Wednesday, April 14, 2021

नयाँ बर्षसंगै केही नयाँ र नौला बात त मारौँ

आजदेखी बिक्रम संवत २०७७को पाना पल्टियो, पात्रो फेरिइसक्यो । यसलेखमा विगतको नेपाली राजनीतिको सुक्ष्मसमीक्षा र आगतको चित्र कोर्दैछैन् । सवैकुरा ह्वाङ्गहवाङ्गती छन् । आखाँ भएका धृतराष्टले छर्लङ्गै देखहिाल्छन् । नयाँ क्यालेण्डरका वात मारौँ । यहुदी पात्रो, हिजरी, गेग्रियन, लोसार, साके, ड्राईगन, माघी र नेपाल संवतले न्यू दया भिन्तुना भनिसके । संसारभर हजारौ पात्रा छन् । हरेक जाती, भाषा, संस्कृति र भूगोलमा दिनहुँ नयाँवर्ष आईरहन्छ ह । अर्थात हरेकदिन ह्याप्पी न्यू यर, हरेकदिन नयाँ दिन । कुरा नयाँ वर्षका------------------------------------------------- नेपालको मौलिक संवत नेपाल संवत हो । शंखधर साख्वाले १ हजार १४१ वर्ष पहिला चलाए, सरकारी कामकाकालागी राजा राघवदेवले । चन्द्रशमशेरले कामकाजी साके संवतलाई १८२३बाट हटाए । अहिले शाक संवत २०४२ हो । सूर्य पंचांग आधारित विक्रमी पात्रो उज्जैन नरेश विक्रमादित्यले चलाएका हुँन । अहिले भारतको सरकारी पात्रो भने सक र ग्रेगिरयिन (इश्वी संवत ) हो । नेपाल बहुजाती, बहुसंस्कृति र बहुधार्मिक देश भएकाले हरेक मान्यताका आआप्mनै पंचांङ्ग छन् । यति विविधता प्राय अन्य मूलुकमा कमै पाईन्छ । तामांग, शेर्पा, गुरुंगं, थकालीले मनाउने नववर्ष ल्होसार हो । ल्होको अर्थ वर्ष वा साल हुन्छ भने सारको अर्थ नयाँ । सवैको ल्होसार भने एकैदिन पर्दैनन् । माघ प्रतिपदामा तामागं लोसार र चिनिया नववर्ष एकैदिन पर्छन् । हरेक १२ वर्षमा युग फेरिने मान्यताले हरेक नयाँवर्ष पशुको नाममा राखिन्छ । किराँती नयाँवर्ष ५ हजार ७८ हो । राई लिम्वुले उधौली र उभौली पर्व मनाउछन् । गौतम वुद्धको परिनिमार्णलाई बौद्धमार्गीले आफनो नयाँसाल सुरुवात मान्छन्, थारुले माघे संक्रान्ती । इस्लाम धर्मावलम्वीले चन्द्र पंचांङ्गलाई हिजरी । यसमा बाह्रै महिना भएपनि वर्ष ३५४ वा ३५५ दिन मात्र हुन्छ । अहिले १ हजार४२ हिजरी हो । यस्को सुरुवात हजरत महम्मदको मक्काबाट मदिना फिर्ता (हिज्री) आधार हो । संसारकै पुरानो यहुदी पात्रो यसवर्ष ५हजार ७८१ । वाइबलको गणना अनुसार चलेको भएपनि इसापूर्व नौवा सताप्दीदेखी लोकपृय छ । संसारभर चलनचल्तीमा पात्रो भने इसवी संवत (गेग्रियन) पोप गेग्रोरी सोरह्वाले सन १,५९२देखी फेरी सुरु गरेका । सांरका हरेक जाति र उपजातिसंग आआफनै पात्रो छन । जो, जहाँ जान्छन उनीहरु आआफना संस्कार पनि संगै लान्छन् । अझ सम्राज्य विस्तार वा उपनिवेशकालीन समयमा आप्mना पंचांङ्ग, भाषा, पर्वलाई बढाईचढाई गरेर तत मूलुकका बासिन्दामाथी मानसिक दवावमा राखिन्थ्यो । शासितमाथी मानसिक हतियार बन्थ्यो । आप्mना सस्कृति, मान्यता र चलन उम्दा हुँन भनेर सावित गरेर शासितमा आक्रमणकारीको अधिपत्य सहजै स्वीकार्य बन्दैगयो । हरेक। आक्रमणकारीको वर्चश्व स्थापनामा तरवार र तोपले मात्रै शासन चल्दैन् । नवशासकको श्रेष्ठता र शासितलाई हीनताबोधमा राख्न सास्कृतिक अधिपत्य आवस्यक हुन्छ । तव तरवार र तोपको काम पंचांङ्ग, भाषा, संस्कृति र धर्मले गर्दैगए । नयाँ वर्षको थालनीसंगै नयाँ समीक्षा त होला ?