Monday, June 22, 2020

महान जनयुद्द जिन्दावाद

“मात्रै त्यस इतिहासकारलाई हिजोको आशाको ज्वती जगाईरहने वरदानप्राप्त हुन्छ जो पुरै जोड् दिएर यसकुराको विश्वस्त हुन्छ् कि यदी दुश्मनले जित्यो भने हाम्रा मरिसकेका आफन्त पनि चिहानमा सुरक्षित बच्ने छैनन् ! र दुश्मन आत्मैदेखि उस्को वीरोधिको पत्तासाफ गर्ने योजनावाट पछि हटेका छैनन् भन्ने कुराको हेक्का राख्छ – जर्मन चिन्तक वाल्टर बेन्यामिन म जनयुद्दलाई भ¥याङ्ग बनाएर ठाकुरे र टाकुरे बन्नेका बात मार्दैछैन् । आज महान जनयुद्द जिन्दावादका नारा घन्काईरहँदा मेरा नेताहरु, कमाण्डरहरु, विचारकहरु, सौन्र्दयशास्त्रीहरु को, कता र के गरिरहेका होलान् ? सोच्दछु । कुन कित्तामा होलान ? उनीहरुका अहिलेका सोच र भूमिका के होला ? के उनीहरु यसदुनियाका माहार्मुख थिए ? किन उनीहरुले आफनैलागी घारो र कात्रो बोकेर झयाम्म जनयुद्दको माहासमरमा हाम फाले ? मैले आफैलाई पनि कति न्याय गरिरहेको छु ? हुँने, गर्ने देखिने र बोल्नेमा हामीभीत्रै के कति अन्तरविरोधात्क स्थिति छ ? के हामी विचारक नभै कतै कलाकार त हैनौँ ? आफैँसंग एकान्तका प्रश्न भयावह, जटिल र कठिन हुँदा रहेछन् । इतिहासका विध्यार्थी अन्वेसक र स्वप्नद्रष्टालाई यि गम्भीर स्वजिज्ञाशा हुँन् । हो, आजभन्दा २५वर्ष पहिला नेपाली इतिहासलाई नै क्रमभंगः गर्ने जनयुद्दको शंखनाद भयो । हुनता अढाईदशक इतिहासकालागी त्यती लामो समय हुँदैन् । तर कहिलेकहीँ एकैदिनको घटना, ब्याख्या विश्लेषण पनि लाखौ पानामा पनि लेखिसकिँदैन् । हो... कयौँ सताब्दी पनि तर एकै पानामा वित्ने पनि गर्छ । इतिहासको सौन्र्दयवोध नै यही हो । म आजको दिनबारे करपोरेट मिडिया मात्रै हैन् जनयुद्दका उत्पादन र व्यक्तिबाट ब्यक्तित्वमा फेरिएकाहरुका अभिव्यक्ति पनि सुक्ष्मरुपमा पढ्नेछु । मैले निरन्तर लेख्ने करपोरेट मिडियालाई यस सन्र्दभमा लेख्नेछु, आवस्यक भए भन्नुस भनेर खवर गरीँ । तर नो रिप्लाई । यो अरुभन्दा केही लामो लेख हुन्छ र अध्ययनलाई धर्यताको माग पनि गर्छ । यस अवधीमा अवस्था, परिस्थिति, बहस र अभ्यास धेरै फेरिए । मित्र र दुश्मनका परिभाषा फेरिए । क्रान्ति एकाध शूर, वीर, योद्धाहरूले मात्रै होइन्, कविता मात्रै होइन् भन्ने कुरा अभ्यासले देखाइदियो । एउटा गर्भे शिशु अहिले लोर्के भइसकेर हरेक क्षेत्रको नीतिनिर्माता तहमा पुगिसके । तर इतिहासका गर्भमा पुरिएका सबैका पुराना आग्रह भने पीडा थेग्रिएर सोच र भूमिकामा प्रभाव अझै पारिरहेका छन् । ०५२ प्ःmागुन १गतेको घटना नेपाली इतिहासकैलागी माहाविस्फोट थियो । यस माहाशंखनादलाई पहिला मान्छेले सुनेनन्, पत्याएन् । समय वित्दैजाँदा दवाउने र कुल्चिने प्रयास भए, कालान्तरमा स्वीर्कान विवस भयो । सनातनमा अभ्यस्त समाज र वर्चश्वशाली वर्गलाई त्यो माहाविश्फोट पचाउन र स्वीकार्न औधी मुस्किल प¥यो । बाध्यताले परिणाम स्वीकारेता पनि त्यसको आत्मालाई पचाउने खेल चालु भए । कति त्यस एम्बुसमा फसे, कति उम्कने कोशिस गरे । हो, शरीर बुढो भए पनि मस्तिक तरुणनै भएका अझै धेरै यूवा भने ज्यूदैछन् । वर्चस्वशाली तप्काको एउटा इतिहास, सोच, सौन्र्दय हुन्छ भने भुईमान्छेका (सवाल्ट्रन) भाष्यकार थोरै भए पनि त्यसका झिल्को सुरक्षित हुन्छन् र हुँनेछन । पात्रोमा तिथीमिती फेरिदै जान्छ तर कुनै दिन यस्तो पनि हुँदो रहेछ जस्ले पात्रोलाई नै फेरिदिएर त्यँहाबाट नयापात्रो बन्न ललर्कादो पनि रहेछ । पच्चिसवर्ष पहिलाको आजको दिन त्यस्तै थियो । जनयुद्द कसरी सुरु भो ? ०४५÷४६को जनआन्दोलनले ब्यवस्थाको रुप र शासक त फेरिए तर सत्ताचरित्र नफेरिदा परिवर्तनले ल्याएको बहुदलिय ब्यबस्थाप्रति आशा विश्वास क्रमशः टुटदै गयो । जनमोर्चा बाहुल्य ठाँउमा कम्युनिष्टप्रतिका धारणामा सत्ता अझ वर्वर हुँन थाल्यो । उस्का पुराना सोच फेरिएनन् । राप्तीका रुकुम, रोल्पा र जाजरकोटजस्ता जिल्लामा भयानक उत्पीडन र तिखो प्रतिवाद हुँन थाले । रोल्पामा एकजना अब्दुल रईस खाँ भन्ने सिडियो थिए, जनयुद्दका सरकारी आधारकर्ताका प्रथमपात्र । उनी त सत्तासंकृतिका प्रतिनिधी ब्यक्तिमात्रै थिए, तर उनका मार्फत ब्यक्त भूमिकाले एउटा नयाँ इतिहास रचिदै थियो । जव केही मानिसले देखेका सपनासंगै समाजले ह्वात्त एउटा अनौठो भविश्य देख्न थाल्छ, तव समयमै समयलाइ चिन्न र समझ बनाउन सक्ने विविध क्षमताको नेतृत्व केन्द्रिकरण हुँदैजाादो रहेछ । हामी सरकार फेर्न मात्रै हैन् यूग नै बदल्न तम्सेका हौँ भन्ने उनीहरुका कुरा कार्यकर्ताले सहजै आत्मासात गरेपछि समाजले पत्याएर आन्दोलन तयार भैरहेको हुँदोरहेछ । त्यस्तै लामो तयारी पछि जनयुद्दको शंखनाद भयो । नेतृत्व टिमको नैतिकपूजी, दुरदृष्टिले सामाजीक अपील गर्न सक्ने इक्षा शक्तियुक्त विचार र सपनालाई मान्छेको दिमागमा राख्न सफल भएर त्यस भेक ज्वालामुखी केन्द्र बन्यो । वर्गसंर्घषको ऐतिहासिक थलो त थियो नै । लोकाभार(वाँके), राजापुर किसान संर्घष (वर्दिया), कामी बुढा, भीमदत्त पन्त नेतृत्वका सशस्त्र संर्घष लगायत नारीकोट (प्यूठान) वेल्ल्वा–बन्जाडी (दांग), दशरथपुर(सुर्खेत)े किसान बिद्रोहका ऐतिहासिक आधारले अनौठो भोक जगाएकै थियो । लामो समयदेखी वैचारिक संगठात्मक तयारीले ती दमनको सशक्त प्रतिकार गरेर जनयुद्दको आधार क्षेत्र बन्यो । पछिल्लो कालमा सरकारी दमनदेख्दा तत्कालीन अवस्थाको चित्रण गर्दै सभामुख दमननाथ ढुगानाले भनेका थिए– यदि म रोल्पामा जन्मेको भए माओवादी बन्थे’ । विचारले सपना देखाँउछ, सपनाले प्रतिकार क्षमता जन्माउछ तव सत्ता यथास्थिति बचाउन चाहान्छ तर स्वप्नद्रष्टासंग विचारसहितको नेतृत्व पाएपछि त्यसको प्रतिकार गर्छन् । हो, जनयुद्दको थालनी त्यस्तै थियो । माओवादी पदावली कुनै पार्टीको मात्र नाम नभई सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरण र आन्दोलन बन्दै गयो । यो उत्पीडित र आवाजरहित भुइँमान्छेका लागि शब्द शक्ति बन्यो । सनातनसँग विद्रोह थियो । सत्ता थियो । आशा, भरोसा र सपना थियो । हरेकखाले उत्पीडक र वर्चस्वशाली वर्ग र समुदायका लागि आतंक बन्न पुग्यो । विद्रोहको सशक्त हस्तक्षेपले केन्द्रदेखि सबै प्रकारका स्थानीय सत्तामा प्रहार गर्दा सामाजिक सौन्दर्यशास्त्रका मानक र सनातनी मूल्यमाथि प्रहार हुँदै गए । हस्तक्षेपले सुषुप्त बस्ती जागृत हुँदैजाँदा सनातनी चेतना खजमजिए । निर्धा र सुदूरबस्तीले आफ्ना शक्ति चिन्यो । हरेक क्षेत्रमा महत्वाकांक्षा र पहिचानको भोक जागे । ०६२÷६३ सम्म आइपुग्दा जनयुद्ध र जनआन्दोलनको सहमतीय यात्रा राजनीतिक सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, केन्द्रीकृत राज्यसत्तालाई संघात्मक सोच, बहुजातीय बहुसांस्कृतिक समाजको राज्यमा समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षताको हुँकार बन्न पुग्यो । छिचल्न नसकेको मनोयुद्ध २०६३ वैशाख १२ र १३ बीच धेरै भिन्नता थियो । अर्को लेखमा बृस्तित चर्चाको आवस्यकता छ । क्रमशः माओवादीका नारा अरुले अपहरण गरे, सिंह दरवारले क्रान्तिकारी नेतृत्व पचाँउदै गयो । नेतृत्वको सामाजिक अपील गर्ने नैतिकपुजी हजम गर्दै गयो । अन्यन्त्रका क्रान्ति र विद्रोहले एकअर्कालाई रक्तपात निषेध गर्थे । तर यहाँ त्यस्तो नभई शक्ति सन्तुलनको अनिवार्य विश्राम सहमतीय राजनीतिको सुरुवात भएर विकसित राजनीतिक घटनाक्रममा शास्त्रीय र सक्रिय सामन्तवादबाट सम्बन्ध विच्छेद गर्दै समाज अगाडि बढ्ने कडी बन्न पुग्यो । जनयुद्ध शान्तियुद्धमा फेरिए पनि सवभन्दा पहिला नेतृत्वलाई भ्रष्ट र परिवारवादमा फसाईदै गईयो भने जनमुक्तिसेनालाई भाडाको सेनाको हैसियतमा झारियो । शहीद, वेपत्ता परिवारलाई आर्थिक प्रलोभनबाट मौन गराइने कोशिस भए । क्रान्तिको क्षतिपुर्तिका तलवी बनेका जनमुक्तिसेनाले क्रान्तिको रक्षा र अपील गर्ने नैतिकपुजी बचाउन सकेका थिएनन् । यो आफू भ्रष्टहुँदा पनि अन्यले प्रश्न गर्ने हैसियत नरहोस् भन्ने योजनावद्द अन्यलाई प्रलोभनले भ्रष्ट पार्ने नीति थियो । यसमा प्रचण्ड, बाबुराम, किरण, बादल र विप्लवको समान धारणा देखिन्छ । विमतिको नोट अफ मिसिजन मैले सुनिन । युद्ध निरन्तर चल्न सक्थ्यो, सक्दैनथ्यो त्यो भिन्नै बहसको विषय हुँन् । ऐतिहासिक घटनाहरु माहावहसमा जाने गर्छन् तर तीनले दिने सन्देश भने कसैले पनि खारेज गर्न सक्दैन् । हो, मैले पनि आजैको दिन सत्ताको पश्चिमी केन्द्र नेपालगञ्जको मुटु धम्बुझीदेखी खजुरा रोडमा पश्चिम गणेशपुरसम्म कम. बिष्णु पोखरेलसंगै पोष्टर टासेर इनिसेसनको सहभागी बनेको थिँए । सलाम, शहीद विष्णु पोखरेल । हरेक त्रान्तिको केन्द्रिय प्रश्न भनेको परिस्थिति अनुसार विचारलाई अनुकूल बनाँउदै लाँने की ! आप्mनो समग्रशक्ति परिस्थितिलाई विचार अनुल ढाल्ने ? हो । माओवादी युद्ध भन्नेबित्तिकै प्रचण्ड र बाबुरामको नाम अगाडि आउने गर्छ । तर दुवैलाई अब युद्धकालीन माओवादी न नामसँग, न कामसँग महत्व राख्छन् । सायद इतिहासलाई कसरी बुभ्mछन्, आत्मासात गर्छन् त्यो उनैकै विषय हो । बाबुराम भट्टराईसंगको पछिल्लो भेटमा त उनले जनयुद्द एउटा रेडिकल डेमोक्रेटिक मोभमेन्ट मात्रै थियो भने । तव बहस र छलफलकै विषय के रह्यो र ? कमान्डरहरूकै यो अवस्था भनेको विश्व इतिहासको भद्दा ठट्टा पनि थियो । माओवादी जनयुद्दको सैद्धान्तिक रूपमा मोहन वैद्य किरणहरू अझै सक्रिय भए पनि पार्टीलाई सामाजिक र व्यवहारीकरण गर्न सकेका छैनन् । ससक्त बनाएर भूमिकामा देखिन सकेका छैनन् विप्लवजीको एकीकृत जनक्रान्ति ६ वर्ष पुग्न थाल्दा पनि अझै विद्रोही सार्वभौम आकार ग्रहण गर्न सकिरहेको छैन् । आदेशले मात्रै समाज परिवर्तन हुँदैन् । क्रान्ति र क्रान्तिकारीहरु सामामाजिकीकरण पहिलो र अनिवार्य सर्त हो । माओवादी विरोधीले जे चाहन्थे, त्यो हुँदै गयो । बुर्जुवा आर्दशमा समेत टिक्न सकेन । पार्टी फुट्दै गए । स्वत्वका टकराहट सिद्धान्तका नाममा, व्यवहार र आचरणमा टसल बढ्दै गए । जे नारा र आर्दश थियो, समग्रमा युद्धको धरापबाट त उम्क्यो तर मनोयुद्धको धराप भने छिचल्न सकेन । समग्र माओवादी युद्धको समीक्षा नै नगरी पार्टी फुट्यो । अझै पनि विश्लेषण हुन नसकेको धोबीघाट भेलाका आयोजक त देखिए तर प्रायोजक भने देखिएनन् । सत्ताले पचाउन पहिला आर्दशवादको हत्यागर्न क्रान्तिकारीहरुलाई परिवारवादमा फसाउन, निजी सम्पतीको लोभी बनाउन र भ्रष्टाचारमा फसाउने औजार हुन्थ्यो । उस्ले एकै पटक १सय ३४ गाडीलाई वैधानिक गराएर अन्य जे जस्ता भ्रष्ट हुँने सम्भावना हुन्थे, आखाँ चिम्लिदियो । आज ती गाडीहरुमा संवभत ५ पनि सामाजिक स्वामित्व र नेतृत्वको प्रयोगमा छैनन् । मनोयुद्धको धरापमा फस्दै जाँदा आपसमा भ्रम, अन्योल, अकर्मण्यता र प्रतिक्रिया मौलाउँदै पार्टी फुट भए । आदर्श स्खलन हुँदै बजार संस्कृतिको हावी भएर आफ्नै सुन्दर सपनाको बोझ गह्ुँगोे हुने, मित्र विमित्रमा फेरिने र विरोधी एवं दुस्मन साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्दै आन्दोलनका भाव, मर्म, भावना र सन्देशलाई अन्यन्त्र मोड्दै गए । दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्र हुँदैनथ्यो । यसै समाजको ऐतिहासिक विकासक्रमः, सांस्कृतिक सम्बन्ध, अर्थसंस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना जोडिएका हुन्थे । मनोयुद्धको विश्वव्यापी अभ्यासको सशक्त प्रहार शान्तियुद्धको चोट झेल्न माओवादी भने बबुरोे बन्यो । मनोयुद्दको प्रभकारी खेल मानसिक ब्यबस्थापन र बिद्रोहको विद्रुपीकरणहुँदै गयो । २१वा सदीको सम्राज्यवाद शितयुद्दको ह्याग ओभरबाट मुक्त थिएन । उस्का असल सिपाही यनजीयो प्रायोजीत बौद्दिक समुदाय, आसे समाज र करपोरेट मिडिया थियो । नयाँ बहस स्रिजीत भैरहेका थिए, तर माओवादीले आफना जैविक बुद्दिजीवी, मिडियाकर्मी र सास्कृतिकक्षेत्रलाई कार्यकारी भूमिकामा उतार्न सकेन । जनमुक्ति सेनाको आर्कको भूमिका फेरिएर तर शान्तियुद्दका असाल्ट तयार गर्ने कुनै योजना नै रहेन् । एउटा उदाहरण नियालौँः जनयुद्दमा दुवैपक्षबाट मारिएकाहरू १४,६३७ हुँन । (१०, ११७ राज्यसत्ताबाट हत्यागरिएका र १,११५ बेपत्ता,यसमा माओवादी र माओवादी नाममा गरिएका हत्या छन ) । माओवादी तर्फबाट राज्यपक्ष वा अन्य ३,४०५ हुँन । जनयुद्द र राज्यसंग विमति हुँनसक्ला तर तथ्याङ्क मिथ्याङ्क हुँदैन् । आखिर यो तथ्याङ्कमा खेल किन हुन्छ ? यसै हप्ता जनयुद्दका सुप्रिमो प्रचण्डले एक निजी टिभी ज्यानलमा १७ हजार स्वीकारे । उफ, त्यो तथ्याङ्कको स्रोत के हो ? न प्रश्न कर्तासंग थियो, न सुप्रिमोसंग । नयाँ कुरा सोच्ने सोचले नै सनातन वा परम्परामा जिउने समाजमा आतंक बन्ने गर्छ । घाउ निको हुन्छ तर खाटा बसे पनि दाग भने रहिरहन्छ । विद्रोहकालीन समयमा भएका टसललाई राजनीतिक समाधान भए पनि भावनात्मक रूपमा भने हुन सक्दैन् । त्यसका खाटा धेरै समयसम्मै रहिरहन्छन् । सामाजिक सौहार्द र सहकार्यले मात्रै त्यसको उपचार हुन्छ । सत्ताका फेरिएका चरित्र र कार्यक्रमले नेतृत्व गर्नुपर्छ, तर त्यो अझै देखिँदैन । द्वन्द्वउद्यमी द्वन्द्व चर्काएर फसल काट्न व्यस्त छन् भने प्रतिगामी तत्व त्यसैमा खेल्न । इतिहास बिर्साउने खेल भित्रको झेल अहिले सेकुवा हर्सुन चाहाँने तर रगत देख्न नसक्ने वचश्र्वशाली समूह इतिहास खारेज गर्न जनयुद्दको इतिहासकै विद्रपीकरण गर्न चाहान्छ । इतिहास बनाउन सकिन्छ तर मेटाउन भने कदापी सकिँदैन् । जनयुद्दको उपलब्धीमा रजाँइ गर्ने तर त्यसको विभत्सताको वौद्दिक व्यपस्थापन गर्ने अभ्यास देखिन्छ । इतिहासका नजिर बनिसकेको जनयुद्दका मर्म, कबुल, सन्देश र सौन्र्दयबाट कोही टाढिए पनि त्यसले फेरेको ऐतिहासिक पात्रोलाई उल्ट्याउन सक्ने अवस्थामा भने हुँदैनन् । बगेको पानी फर्किदैन । महान फ्रेन्चक्रान्तिले नै (१७८९) विश्व राजनीतिमा नयाँ अध्याय खोल्यो । संक्रमणक्रमसंगै प्रतिक्रान्तिकारी माथिको दमनचक्र तीव्र पारियो । राजारानी गिलोटिनमा काटीए । प्रतिकान्तिकारी भनेर शंकास्पद हजारौं मारिए पनि । त्यसमध्य क्रान्तिका नायक रोब्स पियरेका प्रतिद्धन्दी अर्थात अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए । पक्रेर मुद्धा चलाउदा ड्याण्टनले ललकार्दै प्रतिवाद गरे– शनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ्र’ । फासीमा चडाउने बलिभेदीमा लाँदैगर्दा राब्स पियरेको घर नजिकबाट गुज्रदै उनले भने – राब्स, तिम्रो गति पनि चाढै हाम्रै जस्तो हुनेछ, तिम्रो यो घर पनि गर्ल्याम गुर्लुम ढालिने छ,्र अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ्र । ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो । पहिले गिरोण्डिनहरुको सफाय गरियो, दोश्रो शिकार ड्याण्टनहरु भए, अन्ततः राब्स पियरे र उनका अनुयायीहरुलाई पनि च्याखुराइयो । क्रान्तिका दुश्मनहरु कहिल्यै उदार हुँनै सक्दैनन् । यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो । क्रान्तिका आहारामा गिरोण्डिनहरु मात्रै परेनन् क्रान्ति नायक पनि परे । त्यसै नौ महिनामा गिँडिएका गर्धन २हजार ६सय ३९ मध्य राब्सको पनि एक थियो । हो, कालान्तरमा नेपोलियनको उदय भयो र अमेरिकी स्वतन्त्र संग्रामका मस्ति कबनेका टम पेनले पनि देश छोडेर फेरी अमेरिका फर्कन विवस भए तर नेपोलिएनले भेटमाग्दा पनि अस्वीकार गरे। तर यती हुँदा पनि के फ्रान्सेली क्रान्तिले विश्व राजनीतिमा नयाँ अध्याय सुरु गरेन र ? जुन कारणले जनयुद्द विद्रोहको उद्घघोष भयो त्यसैले गणतन्त्र शब्द बहस, ब्यबहार र अभ्यास हुँदैछ तर परिवर्तन व्यवहारमा अझै पाउन सकिएको छैन् । अपूरो क्रान्तिका पनि ‘इतिहासबोध’ आवश्यक हुन्छ । इतिहास अणु पनि हो परमाणु पनि । वर्तमानको औचित्य सावित गर्ने र प्रतिकारको औजार समेत हो । पक्षधारिताकै आधारमा अहिले इतिहास बिर्साउने वा वीभत्सकरण गर्ने खेल मञ्चन हुँदैछन् । इतिँहासले दिएका सन्देश र परिणाम युगान्तर भैरहेका हुन्छन् । जनयुद्ध सम्झने वाध्यता माओवादीमै शहीद अर्काका घरमा जन्मियोस् र आन्दोलनको उपलब्धिको पहिलो हिस्साको हकवाला म नै हुँन पाऊँ भन्ने चरित्र देखिँदै गए । शहीदको जैविक हकवालाले आफ्नो सेयर पार्टीमा सबभन्दा ठूलो रहेको दाबी गर्दै पनि गए । योग्यता, दक्षता र आवश्यकताका परिभाषा फेरिए । युद्धले सत्ता दिलाएका र परिचय दिएकाहरूले त युद्धलाई नाटकै भए पनि सम्झन बाध्य भए भने जसका कारण वर्चस्वशाली वर्गबाट च्युत भएको स्वार्थ समूह छ, त्यो पनि यसलाई घृणा र षड्यन्त्रै गर्दा पनि त्यसैमार्फत सुखभोगका कारण पनि सम्झन बाध्य छन् । अब माओवादी युद्ध भने प्राज्ञिक अनुसन्धान, समाजशास्त्रीय अध्ययन, विद्रोही मनोविज्ञानको तत्कालीन राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको उपज अध्ययन विषय बन्ने छन् । आआफ्ना आग्रहले तत्कालीन अवस्था, शब्द, अर्थ, कारक पक्ष कार्य, कारक र परिणामलाई व्याख्या गरेर स्वऔचित्य सावित गर्ने कोशिस पनि होला । त्यो भने एकांकी नै हुन सक्छ । कर्ता नै विचलन र सत्ता प्राप्ति खेलमा रुमलिँदा पनि विद्रोहले पैदा गरेका सामाजिक र आर्थिक हस्तक्षेपले राजनीतिक क्रमभंगता जे ग¥यो त्यो भने मेटिन सक्दो रहेनछ । सामाजिक अन्तरविरोधको कुशलतापूर्वक हल भनेको प्रगतिशील राजनीतिले दिने उपचार हो र दिनुपर्छ । दिन सकेन भने कस्तै शक्तिले पनि भविस्यका विद्रोह र क्रान्ति रोक्न भने सक्दैन् । छटपटिएको जनमतको विचार मात्रै हैन् दील, दिमाग र पेटको पनि ब्यबस्थापनको सुनिस्चितता क्रान्ति र विद्रोहको आत्मा हुन्छ भन्ने विश्वस्त थिए । पेटको आगो दिमागमा पुगेपछि दिलले प्रतिकृया दिएर भूमिकामा मान्छे उत्रिन्छ । देश समाजकोबारे भावुकताले सोच्ने कुनै निस्चित राजनीतिक पार्टी र नेताको मात्र बपौती सम्पति पनि हुँदैन् । तर, एउटा चरण पार गरेपछि भने क्रान्तिका सन्ताननै सत्ताधारी बन्न पुग्छन् तर जनताले भने कबोललाई विर्सेका हुँदैनन् । इतिहासले कसैलाई विर्सने छुट पनि दिँदैन् । नकारात्मक कामले पनि कहिलेकाहीँ सकारात्मक परिणाम दिन्छ । नकारात्मकलाई सकारात्मकतामा फेर्ने पहल र कला र विकसित अवस्थामा भरपर्छ । अहिले माओवादीको लागि पनि त्यस्तै भयो । जनयुद्धबाट शान्तियुद्धमा आएपछि माओवादीमा युद्धले समग्र देश, आप्mनै पार्टीिभत्र बढेका र बढाइएका महत्वकांक्षा व्यवस्थापन गर्न सकेन । अन्ध जातीवाद, अन्धधार्मिकता र अन्ध क्षेत्रियतावाद पनपिन थाले । अर्को पक्ष विकास भयो – आफ्नै वरीपरी समाज, राजनीति र घुमोेस् र मियोमा आपूm रहँु भन्ने ब्यक्तिकेन्द्रित मनोगतवादको । चर्चाको भोक त पहिचानको रोगसँगै लाग्ने छुतको महामारी हो नै । विधिमा टेकेर विधि भत्काउँदै, विधी निर्माण गर्दै आएको पार्टी भत्काउने र निर्माण बीचको समयको जटिलतालाई कुशल ब्यवस्थापन गर्न सकेन्, भ्याएन वा कला पुगेन । समस्या आउँछन् तर पुरानै विधीबाट हल गर्न सकिँदैन तर कमजोरी छिपाउन र औचित्य सावित गर्ने सवैसंग तर्क हुन्थे र त्यस्तै तर्क कोरलिए पनि । इतिहासवोधः इतिहासका नायक र खलनायकबारे धारणा अहिले बनाउँदा तत्कालीन राजनीति, सामाजिक, आर्थिक संबन्ध र अवस्था, विश्वपरिस्थिती, भौगोलिक राजनीतिक अवस्था, शासकहरूको महत्वकाक्षाको अध्ययन आवस्यक हुन्छ । आफ्ना विश्वासको औचित्य स्थापित गर्ने इतिहास दरविलो हतियार हो, त्यसै अनुसार इतिहासको सौन्दर्य वा कुरूपताको ब्यबस्थापन हुँने गर्छन् । शासकजातिको एउटा इतिहास हुन्छ भने सवाल्टर्नहरूको भिन्नै । तर इतिहासका क्रमभंगका पात्र, समय र अवस्था भने सवैले सकार वा नकार आत्मासात गर्छन् । जनयुद्धले उद्घघोष गरेका मर्म र सन्देश इतिहासका विषय बने । आखिर त्यत्रो उथलपुथलकारी विद्रोही शक्ति आफ्नै चारित्रिक आदर्शका बोझ धान्न नसकेर कसरी यो अवस्थामा पुग्दो रहेछ ? आफ्नै गौरवता नायकलाई नै किन गह्रांै बन्दो रहेछ ? राजनीतिक परिवर्तनको स्वामित्व अगुवालेनै स्वयं लिन किन चुक्दा रहेछन् ? सत्ता प्राप्ति नै राजनीतिको केन्द्रीय विषय हो । तर नयाँ सत्ता चरित्रले जन्माउने नयाँ मान्छे, नयाँ समाज, अवस्था कस्तो हुने ? सम्पूर्ण क्रान्तिसँगै जन्मने प्रश्न हुन् । जे छ त्यो भन्न नसक्नु, जे छ त्यो देखाउन नसक्नुको पछाडिका कारक तत्व के, के हुन् ? यो जनयुद्दको निर्मम समीक्षा हो ? यो समीक्षा एकीकृत अवस्थाको माओवादीले गर्न नसके पनि सर्वाल्र्टन इतिहासकारहरुले गरेर नयाँ क्रान्तिको वैचारिक आधार र आत्मावल तयार गर्न आवस्यक छ । आखिर नायकहरु खलनायकमा फेरिए पनि इतिहासका सौन्र्दयगाथाको महिमा ग्लाडिएटर स्पार्टाकस जस्तै गाईरहिनेछन् । – महान जनयुद्द जिन्दावाद, –वीर शहीदहरु जिन्दावाद । –चिहानबाट तिमीहरुले चिच्याईरहेका चित्कारहरु युगका वाणी बन्ने नै छन् ।

