Monday, April 27, 2020

समय, संकट र प्रेमलाप

(कथा प्रवेश पहिला केही भनैाँ । मैले लालहिरा, लैलामजनु र रोमियोजुलएटका कथा खुव चाख लिएर पढेको छु । सानैमा मधुमालतीका कथा रोचक हुन्थे । पिहलो गणतन्त्र बुझ्न, अाजको मधेश बुझ्न पनि अाचार्य चतुरसेनको वैशाली की नगरवधू गजव छ । भगवतीचरणा वर्माको जीवन र प्रेमको दार्शनिक उपन्यास चित्रलेखाले अत्यन्तै छोयो । अझ गजव कथा हो- मिश्रकी माहारानी क्लियोपात्राको सत्ता महत्वकाक्षाामा जुलियस सिजर, मार्क एंथोनी र ऑक्टेवियन कसरी फस्दै गए ? क्लियोपात्रा जति सुन्दरी थिइन त्यतिकै चतुर चतुर, षड्यंत्रकारी र क्रूर पनि । प्रस्तुत मूलकथावाचक जोडिदार अब भने रहेनन् कथा भने घतलाग्दो रह्यो) पुरूषः पीडाका बेला मनका कुरा भन्ने मान्छे चाँहिदो रहेछ । सुनिदिने आफन्त पनि चाँहिँदो रहेछ । सबै लैनु भइन्जेल पगार्छन । बुढी भएपछि गाई भिरबाट लडाइने, भैसी ममचा। कोरोनाले भाग्यको छप्पर खोल्या भन्ठान्थेँ, उल्टो माहामारी हामीलाई पो लाग्यो । तिमी पनि परिणाम नसोच्ने पो रहिछ्यैा । पुरूष पो कृयालाई उत्तेजित हुन्छन् महिला त धर्ती हो । म उत्तेजीत हुँदा धैर्य राख्न, एकछिन सुस्ताउन किन भनिनैा ? यदि त्यो छिनको उत्तेजना सिथिल भा भए,संयमित भा भए.. यो नोहमत त आउने नै थिएननी, डियर । महिलाः तिम्रो यस्तो उत्तेजना कहिल्यै देखेकी थिइन् । प्यासालाइ स्खलनको यस्तो हतार ... । कसरी नाँइ भनैाँ, डियर...त्यस्तावेला पुरूष अति हिस्रक हुन्छन् । नारीले उसलाई ह्याण्डिल गर्न पनि समर्पण हुनुपर्छ । पुरूषको अैाकात एकैछिनमा देखिन्छ । अनि खिस्रिक्क पर्छन् । तर, पनि उस्को अहंकारले तृप्ति गर्न नसक्ने भए पनि नारीलाई हेप्न भने छोड्दैनन् । हो, मैले तिम्रो खुशीको लागि समर्पित हुनलाई एकछिन पनि समय लगाईन, आज पनि लगाईन । बरू सोच्न पर्यो । भन, अब के गर्ने ? जाहाज डुवेपछि न तिमी रहन्छैा, न म रहँन्छु । जमिन र बीज जस्तो हामी एक-अर्काका पुरक हैाँ। मेरै अैाकात र आफ्नै इतिहासको भर्याङ्ग चढेर म देवी र पुज्य भएकै हैन् । प्यारे, तिमी मेरा .... त्यो हैा.... जो अरू बन्नै सकेनन् सक्दैनन् । तर, हामी जुन धरातलबाट आएका हैाँ,त्यसको गफ चुट्न भने हुँदैन् । पुरूषः हेर... दिन घर्कन लाग्या हो की, सधैं समयको घोडा चढ्न सकिँदैन भन्थे । दिन दर्विला भका बेला दर्शनढुङा हिरा बन्दो रैछ, नक्कली माल पनि सक्कलीकै भाउमै बिक्न सक्ने । हो, मैले सत्रु छिमल्ने साइत जुराइन छु । तिमी त हिजोको दिनमा अक्करमा ठक्कर दिने उपाय पो निकाल्थ्यैा । टेन्सन