-------------------------------------- देशको मात्रै हैन् सर्वत्रको कुरा गरौँ—नयाँवर्षको थालनीसंगै विगतको समीक्षा र आगतको योजना हुन्छ । हिजोलाई फर्केरहेरेर मात्र भविस्यको कल्पना, योजना बनाउन सकिन्छ् । तव मात्र नयाँ मार्गचित्र कोरिन्छन् । हरेक नववर्षसंगै ब्याक्तिगत जीवनमात्रै हैन्, हरेकविधाका कथाब्यथाको समीक्षा हुन्छन् । कोरोना माहामारीले विश्वमै विश्वासमाथी माहासंकट ल्यायो । सरकारले निरंकुस बन्ने वाहाना पाए । सत्तालाई वरदान, भ्रष्टाचारीलाई माहापर्व, शासकलाई निरंकुसताको श्रीपेच र आमजनतालाई त्रासदी बन्यो । लोकतन्त्र फेरी वहसको केन्द्रमा पुग्यो । नदी समुन्द्रपुग्ने दिशामा बग्छ भन्नु जति सत्य हुन्छ, क्यालेण्डरसंगै मानव समूह पनि स्वतन्त्रताको दिशामा अगाडि बढ्छ भन्नु त्यतीकै सत्य हो । इतिहासको अकाट्य नियम हो । लोकतन्त्र के हो ? र के गर्छ ? भन्ने कुरा त्यसका अंग अर्थात संस्था के, कसरी चलेका छन्, व्यबस्थापन कसरी भैरहेको छ भन्नेमा निर्भर हुन्छ । हितअनुकुल संस्था ब्यबस्थापनमै नेताहरुको अधिकांस समय खर्च हुँनेहुँदा अन्यन्त्र सोच्न वा ध्यान पु¥याउनै भ्याउदैनन् । राजनीतिक दलभित्र पद्दती, सिद्दान्तले बनेका आचरण सकिनेवित्तिकै पार्टी ब्यबस्थापकिय र अपराधिकरण बन्न पुग्छ । केही वर्षदेखी नेपाली राजनीतिको चालकशक्ति आग्रह, गाली, प्रतिकृया र बदलाचिन्तन हावी हुँनपुग्यो । केही नयाँ स्रिजनामा लागीरहने, नित्यनयाँ बनाउने मानवतावादी, आफैँ जलेर उज्यालो छर्ने त यसै संसारमै थिए । हाम्रै युगमै थिए । हामीसंगै थिए । नयाँवर्षको थालनीसंगै के हामीले इतिहासका तुफानीकाल र तिनीहरुलाई विर्सन सक्छौँ ? पाँउछौँ ? साच्चै हो, हाम्रो समय प्रलयकारी यूगको हो, तर हाम्रो वंशजले यसलाई कति आत्मासात गर्न सक्यो ? एकैछिन गम्भीर बनौँ त ! समय फेरियो, पंचांङ्गका पाना फेरिए तर लोकतन्त्रमा रहँदा पनि विवेकतन्त्र भने ध्वस्त हुँदैजाँदा सोच्नेको तरिका भने फेरिएन । कमजोर शासकका समस्या भनेको बलियो र सर्वज्ञ देखाउने बाध्यता हो । तर वौद्दिक आग्रहले थिलथिलो भएको वर्तमानचेत, प्राप्तका उपलब्धी ध्वतहुँदै गएको हेरेर पनि मौन बसिरहेको छ, नायकका छवि ध्वस्त हुँदैछन् । नायकले विश्वास पाउनु, बचाउनु, थेग्नु सवभन्दा ठूलो चुनौति हो । अझ मौका नपाँउदा आदर्शवादी बन्नेको परिक्षा पनि मौका पाँउने परिवेशमा तौलिईँदो रहेछ । अन्तमा १) नयाँ वर्षसंगै नयाँ स्रिजनात्मक बात मारौँ । राजनीति एउटा निर्मम खेल रहेछ, अझ सवेंदनशीलताको कुनै अर्थ र स्थान हुँदोरहेनछ । तर, के गर्ने ! हरेक विषयको केन्द्र त फेरी राजनीति नै हो । आँउनुस्...