जिन्दिगी कति गाह्रो छ जिउन

आमजनमतलाई सरकार विश्वास दिलाँउछ कि अर्कोदेशले आक्रमण गर्ने खतरा छ, या आफैँ बीचका दुश्मनहरु सल्वलालाउदै छन् । यस खतराबाट बच्ने एउटै मात्र उपाय भनेको जनताले कमाराले जस्तै आप्mनो सरकारको आज्ञा पालन गर्नु हो – लियो टाल्स्टाय सत्ताचरित्रनै असहिष्णु हुँने हुँदा सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोग गर्न औधी गाह्रो भई मूल्य तिर्नपर्ने हुन्छ । ‘क्रान्तिकारीता’ लाई सत्ताले पचाईदिदो रहेछ । अविश्वास बढिरहेको, जनमत निरास बनिरहेको बेला वैधानिक भ्रष्टाचारबारे नेपालीसमाज अहिले मौन छ । निर्वाचनबाट लाईसेन्स प्राप्त शासकलाई नयाँ माहाराज बनाउने र वैधानिक भ्रष्टाचार गर्ने अनुमति त थिएन् तर प्रजा नभएको नागरिक किन बोल्न सक्दैन् त ! यस्तो चुप्पी र भय त मैले महेन्द्रकालमा पनि देखिनँ् । कुनै समयको एउटा क्रान्तिकारी तथ्य, प्रमाण, नियति र परिणााम देखिईसकेपछि पनि मुख नखोल्ने मात्रै हैन् मतियारसमेत किन बन्छ त ? राजतन्त्रको कराहीबाट उम्केर गणतन्त्र आएको भनिए पनि हामी करपोरेट राजनीतिको भुंग्रो झेलिरहेका छौँ । अभ्यस्त हुँदैछौ । भ्याट बिल प्रकरण, यनसेल र यति प्रकरण यस्का ज्वलन्त उदाहरण हुँन् । राजनीतिमा करपोरेटतन्त्र हावी भएर सत्ता बनाउने, पल्टाउने, मन्त्री बनाउने वा फेर्ने, सचिवको सरुवा बढुवा गर्ने, राजनीतिक नियुक्ति गर्ने, राजदुत, सांसद बनाउने, राज्यका अंगलाई हित अनुकुल पार्ने र न्यायलयलाई भ्रष्टाचारको धोबीघाट बनाउने समेत हैसियत राख्न थाल्यो । दलहरु करपोरेटका शेयर होल्डर बन्न पुगे । राज्यका अंगहरु शाक्षी किनारामा सदरको हैसियतमा पुगे । सिहदरवार बबुरो बन्यो । यो कतै एउटा अदृस्य तथा भूमिगत गिरोह त हावी भैरहेको छैन् ? माहान तथा गौरवशालीहरु, त्याग बलिदान र दशकौँ बन्दीगृहबस्दा नगलेका स्वप्नद्रष्टाहरु आखिर यसरी किन गले ? हरेक विषयमा हाम्रो समाज जाग्राम बस्थ्यो । अन्याय, अत्याचार विरुद्द सडकमा उत्रिन्थ्यो । पञ्चायतकालमा समेत एउटै रुपचन्दले सदन हल्लाउथे । तरुण, मशाल, वर्गसंर्घष, मुक्तिमोर्चा नामक भूमिगत पत्रिकाहरुले चेतनाका ज्वाला दन्काउथे । युगलाई, कविलाई ललकाथ्र्यो । मान्छेहरु आर्दशकालागी आपूmलाई खर्च गर्थे । जवानी खर्चेका ती मान्छे अहिले पनि ज्यूदै छन्, सक्रिय छन् ... सिहंदरवारिया पनि बनेका छन् तर आत्मा मरेको, आर्दश र सपनी रित्तिएको, भूमिका फेरिएको अवस्थामा । ‘आतंककारी’ ‘अराष्ट्रियतत्वबाट’ स्वंय शासक बन्न पुग्दा पनि अव ती गलत विरूद्द लड्न नसक्ने मात्रै हैन् बोल्नै नसक्ने वा मतियार भईदिएका छन् । सत्ता–संस्कृतिले ती धरतिका असाध्यै राम्रा मान्छेलाई सिधै पचाइदियो । त्यो अवस्थामा हामी किन पुग्छौँ ? अपमान, तिरस्कार, प्राप्त सौन्दर्यको ध्वस्त स्वीकार्न कुन तत्वले बाध्य पार्छ ? धारिला चेतमा खिया लगाउने कुन तत्व हो ? किन मान्छे यस्ता विषयमा बोल्न, सुन्न र लेख्न सक्दैन् । प्रख्यात बलिउड लेखक जावेद अख्तर भन्छन्– तँ त्यही लेख् जो धेरै मान्छे भन्न र सुन्न पनि डराउँछन् । युगवाणी तँं लेख् । लेख् त लेख्...त्यही लेख् ।’ म यी हरफ ‘जनआस्था साप्ताहिकमा’ लेख्दैछु । ‘यति’ हिमलोकबाट मत्र्यलोकमा झरिसक्यो तर, रागदरवारी बनेपछि कलमका निप भाँचिएका हाम्रा कयौँ लेखक, कबि, कलाकार र पत्रकार मौन छन् । आस्थाका मूल्य तिरेका बिद्रोह ओकल्ने मनुवाहरु मौन भए । जव देश जलिरहेको हुन्छ, अन्याय मौलाइरहेको हुन्छ, त्यस्तो वेला प्रजा नबनेका मान्छेलाई समयले प्रश्न गर्छ्– त्यस्तोबेला तिमी कहाँथ्यौ ? के गरीरहेका थियौ ? मेरो युगले भन्नेछ– जव उनी केही थिएनन् तव सवै कुरा थिए तर आज उनीहरुसंग सवै कुरा छ तव केही पनि (आत्मा) वाँकी रहेन् । भयानक सेल्फसेन्सरशिप लागेको छ । कृतिम भयले मान्छे आप्mनै छाँयादेखी तर्सिरहेको छ । करपोरेटको यस्तो विगविगी भएको, भ्रष्टाचार मौलाएको, निर्वाचित अधिकारलाई शासक बनाउदै करपोरेट लुट मच्चिरहेका बेला नत्र नागरिक किन मौन बस्थ्यो ? प्रजा र रैतिबाट नागरिक बनेको हामीले गणतान्त्रिक संविधान बनायाँै, उपभोग गरिरहेका पनि छौँ । एकपटक भारतीय संविधान निर्माता बाबासाहव डा.भीमराव अम्ेडकरलाई सोधीएछ– संविधान कस्तो बन्यो ? –औधी राम्रो... –केही सीमा, समस्या ? –असल नियतका मानिसले राजनीतिक नेतृत्व लिए– मानवतावादी । समग्र देश, समाज र मानवहीतमा । यदि भ्रष्ट, तानाशाह र फासिष्टहले शासन लिए–घोर अप्रजतान्त्रिक । फासीवादी नियतले कसैले नेतृत्वलिन कहिल्यै पुग्छ भने –देश र युगलेनै कष्ट भोग्न पर्छ । महाफासिष्ट जन्मन पनि सक्छ ।’ हाम्रैै समयका चरित्रनायकहरु अहिले सत्ताका कारिन्दा छन् तर हाम्रो युग उनै बाबासाहवको स्मरण गर्न पुग्छ । मान्छेभित्र धेरै मान्छे हुन्छन् । सुन्दरताका पनि पक्षधारिता हुन्छ । कुनैबेलाका नायक कुनैवेला खलनायकमा फेरिएको स्वयंले चाल पाँउदैन् । संकेतले चेत्ने मान्छे, परिणमले चेत्ने पशु हुन्छ । वातावरण, संबन्ध र स्वार्थले उस्लाई नर्कतिर घिसारेको ऊ वा उस्का पछुवाहरुले पत्तै पाँउदैनन् । क्रान्ति वा विद्रोहका उत्तराधिकारी कोही पनि हुँदैनन् । अंश र वंशका त हुँन सक्छन्, नागरिकता र पुखर्याैली हुँन सक्ला तर भावना, संवेदना मूल्य, मान्यता र आदर्शका हुँदैहुँदैनन् । सजिलो छ आप्mनै मलामी जान तर गाह्रो छ– जिन्दगी धान्न, तान्न, लतार्न र घिसार्न र संग्लोरुपमा आर्यघाटमा विसाउन । जापाटिष्टा विचारक जाँन हाँलवेले ‘क्रान्ति उत्तर हैन् प्रश्न बनेर उभिन्छ’ त्यसै भनेका हैनन् । भुपुहरुसंग संंपत्ति, पद र सुविधा सवै छ । तर, त्यस्ले क्रुर यथास्थितिसंग लड्ने, सोच्ने आँट पलाँउदैन्, दिँदैनन् बरू डरपोक बनाइदिन्छ । पद, प्रतिष्ठा र संपति गुम्लाकी भन्ने सदा आतंकमा रहेर अन्यायको विरूद्द सिधा उभिन नसक्नका कारण बन्छ । हरेक चिजको मूल्य तिर्नुपर्ने हुँदा आलोचनात्मक चेतले पनि मूल्य तिर्नेपर्छ । जति महत्वपूर्ण वस्तु हुन्छ त्यसको मूल्य त्यतिनै धेरै हुन्छ । सित्तै पाएको चिजको मह्त्व नै प्रापकले बुझेको हुँदैन् । ती चुप्पी रहने मनोआतंकका कारण बन्छन् । छिमेकीकै थप कुरा कुरा गरौँ । मुसोलाइ बाघभन्दा बिरालोसंग होसियार हुँनुपर्छ । आज हिन्दमहासागरिय क्षेत्र अर्थात सार्कको अवस्था यही छ । भारत... क्षेत्रिय दादा हो । अझ सास्कृतिक फासिवादी राष्ट्रियता हावी भएपछि धार्मिक आवरणमा ऊ फासिज्ममा फेरिँदैछ । अल्पमतप्रतिको घृणा र कमजोर छिमेकीप्रति उस्का दादागिरी सोच यसैकारण हो । आन्तरिक समस्या ग्रसित उस्को राष्ट्रवाद वाह्य दादागिरी कमजोर राष्ट्र र जिम्वेवारीरहित नेपालीको लिम्पियाधुरा एक हो । तर ‘मौषमी राष्ट्रवाद’ यसमा कम दोषी छैन् । हामी गम्भीर कुटनीतिभन्दा हल्कामा रमाएर राष्ट्रियताका खेती गर्छौ भने यस भूसंवेदनशील राष्ट्रमा कुन भनाई पत्याउने ? टाढाको देवता भन्दा नजिकको पिसाचसंग संबन्ध जोडिनुपर्छ भनिन्छ । महाशक्तिको विश्वरणनीतिमा हामी किन फस्ने ? एकातर्फ यमसीसी इण्डो–प्यासाफिकअन्तरगत हो भनेर अमेरिकी रक्षा साहायक मन्त्री रेडल जी स्काईभर भन्छन् अर्कातर्फ हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली यमसीसी इण्डो–प्यासाफिक अन्तरगत हैन् भन्छन् । प्रधानमन्त्री नया सभामुख आएपछि यमसीसी विधेयक सदनले पास गर्छ भन्छन् । ?श्रीलंकाले यमसीसी अश्वीकार गर्यो, के हामीले यमसीसी धान्न सक्छौ ?