भएका बेला घाउका पाप्रा भने अहिले नउधिन्.... क्या । टेन्सका बेला एक गिलास तन्काईदिँउ जस्तो लाग्छ हैा... तर के गरैाँ शरीरले नधान्ने । हेर... त बैरीको हुल ! तिघ्रा ठटाका..... । हेप्ने.... ! अझै शक्ति छ । फुर्ती लाउँछन् ... कागजका खोष्टा । एकएक नशा छाम्या छु..... कस्को आँताँ के छ भन्ने कुरा थाहा छ । मलाई था भाको कुरा.... के थाहा तिनलाई ? मैले कुन मूलको पानी पिएर हुर्केको भन्ने कुरा पत्तै पा छैनन् । महिलाः बी कूल । शान्त... शान्त, बिल्कुल । यस्ताबेला रीस देखाउनु हुन्न, बुद्दि खियाउनु पर्छ । किन नि त्यस्तो गम्भीर मिसन पनि मुर्खलाई जिम्मा दिएको ? सबै नांगेझार पो पारिदिए । अव कालीदासका कथा लेख्छन्, हेन्स अन्डरसनका कथा वाचन हुँन थाल्छ..... । उफ ! समयले कोल्टे फेर्या जस्तो पो लाग्छ, प्रिय पुरूषः पैारखी छन, यस्ता काममा अनुभवी पनि छन, विश्वसनीय पनि हुँन भनेर सुम्पे । हरि लम्पट मुर्खै पो रहेछन् ।...... ऊ भन्दा पनि सिल्ली परेछन् । कसरी यहाँसम्म पुगे ? अचम्मै लाग्छ । मान्छे चिन्न सजिलो रहेनछ, क्या ! उसबाट धेरै अदृश्य काम गर्याई, भस्मे नै फाँडेको हुँ । एउटा ठूलै काम फत्ते गरेर गुन लगाथ्यो । अर्को काम फत्ते गरेको भए उसको र हाम्रो अझ हैकम चल्थ्यो । भैदिए, नाक काट्ने बाँदरजस्ता । मैले कस्लाई विश्वास गरैाँ ! सबै हन्तकाली.... आफ्नै सात जुनीलाई थुपार्नु पर्ने, अपजसको भारी जति अशक्त शरीरले मैले नै बोक्नु पर्ने ! उफ ….. महिलाः हरेक समस्याले समाधानसँगै लिएर आको हुन्छ, कोरोनाले पनि उपचार ल्या जस्तै । को चाहीँ कैलि गाईको दुधले नुहाएको छ र ! सधैँ ऐठनमा बस्न हुँदैन । जाउ...प्यारे सत्रुलाई भेद गर । लोभ्याऊ, हप्काउ, त्रास देखाऊ । इतिहास र दुखःका दिनका यारी सम्झाऊ । पुराना कुरा बिर्सैा भनेर मनाऊ । ....फाइल खोल्दिउँ ? भनेर त्रास देखाऊ । छिमेकीलाई अझ रिझाऊ । शक्ति जतिसुकै टाढाको भए पनि विश्वास लेऊ । अझ सत्रुलाइ पटयाउने नेल्सन मण्डेलाको सुझाव-"प्रतिद्वन्दिसँग सहकार्य गर, जस्ले परिस्थितिलाई सामान्य बनाउने छ। गल्ति समीक्षा गर, गल्ति सुधार, गलत घेरा तोड, डटेर मुकाबिला गर तर नभाग, यो नै उत्तम बाटो हो।" ख्याल गर । अहंकारले कस्लाइ पो सहयोग गर्या छ र ! गणितमा भर नपर । ढुक्क हुँन अवस्थाले दिएको छैन । विग्रेको क्यालकुलेटरको भर हुँदैन । तिम्रो भने छिटो उत्तेजीत हुँने, फिसिक्क स्खलित हुँने समस्या छ । यो सबैतिर देखिन्छ, ख्याल गर । तर प्यारे,….. पुरूषोचित अहंकारले आफ्ना कमजोरी स्विकार्न तिमी