राजनीतिलाई पुस्तकबाट समाजमा अनुवादिन, विचारलाई मानवियकरण र सामाजिकिरण गर्न पनि नयाँ बहसको थालनी गरौँ । यसकोलागी विचारलाई केन्द्रमा राखेर दिमाग भने खुलै राख्न सक्नुपर्छ । २) वर्चश्वशाली समूह वा सत्ता कति क्रुर हुन्छ भने क्रान्तिकारीले जति वर्गशिफ्ट गरेपनि कानुनी क्रान्तिकारी बन्ने सफत ग्रहण गरेपन्,ि सत्ताचरित्र स्विकारेपनि, आप्mना सिद्दान्त, सपना र आर्दश पोली खाएपन् िऊ माफ भने गर्दैन, इषलाई सजाइरहेको हुन्छ । विजयप्राप्त गरेपनि क्षमा गर्दैन । आन्दोलन, विद्रोहको राप र चाप रहँनेवेलासम्म केही लचिलो हुन्छ, अवस्था स्वीकार गरेतापनि समय घर्कने वित्तिकै अक्करमा ठक्कर दिन र मौलिक चरित्रमा देखिएर उदारवादी आदर्शका पछयौरी फयाक्दै आक्रमक बन्छ । अमेरिकामा म्याकर्थीकाल र स्वीकार्नो हत्यापछि हालसम्मको इन्डोनेसिया नियाले हुन्छ । ऊ माहान ‘अवसरलाई’ दुरूपयोग गर्नेवाला छैन् । ३) नेपाली राजनीतिमा गाली स्वयम गालीदेखी लजाएको छ । ४) हामी परिवर्तन त चाहान्छौ तर पुराना चलनलाई त्याजेर नभै साथमै लिएर । हामी अहिले पिजरामा बन्द त्यस सुगा झै भएका छौ, जो पिँजराबाट मुक्त त भयो, त्यो मुक्तिको खुशी कसरी मनाउने ! थाहा पाँउदैन । पंखेटा त खुला आकासमा चलाउन पाईयो तर जंगल र सहोदर कता होलान् भनेर गन्तब्य थाहा नभएको जस्तो । ५)यदि दम्नै छ भने कस्ले दवायो अर्थ भन्ने रहँदैन । ६) शासकवर्गको प्रत्यक हुकुम तामेल गर्ने हामी आज्ञाकारी नागरिकमा त फेरिँदै छैनौँ ! ७) चाप्लुसी संस्कृतिले मौका पाँउदा निन्दारसले भाउ पाँउछ । निन्दा र आक्रमण शासकले सुरूक्षा घेरा सोच्न थाल्छन् । ८) झुटलाइ सत्य मान्ने विमारीले फर्जिसत्यले जीवनमा पार्ने प्रभाव नियाल्न सक्दैन । तव ज्ञात दिमागमा पनि वैकल्पिक यथार्तले रजाँईगर्न सक्छ । क्रुर यथार्तमा अनेकौँ विकल्प हुन्छन् । हरेक व्यक्तिले आफनै चश्माले संसार, सोच र यथार्तलाई स्वीर्काछ । दृष्टिलाई दृष्टिकोणको आवस्यकता हुन्छ तर आग्रह भत्काउनु सवभन्दा टूलो चुनौति हो । ९)ब्यबस्थाको दृष्टिकोणले राजनीतिक सस्कृतिमा पार्ने प्रभावको असर सार्वजनिक जीवनअभ्यासमा पार्छ । जव सवै विकिरहेको हुन्छ, त्यहाँ इमान जोगाउनु सवभन्दा कठिन कर्म बन्छ । १०)जव संघर्षका चरित्र फेरिन्छन् तव मित्र र दुश्मन शक्ति, नायक र खलनायकका परिभाषा पनि फेरिँदैजान्छन् । साहित्य, कला, पत्रकारिताका विषय पनि अछुतो हुँदैन । शिर्षकको चयन नै पक्षधारिताको सुरूवात हो । कोही पनि तटस्थ बस्नै सक्दैन्, अझ मौनता त अपराधीलाइ साथ दिनु हो । सामन्ती संस्कृति भनेकै टुटन सक्छ, तर झुक्न भने सक्दैन । उस्को चट्टानी अडान शक्तिशालीसंग नौनीजस्तो पग्लनु र जोडिदारसंग भने कटबाँस झै हुँनु हो ।

Thursday, April 1, 2021

बंगाली चुनावको सन्देश

भारतको पश्चिमबंगालमा चुनाव हुँदैछ। पहिलोचरणमा ३० क्षेत्रको सकियो। ७ चरण बाँकी छ। मुख्यमन्त्री ममता बनर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी आमने/सामने भिडन्तमा छन्। तृणमुल कांग्रेस (टिएमसी) र भारतीय जनता पार्टी (भाजपा) बीच मुख्य भिडन्त भए पनि चुनाव बनर्जी र मोदीको स्वत्व र व्यक्तित्वको टक्कर बने। भाषा र संस्कृतिलाई जीवनअंग मान्ने बंगालमा धार्मिक ध्रुवीकरण जयश्रीरामको रथमा भाजपाले चुनावी यात्रा गर्दैछ भने बंगालको विशिष्टतामा बनर्जी। लामो समय नेतृत्व गरेका कांग्रेस र कम्युनिस्ट पार्टी तपसिलमा परे। चुनाव त पश्चिम बंगालमा हुँदैछ तर प्रभाव भने सिंगै उपमहाद्वीपमै पर्नेछ। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सय वर्षीय (सन् १९२५–२०२५) हिन्दुराज्य बनाइ सक्ने सांस्कृतिक राष्ट्रवादको घोषित समय आउन मात्र ४ वर्ष बाँकी छ। त्यसको अन्तिम राजनीतिक प्रयास बंगाल,असम,तमिलनाडु र केरलामा हुँदैछन्। ती परिणामले अन्यराज्यको आगामी चुनावलाई मात्रै हैन, भारतीय राजनीतिलाई पनि प्रभाव पार्नेछ। भाजपाको जय श्रीरामभर्सेस टिएमपीको चुनावी जनगीत ‘खेला हवे’हो।सो गीतमा सबै खेल चुनावमा हुन्छ भन्ने हो। खेलप्रेमी बंगाली मनोविज्ञानमा खेल र कला संस्कृतिको घालमेल गरेर राजननीतिक तुफान ‘खेला हवे’ले ल्याएको छ। बंगाली विशेषता चुनाव अन्य ३ राज्यमा भएतापनि बंगालले नै सबैको ध्यान खिचेको छ। भारतीय सत्तापथ काउवेल्ट अर्थात गौमार्ग (अन्यन्त्र गाईले दूध दिन्छ तर काउवेल्टमा गाई राजनीतिको केन्द्र हो) मानिए तापनि बंगाललाई भारतीय सोच निर्माता, पंजावलाई हिम्मत र त्यागका रूपमा लिइन्छ। भारत,पाकिस्तान स्वतन्त्रतासँगै धर्मका आधारमा बंगाल र पंजाव टुक्रिए। पाकिस्तान इस्लामिक गणराज्य भए पनि पूर्वी पाकिस्तान भने धार्मिकरूपमा भाषा र संस्कृतिका कारण धर्मनिरपेक्ष बंगलादेश बन्यो। भाषा, साहित्य, कला र क्रान्तिकारी विशेषता बंगाली पहिचान हो। धार्मिक आवेगमा चुनावी मैदानमा शंखघोष गरिरहेको भाजपाको अश्वमेघ यज्ञको श्यामाकर्णे घोडाको लगाम बंगाली ‘खेला हवे’ले रोक्न सक्छ कि सक्दैनरुबंगको जंगमा क्याप्टेन (मुख्यमन्त्री उम्मेदवार) बेगर हेलिएको भाजपाले सांसद र केन्द्रीय मन्त्रीसमेतलाई उम्मेदवार बनाएको छ भने उसका अधिकांश उम्मेदवार अन्य पार्टीबाट दलबदल गराइएका छन्। कैयौँ नेतालाई केन्द्रीय एजेन्सीले भ्रष्टाचारमा उभ्याएपछि भाजपा बनेका छन्। सांस्कतिक राष्ट्रवाद भर्सेस धर्मनिरपेक्षतामा ध्यान खिचिएको हो भने मां, माटी मानुष प्रतिपक्षको केन्द्रीय नारा बनाएकी प्रमुख चेहरा ममता वनर्जी बनेकी छन्। संन्यासी विद्रोह, तिभागा आन्दोलन, सन्थाल विद्रोहका लप्का विभिन्न कालखण्डमा बंगालमा देखापरे। महाअनिकाल झेलिसकेको बंगालको क्रान्तिकारी किसान आन्दोलनको गढ नन्दीग्राम,सिंगरुर, जंगलमहल र लालगढ बन्दै गए। नक्सल विद्रोह (माओवादी) को आधारभूमि ‘आमार बाडी, तुमार बाडी.. नक्सलवाडी नक्सलबाडी’ ले कम्युनिस्ट आन्दोलनमा अलग्गै प्रभाव छाड्यो। त्यसका झिल्का पूर्वी नेपालको झापा किसान विद्रोहसमेत बनेको थियो। अहिले पनि त्यसका लप्का रेड करिडोरमा फैलिएका छन्। कुनै समय एकापसका घोर विरोधी कांग्रेस र भाकपाले अस्तित्वको लडाइँमा चुनावी गठबन्धन गरे। उनीहरूले सिलगढी नगरपालिकाको सफल अभ्यास समग्र बंगालमा लगाउने कोसिस गरिरहेका छन्। बंगाल र कम्युनिस्ट तेलंगना सशस्त्र र सशक्त किसान संघर्ष भारतीय कम्युनिस्टका आत्मा बन्यो। मनोबल थियो। सत्तासँग पौठेजोरी खेले। समयसँगै संघर्षको रूप फेरिए पनि तेलंगनाको आत्मा भने मरेन। विचार फेर्न सकिन्छ, ध्वस्त गर्न भने सकिँदैन। विचारयुक्त संघर्ष भनेको हिमालबाट निस्केको अविरल बग्ने नदी जस्तै हो, यसले बाटो बदल्न सक्छ तर थुन्न सकिन्न। लोकपृय चुनाववाट निर्वाचित सान मारिनो संसारको पहिलो कम्यनिष्ट देश हो। इटलीको छेउमै रहेको त्यो युरोपेली सानु देशमा सन १९४५ देखि सन १९५७सम्म कम्युनिष्ट सत्तामा रहे। भारतको केरल प्रान्तमा ५ अप्रिल १९५७ मा विएस नम्बुदरीपादले कम्युनिष्ट नेत्त्व सम्हाले। त्यो सरकारलाई २वर्षमै अपदस्थ गरियो।