एक थिए रुप सिहं अर्काथिए थिए कल्लु सिहं

October 24, 2009 at 9:27 AM सातसाल पहिला पस्चिमलाई नयाँमुलुक भनिन्थ्यो र त्यसको केन्द्र थियो नेपालगाज । बाकँे बर्दिया कैलाली काचनपुर र दाङ्गको केन्द्र बनेको पस्चिमेली सहर नेपालगाज प्रशासनिक मात्रै हैन शिक्षा ब्यापार र राजनीतिको केन्द्रनै थियो । नयाँमुलुकको नयाँ सहर बनाउने जगं बहादुरको उर्दीलाई सुब्बा पदम नाथले पुरा गरेका थिए लखनउको जस्तै सहर बनाउने सपना देखॆर । सुब्बा साहबले नाप नक्सा र कलामात्रै लखनउको भित्रयाएनन् त्यहाँका रैथाने ब्यापारी र कस्तकारलाई पनि निम्त्याउदै नेपालगाजलाई नयाँतरिकाले आबाद गरे । अहिलेपनि लखनउको झझल्को नेपालगाजका पुराना बस्ती र घरको बनोटले दिन्छ । कम्पनी सरकारलाई सहयोग गरेर फर्केका राणाजीले सुगौली सन्धीबाट गुमेको भूभागको एक हिस्सामात्रै फिर्ता ल्याएनन क्रान्ति दबाउन गएको सेनासगैं क्रान्तिकारी बिचारपनि भित्रिएको पत्तै पाएनन । गदर उत्तरतिर हाँनिदै यहीबाटोबाट नेपाली भूभागमा आश्रय लिए भने जगं बहादुरको मातहतमा बिद्रोही दबाउन गएका लखन थापा आफै बिद्रोही बनेर फर्किए । त्यसपछि बिद्रोही चेतना आर्दशका अनुयायी मुल्यको भुक्तान र सर्मपणको निरन्तरताको गाथा बोक्यो पस्चिमले । शर्बश्रेष्ट नायकमा दरिए सहिद दशरथ चन्द । त्यसपछि उन्को बाटो अनेकौ नायकहरुले पच्छयाए । अनेकौ बिद्रोहका गाथाहरु त्याग र बलिदानका कथाहरुले निरन्तरता पाउँदै गयो । तर तीनिहरु मद्य कतिलेभनॆ बाणी पाउन नसकेर अझै बिस्मुतिका गर्भमा रहेका छन । नायक र गाथाहरु बन्दै जनश्रुतिमै सिमित छन । त्यसैमद्यका एक हुन कमाण्डर रुप सिहं सिजापति र अर्का हुन कुबर कल्लु सिह । राणा शासन बिरुद्धमात्रै नभै प्रजातन्त्र र किसान आन्दोलनमा सिहंबन्धुहरुले खुब जमेर लडे र अनेकौ कृतिमान खडा गरे । दशरथचन्द आश्रमबाट क्रान्तिकारी भाबना र सस्कुतिको फैलाओट भयो । लोकाभार आन्दोलनको दुन्दुभी बजाए । आधारभूत किसान नेतुत्व मुलायम बेहना राधाकुष्न थारु उत्तम राम थारु पाचुँ गोडियाजस्ता अनेकोै योद्धा तयार पारे । शत्ताका स्थानिय मतियार जिम्दारहरुका नौनाडी गलाईदिए । जनश्रुतिका नायकमा दरिदै हरेक न्यायप्रेमीहरुका दिल र दिमागमा सजिए । जस्तो आर्दश बोके त्यस्तै सानसगं बाचेँ जसरी गौरबशाली मान्छेहरु यस् ससांरमा बाच्ने गर्छन । दागरहीत जीवन बिताएर दिबगंत बने । दुबैजना साच्चैनै सिहं झै नै् थिए । झुकेनन टुटेनन । सिनु र रछयान कहिल्यै खाएनन । बनौ भनेर कोहीपनि नायक बन्न सक्दैन । त्यो त् सिनिमा र नाटकमामात्रै हुन्छ र बन्छ । उनिहरु तिलस्मी कथा बने । पहिलो माओबादी गुरिल्ला नेता रुकुमका कामी बुढा मगर हुन् या पहिलो पटक जगेंलाई चुनौति दिने आछामी बाकेबीर । ति दुबैको सरकारी हत्या हुदाँपनि उनिहरुको गाथा रोक्न कसैले नसके झैं पस्चिममा सिहंबन्धुहरुको गौरबतापनि कसैले मेटन सकेको छैन । उनिहरुले आजका नेताहरुलेझै आफन्तलाई केही जोहो गरेनन । बिचारको मोलतोल गरेनन । सुबिधाको लागी शिद्धान्तको सौदाबाजीपनि गरेनन । एक थिए कम्युनिष्ट अर्का थिए काग्रेस । एक थिए पाहाडे अर्काथिए मधिसे । जातीको राजनीतलाई पिच्च थुक्ने उनिहरु राणाहरु जिम्दारहरु उनिहरुका आसे पासे भरौटे र जुठोपुरोमा जिन्दगी लतार्नेहरु बाहेक सबैका आखाँका नानी बने । उनिहरुको सुरबीरता प्रतिबद्धता र आर्दशदेखी आतङ्कित हुनेहरुभने उनिहरुको खाईरो खन्थे । उनिहरुलाई होच्याएर आफु अग्लो देखिन चाहने भूतपुर्ब आर्दशबादीहरुको कमी थिएन । पस्चिमका पहिलो कम्युनिष्ट रुप सिह जनमुक्ति सेनाको सुदुर पस्चिमको नेतुत्व र राणाशासन ढाल्ने सैनिक कमाण्डर थिए । भिमदत्त पन्तकापनि नेता थिए । अझै त्यता रुपसिहं सिजापतिका नाममा कयौ लोक कथा गित र देउडा पाईन्छ । कुबर कल्लु सिह मगंल प्रसाद स्कूलका माडसाब बनेर बाबुकुष्णसगै पस्चिममा आन्दोलनको श्रिगणेश गरे । भूतनाथ बनेर राणाका हेकडी छुटाउने तिलस्मी नायकमात्रै बनेनन एकिकृत काग्रेसको पहिलो मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य समेत बने । त्यस्ता थिए शिहंबन्ध्हरु । दिन बिते आन्दोलनको रुप फेरियो । हिजोको योग्यता क्षमता र आर्दश बदलिएको अबस्थामा काम लागेन । परिवर्तित सन्दर्भमा हिजाका अभियानहरु समेत बाधक बन्न पुगे । हरेक आन्दोलनपछि यस्तैयस्तै हुनेगर्छ । योग्यता दक्षता र आबस्यकताका तर्कले को कहाँ उछिटिन्छ को कहाँ सेट हुन्छ भन्नै सकिदैन । हिसाब किताब समेत रहदैन । आफन्त र बैरीहरुको बहिखाता हराउछ । अर्थ फेरिन्छ । लोकाभार आन्दोलन काग्रेसलाई घाँडो बन्नु स्वभाबिकै थियो । जिम्दार मन्त्री भरतमणिले भोका किसानको के पो सबोंधन गर्न सक्थे र ! आन्दोलनमा भूमिका बिहिन चतुरेहरुनै आन्दोलनपछिको तरमार्ने भएझै भरतमणि पनि सोही दर्जामा परेका थिए । आन्दोलनकारीको बलमा सत्तामा पुगेपनि आखिर जिम्दार त् जिम्दारनै हुन्छ । हरेकले आफनै बर्गको पक्ष लिने नै भयो । ०७ सालको काग्रेस जिम्वाल बिर्तावालहरुको बिरोधी थियो । रुढिबाद बिरोधी प्रगतिशील देखिन्थ्यो । गरिब निमुखाहरुको अर्थात जनपक्षधर कहलिन्थ्यो । ऊ सत्तामा पुगेपछि काम नभएका ठाडामा किसानहरु दरिए । क्रमसः उस्ले जनपक्षधारिता गुमाएपछी जो जोतेगा सो खाएगा भन्ने किसानहरु उस्लाई कम्युनिष्ट झै लाग्न थाल्यो । कम्युनिष्ट फोबिया ग्रसित जिम्दारको बलबुतामा बनेको नयाँचेहराको सरकारलाई आन्दोलन भनेपछि काउसोको माला हुने भयोनै । आखिर नेपाल र भारतका भूमिपतिहरुको उक्साहटमा भारतिय सेना र नेपालका शासकबर्गले आन्दोलनमाथी सिकार खेले । नेता कार्यकर्ता गिरफतार बने । कुवर कल्लु सिहं टिबी ग्रसित हुनुहुन्थ्यो । त्यस किसान आन्दोलनका सोचनिर्माता समेत । उहाँलाई कम्युनिष्ट भनेर नेपाली काग्रेसको जनकपुर अधिबेसनमा सहभागी गराईएनमात्रै हैन गिरफतार समेत गराईयो । आर्दश र ब्यबहारमा फरक भएपछि बिद्रोहीनेता कुवर कल्लु सिहंले नेपाली काग्रेस त्यागेका कुवंरको ०१४मा टिबीको उपचार गर्न नसकेर मृत्यु भयो । यसरी एउटा बिद्रही नेता जस्को नामसुन्दा राणाशाहीको पस्चिम किल्ला काप्थ्यो जिम्दारहरु ओछयान मुत्थे गरिब किसान साहारा सोच्दथ्यो क्रान्तिकारीहरु आफना पुजनिय आर्दश नायक सोच्दथे ऊ निसन्तान थियो समग्र राष्ट्रनै परिबार सोच्दथ्यो । नायक बित्यो गुमनाम भएर । टिबीले खायर । घरवारी टोलमा रगत छादेर । उस्का नाममा चौक थियो रे ! कुवा पनि अनुयायिहरुले सम्झनामा राखेका थिएरे …॥ सदरलाईनमा कतै । अर्का सिह थिए रुप सिहं सिजापति । सुदुर पस्चिमको युद्धबाट फर्किए । काग्रेससगं मोह भगं भयो । जागरिला जोसिला लडाका र स्वप्नद्रष्टाहरुलाई सगंठित गर्दै पस्चिमको पहिलो कम्युनिष्ट पार्टीको साखा खोले नेपालगाजमा । मुलायम बेहना पुर्णमान आजाद बि। बिकास चन्दु बागबान रामकुष्ण मानन्धरलाईं सगठित पारे । तीसबै ०७ सालको आन्दोलनमा नरम दल र गरम दलमा सामेल थिएनै । दशरथ चन्द आश्रमका उपज र सहभागी । किसान आन्दोलन र मुलायम बाबा एक अर्काको पुरक नाम । भलादमी ठालु र जिम्दारले कम्युनिष्टलाई पाचमबर्गको अछुत झैं मान्ने । अगुवामा रुप सिह र घोडीवाले मुलायम बाबा । ०१५सालको आम चुनाबमा कम्युनिष्ट पार्टीको उमेदबार बनेर बिर्तावाल मौजावाल र जिम्दारहरुको जगजगी चलेको ठाँउमा आन्दोलनको बहस र औचित्यता साबित गरे । लोकाभार आन्दोलन दबाउन स्वदेशी बिदेशी सेना परेड खेलेको ठाँउमा कर्णाल फुके । १७ साल महेन्द्रशाही सैन्य कुमा कहलिएका सबै हस्ती गले । दस्तखत ठोकेर बाहिरिए तर झुक्नेको नाम सिह हुदैन कागज नगर्ने रुप सिह मात्र दरिए । जिन्दगी कष्टकर बन्यो । लेखनदास बनेर गुजारे । कसैको आसे बनेनन । महान सिहहरु मद्य कुँवर बितिसकेका कुवर लिखित नयाँ मुलुकका इतिहासको पाण्डुलिपी मुक्तिसेनाका गणेश कर्माचार्य र दिबगत गोपाल मल्लले यो पग्तिकारलाई प्रकासमा ल्याउन सुम्पनु भएको छ थिए भने सिजापतिसगं झण्डै सात बर्षसम्म यो पग्तिकारले भेटमुलाकात हुदैँरहयो । पछिल्लोपटक कमरेड निर्मल लामालाई भेटाउन पुग्दा गगनगाजमा उनको अन्तिम दर्शन पाएको थिँए । आफना पुराना सहयोद्धा लामालाई सिहले चिन्नभने सकेनन । क्यान्सरबाट थलिएका एउटा योद्धालाई मुक्तिसेनाका अर्का योद्धा क। लामाको भाबपुर्ण सम्मानले ०७ सालको जिबन्त सबेंदना त्यँहा झल्काउथ्यो । सिहको सिहाँई र औकातको मर्मबोध समेत त्यो भेटले गराउथ्यो । क्यान्सरबाट ५०मा रुपसिह दिबगंत हुनुभयो भने उहाँकी जीवन सिगंनी हरीदेबीको पनि क्यान्सरबाटै मृत्यु भएछ । पस्चिमका क्रान्तिकारी आन्दोलन र आर्दश बिकासमा जसरी गदर बाकेँबीर दशरथचन्द लोकाभार किसान आन्दोलन भिमदत्त पन्त र कामी ब्ढा मगरको नायकत्व जोडिएको छ त्यस्तै बिभिन्न चरणमा भएका आन्दोलन र बिद्रोहमा सिहंबन्धुहरुको बिद्रोही आर्दश सस्कारको निरन्तरता पाईन्छ । आयाम सस्कृति पछिल्लो त्यसैकडीको ऐतिहासिक निरन्तरता हो ।

श्याम दाइ....धेरै छन, सम्झनाका खातहरु

अलविदा श्याम दाई । मृत्यू मानिसको समग्र जीवन–समीक्षा हो । एउटा मानिसभित्र अनेकौँ मान्छे हुन्छन् । अव भने ०७सालको ‘जनमुक्ति सेना नलेखिएको एउटा इतिहासको’ वाचक मात्रै हैन् नोभेम्वर क्रान्तिको अन्तिमयोद्दा कमाण्डर पनि रहेन् । ०७सालको जनयोद्दाका कथा ठाकुर पुरण सिहं खवासले लेखे । विष्णुबहादुर मानन्धरले लेख्दैछन् । श्याम तामाङद्धारा “नलेखिएको एउटा इतिहास“ पुस्तक लेखियो । अर्कोपुस्तक पाण्डुलिपीमा छ । इतिहास लहडको खेल कथा हैन् न चिहानघारीको यात्रा हो, न मृतकको कथा मात्र । इतिहास पात्र र परिवेसको बुइ चढेर समयसंगै आप्mनो यात्रा गर्छ । अब भने उहाँ कृतिशेष हुँनु भो । हरेक मान्छेका आफनैखाले जीवन कथा हुन्छन् । जीवनका घुम्टी र मोड हुन्छन् । श्यामदाईको ९० वर्षिय सचेत जीवन र सकृय भूमिका अनेकौ त्यस्तै घुम्टी र मोड छिचोल्दैको एउटा माहाकाब्य बन्यो । जसले राणाविरुद्द युद्द लडयो, उथुलपुथुलको समय झेल्यो । सत्तारक्षक, पञ्चायतको हुकुमीकाल, संसदिय ब्यबस्था, जनयुद्द र अहिलेको अवस्था सकृय तरिकाले देख्यो, भोग्यो । हरेक कालखण्डमा द्रष्टामात्र बनेन् कुनै न कुनै भूमिकामा रह्यो । त्यसैले बनिबनाएका कितावी सुत्रमा उहाँलाई पढन वा समेटिन सकिदैन् । श्यामदाईलाई अध्ययन गर्न त्यसबेलाको राजनीतिक परिस्थिति, सास्कृतिक र सामाजिक चेतना, आर्थिक संबन्ध नियाल्नु पर्ने हुन्छ । म यस सक्षिप्तलेखमा उनका जीवनका ठूला घुम्टीको विवेचन मात्र गर्ने छु । एउटा क्रान्तिकारी चेत क्रान्ति पछयाउदै जन्मथलो आँउछ । इतिहासको शङ्गिन मोडमा क्रान्तिमा हेलिन्छ । अग्रर्मोचामा सामेल हुन्छ । सत्ताका रुप फेरिन्छन, तव उस्को भूमिका पनि फेरिन्छ । सत्ता र्फेन गएको मान्छे फेरिएको सत्ताको रखवाल बन्न पुग्छ । कालान्तरमा आप्mनै सयहयोद्दालाई गिरफतार गर्नु, आन्दोलनको दमनमा उत्रिनु, साहानुभूति एकातर्फ अर्कातर्फ भूमिका सत्तारक्षकको नियति भोग्नुपर्छ । जन्म,चेतना र स्वदेश आगमन भाग्य अर्जाप्न र सुख खोज्न दोलाखाको मकैवारीबाट उनका बराजु भारतको दार्जलिगमा हेलिन्छन । चियाबारी जिन्दगीका कथा सुरु हुन्छ । भारतमा स्वतन्त्रता संग्राम मच्चिदा प्रवासीनेपालीमा पनि चेतनाको राँको दन्किन्छ । तन्नेरी सपना देख्न थाल्छन् । तव निर्मल लामा (मस्तराम) डोनस ग्राङ्गदान र श्याम क्रान्ति खोज्दै नेपाल पस्छन । इक्षाशक्ति सहित राजनीतिमा हेलिनु यूवाहरुको परिचय बन्छ । जनमुक्ति सेनाको भूमिकाः जनमुक्ति सेना गठनको प्रमुख पहल बाबुक्रृष्ण शर्माल (धनेश्वर शर्मा) गरेका थिए । त्यसको ब्यबस्थापन प्रजातान्त्रिक काग्रेसले गरेको थियो । सुवर्ण शमशेर,महेन्द्रविक्रम शाह र आजादहिन्द फौजका ठाकुर पुरणसिह खवासको कलकत्ता वार्तापछि मुक्ति सेनाको गठन भएको हो । राष्ट्«िय काग्रेस र प्रजातात्रिक काग्रेस एकताले नेपाली काग्रेस बनेता पनि राष्ट्रिय काग्रेसलाइ धेरैपछि मात्र शेनाबारे जानकारी दिइएको थियो । नेपालमा ०७ सालको नोभेम्वर क्रान्ति छेडने (११ नोभेंवर) जनमुक्ति शेनाका डिक्टेटर मात्रिका प्रसाद कोईराला, होलसोल फौजी कमाण्डर ठाकुर पुरण सिंह खवास, पूर्वी कमाण्डका राजनीतिक कमिसार बीपी कोईराला, पश्चिम कमाण्डका कमिसार महेन्द्रविक्रम शाह थिए भने सो संगठनका संस्थापक सहसचिव श्याम तामाङ फिल्डमा थिए । रक्षादलदेखी पुलिसको भूमिकासम्म नेताहरुसंगै मुक्तिसेना पनि ०७साल फागुन ४ गते काठमाण्डु आयो । श्यामदाई पनि त्यमध्य एक थिए । सोहीदिन साँझ थिरबम मल्लको पानी पोखरी नजिकको घरमा बसेको नेपाली काग्रेसको वैठकले जनमुक्ति सेनाको फेरिएको भूमिका रक्षा दलमा लाने निर्णय ग¥यो तर मूख्य कमान्डर ठाकूर पुरण सिहले भने राजनीतिक भूमिकाको मागगर्दा स्वीकार गरिएन । रक्षादलको गठन २८फागुनमा भयो र सोही दल २०१२ आश्विनमा नेपाल पुलिसमा फेरियो । एक विडम्वनाः क्रान्तिकारीले जव सत्ताको रक्षा गर्नपर्छ क्रान्तिकारीहरु मुक्तिसेना,रक्षादलहुँदै नेपाल प्रहरीमा फेरिन्छन । ०९७का शहीदलाई फासी दिने नर शमशेरको कमाण्ड स्वीर्कानु पर्छ । त्यही रक्षादलले भीमदत्त पन्तलाई गिरप्mतार गर्न पर्छ । अझ १७ सालपछि आफनै मात्रीसंगठन काग्रेसलाई समेत दमन गर्नुपर्छ । आफनै कमाण्डमा आफनै साथी, नेता, सहयोद्दालाई जेलमा कोच्नुपर्छ । एउटा कुनै समयको क्रान्तिकारीलाई खेप्नुपर्ने उफ ...इतिहासले दिएको यो कस्तो विडम्वना । रिटायर्ड जीवनः २०२७मा उनी रिटायर्ड भए तर टायड भएनन (थाकेनन) । पूर्वपश्चिम राजमार्गको वेलायती निमार्णक्षेत्रको लाइजन अफिसर र पुलिस एकेडेमी साँगाको निमार्णमा सक्रिय भए । भूटानको गोप्य कुटनीति गिरजाप्रशाद कोइराला प्रधानमन्त्रीहुँदा भूटानी शरणार्थी समस्या समाधानको गोप्यदुत बनाएर थिम्पु पठाईयो । दिईएको सल्लाहा नेपालपक्षलाई स्वीकार भएन । रहस्यको वाकस एउटा वाकस गोप्यरुपमा राख्न गिरजाबाबुले उनलाई सुम्पिएका थिए । २वर्ष सो बाकस कारकाँदो घरमा रह्यो । त्यसको रहस्यवारे दाईले भनेको कुरा उनी जिवितै हुँदा मैले हेमन्त कर्माचार्यलाई भनेको थिए । श्यमदाईले भनेका थिए–राजको राज रहने दो । इतिहास रक्षाले सताईदाः म माओवादी जनयुद्दमा खुलारुपमा भूमिगत सरिक भएकोहुँदा जनयुद्दका गौरवता र सौन्र्दय इतिहासद्धारा पुष्ठि गर्न ०७ सालको जनमुक्ति सेनाका गौरवता र भूमिका प्रकाश गर्ने योजना अन्तरगत उहाँसंग नजदिक हुँदै गर्इँ । देशैभरीका बिद्रोहका कथा, बिद्रोहीका गौरवता लेख्नेक्रममा ०७सालका नायकहरु बाबुकृष्ण शर्मा, दीलमानशिह थापा, श्याम तामाङ, डोनस ग्राङ्गदान, रुपसिह सिजापति, गोपाल कर्माचार्य, गणेश कर्माचार्य, जनक कर्माचार्य, शेखर शर्मा, मुलायम बेहनाका कथा लेखिँदै गईयो । ती कालपृष्ठ, जनमत, युगवोध,नेपाल समाचारपत्र, जनादेशमा छापिँदैगए । उहाँ एकातर्फ डियसपी अर्कातर्फ क्रान्तिकारीप्रतिको साहानुभूति । अभाव र तनावमा रहेको रुपसिह सिजापतिको परिवारलाई गोप्यरुपमा सहयोगको सदा उहाँ सम्झना गरिरहनुहुन्थ्यो । उहाँ अनुसार– नेपालगंज जेलबाट आत्मासर्मपण नगरी छुटनेमा सिजापतिमात्रै रहे’ । एकदिन प्रशंगमा मैले भनीँ– श्यामदाई, रक्सौलमा हत्या गरिएका तेजबहादुर आमात्यको हत्यामा तपाईलाई आरोप छनी ’। तव, श्यामदाई रातोपिरो भएर हत्याको अवस्था र हत्यारा ग्रुपबारे विस्तार र्पूवक वताउनु भयो । त्यसै रन्थिनाहटको उपलब्धी एउटा गम्भीरकृति जन्मियो–जनमुक्ति शेना नलेखिएको इतिहास । उहाँ जनमुक्ति सेनाको गौरवताको लागी संगठन बनाएर हरेक नोभेम्वर ११मा जन्मदिन मनाउन नेतृत्व गर्नुहुन्थ्यो । श्याम दाई स्वयममा समकालीन नेपालको एउटा गम्भीर पुस्तक हो । ०६३पछि उहाँको काग्ेस मोहभंग भयो । उहाँले माओवादी समर्थनमा सार्वजनिक सभामा बोल्नु भत्त भने सेना समायोजनबारे शिषर््नेतृत्वलाई सल्लाहा पनि दिनुभो । तर जति आशा गर्नुहुन्थ्यो, पछि उहाँ माओवादीसंग पनि अत्यन्तै निराश हुँनु भयो । उहाँवारे लामो लेख आवस्यक छ । अलविदा श्यामदाई उहाँबारे स्वयम उहाँले नै बोल्नुभएका ४ भागमा रहेका प्रशंग जिज्ञाशुले सुन्न सक्नुहुन्छ । जततउकस्ररधधध।थयगतगदभ।अयmरचभकगतिकरुकभबचअज)त्रगभचथ.कजथबmंतबmबलनंउबचतंज्ञ

कालले घुस खान्छ र कमरेड !