लजाउछैा, यो कुरा म राम्रै बुझ्छुनी । नाटक गर्न आफूलाई अर्कैरूप र भूमिकामा देखिन सिपालु पनि छैा। तिमी ८४ कलामै निपुण छैा, मलाई मात्र थाहा छ । बेला घर्कदै छ, पुरा शक्तिसाथ युद्दभूमिमा तरवार खैँच । जित्छैाँ हामी सबैको हस्तिनापुरीको राज, हार्छैँ सबै चपरीमुनीको बास । जितेपछि मेटिएका इतिहास पनि फेरी लेखिन्छन् । जाऊ प्यारे...... हार्ने छुट हामीलाई छँदैछैन । रियल्ली उइ क्यान विन... प्यारे । माहाभारत राम्रोसंग फेरी पढ् । जहिले पनि उखानटुक्का पढ्याछ, डिक्सेनेरी घोक्या छ । यो तालले चतुर दुश्मनसंग फतेह गर्न सकिंदैन् । परिस्थिति उल्ट्याउन भीड चाहिँदैन, दिमाग भएका आफन्त चाहिन्छ । ध्यान देउ-अहंकार र पाखण्ड मितेरी साइनो हुन्छ । अहंकारलाई सामाजिक मान्यता पाँउन आदर्श पाखंडी बर्को ओडनु पर्छ । पाखण्डी साथीभन्दा इमान्दार बिरोधी सम्मान योग्य हुन्छन् । इतिहासको हकवाला त्यहीमात्र हुँन सक्छ जस्ले वर्तमानमा पनि सोही आदर्श पछ्याउँदै जीवनसंस्कृति पनि बनाएको हुन्छ । अंहकारीले पाखण्डको आदर्शी बर्को ओडनुपछाडि उसको सम्मान भनेको त्यहाँ हुन्छ, जहाँ पद हुन्छ । पद त्यहाँ हुन्छ जहाँ शक्ति हुन्छ, शक्ति त्यहाँ हुन्छ जहाँ राज्यसत्ता हुन्छ भन्ने हो । यस्ता आफन्त खहरे हुँन, वर्षा सकिनेवित्तिकै सुक्छन । तिमीसंग पैाँठाजोरी खेल्ने चङ्खे शक्तिहीन हुँनु पछाडि ऊ आफन्तको नाक काटेर अरूको गुप्ताङ्ग टाल्थ्यो, तिमी भने सय अपराध गरेपनि भक्तहरूलाई जोगाउथ्यो। त्यो तिम्रो पुँजी थियो । तर आशन फेरिने वित्तिकै तरिका पनि फेर्नुपर्थ्यो, त्यो सकेनैा। अझै समय घर्की सकेको छैन्, हिम्मत नहारी, नयाँदाऊ खेल्ने बेला अब भो । तिमी अहिले भीडमा घेरिएका छैा प्यारे..... .। उपदेश नठान, प्रियसीको प्रेम सोच्यैा भने मात्र यसको मर्म बुझ्न सक्नेछैा । आखिर तिमीले नै बनाईदिएको भए पनि मेरो त हैसियत भैसक्यो नी । सुन ! जीवनमा दु:खको ठूलो अंश मानिस आफैंले आर्जिने हो । मुगल सम्राट सुनेकै छैा,पढेका छैा । शक्तिको आशन कहिलेकाहीँ आवश्यकभन्दा धैरै निश्चिन्त हुन्छ । जनभावना बुझ्न नसक्दा, चाकरभीडमा रमाँउदा सबै ठिकठाक भएको ठानिन्छ । चन्द्र शमशेरको त्यो लामो शासनकाल शंका, सावधान र समाधान हो । शक्ति सुरक्षित हैन जहिले पनि भयमा रहन्छ । कसैले षडयन्त्र त गरेन भनेर कहिलेकाहीँ चाहिनेभन्दा धेरै सशंकित र आतंङ्कित हुइन्छ पनि । एकान्तमा बसेर भीडलाई चियायैा भने, सकार सोचका पनि मानिस त्यहा भेट्याउने छैा । भीडमा राम्रा कम र खराब बढिनै हुने गर्छन । अहंकारले नकार सोच जन्माउँछ, सामन्तहरू टुट्न सक्छन, झुक्न सक्दैनन् । अगाडि बढन सक्छन तर शिंहालोकन गर्दैनन् । प्रिय ...