सन ६४ मा भाकपा फुट्यो। आन्तरिक कारण त थिएनै, शीतयुद्दका कारण, चीन र सोभियत कम्युनिष्टको अन्तरविरोध पनि थियो। सन १९६५मा ८ डकुमेन्ट सहित माकपाबाट बिद्रोह गरेका नक्सल आन्दोलनको सर्वोच्च नेता चारु मजुमदार १६ जुलाई १९७२मा गिरफतार परेर २८जुलाई लालबजार लकअपमै मारिए। यसैपनि काग्रेस र माकपाको सयुक्त अभ्यासको दमनमा परेको नक्सल आन्दोलनले प्रभाव किसानहरुमा थियो। अझ २००७ं नंदीग्राममा केमिकल फ्याक्ट्री र विशेष आर्थिक क्षेत्रका लागि जमीन अधिग्रहणविरुद्द ठूलो जन आंदोलन भयो। त्यसको वैधानिक नेतृत्व ममता बनर्जीले गरिन। नन्दीग्राम, सिहरुर, जंगलमहल, र लालगढमा नक्सल प्रभावक्षेत्रमा नोभेम्वर २०११मा पोटिब्युरो सदस्य मोलजुला कोटेश्वर राव (किसुन जी) को हत्या त भयो तर त्यससंगै अफिसियल कम्युनिष्ट पार्टी माकपाको हैसियत पनि बबुरो बनाईदियो। ३३ वर्ष३५३ दिन बंगालको सत्तामा रहेको माकपालाई सडकमा पछारिदियो। आधारक्षेत्रमा नक्सल थिए भने उनको लडाईको संसदिय चेहरा ममता वनर्जी बनिन्।तर त्यसलाई निरन्तरता दिन उनले सक्ने विषय थिएन।लोकप्रिय जनमतबाट सरकारमा जान सकेपनि निरन्तरता दिन बुर्जुवा शक्तिले दिँदैन। या नारा र भूमिका छाड्नुपर्छ वा प्रभु वर्गको दयामा सरकार चलाउनुपर्छ। त्यही गति भयो। नारा र संर्घषको अपहरण जनसरोकारको राजनीति केन्द्रमा रहेको माकपा सत्ता संघर्ष वैचारिक थियो। जबउसको राजनीति हतियार संघर्ष रहेन,आत्मिक ऊर्जा वैचारिक रहेन, सरोकार पछाडि छुटे, नेता र राजनीतिक दलमानैतिक बल सकियो।त्यस्तो बेला माकपाले सत्ता निरन्तरता दिन सक्ने कुरै थिएन। आवारापुँजीविरुद्ध लड्नुपर्नेमा अहंकार र सर्वकालीन सोच्नपुग्दा भष्मामासुर बन्न अनिवार्य थियो। जसरी सन् १९७१मा कांग्रेसी सिदार्थ शंकर रेको सरकारले कोलकाताको प्रेसिडेन्सी कलेजमा समेत नक्सलका नाममा कारबाही गरे, त्यस्तै माकपाका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले जंगलमहल दमनको नाममा कोलकातामा समेत कारबाही देखियो। ज्योति बसु सरकारले जसरी माकपा कार्यकर्ता र पुलिसको संयुक्त कारबाही टोली लगाए, भट्टाचार्य नेतृत्वले पनि सोही तरिका पछ्यायो। त्यसको प्रतिक्रिया ममताले फाइदा लिन सकिँन। कुनै बेला प्रधानमन्त्रीका प्रस्तावित ज्योति बसु थिए। सभामुख सोमनाथ चटर्जी र गृहमन्त्री इन्द्रजीत गुप्तो सम्हालिसकेको माकपाको अहिले लोकसभामा ३ सांसद मात्र छन्, त्यो पनि बंगालबाहिरका। माकपा नेतृत्वबीचमै टक्कर भएर ज्योति प्रधानमन्त्री बन्न पाएनन् भने सम्मानित नेता सोमनाथ चटर्जीको साधारण पार्टी सदस्यतासमेत खारेज गरिए। अर्कोतर्फ नक्सल विद्रोहताका कैयौंँ नेता/कार्यकर्ता पनि भाजपामा सामेल भए। सिने अभिनेता मिथुन चक्रवर्ती त्यसका पछिल्ला उदाहरण बने। ममतालाई