हिम्मत से सच कहो तो बुरा मानते हैं लोग, रो – रो के बात कहने की आदत नहीं रही ! ( दुष्यन्त कुमार) भ्रष्टाचार अव बहसको र आन्दोलनको विषय रहेन, राजकीय सर्वस्वीकार्य भईसक्यो । तर कालले भने न भ्रष्टाचार गर्छ न घुस नै खान्छ । शक्ति र पैसाले सधै जीवन किन्न सकिँदो रहेनछ । माइकल ज्याक्सनले १ सय ५० वर्ष उमेरको लालसा राखेर मृत्यूबाट जोगिन अक्सिजन कोठामै सुत्ने, १२ भन्दा ज्यादा निजी विशेषज्ञ डाक्टरलाई हरदम तयारीमा राख्ने र आवस्यकतामा कृतिमअंग दिनतयार ‘दाताहरु’ मात्रै हैन् प्रयोगशालामा परिक्षण गरेपछि मात्र खाना खाँने गरेका ती तमाम उपाय काम लागेनन्् । ५० वर्षमै मृत्यू भयो । पुराना साथीसंगाती मात्रै हैन् काला बाउआमासम्म फेरेर कानुनी रुपमा गोरा स्वीर्काने ज्याक्सनले पैदायिसी कालो छाला समेत फेरेर गोरे बने । हरेकखाले विगतसंग संवन्ध छाडे । ती सवै जोगाडले उनलाई गिज्यायो । अंश र वंशका त उत्तराधिकारी हुँन सक्छन्, नागरिकता र पुर्ख्यौली पनि हुँन सक्ला तर भावना, संवेदना मूल्य, मान्यता र आदर्शका भने कसैका कोही पनि उत्तराधिकारी हुँदैनन् । जव संम्पति, जमिन हैसियतका कुरा आँउछन त्यसवेला हरेकलाई चिनिन्छ । वंशानुगत श्रीपेच पनि त नारायणहिटीमा थन्क्याएर राजा ज्ञानेन्द्रले नागार्जुन वनबास जाँनुप¥यो । शक्तिको मैमत्तता र घृणाको बिगबिगि वर्चश्वशालीका प्रेरक हुँन । अल्पमतप्रतिको घृणाले बहुशंख्यकवादी सत्तामा पुग्छन् । शक्तिशालीका दास बनेर कमजोर र स्वभिमानमाथी रजाई गर्छन् । नेपाल अहिले प्रयोगशाला र रणभूमि हो । यहाँ बोइग र इयरबसको लडाई वाइड बडी बन्छ । यहाँ यमसिसी र विराआइको लडाँइ महरा केस बन्छ । एकैपटक विआरआई र यमसिसी सम्झौता गर्ने कुटनीतिक अभ्यास पनि हुन्छन् । सांसदको विवेक ह्यूपले चल्छ तर यमसिसी पास गर्ने सभामुख अझै देशले पत्तो लागाउन सकेको छैन् । न्याय पनि दुइथरी हुन्छन् । राजकिय इख अझ कडा हुन्छ । भारतकी फायर ब्रान्ड पत्रकार तवलिन सिंह कुनै समयमा उग्र मोदी समर्थक थिईन् । जव छोरा आतिस ताशिरले मोदीबारे टायम म्यागाजिनमा ‘डिभाइडर इन चिफ’ लेखे तव ताशिरमाथी राजकिय इख साधनध्न थालियो । अब भने तवलिनले भन्न बाध्य भइनःमलाई विश्वास नै लाग्दैछैन् कि यस्तो प्रधानमन्त्री जस्लाइ मैले पुरै ५वर्ष समर्थन गरीँ, उनकै सरकारले मेरो छोरालाई देश निवार्शन गरिदियो ।’ (इन्डियन एक्सप्रेस)। शक्तिको रथ चढेपछि कोखमा लुकाइएका दाह्रा बाहिर निक्लन्छन । अनि त्यो बदला लिन तम्सिन्छ् । संवेदननशीलता आफैँ पीडित बनेपछि मात्र थाहा हुन्छ । जवसम्म सत्ता सहभागी हुँदैन् तवसम्म कितावमा रहेका आर्दश र कानुन सक्रिय हुन्छन् । जव सत्ता लाग्छ, कानुन बबुरो बन्न पुग्छ । शक्तिका भाषाले कालोडण्डा चलाँउन थालेपछि एउटै विषयका फरक मानक बन्न पुग्छन् । कालाकोटे जर्नेलहरू सत्ताका शान्तिकालीन पहरेदार र यथास्थितिका रक्षक हुन्छन् । सत्ताका अदृस्य हात र पहुँच बुझ्न नसक्नेहरुले क्रान्ति, बिद्रोह, आन्दोलन र मनोयुद्द नबुझेको हुन्छन् । किन पद, पैसा र शिक्षितहरु, भूतर्पूवक्रान्तिकारी विवेकजन्य भूमिकामा हुँदैनन् त ! त्यसको सहज उत्तर हो –संपत्ति, पद र सुविधाले हिम्मत दिँदैन् बरू डरपोक र भीडमा फेरिदिन्छ । पद, प्रतिष्ठा र संपति गुम्ला की भन्ने सदा आतंकमा रहेपछि यान्त्रिक मानव बन्न पुग्छन् । कोबाट कसरी चालित छु ? भन्ने कुरा रोबटलाई पत्तै हुँदैन् । हरेक चिजको मूल्य तिर्नुपर्ने हुँदा आलोचनात्मक चेत पनि निःशुल्क छैन । जति महत्वपूर्ण हुन्छ त्यसको मूल्य त्यतिनै धेरै हुन्छ । सित्तै पाएको चिजको महत्वनै पाउनेले बुझेकै हुँदैन् । भीड बनेको जनमत तमाशा मात्र हेर्छ । ती सवै इतिहास् बन्छन । पुस्तक फेरे पनि इतिहास भने फेरिदैन । इतिहासको ब्यबस्थापन अझ ठूलो खेलमा झेल बन्छ । वर्चश्वशाली र बहुश्ंख्यकवादीहरू आफ्ना समाजमा अहंकारवादी बनेर शक्तिशाली त बन्छन् तर मानवतावादी भने बन्न सक्दैनन् । भीडको हिस्सा बन्छन्, अल्पमतलाइ घृणा गर्ने कुनै अवसर पनि नछोडेर श्रेष्ठ दावी गर्न इतिहास, संस्कृति र धर्मको साहारा लिन्छन् । त्यो समयसंगै पानीका फोकाजस्तै बन्न पुग्छ । समयसंगै प्रतिरोधी धारा कहिले सतहमा कहिले अन्डर करेण्ट बगिरहेको हुन्छ । पीडा, सपना, आक्रोस र प्रतिरोध व्यक्त गर्ने आ–आप्mना शैली हुन्छन् । संर्घषका मोर्चा पनि योद्दाका गुण र हैसियत अनुसार छानिन्छ । एउटा मान्छेभीत्र धेरै मान्छे हुन्छन् । विवेक र भावना संगसंगै यात्रा गर्छन् । तव सुख लेखिन्छ, दुख लेखिन्छ, दर्शन र राजनीति लेखिन्छ, गतिशील इतिहास लेखिन्छ । पक्षकारिता त स्वभाविकै हो । सवाल्ट्रनका गित, कथा र सपना लेखिन्छन् । नांगिदै आफैँलाई गाली गरिन्छ । पछाडि फर्केर हिडेका बाटा लेखिन्छ । आफ्नै सपनाका तस्विर कोरिन्छ । अनि ऐना सामने ठिंग उभिएर वेचैन बनाउने आफैँलाइ प्रश्न गरिन्छन् । तव प्रश्नहरु शब्द बन्ने गर्छन् । जव शब्द रित्तिन्छन् तव हाँसो, रुवाई र आक्रोस बन्न पुग्छन् । ती सवै समयका चित्कार हुँन् । विवेकलाइ सांग्ला लगाउने धेरै तत्व भय र आशक्ति हुँन् । सत्ता (राजनीतिक, आर्थिक, सामाजिक, सास्कृति, धर्म, प्रेम र भावना) यथास्थिति चाहान्छ, विवेकीजन त्यसलाई तोड्न । तव विवेक र यथास्थिति बीच भयानक टकराहट हुन्छ । टकराहट बढ्दै जाँदा दोबाटोमा पुगेपछि या आत्मासमर्पण या संवन्धविच्छेदको अवस्था आँउछ । मध्यमार्ग कतै हुँदैन्, किनारा त लाग्नै पर्छ । जुन बाटो खतरा, एकलासको हुन्छ र थोरैमान्छे मात्र हिडने गर्छन् त्यही बाटो विवेकीजन छान्ने गर्छन् । यो दुनियाकै रीत हो । तव सनातनीहरूले उनीहरुलाई ‘मुर्ख’ र ‘बौलाहा’ भन्ने गर्छन् । लेखको बिट मार्नैै थाल्दा जादा दरवारीलाल ‘मित्रको’ ‘सफलताका’ सुत्र र ‘सुखी’ हुँने उपायको विद्युतीय पत्र आईपुग्यो । १)सक्छौ जित्नेको पछि लाग्, सक्दैनौ चुप बस् । तर, हार्नेको पछाडि भने लाग्दै नलाग् । २) जाडो चम्कदै छ, बलेको आगो ताप । मुढा जलाउने समय छैन्, समय पर्खेमा स्वय्ं कठाग्रिइसकेका हुँनेछौ । ३) विर्सिदेउ... ती यादलाई, जो कुनै दिन तिम्रा उर्जा बन्दथे र सपनामै म्याराथुन गराँउथे । ४) ‘मुर्खहरू’ सिद्दान्त र इतिहास खोतल्छन् ‘चतुरहरू’ वतर्मानमा साँपसिँढी चढने भ¥याग बनाँउछन् ।

रत्नःसानु कदको अग्लो मान्छे

फूलको वास्ना वरीपरी मान्छेको वास्ना डाँडापारी । मृत्यू मानिसको समग्र जीवन–समीक्षा हो । नायकप्रतिका समीक्षा वा धारणा द्रष्टा÷अध्यता कुन उचाई र दृष्टिकोणले नियाल्छ भन्ने कुराले तय गर्छ । इतिहास एउटा आग्रहको ब्यस्थापन पनि हो । ९४ वर्षिय जीवन सचेत र सकृय जीवनगाथा एउटा अलिखित माहाकाब्य पनि हो । जसले राणाकाल, उथुलपुथुलको पहिलो दशक, पञ्चायतको हुकुमीकाल, संसदिय ब्यबस्था, जनयुद्द र अहिलेको अवस्था सकृय तरिकाले देख्यो, भोग्यो मात्रै हैन् हरेक कालखण्डमा द्रष्टामात्र नबनेर कर्ता समेत बन्यो । त्यसैले बनिबनाएका कितावी सुत्रमा रत्नप्रसाद लामीछानेलाई पढन सकिँदैन् । उनी हाम्रो जमानाको पाँचखालका चरित्र–नायक हुँन । कृतिशेष रत्नलाई बुझन त्यसवेलाको अवस्थाको छोटो चर्चा गरौँ । निस्लटट अध्यारोमा राको बालेर यात्राको थालनी गर्नु चानचुने कुरै हैन् । त्यसवेला पेसामा उत्तम खेती, मद्यम ब्यबपार, चुत्थो नोकरी भनिन्थ्यो भने सामाजिक हैसियतको मापन जस्का छोरा त्यस्का धन, जस्का भैसी त्यसका बन भन्ने चलन थियो । राजनीति गर्नु भनेको सरकारको गाथगाथी ताक्नु वा वौलाएको भन्ने हुन्थ्यो । हो...त्यसैले रत्नलाईलाई अध्ययन गर्न त्यसबेलाको राजनीतिक परिस्थिति, सास्कृतिक र सामाजिक चेतना, आर्थिक संबन्ध नियाल्नु पर्ने हुन्छ । भमरकोटबाट साँगा भञ्ज्याग छिचोल्नु भनेको नेपाल जाँनु हुन्थ्यो । बनेपासम्म लहरी मोटर चल्थ्यो । जव उनी तन्नेरी थिए, सपना र इक्षाशक्ति सहित राजनीतिमा हेलिए । तव खहरेमा गर्जेको छाँगो बोहरेफेदीमा समेत सुनिन्थ्यिो । झिगु र डाफेँ खोला तर्न जगाँर खोज्न पथ्र्यो । खोलाका दुवै किनारामा लहरै घट्ट हुन्थे । दनुवार वस्ती खोलानजिक मैदानी भागमा हुन्थे भने तामाङ्गवस्ती थुम्कामा । अन्य जातजाति गाँउवेसी गर्थे । औलो दनुवारले पचाएका थिए, अन्यकालागी लागी आतंक । दिनभरी काम गरेर गाँउ फर्कन्थे । जाँहा डोब हान्यो, त्यो जमिन आप्mनो हुन्थ्यो । भमरकोटेहरु भक्तपुरका ज्यापुबारी साग बेडाएर बर्खाको तरकारी थान्थे । गोरस फलफूल वेचिदैनथ्यो । मित लगाउने चलन जीवनको अंग थियो । जारी चल्थ्यो । जिम्वाल, काजी र मुखियाको गाँउमा हैकम चल्यो । छोइछिटो चरम थियो । पाटामा खाने÷खुवाइने भतेरले जातिको श्रेणी छुटिन्थे । मनोरञ्जनमा जात्रा नै प्रमुख हुन्थ्यो । जात्रामा गाँउगाँउ बीचका ठूलठूला झगडा हुन्थे । असारे रोपाईमा गिदांगे र विहा ब्रतवन्धमा सिलोके र भजनेको मानमनितो हुन्थ्यो । साहुहरुका चिनारी घोडा हुन्थे भने तुजुग प्रर्दशन गहना हुन्थे । ठालुहरुका जुगाँका लडाईले समाज कित्तावन्दी हुन्थ्यो । उनीहरु लठैत पनि पाल्थे । विहामा मागेरसम्म गहना लगाइन्थ्यो । खेतीमा भारोपर्ममा चल्थे । जिम्वाल, पण्डितकोमा झारा समेत चल्थे । कति हल गोरु छन ? कति भैसी छन् ? हली कस्ता छन ? भनेर तुजुग छाटिन्थ्यो । यसै परिवेसमा एउटा लोर्के युवामा राजनीतिक चेतना पस्छ । मानवियताको हुटहुटी हुन्छ । अन्यायलाई पिच्च थुक्दै आफैँ अन्याय विरुद्द हेलिन्छ । रत्नकालागी एउटा पूर्ण मानव बन्न त्यही परिवेश निर्धारक हुन्छ । अरनिको राजमार्ग सन ६०को दशकमा सुरुभो, गाँउमा बाटो मात्रै गएन, गाडीमात्रै गएन आधुनिकता पनि गयो । राजनीतिक टायमलाइन –ठालूहरुको आपसी द्दन्द, एकले अर्कालाई ध्वस्त गर्न भाडाका लठैतको प्रयोग, किसानमाथीको अन्याय देखेका रत्नमा राजनीतिक चेतका आधार बन्छन् । –उनको पार्टीगत रानीतिक सुरुवात रत्नप्रसाद खरेलको अगुवाईमा प्रजापरिषद मार्फत २००७ साल पुषमा भयो । – सिहदरवार रक्षादल काण्डपछि रत्नप्साद खरेलको गिरप्mतारी, कम्युनिष्ट पार्टीमाथीको प्रतिवन्ध, प्रजापरिषद,कम्युनिष्ट पार्टीको सयुक्तमोर्चा, देशैभरीका किसान आन्दोलन, मोही भर्पाई आन्दोलन, खलो कब्जाआदीमा अग्रणी नेतृत्वदायी भूमिका । –२०१६मा नेपाली काग्रेसको सदस्यता । – २०२२ प्रधानपञ्चको उम्मेदवारी तर प्रतिपक्षको प्रचार –२०२७ नेपाल किसान संगठनको काभ्रेका निर्वाचित उपाध्यक्ष । –२०२८ पञ्चायत विरुद्दको पर्चाकाण्ड र भूमिगत । यसले काभ्रेको राजनीतिक चेतना फडको मार्न महत्वपूर्ण भूमिका खेल्यो । यसमा सहभागी धेरैले आफना आस्था र संंगलग्नता फेरेपनि रत्नप्रसा दभने स्पात झै टिकी रहे । –सहकारी अभियन्ता बिद्रोही रत्न बिद्रोही चेतका रत्नप्रसादको हकी स्वभाव र सत्तासंग पौठाजोरी खेल्ने चेतका पछाडि रत्न प्रसाद खरेलजीको संसर्ग प्रजापरिषदको स्कुलिगनै हो नै हो । त्यसैले जीवनभर बिद्रोही खोज्दछ आँधी मानौ त्यहाँ शान्त छ झै उनका जीवनगाथा बन्दै गए । शिक्षाका अगुवा १)पाँचखाल उपत्यकामा पहिलो शिक्षाको ज्वती ठाँटीपाटी पाटीको स्वयमसेवी पाठसाला भयो भने चन्देनीको गणेश विध्यालय खोल्न उनले अगुवाई गरे । त्यसकालागी ४ पाससम्मका सहपाठी आर्यसमाजी पुस्पराज ढुंगाना रहे । २) जनजागृति पुस्तकालयको (२०१३) स्थापना उपत्यकामा ज्ञानको पहिलो संस्थागत हस्तक्षप हो । विभिन्न दुतावासबाट संकलित विश्व प्रशिद्द पुुस्तकहरु त्यहाँ थिए । यो पुस्तकालय काभ्रेमा मात्रै नभै देशकै महत्वपूर्ण पुस्तकालय मानिन्थ्यो । यसमा उनका बालसखा ढुंगाना र उनले बनेपासम्म लरीमा ल्याएर आफै बोक्दै र भरिया समेत लगाँउदै चन्देनी पु¥याएका थिए । गिता पढदा बौलाइन्छ भन्ने समयमा मेरो वाल मस्तिकमा गिता र सत्यार्थ प्रकाशन उहाँहरुकै प्रेरणाले अध्ययन मौका मिलेको थियो । किसान नेता, मोही आन्दोलन, भपाइ आन्दोलन, कुत पाँचखाल उपत्यकाको किसान आन्दोलनले सामाजिक उथुलपुथुल र राजनीतिक चेतमा ठूलो हस्तक्षप गरेको थियो । आशाकाजी श्रेष्ठ समेत जोडिएका थिए । स्थानिय मोही दनुवारको जागृतिमा उनको नेतृत्वको ठूलो भूमिका रहेको छ । यस संर्घषमा जमिनपति र मोही किसानको सिधा टक्कर भएको थियो भने रत्नले सहोदर आफन्तसंग पनि प्रतक्ष सत्रुता मोल्न परेको थियो । किसानहरु खलामा भपाई नलिई कुत बुझाउदैनथे भने जमिनपतिहरु भर्पाई दिन मान्दैनथे । तव आपसमा भिडन्तको नोहमत आइलाग्थ्यो, लठैतबाट जमिनपतिहरु किसानलाई आक्रमण गराँउदथे, त्यसमा किसाननेताको सहयोग साथ पाएका मोहीहरु प्रतिकारमा उत्रिन्थे । अधिकास मोही किसानहरु दनुवार थिए । सामाजिक अभियन्ता वाहुनकोखमा जन्मेका रत्न जहिलेपनि सामाजिक आन्दोलनमा सहभागी भए भने स्थानिय चुनावमा सदा वर्चस्वाशाली समूहको विरुद्दमा उभिए । दलितलाई शुर्यबहादुर दमाईलाई सधैँ अभिजाततप्काका विरुद्द प्रधानपञ्चको उम्मेदवार बनाउदै गए । मोही कूत संर्घषमा किसान दनुवार विद्रोहको पक्ष लिए र साथ दिए । काले थिग र कृष्ण बहादुर दनुवार उनका भिन्नकालखण्डका सहयोद्दा बने । कुखुरा छँुने वित्तिकै रुद्री लगाउनु पर्ने समय र समाजमा बाहुनको छोराले ब्यबसायिक कुखुरा पालन गरे । उनले जात फालेर आपूmलाई सामाजिकीकरण गरेका थिए । कुनैवेलाका असमान्य कुराहरु समयसंगै सामान्य र सहज मान्न सकिन्छ । त्यसवेला कुखुरा, वंगुर पाल्नु वा रक्सी, अण्डा खानु वा दलितको भान्सामा हाकाहाकी खाँनु सामाजिक बिद्रोह हुँन्थ्यो । अथक लोकतन्त्रवादी धेरै आशालाग्दा युवाहरुलाई सत्ताले पचाउदै गयो, सतीसालहरु ढल्दै गए । गले । थाके । लम्पसार परे । सत्ता सामु घिस्रे । सत्तामा मात्रै परिचय र पहिचान खोजे । संकटका बेला र अभाव ,तनावका वेलामा सत्ताले दपेडदा र जोरीपारीले तिघ्रा ठटाँउदा मान्छेले नायकत्वको परिचय दिन पर्ने हुन्छ । राजनीतिलाई ब्यबसाय सोच्नेहरु यस उपत्यकामा मात्रै हैन् काभ्रे र देशमै अहिले देख्न पाएका छौ । यस्तावेला सिद्दान्त, आर्दश र सामाजिक दायित्वका विषय बहस गर्नु या त मुर्खका काम हुन्छन् या त पानी आन्द्रेका प्रलाप । हेर्नुस् त कति कलकलाँउदा होनेहार युवाहरु चाकर, चाप्लुस र चम्चा बनेका ? आज जय नेपाल दाजु भन्ने वित्तिकै काग्रेस बन्न पाउने, लालसलाम कमरेड, अभिवादन कमरेड भन्ने वित्तिकै र नेतादवारमा हरेकदिन हाजिर लगाउनेहरु नेता बनिरहेको देखिरहँदा रत्नहरुमा कसरी खिया नलागी रत्न बनिरहन सके सामान्यजनलाई यो बुझन अत्यन्तै गाह्रो पर्छ । उध्यम मनोविज्ञानः नयाँ सोच राजनीतिमा मात्रै हैन् ब्यबसायमा पनि हुँनुपर्छ भने नित्य नयाँ अभ्यास गर्दै गए । कुखुरापालन र हुक्सेको चुनढुगा त्यसका उदाहरण हुँन् । चुन ढुंगा उध्यमले त एउटा खेत पनि खाइदयिो । निरन्तरताको सकृयता ः जिन्दगीमा एकदिन एकछिन एकाधवर्ष आर्दशका कफ छाँटनु सामान्य कुरा हो, जिन्दगीभरको निरन्तरता ,दागरहीत जीवन मुस्किलको कुरा । अझ राजनीतिलाई ब्यबसाय ठान्ने र शक्तिकेन्द्र पुग्नुनै सफलताको राज सोच्ने यो वैस्ययुगमा चानचुनै कुरै हैन् । उनले राजनीतिलाई ब्यसाय बनाएनन भने सरकारी कुनै सुविधा लिएनन पनि । अलविदा गुरु् कृतिशेष रत्न ।

