारतमा देशभित्र र ‘मूलधारका’ मिडिया सामाजिक सञ्जालमा भने युद्धोत्सव, युद्धोन्माद ‘राष्ट्रवादी’ उन्माद र अधैर्य देखिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले १९ जुनको सर्वदलीय बैठकमा न कसैको प्रवेश भएको छ न कुनै हाम्रा सैन्य पोस्ट् कब्जा भएका छन्’ भन्ने भनाइले लद्दाखको तनाव के हो ? २० जनाको मृत्यु र ७६ घायल के हो ? भिडन्त कहाँ भयो ? भन्ने सार्वजनिक प्रश्न उठे। अहिले उक्त भनाइले गलत सन्देश गएको भन्ने भारतीयमा धारणा पलाइरहेको छ। बोलेका कुरा त फर्कंदैनथ्यो। त्यसैले अहिले क्षति न्यूनीकरण गर्न मिडिया व्यवस्थापन गर्दै जनमत फेर्ने उग्र राष्ट्रवाद फैलिँदै गएको र चिनियाँ सामान बहिष्कारको नारा सडकमा देखिँदै छन्। कमजोरसँग सम्झौता हुँदैनन्। युद्धको आशंकामा विवेकहीन अन्धराष्ट्रवाद हावी हुन्छ भने हतियार उत्पादक राष्ट्र युद्ध भड्काइरहेका हुन्छन्। शासकलाई भने आफ्ना असफलता छिपाउने शीर्षक बन्छ। अहिले महामारी सुरु भएको चीन र ज्यादा प्रभावित चौथो राष्ट्र भारतले कोरोनाबारे गम्भीर प्रश्नको सामना गरिरहनुपरेको छ। अझ चीनले त कोरोना महामारी नियन्त्रण गर्न भारतले नसकेपछिको सीमा तनाव हो भन्ने आरोप लगायो। युद्धोन्मात राष्ट्रवाद मच्चिरहेका बेला बल प्रयोगको कूटनीति खेलिन्छन्। तर सबै फेर्न सके पनि छिमेकी फेर्न नसकिने हुँदा विश्वास टुट्नुले नै आशंका थपिँदै झांगिँदै भिडन्तको अवस्था आइपुग्छ। मडारिरहेको युद्ध र नेपाल हाम्रो सशक्त कूटनीति हुँदो हो त यस संकटलाई अवसरका रूपमा हामी प्रयोग गर्न सक्थ्यौं। त्यसका लागि उच्च कूटनीतिक कौशलता, राजनीतिक इच्छाशक्ति र दुवै देशको हामीप्रति ठूलो विश्वास आवश्यकता हुन्थ्यो। एकातर्फ हामी आफैं भारतसँग गम्भीर कूटनीतिक अभ्यास गर्न चुकिरहेकै छौं भने अर्कातर्फ प्रधानमन्त्रीको आफ्नो सरकार ढाल्न भारतले खोजिरहेको भनाइले विश्वास र भरोसालाई घाटा पुर्‍यायो। आफ्ना कमजोरी वा आन्तरिक समस्यालाई अन्यन्त्र मोड्ने अभिव्यक्तिले हामी आफैं त्यो हैसियतमा चुकिरहेका छौं। इन्डो–अमेरिकन नीति, लिम्पियाधुरा लिपुलेक र एमसीसी एकअर्कासँग रणनीतिक रूपमा जोडिएका विषय हुन् भने भारत–चीन सीमा तनाव पनि यसैसँग गाँसिएका विषय हुन्। दुई शक्तिवेष्टित देशका बीचमा रहेको नेपाललाई ‘दुई मत्ता हात्ती जुध्दा पनि बगैंचा नास्छ, मिल्दा पनि त्यस्तै’ भनेजस्तै यो कठिन अवस्थाबाट गुज्रिरहेका छौं, यस संकटबाट गम्भीर कूटनीतिक अभ्यासले मात्र हामीलाई निकास दिनेछ।