पराजय गराउन वातावरण तयार गर्ने कांग्रेस र माकपा अहिले अस्तित्वको लडाइँमा छन्। सधैँ विकास, सामाजिक समस्या, राजनीतिक नारामा केन्द्रित हुने बंगालको चुनाव अहिले धार्मिक नारा र समाजको धु्रवीकरणमा केन्द्रित छ। जुन मुद्दालिएर नक्सलवादको जन्म भएको थियो त्यो नंदी ग्राम, जंगलमहल, लालगढ, सिगरुरमा देखापरे, त्यो यथावत छ। जसको आधारमा ममताले सत्ता पाइन, अहिले उनको ध्यान अन्यन्त्र मोडियो। अन्तमा बंगालको विगतको अभ्यास भनेकै इतिहासले शिक्षामात्रै दिँदैन्, शिक्षा नलिनेलाई दण्डपनि दिन्छ भन्ने हो। इतिहासको दण्ड कांग्रेस र वाममोर्चाले झेलिसके।अभियान त अक्सर विद्रोहका रूपमा सुरूवात हुन्छ तर ती सम्झौताका रूपमा अन्त हुन्छन्। नायक खलनायकमा फेरिन्छन्, समर्थकका आशा, अपेक्षा, कुण्ठा प्रतिक्रियाका रूपमा व्यक्तिन्छन। नायक ध्वस्तहुँदा पनि हस्तक्षेपले दिने संकेत र सन्देशभने इतिहास समृद्ध हुँदै नयाँयुग र नयाँ समाज बनिरहेको हुन्छ। ट्रेडमार्क के छ रु नारा के लगाइन्छन्? झण्डा कस्तो उठाइन्छ ? पार्टी इतिहास के छ? भन्दा पनि अहिलेको भूमिका, पक्षधारिता के छ भन्ने हुन्छ। वर्ग सिफ्ट गरेका कम्युनिस्ट बुर्जुवाभन्दा पनि आदर्शहीन र जनअनुत्तरदायी हुन्छन्। संगठनको आधार लालमण्डले (नाम कम्युनिस्ट, आचरण गुण्डा, अपराधी, व्यभिचारी र भ्रष्टाचारी) बन्छन्। कार्यकर्ता लम्पटमा फेरिएर लाल दास बन्छन्।

होसियार ! मौषम खराव छ

(नियमित स्तम्भमा नछापएिको एउटा लेख । संपादक र प्रकाशकसंग एउटा मिडिया मात्र हुन्छ, लेखकसंग हजारैाँ । प्रकाशकसंग बिभिन्न संबन्ध जोडिएका र बाध्यता हुनसक्छन, तर लेखक त बिन्दास हुनसक्छ । सेन्सरहीन अभिब्यक्ति लेखक पहिचान हो, नत्र जीवनयापनका कुकुरे प्रबृति त धेरै हुन्छन । विगतमा भोगिसक्या छु) अहिले मौषम खराव छ । खराव मौषममा धनजन, बालीनालीको क्षति हुनँसक्छ । दक्षिणबाटै आएको धुलेतुवाँलोसंगै फेरी आएको कोरोनाले पनि ढोका ढकढक्याई सक्यो । मान्छेका स्वास्थ मात्रैहैन् मति भ्रष्ट हुँन सक्छन् । सामान्यजनमा औसीँपुर्णे लाग्न सक्छ । राजनेतालाई काडाँले पनि नकोरोस् । हो, मौषम खराव छ । तपाईको जिज्ञाशाका उत्तर, ज्ञानको खोज, आविस्कारका चाहाना, जीवन र जगतप्रतिको माहाअध्ययन, अदृस्य भयको सामना, कर्महीन मित्थ्या अपेक्षा, मानवसभ्यता र इतिहासको वस्तुवादी अध्ययन, विज्ञान र प्रविधी शिक्षाको सैदान्तिक र वैचारिक पक्ष भनेकै विवेक र आलोचनात्मक चेत बढाउनु हो । मान्छेलाई केन्द्रमा राखेर हेर्न, सोच्न, वहसमा भागलिन थालियो भने विषयनै फरक देखिन्छ । कुन ठाँउमा उभिएर कुन चश्मा लगाएर वस्तु र विषय हेर्ने महत्वपूर्ण विषय हो । त्यसले समकालीन यथास्थितिमा रमाउने समाजमा समय छिचोल्न गाह्रो त पर्छ तर त्यसको महत्व समयसंगै हुन्छ । आज विहानको गुड मर्निग, ब्याड मर्निग भयो । अचेल सूर्यउदय हुँदैन । कोरना र तुँवालो हल बाँधेर आए । एकाएक मौषम बदलिएर वशन्तको आगमन भए पनि जाडोले छोडेन । कोपिला फक्रन पाएन, कोइलीको आवाज अझै सुनेको छैन् । बरु आज एका विहान फ्याउरो करायो । चैत महिना पनि बाक्लो