गद्दारी गर्ने पालो

वैदिक साहित्यमा कूल र लंकाध्वस्त गराउने रामभक्त विभीषण ठूला गद्दार थिए भने समकालीन इतिहासमा इराकी अहमद चलावी। समय, पात्र र भूगोल फेरिँदा पनि गद्दारका कथा भने रूप फेरिए पनि गुण फेरिँदैनन्। नयाँ अनुहारमा भिन्नभिन्न ठाउँमा विभीषण जन्मिरहन्छन्। युद्धमा हराउन नसकिएपछि प्रलोभनमा फसाएर विभीषण उत्पादन गरिन्छ। इतिहास पुरानो हुँदैन्। समय–सन्दर्भले थप अध्ययनको माग गरिरहन्छ। परिस्थतिअनुसार आफू ढल्ने कि परिस्थितिलाई विचारअनुसार ढाल्ने ! नेतृत्वसामु गम्भीर चुनौती बन्छन्। व्यवहारवादी बन्न सिद्धान्तको अन्त्य भनिए पनि फेरि हामी राष्ट्रवाद, स्वाभिमान, इतिहासका गौरवगाथा, वैदेशिक, सहयोग, भ्रष्टाचारविरुद्धका खेलभित्रका झेलका बहसमा छौं। बालुवाटार जमिनको दोहोरो न्यायिक मापदण्डले नेपाली समाजलाई हल्लायो। एमसीसी र लिम्पियाधुराले झस्काउँदै छ। एउटा विषय किनारा नलाग्दै अर्को विषयले साविक बहसलाई पचाइदिँदैछ। हरेक बहस सिर्जना गरिने समयले धेरै अर्थ राख्छन्। एमसीसी बहसले सरकारी नेकपा पार्टी र सडकका घेरामा परेको थियो, त्यसैबेला अख्तियारले दोहोरो मानकमा मुद्दा दर्ता गर्‍यो। यसै पनि तीन दशकदेखि बालुवाटार जमिन प्रकरण नेपाली सत्ताको कुरूप चित्र र चरित्र बन्दै गएको थियो। शक्तिका भाषा र भक्तिले गम्भीर विषयका बहस योजनाबद्ध विषयान्तर हुन्छन्। सत्ताधारीलाई सत्तामा रहिरहने र विपक्षलाई सत्ता भर्‍याङ चढ्ने सुविधाअनुसारका शीर्षक बन्दै चर्चा हुन थाल्छ। जब नेतृत्व आदर्शवादी भूमिकाबाट चिप्लन्छन् तब गद्दार र दलालले मौका पाउँछ। त्यसबाट कुनै पनि देश, समाज, सांस्कृतिक–इतिहास अछुतो रहेन। विश्वासमाथिको घात नै महागद्दारी हो। निजी स्वार्थ, सत्ताभोग, परिवार अति मोह वा आत्मरक्षाका भयले जन्मिने प्रतिक्रिया गद्दारीका मुहान हुन्। गद्दारले मौकामा चौका हान्ने मौका संक्रमणकालीन अवस्था, क्रान्तिकारी आन्दोलन चलिरहेका बेला, विदेशी हस्तक्षप वा सामरिक थलो बनाउन शक्तिराष्ट्र लागेको समयमा फक्रने मलिलो भूमि बनाँउछ। बहादुर र कायर, नायक र खलनायकका बीचमा सामान्य धर्सो भएजस्तै परीक्षा नदिईकन बहादुर बन्न पाउँछन्। जित र हारका बीचमा त्यति ठूलो अन्तर हुँदैन। आफ्ना जीवनका उद्देश्य कसैले पनि घाटे र ज्यानमारा बन्न नराखेजस्तै गद्दार र दलाल नै बन्छु भन्ने पनि कसैले सोचेको हुँदैन। संगीन मोडमा उनीहरूले खेलेका महŒवपूर्ण भूमिकाले बिक्रीमूल्य बढेको हुन्छ। गद्दारीको राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम हुन्छ। इराकी अहमद चलावी धनी र पढेलेखेका अमेरिकी पीएचडी थियो। विद्वान् कहलिन्थ्योे। अमेरिकी सेनासहितै बादाद उत्रिएको प्रवासी इराकीमा अमेरिकाको सबभन्दा विश्वास पात्र उसैमार्फत अमेरिकी सत्ता र मिडियाले इराकी परमाणु बमको विश्वस्त थिए। अहिले न्युयोर्क टाइम्सकी जुडिथ मिलरबाहेक पश्चिमा मिडिया आत्मालोचनाको अवस्थामा छन्। अमेरिकी आक्रमणको मुख्य सहयोगी बेलायत थियो। चिल्कट कमिटीले सात वर्ष लगाएर इराक आक्रमणसम्बन्धी ६ हजार पानाको रिपोर्ट बेलायती संसद्मा पेस गर्दा त्यहाँ मारिएका आफ्ना सन्तान सम्झिएर अंग्रेजहरू रोइरहेका थिए भने दोस्रो विश्वयुद्धपछि सार्वभौम राष्ट्रविरुद्ध सहभागी भएकोमा तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरलाई सरापिरहेका थिए। सैनिक कमान्डरले उनलाई माफी माग्नसमेत भने। गद्दारलाई सत्ता रहिञ्जेल हाईहाई भए पनि कालान्तरमा थुथु गरिएर नकार पात्रका रूपमा सम्झिइन्छ। मान्छेको स्वभाव सनातनमा नरमेर विकल्प रोज्ने हुन्छ। तर कहिलेकाहीं त्यही स्वभाव राष्ट्रघात बनिदिएर गद्दार जन्माइदिन पनि सक्छ। पैतालामुनि कति जमिन धसिसक्यो पत्तै नपाउने शासकले आफैंसँगै देशै ध्वस्त गराउँछन् पनि। इराक, लिबिया, सुडान नियालौं। नमरिञ्जेल सत्तामै रहन चाहाने सद्दाम र गद्दाफीजस्ता शासकले गद्दार बन्ने र गद्दार जन्माउने कारक बन्दिन्छन्। बाथ पार्टीका सद्दाम हुसेनको लामो समय स्वेच्छाचारी शासनकाल चलाए। छोराहरूको उद्दण्डताले इराकी जनमत आजित बनेर विकल्प खोज्दै थिए। ९० को दशक कुबेत त बहाना थियो भने दोस्रो इराक आक्रमणमा महान् फारसी सभ्यतामाथि नै धावा थियो। अमरिकाले सद्दामलाई सत्ताच्युत त गर्‍यो तर बाथ पार्टी प्रमुख सद्दाम कुनै समय अमेरिकी भक्त मात्रै हैन, सीआईएका दस्ताबेजमा सन् १९५९ सम्म तलबदार पनि देखिन्छ। मोसोपेटामियाका आत्मा, फारसी सभ्यताका दस्ताबेज बागदादका पुस्तकालय र कला केन्द्र ध्वस्त पारिए। आखिर जसले चलावीलाई दालाल बनायो, उसैले नै हुर्मत लिँदै सन् २००६ मा रछ्यानमा फ्याँकिदियो। सन् २०१५ नोभेम्बर ३ मा उसको जनाजामा (मलामी) थोरै मात्र इराकी थिए, आँसु बगाउने नगन्य। १९ मार्च २००३ देखि २१ दिन चलेको आक्रमणका प्रमुख सूचनादाता र भीड व्यवस्थापन भने चलावी नै थियो। अहिले इराकी संसद् अमेरिका फिर्ता जा भन्छ। इराकी जनता सडकमा छन् तर अमेरिका – म फर्कन्न भन्छ। चलावीबारे बैरी लान्डो लेख्छन् ः अहमद चलाबी, होसियार, विश्वासघाती, इराकी शरणार्थीबीच लगातार षड्यन्त्र रच्नेवाला सन् १९९१ देखि सन् २००४ सम्म अमेरिकी इराकी नीति बनाउन ठूलो सहयोगी भयो। अर्का लेखक एवं निर्माता रिचर्ड बोनिन ः यो इराकी प्रवासी धेरै आकर्षक र पूर्णतया अनैतिक हो। यसको कुनै जनतामा आधार छैन तर सीआईए, अमेरिकी रक्षा मन्त्रालय र डिक चेनीसम्म यसको सल्लाहकार मानिन्छ। यो इरानी गुप्तचर संस्था प्रमुखसम्म पनि पहुँच राख्छ।’ इतिहासमै फर्कौं। तीन सय सेना मात्र रहेको अंग्रेज सेनापति क्लाइबले १८ हजार सेना रहेको सेनापति मिर जाफरलाई बंगाल नबाबको प्रलोभन दिएपछि उसले आफैंलाई हरायो। तर जो मान्छे आफ्नै देशलाई हुन सक्दैन त्यो अरूलाई कसरी हुन सक्ला ? सिराजुद्दौलालाई धोका दिई १८१४ मा नबाब बनेको मिर जाफरलाई ज्वाइँ मिर कासिमबाट १८१७ मा हत्या गराइयो हो, त्यस्तै नेपाली सेना पश्चिमी सीमामा लड्दै थिए, त्यही बेला गजराज मि श्र र चन्द्रशेखर उपाध्यायलाई घुस दिएर सुगौली सन्धि २३ फागुन १८७२ मा लेफ्टिनेन्ट कर्णल प्यारिस ब्राड्सले गर्‍योे। दलाललाई कालान्तरमा प्रभुले पनि नपत्याउने कुरा दिल्लीले कार्पेट ओछ्याउने लेन्डुप दोर्जेलाई इन्दिरा गान्धीको व्यवहारले जनाउँछ। जब निजी सचिव आरके धवनले लेन्डुप भेट्न पर्खेको धेरैबेर भयो म्याडम भन्दा प्रधानमन्त्री गान्धीको जवाफ थियो –जुन मान्छे आफ्नै देशका लागि हुँदैन, त्यो हाम्रो हितको कसरी हुन सक्छ ! समय छैन भनेर फिर्ता पठाइदेऊ।’ २६ अप्रिल १९७५ मा भारतमा विलय गराउने लेन्डुपको सन् २००७ मा कालिङपोङमा एक सय तीन वर्षको उमेरमा निधन हुँदा न उसको देश थियो, न नयाँ देशले उसको वास्ता गथ्र्यो, मलामीमा कुनै सिक्किमेली थिएनन्, न नयाँ पत्नी स्कटिस पत्रकार तथा साहित्यकार एलिसा मारिया नै थिइन्। गद्दारकै चर्चा गर्दा जापानी–दलाल चिनियाँ शासक वाग जिङ वेको चर्चा गर्नु आवश्यक हुन्छ। ऊ (१९४०–४४) सम्म चीनको शासक रह्यो। हरेक गद्दारसँग आफ्ना औचित्य सावित गर्ने तर्क भएजस्तै उसको पनि महान् एसियावादको पक्ष, कम्युनिज्म र चाङ काइसेकविरुद्ध तर्क थिए। तर ऊ आफ्नै मातृभूमिमा मर्न भने पाएन। उसको मृत्यु पनि जापानको नोगियामा १० नोभेम्बर १९४४ मा भयो। भारतमा गद्दार फणीन्द्रनाथ घोषले गवाही दिएपछि मात्र भगत सिंह, राजगुरु और सुखदेवको फाँसी भएको थियो भने प्रजा परिषद्बारे भेद खोल्ने शुक्रराज शास्त्रीकै भाइ वाक्पतिराज जोशी (रामजी जोशी) थियो। कांग्रेस र कम्युनिस्टहरूले गरेका आन्दोलन वा सशस्त्र संघर्षमा कैयन् गद्दार निक्ले। उनीहरूले सहयोद्धाको हत्या र गिरफ्तार गराए। कैयन् जनयुद्धका गद्दार त अहिले पनि सत्ता सुखभोग गरेर समयलाई जिस्काइरहेकै छन्। गद्दार सिँगार्न छवि निर्माणमा मानार्थ पीएचडी र ‘पुरस्कार’ का कथा संसारमै गज्जबकै छन्। ती सम्मान र पुरस्कारभित्रका रहस्य बुझिनसक्ना हुन्छन्। जहिले पनि नोबेल शान्ति पुरस्कार त विवादित नै छ। त्यस्तै इरिट्रियामा नयाँ चलावी खडा गर्न पालस तेस्फाजियोजिसलाई सन् २००३ मा जर्मनीको एक संस्थाले रावलो पुरस्कार दियो। पालस इरिट्रियाका युवालाई इथियोपियाको सहयोगमा विद्रोहमा उतारेर गृहयुद्ध भड्काउने व्यक्ति हो। मो. इब्राहिम स्थापित द इब्राहिम प्राइज फर एचिभमेन्ट अफ अफ्रिकन लिडरसिप पुरस्कार विवादित छ। जब हितअनुसारको अफ्रिकी नेता सन् २०१२÷१३ मा पाइएन तब कुनै अफ्रिकीलाई सो पुरस्कार दिइएन। संसारमै त्यस्ता दलाल र गद्दार उत्पादनमा पुरस्कार, एनजीओ फन्डिङ र बौद्धिक बहसका एजेन्डा सेटिङका यत्रतत्र देख्न सकिन्छ। नेपालकै द्वन्द्वउद्यम नियाले धेरैको जन्मकुण्डली ह्वाङह्वाङती हुन्छ नै। के गद्दारका पनि इतिहास हुन्छन् ? हो, पक्कै पनि गद्दारका पनि नायकसँगै इतिहास हुन्छन्। नायकले जब नायकत्व धान्न सक्दैन, व्यवहारवादी, परिस्थितिको अनुयायीका नाममा सुविधाको राजनीति गर्न थाल्छ तब गद्दारी यात्रा सुरु हुन्छ। नायक मरेर इतिहासमा सम्मानित हुन्छन् भने र गद्दारलाई सत्ता रहिञ्जेल हाईहाई भए पनि कालान्तरमा थुथु गरिएर नकार पात्रका रूपमा सम्झिइन्छ। जसका लागि गद्दारी गरेको हुन्छ, उसले नै अपमान पनि गर्छ। गद्दारीको सबभन्दा ठूलो दृष्टान्त भनेको समाजमा विचार र सपनाको आवेग बढाउनु तर व्यवहारवादी बन्ने नाममा कालान्तरमा त्यसैलाई अस्वीकार गर्दै आफैंलाई मुर्दावाद भन्नेहरू हुन्। हतियारको मालिक कोही पनि हुँदैन, चलाउनेको हुन्छ। खुसी बेचेर सुख किन्ने हुन् वा स्वाभिमान अर्पेर दलाली र गद्दारी गर्ने एकै वंशकै हुने गर्छन्। अहिले नेपालले विचार, व्यवहार, स्वाभिमानको महाभ्रष्टाचारीमा कीर्तिमान तोड्दै हितअनुसारका व्याख्या हुँदै भए। अब भने नेपाली ‘महान्’ गद्दारमा थप नाम कसले पो लेखाउला ? भन्ने मात्र हो। http://annapurnapost.com/news/148777

जनयुद्दः फर्केर हेर्दा

लिखत इतिहासमा भएको पहिलो दास विद्रोहका नायक ग्लाडियटर स्पार्टाकससँग सहयोद्धा डेभिडले सुलीमा टाङ्गिएकै अवस्थामा सोध्दछन्– “पिता, हामी कसरी पराजय भयौँ ! ।” अर्कातर्फ कुलीन रोमन मनोरञ्जनमा ग्याडिएटरहरुको के, कति हिच्कामा प्राणपखेरुे उड्छ भनेर कपुवाका सडकमा बाजी लगाइरहेका हुन्थे । तब, सुली चढाइएका ग्लाडियटर घृणाले रोमनहरूलाई थुकिदिन्थे । जब युद्धरत पक्षमा घृणा र प्रेम हुँदैन्, तब आफ्ना मान्यता र इतिहासको हकवाला पनि बन्न सक्दैनन् । अहिले माओवादीको फुट, आपसका गाली गलौच, भिडन्त र उपभोक्तावादमा चुर्लुम्म डुब्दै बुजुर्वाहरुलाई पनि उछिन्दा नेपालका कुलीन र क्रान्तिविरोधीहरु त्यस्तै तरिकाले खितखिताइरहेका छन्् । वास्तविक जनयोद्दा र माओवादीहरू भने चिन्तित छन्् । यो अनपेक्षित अवस्था कसरी भयो ! अव केहीदिनमै जनयुद्ध थालनीको २५ वर्षमा प्रवेश गर्दै छ । एउटा वच्चा लोर्के भैसक्यो । माओवादीभित्र एकीकृत अवस्थामै जनयुद्दको समीक्षा हुँन सकेन् । आँउदा समयमा अनेकौँँ कोणबाट समीक्षा हुँनेछन् । आग्रह आआफना हुँनसक्ला तर, नेपाली इतिहासको यो क्रमभंगकाललाई कसैले पनि नजरअन्दाज भने गर्नै सक्दैन् । जनयुद्दले एम्बुस त छिचोल्यो तर मनोयुद्दको धराप छिचोल्न सकेन् । मुक्ति वा मृत्यूु संकल्पलिएर आप्mना लागी आफैँले घारो र कात्रो बोकेर रणभूमिमा हामफालेकाले फेरिएको समय र सन्र्दभमा कयांैले आप्mनैै नाम र कामका बोझ उठाउन सकेनन् । उनीहरुलाई साहादत ब्यापार बन्यो भने जनयुद्द सत्ता र सुविधाका सिँडी । आखिर यो किन र कसरी भयो ? किन भूतपूर्व योद्दाहरु आप्mनै इतिहास पोली खान्छन ? के क्रान्ति र विद्रोहको युग समाप्त भएकै हो ? यो विकराल अवस्था मेरै युगमा किन आँउनु पर्ने ? मेरो हिस्साको भूमिका मैले भुक्तान त गरीँ ? के मानवता र समानताका नारा अव फुर्सतका गफ मात्र हुँन ? किन युवातप्का सामाजिक र राजनीतिक आन्दोलनमा सरिक नभै या उदासिन छ, या त पलायन हुन्छ ? के यस्को दोष केही ब्यक्तिलाई मात्र दिएर पुग्छ ? कि सम्राज्यवादका फेरिएका रुपका साथै पुजीँ, प्रविधी, सञ्चारका वैश्विक अवस्थामा पनि खोज्नुपर्छ ? हाम्रा छलफलमाःद्वन्द्व र शान्तिका अभ्यासमा विद्रोही आदर्श स्खलनहुँदै बजारसंस्कृति हावीहुँदा आफ्नै सुन्दर सपनाको बोझ स्वयम्लाई ग¥हुङ्गोे हुने, मित्र विमित्रमा फेरिने र दुश्मनहरू साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्दै आन्दोलनका भाव, मर्म, भावना र सन्देशलाई कसरी अन्यन्त्र मोड्छन् ? शान्तियुद्धका जटिलतामा विद्रोहलाई विधिमा टेक्दै विधि भत्काउँदै विधि निर्माणमा शान्तियुद्धमा वर्गसङ्घर्षका जटिलता र सहयात्रीबीचका भ्रम र त्यसका परिणामबारे हो । जनयुद्द,मनोयुद्द र साइलेन्ट कु बारे हो । परिवर्तन, क्रान्ति र बिद्रोहबारे हो । दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्रमा नभएर त्यसै समाजको ऐतिहासिक विकासक्रम, सांस्कृतिक सम्बन्ध, अर्थसंस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना मान्छेका भाग्यसँग जोडिएका हुन्छन् । जब एकाध मान्छेले देखेका सपना ह्वात्तै एकै समयमा समाजले देख्न थाल्छ, तब त्यो सपना मात्र नभै विद्रोह बन्छ, आन्दोलन बन्छ र क्रान्तिमा फेरिन्छ । अनि शान्तियुद्ध बन्दै स्वप्नद्रष्टा र त्यसलाई ध्वस्त बनाउनेबीच टसल चल्छन् । नेपालको सन्दर्भमा माओवादी एउटा पार्टीको नाम मात्र नभई सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरणको शङ्खघोष थियो । उत्पीडित र आवाजरहितका लागि त्यो शब्द तागत, सत्ता, आशा, भरोसा र सपना थियो । हरेकखाले उत्पीडकका लागि भने आतङ्क, सनातनसँग विद्रोह थियो । सशक्त हस्तक्षेपले केन्द्रदेखि सबै प्रकारका स्थानीय सत्तामा प्रहार भए । हस्तक्षेपले सुषुप्त वस्ती र चेतनासमेत खजमजियो । निर्धा र सुदूरवस्तीले आफ्नो शक्ति चिन्यो । तब, हरेक क्षेत्रमा महत्वकाङ्क्षा र पहिचानको भोक जागृत भए । जनयुद्ध र जनआन्दोलनको सहमतीय यात्रामा राजनीतिक सामन्तवादको प्रतीक राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना, बहुजातीय, बहुसांस्कृतिक समाजको हुङ्कार थियो । एकले अर्कालाई निषेध गरेर नभई शक्ति सन्तुलनको अनिवार्य विश्राम सहमतीय राजनीतिले सामन्तवादबाट सम्बन्ध विच्छेद गर्दै समाज अगाडि बढ्ने कडी बन्यो । तब वर्गहरू, चिन्तनहरू, सम्बन्धका टकराहट रूपमा फेरिए । जनयुद्ध निरन्तर चल्न सक्थ्यो, सक्दैनथ्यो त्यो भिन्नै बहसको विषय हो । भूसंवेदनशील देशमा संसारलाईनै चकित पार्ने जनयुद्द तिब्र तरिकाले अगाडि बढदा दुई माहाशक्ति बीचको भूभागमा चुनौति बनेको थियो । विकसित घटनाले विश्वका क्रान्तिकारी जनतालाई उत्साहा र आत्मावल बढेको थियो । शान्तियुद्दसंगै फेरिएका वर्गसङ्घर्षलाई मनोयुद्द भनिएको हो । यो अझ निर्मम हुन्छ । एकथोपा रगत नबग्ने, एउटै गोली नपड्कने, एउटै लास नढल्ने तर घनघोर युद्ध भने चल्ने । आफैँँँले पैदा गरेका धेरै, अरूले थोपरेका कम समस्या झेल्दै मनोयुद्धको चक्रव्यूह कसिदैगयो । बजारसंस्कृति, उपभोक्तावाद र अहङ्कारले सो चक्रव्यूह तोड्न सकेन । विचारले पैदा गरेको आदर्श र इच्छाशक्तिका अस्त्र क्रमशः दुश्मनले कब्जा गरेको पत्तै पाएन । सत्रु खोज्न अन्त हैन्, आपस नै पर्याप्त भए । स्वत्व टक्राएर सैद्धान्तिकीकरण गरियो । अहम्को व्यवस्थापन हुँन सकेन । मनोयुद्धको धरापमा माओवादी एकैदिन फसेको थिएन । सत्ता र सरकार भिन्न हुन्् भन्ने कुरा बुभ्mन सकेन् । परिवर्तनको मूल एजेन्डावाहक शक्ति पहिला फुट्दा जनमत निराशामा धकेलिँदै गयो । सीमा समस्या बढ्दै गए । आफ्नै गौरवताका बोझ थाम्न नसकेपछि दुश्मनहरू काँध हालेर प्रशंसा गर्दै अन्तरघुलनगर्दै ध्वस्त गर्दै गए । वर्चश्वशाली आक्रामक सम्राज्यवाद भने सिद्धान्तको अन्त भयो भनेर दुन्दुभि पिटदै बिना–रक्तपात ध्वस्त गर्न चाहन्थ्यो । पुँजीवादी समाजवादी अभ्यास त पचाउन नसक्ने ‘उदारवादी’ कम्युनिस्टको फोविया मात्र थिएन्, अझ बलपूर्वक सत्ता कब्जा गर्ने र सांस्कृतिक क्रान्तिका अनुयायी भएकाले केन्द्रीय सत्तामा लोकप्रिय अभिमतद्वारा पुगेको हेर्नै सक्दैनथे । नयाँ मार्गचित्र अनुसार सह्य पनि थिएन । युद्धकालीन सीमा, समस्या, आग्रह र प्रहारलाई एकीकृत गर्दै शक्ति सञ्चय गरेको दुश्मनवर्ग कलामय तरिकाले विचारमाथि धावा बोलिरहेकोे थियो । धार्मिक रुढीवादी आस्था र संस्कृति, कर्पाेरेट मिडिया, एनजिओ, कुलीन र सत्ता–बुद्धिजीविहरूको सिन्डिकेट बनेको थियो । दुश्मनको समय घर्काउने र नयाँ चाल बुझ्न सकेन् । सङ्क्रमणकाल लम्विदै गयो, विद्रोहको राप र ताप कम गर्ने, उपभोक्तावाद र परिवारवादमा फसाएर जनतामा नैतिक अपिलको हतियार छिन्ने नयाँ युद्धनीतिको चाल थियो । सङ्घर्षको चरित्रअनुसार सङ्गठनको स्वरूप, भूमिका र सांस्कृतिक चरित्रको माग गर्दछ । त्यसले नेता, कार्यकर्तामा नैतिक अपिल गर्न सक्ने इच्छाशक्ति भएर जनताको दिलदिमागमा रहेपछि सामाजिक तागतमा फेरिन्छ । यस्तो शक्तिलाई कुनै प्रपञ्च र षड्यन्त्रले धरापमा पार्न सक्दैन् । पार्टीले युद्दको तिब्रतासंगै राजनीतिक संस्कृतिको विकास गर्न सकेन् । अझ त्यो ‘शान्तिकालमा’ छ्याङ्गछ्याङ्ती देखाप¥यो । दुश्मनको मोर्चामा पड्किनेहरू बजारमा ढल्नु पछाडि क्रान्तिको क्षतिपूर्ति खोज्ने र भाडाको सेनाको चरित्रभन्दा माथि उठ्न नसक्नुमा राजनीतिक संस्कृति विकास गर्नमा उदासीनताले गर्दा हो । युद्दको तिब्रताले क्रान्तिकारी संस्कृतिमा पार्टीले ध्यान दिन सकेन भने मध्यमवर्गवाट विकसित नेतृत्वले अवसर पाँउने वित्तिकै आफनो वर्ग चरित्रमा ढल्नु स्वभाविकै थियो । सूचना सञ्चारको विकाससँगै २१ औँ सदीमा बर्चश्ववादी सम्राज्याज्वाद र उसको मनोदशा सिर्जना गर्ने उपभोक्तावादसँग कलामय प्रतिकार, नयाँ समाजवादी आदर्श र संस्कृतिमा विशेष जोड दिए मात्र विघटनबाट बच्न सक्थ्यो । विकसित परिवेशमा वर्गसङ्घर्षका नयाँ आयाम पक्रनु र त्यसलाई नेतृत्व दिनु पर्ने हुन्थ्यो । जसोजसो पर्दैजाला त्यसैत्यसै गरौला भन्ने आसयको ‘शान्तियुद्द’ तयारी वेगरको यात्रा थियो । तव मनोयुद्धको धरापमा फस्दैजाँदा आपसमा भ्रम, अन्यौलता, अकर्मन्यता र प्रतिक्रिया विकास गए । ती क्रमशः छरपष्ट हुँदै गए । मन र मस्तिकमा रहेका आचार, विचार र ब्यबहार भूमिकामा देखिँदैगए । जनयुद्दथालनी, शान्तिबार्ता, जनआन्दोलनसँगको समायोजन, शक्तिहरूका चलखेल, सरकार नेतृत्व, पार्टीमा पैदा भएको असहज परिस्थिति, पार्टी विभाजन, गाली संस्कृति, बिद्रोह र आत्मासमर्पण, मौलाएको उपभोक्तावाद, निरासताका कारणबारे नेतृत्वले चिसो दिमागले सोचेनन् । यो किन, कसरी भयो ? त्यसका आधार कसरी तयार हुँदै गए ? त्यसले के परिणाम दियो ? विद्रोह, क्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनमा यसले पारेको असर र नेपाली समाजमा हस्तक्षेपले दिएको सन्देश, हरेक क्षेत्रमा आग्रहहीन अनिवार्य अध्ययनको आवश्यकता थियो । हुँन सकेन । अन्तत के भयौ त ? कतिपय आवेगात्मक भनाई बाहिर आए भने कैयौँ चिन्तत । कोही मर्माहतसमेत भए । जो शान्तिपूर्ण क्रान्तिको आशा, विश्वास गरेकाहरू चिन्तत छन भने, मर्माहत ती छन्् जसले माओवादी ब्यानरमा सत्तायात्रा गर्दै राज्यसत्ताको अंशियार हुन् पाइएन वा सिंहदरबारमा स्यालुट खान पाइने भएन भन्नेहरू । वर्गसङ्घर्ष शान्तिपूर्ण होस् या सशस्त्र, अत्यन्तै भयानक हुन्छ । जहिले पनि अभिजातहरूको भद्रता कूरूप तरिका र षड्यन्त्रमै व्यक्तिन्छ । जनमतलाई लम्पटमा फेर्ने वा दिग्भ्रमित पारेर आवेगमा ल्याउने कलामय खेल हुन्छन् । क्रान्तिकारीहरूका लागि हरेक प्रतिकूलता चुनौती मात्र हुँदैन्, अवसर पनि लिएर आएको हुन्छ । प्रश्न विरोधीहरूले खेलेनन् भन्ने हैन् । त्यसका लागि खाली मैदान माओवादी स्वयम्ले कति दिए भन्ने हो । कुरा गरौँ इतिहासको । इतिहासको शिक्षा र अनुभव क्रान्तिकारी र प्रतिक्रान्तिकारी सबैले लिनुपर्छ । सरकार फेर्ने चुनाउ निरन्तरता हुने गर्छन् तर सत्ताचरित्र नै हेरफेर गर्ने चुनाउ भने शासकवर्गलाई कहिल्यै पाच्य हुँदैन । उन्नाइसौँ शदी माक्र्सको भूतले अभिजातहरू, आक्रामक पुँजीवाद, धर्मभिरु, शासकवर्ग र संस्कृतिलाई आतङ्क बनेको थियो भने माक्र्सीय ‘भूतले’ उनीहरुको सपनी आतङ्कमय हुन्थ्यो । त्यसैले आफ्ना मत–मतान्तर भुलेर परिवर्तनविरुद्ध एक हुन्थे । कुरा सत्ताको भएकाले साहुजी, पण्डितजी, राजामहाराजा, उनीहरूका आसेपासे, भरौटेहरू अस्तित्व रक्षाका लागि एकजुट हुन्थे । लम्पटहरू विवेक बन्धकी राखेर मालिकको जी–हजुरीमा अर्पित हुन्थे । राजदरबारी, तर्कशास्त्री र सौन्दर्यशास्त्री परिवर्तनको आतङ्कीकरण गरेर दोहोलो काढ्दै विवेकशील चिन्तनलाई बोधो बनाउन ज्ञान, बुद्धि र कला सबै प्रयोग गर्थे । त्यसैलाई ख्याल गरेर इटालियन दार्शनिक र सक्रियतावादी एन्टेनियो ग्राम्स्कीले हरेक परिवर्तनको टिकाउ र निरन्तरताका लागि जैविक बुद्धिजीविको आवश्यकता औँल्याएको । अझ कम्युनिस्ट विद्रोहबाट राज्यसत्ताको केन्द्रमा पुग्दा वर्गविरोधीहरूलाई पाच्य हुँदैन् । शक्तिसन्तुलन हेरफेरको अवधिमा केहीपछि हटे जस्तो, मत्थर भएजस्तो हुन् सक्छ । शक्ति सञ्चयको अवधि वर्गदुश्मनहरू थाकेको, हारेको, परिवर्तनका एजेन्डा स्वीकारेको जस्तो पनि देखिन सक्छन् । तर त्यस अवधिमा हजारौँ वर्षदेखिको सत्ताअभ्यासलाई कलामय भद्र तरिकाले लडिरहेका हुन्छन् । विद्रोहपश्चात् समय घर्काउँदै पहिला विद्रोहका राप र ताप मलीन पार्दै शिथिल बनाइन्छ । आशालाई निराशा र आक्रोशमा कसरी फेरिन्छ भनेर विद्रोहीशक्तिका मानवीय कमजोरीमा छामिन्छन् । सामाजिक परिवर्तनको मर्म, ओजन र सन्देशलाई विभत्सीकरण गरिन्छ । परिवर्तनका एजेन्डाको मूल चरित्रमाथि धावा बोलिन्छ । विचारभन्दा भावनामा खेलिन्छ । एजेन्डा बहसहीन या विषयान्तर बनाइन्छ वा न्यूनीकरण गरिन्छ । आपसी अविश्वास, भ्रम र मनोमालिन्य गराएर विद्रोही शक्तिलाई विभाजित गरिन्छ । आपसी घृणा बढाइदिँदै यदुवंशी तयार गरिन्छ । विद्रोही शक्तिलाई आदर्शबाट च्यूत गराएर एजेन्डाको हकदावीको नैतिकपुँजी ¥हास गराएपछि जनमतलाई भ्रमित गर्न सजिलो हुन्छ । विभत्स सुन्दरताका गाथा रचिन्छन्, छिद्रमा खेलिन्छ । कैयौँ परिस्थितिमा भूतपूर्व विद्रोहीका अहङ्कार, घमण्ड, निजी विषय र बजारसंस्कृतिका दास बन्दा अथवा आलोचनात्मक चेत निषेध गरिएको नेता कार्यकर्ता भएर खबरदारी गर्ने, सचेत पार्ने र नियन्त्रण गर्ने अङ्ग शिथिल हुन् पुग्दा विद्रोहीहरूले नै मनोयुद्दको शीर्षक दिन्छन् । तब अंंशमा खेलेर समग्रमा प्रहार हुन्छ । भिन्न परिस्थितिमा आएको विद्रोही शक्तिका तोडिएका सम्बन्ध जोडिएपछि वासनाका ग्रन्थी रसाउँछन् । जब सामूहिक जीवनबाट निजी चिन्ता, वर्गबाट पारिवारिक माया मोह बढ्छ, तब दुश्मनको चाहना र बजारसंस्कृतिको धरापमा फस्न जान्छन् विद्रोहीहरू । एकातर्फ वर्गसिफ्ट हुन्छ भने अर्काेतर्फ परिवर्तनलाई सौन्दर्यकरण गर्ने बौद्धिकतप्का गुलियो चटानपछि आश र त्रासमा विवेक अर्पित गर्न पुग्छन् । शक्तिलाई आलोचनात्मक चेत मन पर्दैन । क्रमशः विद्रोहीचेत निजी सरोकारमा फेरिदै गएपछि क्रान्तिकारी नैतिकपुँजी गुमाइरहेको हुन्छ । हिजो जुन विषय, संस्कृतिको विरोधी हुन्छ, फेरिएको अवस्थामा त्यसैको अनुयायी हुन् पुग्छ । त्यो कुरा मिहीनपाराले वर्गदुश्मन नियालिरहेका हुन्छन् । तब पनि यस्ता एम्बुसबाट विद्रोही शक्ति छल्दै उद्देश्यमा पुग्न खोजे भने त्यहाँ सैन्य कू हुने गर्छन् । सबभन्दा ठूलो नजिर बनेको दक्षिण अमेरिकी मुलुक निकारागुवाको सान्डानिस्टा आन्दोलनलाई दबाउन कोन्ट्रा विद्रोह र त्यहाँको लोकप्रिय पत्रिका ‘ला प्रेस्ता’ लाई लिन सकिन्छ । जहाँ वर्गकै शान्तिपूर्ण युद्ध अभ्यास हुन्छ, त्यहाँ उदारता घातक हुन्छ । मनोयुद्दको अर्का रुप प्रतिक्रान्तिका साइलेन्ट कू हो । यसका अभ्यासहरू संसारमै भिन्नभिन्न र उन्नत विधिबाट भएका भए । हरेक देशमा भएका विद्रोहहरू कोही जनताको असन्तोषको परिणाम र परिवर्तनको योजनावद्ध चाहना थियो भने कतिपय प्रायोजित । शीतयुद्धकालमा साइलेन्ट कूका धेरै अभ्यास भए पनि पछिल्लो कालमा इराक, लिविया र सिरिया, युक्रेन त्यसका नजीर बने । साइलेन्ट कूलाई व्यावहारिक रूप दिन नसकेपछि त्यहाँ सैन्य हस्तक्षेप भयो । साइलेन्ट कूका लागि सामूहिक विवेकलाई घृणास्पद उत्तेजनामा ल्याइन्छ । त्यस्तै विद्रोही एजेन्डाकै विभत्सीकरण गरेर सामाजिक मनोदशा तयार गरिन्छ । कुनै पनि षड्यन्त्र ढोल पिटेर आँउदैन् । विद्रोहबाट शान्तियुद्धमा आएको शक्ति स्वयम् चनाखो हुनु, जोगिनु, आन्दोलनलाई धराप छिचोल्दै बढाउनु, त्यसका लागि नेता र कार्यकर्तामा नैतिक पुँजी र इच्छााशक्ति जोगाउनु अनिवार्य शर्त हुन्छ । वर्गसङ्घर्षका रूप फेरिँदा झन् निर्मम हुन्छ । हारेको शक्ति आफ्ना कमजोरी सुधार्दै विपक्षको कमजोरीलाई हल्लाखल्लाबेगर अवसरको रूपमा लिइरहेको हुन्छ । त्यहाँ प्रविधिक विषयमा मात्र नभई खेलभित्रका झेल हुन्छन् । कहीँ पनि दुश्मनले गोलपोस्ट चुनौतीरहित छोडिदिएको हुँदैन्, त्यसलाई कलामय छिचोल्नुपर्दछ । सपनीको पनि एक्सरे भइरहेको अवस्था र सूचना सञ्चारको तीव्र विकास भइरहेको समयमा दुश्मनको चाल थाहा नहुने छुट कसैलाई पनि हुँदैन । त्यो त शिक्षा बन्न मात्र सक्छ । त्यसैले माओवादीलगायत राज्यसत्ताको रूप र चरित्र नै फेर्ने अभियानमा लाग्ने पार्टीहरूले समस्या बाहिर कति हो ? भित्र कति हो ? भनेर खोतल्दै, समीक्षा गर्नुपर्ने हुन्छ । अगग्रमनका एजेन्डा भएर मात्र पुग्दैन, जनताकै भाषा र लयमा त्यो कति बुझाउन सकियो र त्यसलाई कति निष्ठापूर्वक आत्मासात् गरियो, राजनीतिलाई समाजिकीकरण कति गर्न सकियो, त्यसका प्रतिक्रियामा बढाइने तर्क र अभियानप्रति कति चासो रहे ? त्यसलाई छिमोल्न के, कस्ता उपाय रचिए ? विचारमाथि सुविधाको सिद्धान्तको व्याख्या कम्युनिस्टहरूले गर्दै गएका त कतै हैनन् ? वर्गसङ्घर्ष यदि कम्युनिस्टको राजनीतिक आत्मा हो भने त्यसको स्वामित्व कसरी लिने ? वर्गसङ्घर्षको मातहत कसरी वर्णसङ्घर्षलाई तालमेल दिने र आफैँँले पैदा गरेका एजेन्डाको विभत्सीकरण चिर्न कुन उपाय रच्ने ? समस्या समाधान गर्न र सही उपचार खोज्न समस्या अन्यन्त्र घर्काएर हैन्, स्वयम् आफैँँले पैदा गरेका समस्याले त कतै मनोयुद्दको वातावरण तयार गरेन् निर्मम आत्मसमीक्षा गर्नुपर्छ । आवेग हैन् विवेक प्रदर्शन गर्दै चुनौती सामना गर्न तयार हुनुपर्दछ । समर्थन गरेको जनमतको कदर गरिँदै भ्रमित जनमतलाई विश्वासमा लिनुपर्दछ । कहिल्यै पनि दुश्मनबाट सकारात्मक अपेक्षा गरिनुहुन्न । सचेत र सजग रहँदै अग्रगमन पक्षधरसँग आग्रहहीन सहकार्य समयको माग हो ।