ज्याकेट लगाएर हिडनु पर्ने । दिँउसोको घाम र रातीका जुन तारा धुलेपर्दाले छोपिए । आकास निलो नभै खैरो भो । यो शुभसंकेत भने पक्कै हैन् । कस्तो हाम्रो भाग्य ! प्रदुसित राजनीति जस्तै धुले तुवाँला र कोरना पनि दक्षिणबाटै आँउनु पर्ने ! उफ । सीमारहीत भएर त्यताको विषालु विचारले त जागृत मान्छेको चेत हराएर बबुरा नै पार्दिएकै थियो, चेशका गोटी चलेको तुवालोको पर्दामा पनि राजनीतिमा भने छर्लंगै देखिने... क्या । दक्षिणबाट आउने कोरोना त अझ शक्तिशाली हुन्छ भनेर प्रधानमन्त्रीले भनिसक्नु भा छ । मर्निग वाकमा थिँए । मौषमविद्द डा.शर्माजी र फुटवल क्याप्टेन श्रेष्ठजीसंग सानै जिज्ञाशामा ठूलै लफडा पर्यो । मान्छेको जात आफनै तरिकाले अरुले पनि सोचिदिओस भनेर सोच्ने क्या...। डा.शर्मा पशुपतिबाट फर्किरहेका पिंगलास्थानमा भेटिए । मौषमविद्धसंग मौषमकै कुरा हुँने नै भो । –डाक्टर साव, यो तुवालो कैलेसम्म हटला ? – अहिले भन्न सकिँदैन् । पानी पर्नुपर्छ, त्यसलाई अझ मनसुन नै त कुर्नुपर्ने हो की ! –तपाईहरु त पूर्वानुमान गर्नुहुन्छ नी... –हो, अहिले हाम्ले सूचनाप्रविधीमा त पहुँच बढाएका छौँ, तर अझै ठ्याम्मै मिलाउन भने सकिँदैन् । कतिपय भगवान भरोसे पनि गर्नपर्छ । (रिसाँउदै) के नेपालका राजनीतिक–विज्ञानी, विश्लेषक र ज्वतिषले भनेको कुरा पुग्या छ र ! भन्नुस् त.. राजनीतिको तुँवालो कहिले हटछ ! (म ट्वाँ परीँ । नो जवाफ ।) –डाक्टरसाहब, तपाईहरु भगवान भरोसे नभै तथ्य र अवस्था विश्लेषण आधारमा परिणामको पूर्वानुमान गर्नुहुन्छ नी । मैले नेताहरु जस्तो गुगल ब्याई, कृष्णानन्द योगीलाई नभएर तपाईजस्तो विज्ञानीलाई पो सोध्या । अझ न्यायर्मूतिसंग त हुँदैहैन् जो मागदावी नभएको पनि दिन सक्नु हुन्छ । माननियहरु समाजको मिजास र राजनीतिको नाडी छाम्न मात्रै हैन् आकाशवाणी पनि बुझ्न सक्नुहुन्छ ।’ (मेरा तर्क र जिज्ञाशालाई मन्दिरबाट फर्केका डा. शर्माले सहजै लिएनन् । जव मान्छेसंग तर्क सकिन्छ्, मर्ममा प्रहार हुन्छ तव रिसाउन थाल्छन । उनी पनि तर्किए, झर्किए र फर्किए) राजनीतिमा माहाभारत चलिरहेको बेला छापामार तरिकाले आएको कोरनाले अहिले भने राष्ट्रिय तामझाम देखाएन । सरकार, स्वास्थ–विज्ञान, स्वास्थ–सजगताको परिक्षा पुरा लिईनसकेको उस्को यो सन्देश हो । कोरनाकालको सरकारी नीति, भूमिका, उठेका प्रश्नको जवाफ लिन पो फेरी आएको हो की ! कोरोनाले अन्य वहस तपशीलमा पारेको थियो । धरापमा परेको ओली सरकारलाई सन्जीवनी बन्यो । माक्र्सलाई घृणा गर्ने पनि यत्र, तत्र, सर्वत्र माक्सवादी बने । क्याप्टेन श्रेष्ठले मास्क लगाएको मलाई चिनीहालेछन् । यसै पनि डा. शर्माले मलाई खिन्न बनाएका थिए । बेलायतमा मौषम सम्बन्धी विषयबाटनै छलफलको सुरुवात हुन्छ तर नेपालमा भने धेरैजसो गफ राजनीतिबाट सुरु हुन्छ । मेरो कर्मबारे क्याप्टेन श्रेष्ठ भलिभातीँ परिचित छन् । नमस्ते साटासाट पछि उनले प्रश्न, जिज्ञाशा, कौतुहलता र आफ्ना सोच पररर्र छोडीहाले । –भन्नुस त, अब राजनीतिमा के हुन्छ ? कस्तो देशमा जन्मिएछ ! कसैलाई विश्वास र आसै गर्न पनि नसकिने ! ’ – साथीलाई, मित्रलाई, आफन्तलाई विश्वास गर्नुपर्छ । यो विपतकालमा निर्लज्जतालाई सहजतापूर्वक आत्मसात गर्ने समाजमा पनि मित्रलाइ गनिन्छ, तौलिदैँन । चैतमा जाडो भो, कोरना फेरी आयो, महंगी बढदै छ, अरु के भनौँ र ! थाकल र काफल खान जाँने मुड छ । कोइलीलाई सुन्नु छ । पालुवा फेरिएका बन, सुत्केरी भएका रुखहरु फेरी नियाल्ने मन छ ।’ – म कबि हैन् क्या... मैले त्यो सोध्या पनि हैन् नरेन्द्र सर ... अब राजनीतिमा के हुन्छ ? तपाईको विश्लेषणले के भन्छ ? भनेर पो’ –हेर्नुस् क्याप्टेन साहव, तपाईहरुको रंगशालामा खेलका नियम हुन्छन् । रेफ्री हुन्छन्, साइड रेफ्री पनि । त्यतिले नपुगे अब त क्यामारा रिप्ले पनि गराईन्छ । आवस्यकता अनुसार कार्ड दिइन्छ । खेलाडीले कतै ड्रग त लिएको छैन् भनेर ल्यावटेष्ट गरिन्छन् । तर, राजनीति यस्तो खेल हो, त्यहाँ न केही नियम, न कोही रेफ्री, न कोही क्यामारा रिप्ले, न ल्यावटेष्ट । राजनीतिमा त कहिले दुई दुई जोडदा ३ हुन्छ कहिले ५ । राजनीतिमा प्रेम गरेको र झगडा गरेको पत्तै पाईदैन । कुनै नियम, विधी हुँदैनन् । त्यसैले यहाँ भविष्यवाणी पनि गर्न सकिँदैन् । प्रभू दाहिना भईन्जेल कोही माइकालालको केही गल्दैन् । हो बरु, खेलमा म्याच फिक्सिग भने हुन्छ । त्यसको मार त नेपाली फुटबल पनि पर्यो, हैनर !’ तमतमाएको अनुहारपार्दै कर्कशा स्वरले क्याप्टेन श्रेष्ठले भने– हैन् कस्लाई चिन्ता हुँदैन र, राजनीतिनै सवैको भाग्य र भविस्यको केन्द्र हो । सरोकार त हुँने नै भयो । तपाईको क्षेत्र भएर पो सोध्या....। ’ आज साच्चै मेरो साइत बिग्रिएको रहेछ । आफ्नै जिज्ञाशाले मलाई कहिलेकहीँ टोक्छ, चिर्थोछ, घायल पार्छ । सोच्छ दिमागले, दुःख पाँउछ शरीरले । अझ किन र कसरी भन्ने थपिएपछिका आलोचनात्मक चेत सुखहरणका कारण बन्याछन् । शक्ति रिसाएर भाग्य खोसिए । तितो कुरा गरेको कसैले मन पराँउदैन् । छलफलको लामो विषयमा नजाँउ । आज डा. शर्मा र क्याप्टनको भावनामा चोट पुग्यो । त्यो अझ राजनीतिका ठाकुरेसंग ब्यहोरेको छु । कस्ता तर्क कोरल्छन ? त्यस्तालाई मान्छे कसरी थप्पडी मार्न सक्छन् ! ढलको पानीले नुहाउने कि खरानी घस्ने ? माटो खाँने कि आची खाँने ? अरे । छया....यस्ता प्रश्नको के जवाफ दिने ! गलतकुरा बोल्न थाल्नु र सहीथाप्न थाल्नु भो भने अन्यन्त्र बोलिएको, लेखिएको सहिकुरा पनि कसैले पत्याउदैनन् । गलतकुरालाई तर्कवाणी दिनेको हैसियत मात्र छर्लङ्ग हुँदैन्, जुन उदेश्यकालागी बोलिएको हुन्छ त्यो पनि ठट्टा बन्छ । गाली गर्न लायक पनि नभएकाको भावनामा चोट पुग्यादेखेर म भने आज हर्सित छु । ..................................................................................................................................................... माहामारी नौलो अनुहारमा आयो । मौषमको भविश्यवाणी गर्नेहरु यसै हो, यतिदिन रहन्छ भन्न सक्दैनन् । राष्ट्रको तर्फबाट प्रधानमन्त्रीजीले पशुपतिमा अर्वौको सुन चढाएर क्षमापुजा गरिसक्नु भो । अव हामी भगवान भरोसेमा ढुक्क हौँ, स्वस्थ हुँन सक्छौ । पशुपतिनाथले हामी सवैको कल्याण गरुन् ।