Sunday, June 21, 2020

सपनीका कथा र शक्तिको मुहान

सुनहेरी... म सपनामै राजा बनेपछि देशवासीलाई अन्तिमपत्र लेख्दै थिँए । उफ ....कस्तो सपना ! ब्युझेर गम्न थालीँ । सबैै सपना वा सोचेका सबैकुरा सबैले भन्नै सक्दैनन् । कहिलेकहीँ सपनाले कोपर्छ, चिथोर्छ, बौलाइदिन्छ, रक्तमुच्छेल पारिदिन्छ भने कहिलेकहीँ जिन्दगी नै त्यस्तै भईदिओस् भन्ने सुुु–सुप्तइक्षा जागृत भईदिन्छन् । मनोवैज्ञानिक मान्यता अनुसार अन्तरमनका चाहाना र कल्पना सपनामै देखिन्छन् भन्ने छ । अतृत्प कामनानै त यो सपनी हैन् ! के म अचेतमनमा लावन्यदेशको गोमापुत्र नवराजझै राजाबन्ने इच्छा राख्थेँ त ! यस्को विश्लेषण गरिदिने सिग्मेन फ्राईड अब छैनन् । के तपाईलाई पनि कहिलेकहीँ सपनाले अत्याएको, लाजमर्दो बनाको वा लोभ्याको त छैन् ! सुनहेरी ....ठट्टा गरेकै हैन् त्यसै सपना देख्या पनि हैन् । कोख छान्न सक्दैनथेँ । गरिबै भए पनि वर्चश्वशाली समूहमै जन्मेकोहुँदा कालान्तरमा शक्तिआर्जनको त्यो दर्विलो ज्यावल बन्यो । पखेरोमा जन्म्या हुँ, भूगोल रोज्नै सक्दैनथेँ । विल गेट्सको भनाई सम्झी–गरिव जन्मन पाईने तर गरिवीमै मर्ने छुट थिएन् । कसैको पनि औकात एकाएक बन्दैन् धमिलै पानीमा माछा मार्न जान्नुपर्छ । राष्ट्रिय भावना र आकांक्षामा खेल्न सक्नुपर्छ । सुनहेरी ....कोसिस गरे हार र श्रीपेच पहिरन सकिन्छ, तर खेल र युद्दमा हार्न पनि तयार हुँनुपर्छ । पुर्खाको नाम राख्नुथ्यो । हण्डर खाएको जिन्दगीको अर्थ खोज्नुथ्यो । हेप्नेलाई हेपेर पाइन देखाईदिनुथ्यो । ऐना सामु पुगीछु । ठाँटिएको थिँए । खुव सुहाएछ । अशक्त शरीर, ओषतीले टेको लगाको जिन्दगानी भएपनि आफैँलाई सिजर र नेपोलियनभन्दा कम सोच्दैनथेँ । विदुर, चाणक्य र सुञ्जुभन्दा चतुर ठान्थे । नपाएको त्याग्नु, पुग्नै नसकेको ठाँउका आर्दश गफ मार्ने माक्र्सलाई पटक्कै मन पराउन्न् भलै शक्तिको म्यारथुनमा किन नाम लिन नपरोस् ! बुद्दजस्तो मुर्ख.... माल पाएर चाल नपाउनेलाई कहिल्यै आर्दश सोचिन् । श्रीपेच ढल्काएपछि त मेरा आदेशमा हावा टक्क रोकिएको, पात समेत नहिल्लिएको मात्रै हैन् झयाँउकिरी पनि कराउन छोडेको, भुस्याहा कुकुर पनि भुक्न छोडेको देखेँ । अब भने सिधै सपनीमा श्रीपेचसंगको वकपत्र कहन्छु– सुनहेरी....म मौकामा चौका हानेर आफन्तीलाई छक्याउदै एकाएक राजा बन्या हुँ । कर्म छान्न सके पनि जति अशक्त भएपनि हे.प्यारे.... तँलाइ अन्तसम्म धारण गरिरहन्छु । हो... गोली बेगरको बन्दुक र शक्ति बेगरको श्रीपेचको कुनै महत्व हुँदैन् । शक्तिका रुप फेरिएसंगै धेरै कुरा पनि फेरिन्छन् । यसै कालखण्डमा धेरैका हविगत देखेँ । आफन्त र पराई फेरिए । भाष्य फेरिए । कयौले हिजो विर्से । आखिर हिजैलाई समातिरहने त माहामुर्खै हुँन् । तर छाँयाभन्दा पनि मान्छेकोसंगै उम्कनै नसकिने इतिहास हुँनेरहेछ । हिजो साथी थिए, आज भने चारेतर्फ झुम्मिने हुक्के, छाते, द्वारपाले, तमदलार, अमल्दार, हवल्दार, चाकर मात्रै हैन् राजकबि, दरवारीलालका नयाँ फौज एकाएक तयार भैसके । ओहो.... प्रसस्तीमा रचिएका कबिता र गित, नयाँ भाष्य.... कति लोभलाग्दा ! वाह ब्यानर न्यूज । यस्तै भएर तेरो महिमा बढेको हो त !’ हे श्रीपेच –तँ मणिमाणक्यले कुदिँएको एउटा कलामय टोपी मात्रै हैनस् ? क्या । शक्ति होस्, शक्तिको मुहान । तर, नविर्सी....शक्ति र मुकुटबीच नाभी जोडिएजस्ते आपसी संबन्ध र औकात जोडिएको हुन्छ । त्यसैले तँ हाईहाई भएको होस् । नत्र भने खियालाग्या बञ्चरो जस्तै संग्राहालयमा थन्किेको बहुमूल्य धातुभन्दा तेरो थप हैसियत हुँदैनथ्यो । पक्कै हो... शक्तिको उपासना र भक्ति नगर्ने या त सडकमा भौतारिन्छन्् । अनी त्यस्ता दुखियाराका कथाब्थथा सुरु हुन्छ । हेक्का राख्या छु –शक्ति जोगाउन टाढा रहेकाभन्दा नजिएकासंग होसियार हुँनुपर्छ । भित्रियाको चियोचर्चो गर्नुपर्छ । आफन्ती भेषमा दुश्मन मौलाउछन्, पत्तै नपाई कोखमा दाह्रा धस्छन् । म पनि सवैलाई विश्वास गरेझै देखिन्थेँ । सवैसंग शंका र डर लागिरहन्थ्यो । भावना र आर्दशले काम चल्दैन् यो सिढीँ चढ्न अनेकौँ काँढाघारी र भस्मे फाँडेको छु । भित्रियासंग कस्को, कहाँ, के कमजोरी छिपेको छ भनेर चर लगाँउदै मौका नगुमाई अक्करमा ठक्कर दिएर लत्रक्कै पारिदिन्थे । विरोधीको जरोकिलो उखेल्न पहिला हाँगाविगा छिमोल्दै जाँदैगँई । उत्ताउलो–जागरण चलाएर श्रीपेच ढल्काउनेका हविगत जगजाहेर छ । गोलीले ढाल्न नसकेकालाई लोभको पासोमा फसाँउदै घमण्डी शिंहलाई स्याल बनाईदिँए । त्रासमा फसाउन नसक्नेलाई हृदयमा छिपेको लोभमा खेल्दै मायाँजालको धरापमा फसाएपछि कस्तै आर्दशमुर्ती पनि गल्छन वा ढल्छन् । चकनाचुर हुन्छन् । लोभ्याउन, फसाउन, उचाल्न, पर्छान, फनफनी घुँमाउन युक्तिमा बुद्दी खियाउनु पर्छ । तव त आर्दश मनोरथ झर्यापझुरुप हुन्छन् मनोकामना पुरा नहुँनेका भने पिलन्धरे–विलाप मात्रै गरिरहन्छन् ।’ ‘बुद्दी भएर मात्र पुग्ने भए असल राजा बनाउन भौतारिने प्लेटो दासमण्डीमा बेचिनु पर्दैनथ्यो । बिदुर हस्तिनापुरीको राजा बन्थे । बापवैरी इषसाध्न चन्द्रगुप्तलाई चाणक्य आवस्यक पर्दैनथ्यो । इतिहासमा महाचीनको वादशाह सुन्जु नै लेखिन्थे । आधुनिक युरोपियन चाणक्य माइकावेली जेलमै सड्नु पर्दैनथ्यो । बुद्दी र साहसको मितेरीले नै श्रीपेचको साइत जुराँउछ । मेरा कारण तेरो, तेरा कारण मेरो हैसियत बढ्या हो । बुद्दी र सल्लाहा पछ्याउदै कर्मभूमिमा उत्रन त दुध र पानी खुट्याउने राजहंश नै हुँनुपर्छ’ । ‘भनी रहनै परेन –रुप, धन र शक्ति त अत्यन्तै चञ्चल हुन्छनै । सवभन्दा चञ्चल त तैँ श्रीपेच छेस् । थाहा छ–सवैको एक न एक दिन अन्तिमक्षण आँउछ । त्यसैले गोप्य खोपीमा भित्रियालाई बोलाएर अन्तिम इक्षा लिखतनामा लेखाँई– हे, मेरा आफन्ती, अन्तिम पत्र पढने प्यारा प्रजा .... मैले जेजति तिमीहरूका हितमा गर्न सकेँ.. गरीँ । सडकबाट उठाएर टोपीबाला बनाइदिँए । वैगुनी छैनौ । गुन तिम्ले तिर्नैपर्छ । एउटै मेरो चाहाना–अन्तिमक्षणसम्म, अन्तिम संस्कारसम्म लगाको श्रीपेच भने नफुकालदेउ । मरेपछि पनि यसलाई अरूलाई नदिई संग्राहालयमा सुरक्षित राखिदेउ, स्तम्भ बनाईदेउ । कसैले गर्न नसकको महानकार्य गरीँ भनेर शिलापत्रमा कुदीँदिन नभूल्नु । यो नभुल –एउटै सतकार्य र युगिन घटनाले लाखौँ मेरा अपराध फच्चे गरायो । योसतकार्यले रंगिन इतिहास बनाउने मेरो धोको छिपेको छ । पक्कै हो....इतिहास पानामा चित्र कोर्न छ भने अरुले गर्न नसकेका, नगरेका काम गर्नुपर्छ, भलै त्यसलाई टिकाउन नसकियोस् । समाजमा उन्माद जगाउनुपर्छ । त्यस्को मूल्य त भविस्यले तिर्ने हो । मरेपछिको कुनै चिन्ता छैन् । अरुले असम्भव भनेर थाँतीराखेका माहान कार्य गर्यो भनेर सम्झनैपर्ने काम ग¥याछु । मैले कमाएका आफन्तले त्यसका प्रसस्ती गाईदिए मात्र पुग्यो । अवस्य गर्लान् । सडकबाट उठाएर धरहरामा पु¥याएको गुन तिर्लान नै ।’ ‘आजका इष्ट, भोलीका दुष्ट हुँन् सक्छन् । इष त मैले विरोधी, दुश्मन र जोडिदारसंग साँध्दै आएको छु । मौका चुकाएकै छैन् । म मात्रै चतुर कहाँ भनेको छु र ! जस्ताका त्यस्तै उचाई, क्षमता, औकात र चालवाज सत्रु हुन्छन् । अरूले पनि त्यस्तो नगर्लान भन्ने कहा छ र ? शक्तिआर्जन खेलमा धेरै आफन्तलाई पराई र दुश्मन बनाएको रिण तिर्नै पर्छ । बाँचिन्जेल त सवैसंग लड्छु । सत्रुसंग त आफैं लडौँला, मित्रभेषी वैरीसंग जोगिन कठिन हुन्छ । इतिहासले धेरैका कथाब्यथा लेखेको छ । कहिलेकहीँ भने चिन्तित हुन्छु । दुश्मन त चुप रहन्नन् । उफ् इतिहास सम्झेपछि भननन् रिंगटा छुट्छ । जर्ज फलोण्डको कालोपिसाचले कोलम्वस, चर्चिल, गान्धीका मुर्तीले समेत सुख पाएनन् ’ सुनहेरी ...सखारै झल्यास् विँउझे । सपना देख्नै पनि हैसियत हुँनुपर्छ । त्यसै ठूले भएको हैन् क्या ..। कर्ज लिएर पनि फर्ज निभाएकै हुँ । जिते हस्तिनापुरीको राज मरे चपरिमनीको बास भनेर यस् भुक्तभोगी मान्छेका नाडी र गोलीगाँठाका दागलेनै बुभ्mन सक्छौ । मान्छेका मनमा धेरै कुरा गम्सीरहेका हुन्छन् । आक्रोस र मनका कुरा पोख्ने ठाँउ र सतपात्र चाहिन्छ । निकास पाएन भने पोखिन्छ । बाँध फुट्छन्, पहिरो जान्छ । सपनीमै वरबराँउछ या वौलाँउछ । सुनहेरी....नेहरुले भनेका यसो कुरा गम्न थाँले– ठूला मान्छे र पुडके साथसाथै यात्रा गर्नै सक्दैनन् । समयसंगै शक्तिको चित्रमात्र हैन् चरित्र र स्वभाव पनि फेरिँदैजान्छ । आखिर तथ्य तर्कले मेटिदैन् तथ्य नै हुन्छ । भित्ताका फोटो फेरिए पनि इतिहास फेरिन सक्दैन् । कथाभीत्र पनि अन्तरकुन्तरमा अनेकौँ कथा लुकेका हुन्छन् । खतरासंग खेल्ने र समाजलाई सपनी देखाएर पछुवा बनाउनेका पनि आप्mनै खाले अब्यक्त महत्वकाक्षा हुँदारहेछन् । आर्दशले समाजलाई उद्धेलित बनाउछ तर त्यही नागों–वास्तविकता फेरिएपछि भने आवेगले डोरिएका मनुवा पीडामय सत्यसंग आमनेसामने भएर भोग्नैपर्नेदण्ड भोग्छन् । चरी फुर्र उडेपछि ज्याहा भनेर के काम ! समय घर्केपछि पाएका ज्ञानले कुनै काम गर्दैन् । अर्काले गरेका अपराधको पनि भागी हुँनुपर्छ । सुनहेरी....त्यो मेरो सपनामय दिनको पीडादायी कथा यस्तै थियो । राजा बन्ने र गर्ने योजनामा अपुरो चाहाना र वासनाको खेल थियो । कानुनी जोडिदारले एकपटक भनेको सम्झन्छु – आगो र उज्यालो छुट्ट्याउन नसक्दा नै दीयोमा झुम्मिने बिचरा पुतलीहरु ब्यथ्र्यैमा ज्यान गुमाउन पुग्छन्’ । पक्कै हो,... अव त यहाँ राजनीतिले लाजको कट्टु खोलिसकेको वेला कसैले पनि जस्तोसुकै सम्झौता गर्न पुग्दारहेछन् । समय, मित्र र सत्रु खुट्याउने र सुँघ्ने राजनीतिमा अत्यन्तै तिब्र घ्राणशक्ति हुँनुपर्छ, नत्र पछारिन तयार हुँनुपर्दो रहेछ । सफलताकालागी बुद्दि, हृदय र संकल्पबीच बलियो रसायनले जोडेको हुँनुपर्छ तर झयाम्म् हामफाल्ने आँट कुनै कितावमा लेखिएको भने हुँदैन् । आर्दशकासाथ सम्झौता नगरे कबि, ज्वतिष र दार्शनिक त हुँन सक्ला, त्यसमा थप बौलाउने आँट हुँनुपर्छ नत्र श्यामकर्णे वायुपंखी घोडा चढन सकिँदैन् । सुनहेरी.... प्यारे, मैले सपनीमा श्रीपेचसंगै संवाद गर्या कुरा यिनै हुँन् । शनिबार ६ असार, २०७७ १२:१०:०० मा प्रकाशित Share to Facebook FacebookShare to Twitter TwitterShare to Messenger Messenger Read more at: https://samachardainik.com/news-details/47123/2020-06-20?fbclid=IwAR0M6YlawdiNpn_mQxI8g7QKN59NitVzdG-PPULYslB1pqSdgpjVYE-QQ7c#.Xu2wzoTE6NM.facebook

Sunday, June 14, 2020

महामारीभित्रका महामारी

कोरोनाले विश्व नै संकटमा रहेकाले समग्र मानवजाति एउटै डुंगामा सवार छ। परमाणु बम र अन्तरिक्ष यान निर्माता शक्तिराष्ट्र मास्क, सेनिटाइजर, भेन्टिलेटरका अभाव, रित्ता डिमार्टमेन्टल स्टोर र ट्वालेट पेपर खोसाखोसमा बन्दुक चलाउनुपर्ने अवस्थाले पुँजीवादी व्यवस्थाको तस्बिर स्पष्ट पार्‍यो। पर्यावरणको बलात्कार गर्दै मृत्यु निम्त्याउनेका हविगत देखिए। कमजोरको स्वाभिमानमाथि सिकार खेल्नेहरूको घर र देशकै अवस्था छर्लंग भयो। महामारीले पनि सत्ताप्यास, भ्रष्टाचारी राजनीतिक संस्कृतिलाई नियन्त्रण गर्न सकेन। अहंकार र घमण्डी शासकहरु श्रीपेच ढल्काएरै आर्यघाट जाने सोच्दै गए। नेपाल गए कपालसँगै,बर्मा गए कर्मसँगै जस्तै प्रवासीलाई भयो। ठूला र शक्तिशालीले जे गर्छन्, ठीकै गर्छन् भन्ने सोचले अमेरिका, बेलायत, ब्राजिल र भारतले लिएको ढुलमुले नीति र नाजुक अवस्थाले ती देशमा मात्रै हैन विश्व समस्या पनि थपिदियो। ती देशले कुन मोडल लागू गर्ने छनोटमै अलमलिए,त्यही अनुसरण गर्नेको कन्तबिजोग हुँदैछ। महामारी, युद्ध र संकटले व्यक्ति वा राष्ट्र त घाइते हुन्छ, पीडा दिन्छ तर यसले मानव सभ्यता र समाजलाई भने जोडदार धक्का दियो। नयाँ प्रश्न, जिज्ञाशा र चेत पलाए। हजारांै वर्षदेखिको सोच, मान्यता, विश्वास, आस्था, अहंकार, भूमिका, पक्षधारिता र बहसमाथि हस्तक्षेप भयोे। कार्पेटमुनि थुप्रिएका समस्या छताछुल्ल भए। सबैको औकात, क्षमता र नियति छर्लंगियो। सुन्दरता र कुरुपताका अर्थ फेरिए। कारण र उपचार खोजिन थालिए। नवउदारवादको अमानवीय अर्थव्यवस्था नांगिएर राज्य व्यवस्थापक हैन अभिभावक बन्न अनिवार्य छ भन्ने निर्देशन दियो। उसकोे अमानवीय अनुहार खुल्यो। शक्तिराष्ट्रले हतियारमा खर्च गर्नुभन्दा शिक्षा र स्वास्थ्यमा खर्च नगर्र्नुको परिणाम देखियो। बहस नयाँ स्तरमा उठेर समाजवादको सान्दर्भिकता फेरि पुष्टि भयो। कोरोनाका मिस फायर गर्दै उग्रदक्षिणपन्थ मौलिक चरित्रमै देखिँदा वैश्वीकरण (ग्लोबलाइजेसन) स्थानीयकरणमा (लोकलाइजेसन) फेरिएर उत्तानु परेर महाशक्तिलाई सडकमा पछार्‍यो। स्थानीयकरणका सँगै प्रवासी अपमान र तिरस्कृत मात्रै हैन असुरक्षित बने, अन्धराष्ट्रवादको बिगबिगी बढ्यो। खुसी बेचेर सुख खोज्ने मनोभाव भत्काइदियो। वैज्ञानिक जानकारी कसैको कम, कसैको धेरै हुनसक्छ। धेरै भयो भने अति राम्रो। महामारीले जाति, धर्म,राजनीतिक सीमा सबै भत्काइदियो। चर्च, मस्जिद, सेनेगाङ, गुम्बा र मन्दिर बन्द गरिए। अर्थात् भगवान् छुट्टीमा र विज्ञान कार्यक्षेत्रमा खटियो। शक्तिको सम्पत्तिा नै विश्वास हो। यस्तैबेला मुर्खतामा पनि आवेग थपिए ‘शक्ति’ बनिदिँदो रहेछ। जागृत समाज भने शक्तिसँग जहिले पनि प्रश्न गर्छ। विश्वासले नै सामूहिक आत्माबल जगाउँछ। हरेक सेनापतिको सबभन्दा ठूलो बल र हतियार उसमाथिको विश्वास हो। नियत नाप्ने तराजु प्रत्यक्षमा देखिने परिणाम र व्यवहार हुन्। असफल शासक भने नक्कली शत्रु खोज्दै जोगिन चाहन्छन्। दोष अरूमाथि थोपरेर निहुँ खोज्दै चोखो बन्न खोज्छन्। पुराना बहस खारेज गर्दै समस्यालाई ओझेल पार्ने कोसिस गरिन्छ। दोष अर्काको टाउकोमा थोपरेर समस्या धकेलेपछि पहिलेका कुरा बिर्सिइन्छ भन्ने मान्यता राखिन्छ। तर समय र संकट भने सत्ता र शक्तिले सोचेझैं सधैं हाँकिदैन। हरेक घटनापछि कारण र उपचार खोज्न थालिन्छ। नयाँ प्रश्न, जिज्ञाशा र चेत जन्मन्छन्। तर केही बाक्लो छाला भएकालाई भने बिर्सने रोगले सताउँदा नयाँ कुरा सोच्नु आतंक बन्छ। नेपालले महामारीमा पनि महाशक्तिको कपी गर्दै जाँदा होसियारी बन्न सकेन। यसै पनि डिसेम्बर ०१९ मै कोरोना देखिइसकेको थियो। सन् २० को सुरुसँगै महामारीका खबर छयासछयास्ती भए। समयमै नियन्त्रण उपाय सोचिएन। समय घर्केसँगै महामारी आफैं खतम हुन्छ भन्ने शक्तिराष्ट्रका नीति पछ्याउनुको दण्ड अहिले भोगिरहेका छौं। विश्व स्वास्थ संगठनका महानिर्देशक ट्रेडोस अधनोम घेब्रेयसुसले कोरोना महामारी कहिले सकिन्छ भन्नेबारे भविष्यवाणी गर्नु हतार हुन्छ भन्दै यो महामारीले कुनै पनि दिशा लिन सक्छ भनेका छन्। दक्षिण एसियामा युनिसेफले पाँच वर्षभन्दा कम उमेरका बालमृत्युको ६ महिानामा पाँच लाख आंकलन गर्‍यो। माघको पहिलो साता देखिएको कोरोना बिमारीको दुई महिनापछि मात्र अर्को थपियो। तयारीको प्रशस्त समय थियो। टेस्टको व्यापकतासँगै आकडाको विश्वसनियता हुन्छ। क्वारेन्टिन त यातनाकेन्द्र हैन मृत्यु केन्द्रमा फेरिँदा अब संक्रमितका साथै मृत्यु संख्या मात्र गनिनेछ। कोरोनाकालमा १२ सयभन्दा धेरैले आत्महत्या गरे। पोष्ट–कोरोनाकालमा अझ मानसिक रोग बढ्नेछ। जीवन रोज्ने कि जीविका भन्ने प्रश्न उठ्दैछन्। हंगर भाइरसको उत्पात हुँदैछ, आदेशले नियन्त्रण हुनेवाला छैन। मध्यम वर्गको अस्तित्व संकटमा छ। असक्षम, गरिब, मजदुरको जीवन के हुन्छ ? जिन्दगी बाँचेर बाँच्ने लकडाउन आफैंमा उपचार हैन, यो त सावधानी र महामारीको चेन टुटाउनु मात्र हो। अब जताततै नागरिक आवाज सडकमा छताछुल्ल हुँदैछन् तर प्रधानमन्त्रीको अजिम्मेवारी सदनको भनाइ सदनमा प्रहसन बन्यो। लकडाउनको रक्षा गर्न सरकार असफल भयो। सरकारसँग योजना, व्यवस्थापन र सपना देखिएन्। अल्पसूचनाका आधारमा लकडाउन त चैत ११ बाटै गर्‍यो जुनबेला संक्रमितको संख्या तीन मात्र थियो तर लकडाउन लड्खडाउने काम भने सरकारले नै सुरु गर्‍यो। सडकमा वेसाहारा मानव–ताँती देखापरे। लकडाउन उपचार नभई महामारीको चेन काट्ने उपाय मात्रै हो। यसैबेला अध्यादेश ल्याउने, विरोधी पार्टी फुटाउने षडयन्त्रमा लाग्ने, पार्टी गुटबन्दीका भेला गर्ने, मन्त्री र सांसद रातिराति आफ्ना जिल्लावासीलाई बस र ट्रकबाट राजधानी बाहिर पठाउन थाले। यसैबेला ओम्नी प्रकरण देखापर्‍यो। सेनाले ल्याएको उपकरण पनि महँगोले गर्दा विवादमा तानियो। कोरेन्टिन यातनागृह र मृत्युकेन्द्रमा फेरिए। मरेपछि कोरोना संक्रमित भनिएकाले जिउँदोमा उपचार पाएनन्। सरकारको नीति तथा कार्यक्रम र बजेटमा नयाँ एजेन्डा र नयाँ आशा जगाउन सकेन। संकटले अवसर पनि सँगसँगै ल्याएको हुन्छ तर मूलकर्तामा योजना र इच्छाशक्ति भने चाहिन्छ। जनता आश्वस्त र विश्वस्त तदर्थवादमा नभई योजना र कार्यक्रममा हुन्छन्। कोरोना राहतको प्याकेज आउँछ भन्ने आसमा रहेकालाई सरकारले निराश बनायो। अहिले खाइपुग्दो वर्ग आतंकित, मध्यम वर्ग अस्तित्व धान्न भयावह र निम्नवर्गमा त यसै पनि त्राहीमामको अवस्थामा छ नै। पर्याप्त समय हुँदाहुँदै योजनाहीन लकडाउनले घरफर्कने सडकमा मजदुर लर्को र सीमामा देश फर्कने प्रवासी ताँतीले समाजवादउन्मुख सत्ताको चित्र र चरित्र छताछुल्ल भएको छ। दिशाहीनताको सिकार र दुविधाग्रस्तताले न कोरोना नियन्त्रण गर्न सक्यो न घायल अर्थव्यवस्था सम्हाल्नै। अझ संसारबाटै ओइरिने प्रवासी मजदुर फर्केपछि अर्थतन्त्र कसरी धान्ने कुनै योजना नै देखिँदैन। दलाल प्रजाति र भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय संकल्प, संवैधानिक अंगको पूर्ण स्वायत्तता, सामूहिक सक्रियता, व्यक्तिगत जिम्मेवारको प्रतिबद्धता कतै देखिँदैन। विपत्तिमा भावना र आग्रहले हैन विवेकले काम लिनुपथ्र्यो। अहिले सत्ता केन्द्रिकृत त भएको छ तर बालुवाटारका सहयोगी वा सल्लाहकारमा कुनै पनि विषयमा राय बजार्ने रत्तिभर साहस देखिँदैन। प्रधानमन्त्रीको सदनको सम्बोधन ठट्टाको विषय बन्यो। सरकारसँग जिज्ञाशा उठाउन, विरोध गर्न, दबाब दिन, शंका गर्न, असहमति जाहेर गर्न नमिल्ने हुँदैन तर आलोचना र कमजोरी औंल्याउने व्यक्ति वा मिडियालाई बैरी सोच्ने सरकार अहिले मनोआनन्दमा रमाइरहेको छ। हुकम बजार्‍यो, पालनको आदेश फर्मायो, रैती प्रश्न उठाँउदैनन् भन्ने मिथ्या सोचमा छ। भोको पेट, अपमानित स्वाभिमान, अनिश्चित भविष्य, टुटेका सपना, ध्वस्त भएका व्यवसायी सधैं आदेशमा मात्र चल्दैनन्। सडकमा पोखिने आक्रोश सत्ताका डण्डाले मात्र नियन्त्रण हुँदैन। अहिले लकडाउन पालना सरकारी आदेशले नभई स्वमृत्यु डरका कारणले हो। जीवन या जीविका रोज्ने समयमा हंगर भाइरस (भोक) फैलिएपछि सबै नियन्त्रण ध्वस्त हुन्छन्। अनुशासन, धर्म, मान्यता, कानुन, सत्ताका नयाँ परिभाषा लाग्छन्। तब योजनाहीन सत्तामुनि जिउन अभिसप्त मानवले नयाँ मानक खडा गर्छ। अर्कोपक्ष छ–व्यक्ति, समाज र देशका जुझारु सशक्त अनुहार भूमिकामै देखिन सक्छन्। पुरानो मतभेद बिर्सिएर प्रतिकूल परिस्थितिसँग लड्न नयाँशक्ति एकाकार हुन सक्छ। सबैका औकात, हैसियत र मनका कुरा छरपष्ट भए पनि अहंकारले टुट्न दिन्छ, झुक्न वा पछि हट्न दिँदैन्। भ्रष्टहरू मौलाउने, अन्धविश्वास फैलिने र तानाशाह सुरक्षित हुने मात्रै हैन, समाजको चेतनाले फट्को मार्ने र संरचना नै भत्कने पनि यस्तै बेला हो।http://annapurnapost.com/news/158643

Saturday, June 13, 2020

सरकार, संकटलाई मौका नसोचियोस्

विश्वमै कोरोनामा योजनाहीन शासकहरू अहिले नांगेझार भए। सम्हालिनसक्नु भएपछि दोष अरूको टाउकोमा हाल्नुप¥यो। सत्ता संकटग्रस्त भएपछि जनतामा आवेग भर्न अन्धराष्ट्रवाद, जातीय वा धार्मिक आवेग र उत्तेजना फैलाउने गर्छन्। अमेरिका, ब्राजिल, हंगेरी र भारत उदाहरण हुन्। कहिलेकाहीँ एक व्यक्तिले गरेको मूर्खताले उसको देशले मात्रै हैन्, विश्वले नै पीडा भोग्नुपर्छ। हरेक भ्रष्ट र उग्रदक्षिणपन्थी सत्तालाई युद्ध, महामारी र संकट वरदानका साथै उत्सव पनि बन्छन्। भीड आवेगमा मात्तिएपछि सत्ताका हरेक कर्तुत कार्पेटमुनि पुगेर गद्दी सुरक्षित हुन्छ। अत्यन्तै लोकप्रिय नारा दिएर दुश्मन र विरोधीलाई कुनै तर्क, प्रश्न र विमतिका आवाज उठाउने मौका दिँदैनन्। नजर एकातर्फ, निशाना अर्कातर्फ हुन्छ। त्यस्ताका वैश्विक नायक र प्रतीक पुरूष अमेरिकी राष्ट्रपति ट्रम्प बने। लोकप्रियताको खेती गर्ने अरू पनि लस्करै छन्। पोस्ट–कोरोना संसारलाई नै भयाबह हुनेवाला छ। यो अदृश्य दुश्मन र युद्ध हारेका योजनाहीन सरकार भने जनआक्रोश अन्यन्त्र मोड्ने उपायको खोजीमा छन्। राष्ट्रिय उन्माद पैदा गरेर ध्यान अन्यन्त्र मोड्ने सत्ताधारीको अभ्यासले अत्यन्तै महत्वाकांक्षी मध्यम वर्गको भने अस्तित्व संकटमा पर्दैछ। घेरा र दबाबमा रहेको ओली सरकारलाई पनि कोरोना, लिपुलेक र चौरजहारी प्रसंग नकारात्मक उपहार बने। युरोनियम प्रशोधन विधेयक पास गर्न संसद्लाई समय कुर्न परेन तर एमसिसी प्रस्ताव भने जस्केलोबाट भित्र पस्यो। पुराना कुरा तपसिलमा परे, खारेजीका बहाना बने। सत्ताले ६ दशकदेखि सुकुलमुनि लुकाएको अतिक्रमित पश्चिमी सीमा समस्या सतहमा देखाप¥यो। यो सइन–घाउ सत्ताबाहिर रहँदा सत्ताको भ¥याङ बन्थ्यो भने सत्तामा पुगेपछि सत्ता जोगाउने, टिकाउने शीर्षक। दुष्ट नै भए पनि छिमेकी र जैविक नाता फेर्न सकिँदैन न साँधसीमा फेर्न सकिन्छ। कुनै पनि देशका नीति तत्कालीन फाइदा र घाटा हेरेर तय हुँदैनन्। महाव्यापारी चीनलाई सामरिक रूपमा लिपुलेकबाट भारतीय राजधानी दिल्ली सबैभन्दा नजिक (७५० किलोमिटर) मात्र थिएन, त्यहाँको विशाल बजारमा प्रवेश गर्नु पनि थियो भने सन् ६२ मा घायल भारतका लागि सामरिक महत्वको थलोमात्रै हैन्, ‘मोक्षधाम’ मानसरोवर यात्रा दूरी घटाउनु र सहज बनाउनु। दुई व्यापारी असल साझेदार हुन सक्छन्, फाइदाका लागि जे पनि गर्न सक्छन् तर मित्र भने कहिल्यै बन्न सक्दैनन् भन्ने कुरा अहिले लद्दाख क्षेत्रमा भारत–चीनबीच देखिएको गलवाँ घाँटी तनावले प्रस्ट्याउँछ। अझ अहिले भारत अमेरिकी रणनीतिक साझेदार बन्दै जाँदा यो भूभाग अझ संवेदनशील बन्यो। ६ जुनमा चुसुल मोल्दोमा भएकोे उच्चस्तरीय सैन्य वार्ताले पनि निकास निकाल्न सकेन। ‘शान्ति’ र ‘युद्ध’ को भविष्य तय गर्ने सो तनावले लिपुलेक अतिक्रमण विषयलाई पनि प्रभाव पार्नेछ। टाइमलाइनमा लिपुलेक बेलायतबाट सन १९४७ मा स्वतन्त्र हुनुपहिले ब्रिटिस–इन्डियामा ५ सय ६२ राजा÷रजौटा र नवाव थिए। आधुनिक भारतको अस्तित्व थिएन। अझै पनि भारतीय संविधानमा देशको नाम इन्डिया र भारत छ। अफगानिस्तानदेखि म्यान्मारसम्म बेलायती उपनिवेश थियो। आधुनिक भारतसँगै नेपालको उत्तरी सीमामा ५ फेब्रुअरी १९५२ देखि १९ जुन १९७० सम्म कालापानीसहित १८ ठाउँमा भारतीय सेना रहे। सन् १९५४ मा चीन÷भारतबीचको सम्झौतामा उल्लेख भएको मध्य एक नाका लिपुलेक हो। शीतयुद्धकालमा भारतको असंलग्न नीति रहे तापनि तिब्बतसम्बन्धी इन्डोअमेरिकन धारणा समान थिए। खम्पा काण्डमा दुवैको समान संलग्नता थियो। सन १९६२ अक्टुबर २० देखि २१ नोभेम्बरसम्म चलेको चीन–भारत लडाइँपछि बन्द सो नाका सन् १९९१ देखि फेरि खुल्यो। सन् १९७० देखि नेपाल र भारतका सेनापतिलाई एकअर्काको मानार्थ सेनापति सम्मान दिने चलन सुरु भए। प्रधानसेनापति सिंहबहादुर बस्न्यात र भारतका सैम होर्मुसजी फ्रेमजी जमशेदजी मानेकशा एकअर्का सेनाका पहिला मानार्थ सेनापति हुन। सन् १९७५ मा जारी नेपालको नक्सामा भने लिम्पियाधुरा, कालापानी कटाइयो। सन् २००५ मा चिनिया प्रधानमन्त्री वेन जियाबाओ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच थप सम्झौता भए। २००८ देखि भारतले सडक निर्माण सुरु ग¥यो। सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया रास्ट्रपति सि जिङ पिङबीचको सम्झौतामा लिपुलेकले ती दुई देशबीच थप ‘मान्यता’ पायो। २ नोभेम्बर २०१८ मा भारतले नयाँ विवादास्पद नक्सामा लिम्पयाधुरा लिपुलेक सामेल गरेर नयाँ नक्सा जारी गरी यसै वर्ष मे ८ मा रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावत र सेना प्रमुख जनरल मनोजमुकुन्द नरभाने एवं उच्च सैनिक नेतृत्वसहित लिपुलेकसम्मको सडक उद्घाटन गर्दै नयाँ सन्देश दिए। नेपाली सेनाका मानार्थ जर्नेलसमेत रहेका नरभानेकोे विवादास्पद राजनीतिक वक्तव्यले झन संंशय पैदा ग¥यो। प्रधामन्त्री ओली र सीमा प्रसंग वर्षौँदेखि निष्क्रिय सत्ताले अहिले भारतलाई औपचारिक कूटनीतिक विरोधपत्र थमाउँदै संसद्ले नक्सा पनि सर्वसम्मतले जारी ग¥यो। ७ दशकदेखि आफ्नो भूभागबारे स्पष्ट खोजीनीति नगर्नु, भौगोलिक सीमा कायम हुने गरी मुलुकको नक्सा जारी नगर्नु सत्ताको नालायकी नै थियो। अब भने भारत र चीनसँग त्रिपक्षीय गम्भीर कूटनीतिक अभ्यास जरुरी छ। कूटनीतिक अभ्यास हल्ला वा प्रोपोगन्डामा हुँदैनन्। निर्धारित दुई पक्षको टेलिफोन वार्ता हुन सकेन। नयाँ अभ्यास कसरी गर्छ ? ट्रयाक टु र ट्रायक थ्रि डेप्लो–मिसन चलाएर सक्रिय हुँदै कसरी राष्ट्रि«य एकता कायम गर्छ भनेर सचेत हुँदै नियाल्नै पर्छ। टनकपुर र महाकाली सन्धिमा गम्भीर त्रुटि भएकै हुन्। अहिले धेरै कुरा छर्लङ्गिए। सत्ताधारीले क्षणिक आवेगको जस लिने र प्रतिपक्ष, विरोधी र विद्रोहीलाई आग्रह साँध्ने शीर्षकमात्र बनाउने छुट हुँदैन। सडकबाट गरिने खबरदारी र जनचेतनाले दबाब सिर्जना गर्छन्। प्रधानमन्त्री व्यक्ति नभई संस्था भएकाले गम्भीर कूटनीतिमा आवेग र उत्तेजनाका भाषा प्रयोग गर्नु ठीक थिएन। फर्कन नसक्ने ठाउँमा पुग्नै हुँदैन। प्रथम पुरुष कम बोलेर ट्रयाक टु र ट्रयाक थ्रि कूटनीति सञ्चालन आवश्यक हुन्थ्यो। https://nagariknews.nagariknetwork.com/opinion/238001-1591849972.html?fbclid=IwAR0cSvFwfbCaAkahIkLInLsgOQNXfLVXJcVPQaEt-DmABIxdc47dBqQpj9o#.XuIQHDdV4I4.facebook