तिमी सदा हेक्का राख-शिंहालोकन अनुहार पुछेर ऐना हेर्नु हो,निर्मम आत्मा समीक्षा गरेर अघि बढने दीक्षा पनि हो । अवस्थाले मान्छेको चेत, कला, निर्णय क्षमता त उकास्छ नै । हो,....मैले इफ, बट, रेफ, कमा, किन्तु, परन्तु नभनी समर्पण किन गर्या भने म सोच्न नसकेर हैन् परिणाम थाहा नपाएर पनि हैन् पुरूषोचित मनोभाव बुझेर मात्र हो । संपादित अंश

Wednesday, April 15, 2020

अप्रिल १ २०२० देखी १५सम्मका डायरीका पन्नाहरू

कोरोनाःएउटा माहामारीले हजाराै वर्षदेखीको साेच, मान्यता, विश्वास, अास्था, अहंकार, भूमिका,पक्षधारिता सवै झर्यापझुरप पारिदिन्छ । सुन्दरताका अर्थ फेरिदिन्छ । मान्छे हरेक घटना पछिका कारण र उपचार खोज्न थाल्छन । हरेक संकटले नयाँ सुन्दर सन्देश लिएर अाएको हुन्छ । नयाँ प्रश्न,जिज्ञाशा र चेत विकास हुन्छन । अावस्यकताले नयाँ अाविस्कारको अाधार तयार गर्छ । तर, केही बाक्लोछाला भएका मान्छेहरूमा विर्सने राेगले (अल्जाइमर) सताएकोहुँदा नयाँ कुरा सोच्नुपनि अातंक मान्छन । त्यस्तामनुवा सोच्ने ठेक्का भने अरूलाइ नै दिन्छन । जस्ले मानवसमाजको वर्गिय अर्कोराेग पनि चिन्यो,डाइगोनोसिस गर्याे,उपचारको विधी प्रस्तुत गर्यो,हजाराैंवर्षदेखीको उत्पीडन विरूद्द् साेच दियो,कर्ममा उत्रियो, मुक्तीकालागी उत्पीडितहरूनै अाफैँ अग्रमोचार्मा उत्रिनुपर्छ र चेतनाका मशाल जलाउनुपर्छ भनेर ललकार्यो, मानवकेन्द्रित अभियानमा उत्रियो, मनुवाद र ब्रमाणवादले समाजलाइ, मानवलाइ गरेकाे अमानविय व्यवहारकाे शल्यकृया गर्याे, हो, त्यही माहामानवकाे अाज जन्मदिन हो । मनुवादी समाजशास्त्रले बनाएको एउटा कर्मजीवी समाज अर्थात दलित समाज एउटा वर्ग पनि हो । दक्षिणपूर्व एशियाकाे ज्वतिपुञ्ज, दलित स्वभिमानकाे क्रान्तिकारी शिखर ब्यक्तित्व -नमन.... बाबासाहव भीमराव अम्वेडकर । ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++ म तिम्रो हुकुममा ताली बजाउन्न,थाली ठोक्दिन,अझ दिपावली त गर्दै गर्दिन । राष्ट्रियगान प्रति उच्च संमान छ,तर तिम्रो हुकुममा म गाउन सक्दिन, लेख्न सक्दिन। तिमी कपी गर्दारहेछाै ,स्वयम तिमी स्रिजनात्मक सोच र दुरगामी योजनाकार भने रहेनछाै । ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++ भारतीय गम्भीर पत्रकार,प्रतिवद्द बुद्दिजवी,मानवकेन्द्रित राजनीतिककर्मी र संवेदनशील लेखक,विज्ञानचेतका नागरिकहरूले अधिकांस त्यहाँका 'मुलधार' मिडियालाइ गोदि मिडिया भन्छन, मानसिकस्वस्थ हुँन नहेर्ने अपिल गर्छन। सधैँ टुनामुना,अन्धस्था, कर्मकाण्डीकाे प्रशंसा,विपतलाइ उत्सवमा फेर्ने अमानवियता, अलपशंख्यकप्रतिको घृणा, छिमेकीप्रति दुराग्रह, शक्तिको भक्ति, असाहायको उपेक्षा गर्ने भएकाले म पनि हेर्दिन । हालै कोरोना माहामारीको धार्मिक र नस्लिकरण त गर्दैथिए,अहिले हाउहाउ उत्तरतिर फर्केर गर्दैछन । नेपालबाट भारतमा कोरोना फैलाउने साजिस भनेर घृणाका खेती गर्दैछन् । लानत हो, तिमीलाइ... जवकी कोरोनाभाइरसले जाति,क्षाेत्र,राजनीतिक सीमा,अन्धास्ता सवै भत्काइदियाे । माहाशक्तिलाइ समेत सडकमा पछारिदिसक्यो । हे, बिज्ञान तिम्रा विरूद्द पादरी,मुल्ला,पण्डित,लामा,राब्बी सवै एक छन् तर अापत, अावस्यकता, सुविधा, अाधुनिकता, सुख,सूचनाकालागी तिम्रै सरणामा पुग्नुपर्छ । मुर्खसन्तानले बाउअामाको विरोध गरेजस्तै बिज्ञानकै उपयोग गर्दै तिम्रो बिरोध गरिन्छ । कोराेना संक्रमितको उपचार मन्दिर,मस्जिद,गिर्जाघर सेनेगाँङ र गुम्वामा हुँदैन,अस्पताल जाँनुपर्छ। वैज्ञानिकले दिएका सल्लाहा मान्नुपर्छ।सावधानः भ्रष्ट्रहरू माैलाउने, अन्धविश्वास फैलिने र तानाशाह सुरक्षित हुँने माैका छाेपिरहेका छन ।================================================================================================================================ सलाम,रत्न । हे, पूर्वेली चम्किलाे तारा- तिमीले समातेको बाटो,देखेका सपना, गरेका प्रशिक्षण,लडेका युद्द, भएका कमरेड, देखेका दुश्मन,कोरेको नेपाली क्रान्तिको नक्सा, बोकेको अादर्श, लेखेका गित र कबिता अहिले ती के, कहाँ र कस्तो अवस्थामा छन ? तिमीले जाग्राम गराएका सहवर्गिय मित्रहरूको अवस्था अहिले के र कस्तो छ ? अझै तिमीलाइ वाच्न दिइएको भए.. तिमी कस्ता हुन्थेउ ? कि काठमाणडु, प्रदेश वा गाँउका सिहदरवारमा भएर सपनाको लिलाम गर्दै निर्वाचित भ्रष्टाचारी वा तानाशाह पो बन्थेउ कि ? यो अवस्थादेख्दा तिमीलाइ हत्या गर्नेलाइ तिमी धन्यवाद दिन्थ्याै कि वा पिच्च थुकिदिन्थ्याै ? तिम्रो हत्या गरेपनि पञ्चायति सत्ताको रक्षा त हुँन सकेन । ब्यवहारवादीका नाममा इतिहासको निरन्तरता भनेकाे चेतनाको हत्या गरेर बिद्रोहका अावाज दबिन्छन र सत्ता सुरक्षित हुन्छ सोच्ने भूतपूर्व क्रान्तिकारीका ब्यख्या र विश्लेषण झैँ त गर्दैनथ्याै ? कि वर्गसंघर्ष भनेको जातिय प्रश्न हो भन्ने नयाँ ब्याख्या पो गर्थ्याै ? कि रत्न रत्नवान्तवा नै रहन्थ्यो,प्रतिवद्दताकाे झणडा निरन्तर नै उठाउथ्याे ? ================================================================================================================ दिमाग नभा भए साेच्नै पर्दैनथ्याे । माया,माेह,रिस,राग,लाेभ,इर्स्या,भोक, प्यास, भोग,वदला,महत्वकाक्षा,दया,दायित्व,डर, स्वर्ग, नर्क, धर्म, कर्म,पाप, जप,तप,ध्यान,माेक्ष, ज्ञान, विज्ञान,प्रतिस्प्रधा,जन्म र मृत्यू, स्वभिमान, सपना, धन, संपती,राजनीति,समाज,राष्ट्रियता,सीमा । उफ- सोच्दछ दिमागले, दुख पाँउछ शरीरले । हाइहाइ कोराेना-शक्ति र माहाशक्तिलाइ पनि लाचार बनाएर सवैकाे अैाकात देखाइदिइस् । गम्भीर दार्शनिक चिन्तन विषय प्रधानमन्त्रीज्यूले दिनु भो-जीवन कि स्वतन्त्रता? April 7 at 4:09 PM • एउटा कुत्ता मलाइ अाँगनमा देख्ने वित्तिकै भुक्न थाल्छ । भुस्याहा कुत्ताहरू मात्र वेफ्वाँकमा भुक्छन् । जव उ भुक्न थाल्छ मलाइ भने अैाधी मजा लाग्छ। कुत्तालाइ भुक्न दिनुपर्छ, नत्र राम्रो नस्लका कुकुर र भुस्याहा छुटयाउनै सकिँदैन । कुत्ता बाैलाएपछि भने रेविज सार्छन् । १० दिनभन्दा बाँच्दैनन् । वाैलाउने कुकुर पानीदेखी तर्सिन्छन । त्यसलाइ हाइड्रोफाेविया भनिन्छ। बाैलाहा ककुरबाट बाच्न एन्टीरेविज सुइ पेटमा नाइटो नजिक लगाउनु पर्थ्यो ।१४ सुइ नाइटो नजिक लगाइन्थ्यो ।अब ३ सुइ लिएमात्र पुग्छ । अब भने नयाँ भ्याक्सिन बजारमा अाएको छ । कोरोनाजस्तै रेविज पनि खतरनाक भाइरस हो,सावधान । April 7 at 8:21 AM • हाम्रो मुर्खता नै हाम्रो 'शक्ति' हो । भगवान छुट्टीमा गएकाे र चिकित्साकर्मी ड्युटीमा रहेकोबेला, लकडाउन, क्वारेन्टाइन पालनगर्न स्वयं जागृत हुँनुपर्ने र राज्यले कडानिर्देशन जारीगरेको बेला सुदुरपश्चिम,बझाङ, छबीस पाथीभरामा चैत्र २४को "बान्नीकि चैतली" मेला । (फोटोःकुमार अाचार्यबाट साभार) April 6 at 4:17 PM • म उसलाइ अव साच्चै घृणा गर्न थालीँ। यो मान्छे मुर्खकलाकार मात्रै हैन मुर्खअपराधी पनि रहेछ । मानव हत्यारा हो । भीड सोच्दैन, भीडले सुन्छ मात्र। अनी पछि लाग्छ, हाँकिन्छ । यो नक्कली सत्रु तयार गरेर सक्कली सत्रु अापतसंग खेलैची गर्छ । मुर्खतालाइ यो उकास्छ, उछाल्छ, र पछुवा बनाउछ । जवसम्म यस्लाइ सामान्य लोकले चिन्छन,तवसम्म समय घर्किसक्नेछ । उफ । April 5 at 9:07 PM • भारतीय जनता पार्टीको(बीजेपी) स्थापनादिवसको पूर्वसन्ध्यामा दिपप्रज्वलनको भारतीय पीयमकाे अाव्हान-कोरोनाका नाममा। विपतलाइ पनि उत्सवमा फेर्नसक्ने कला विश्वनेताहरूले पीयम नरेन्द्रभाइ दामोदर मोदीबाट सिकुन।ग्रह,नक्षेत्र नाममा सोउर्दी केही नेपालीले पनि पालनगरेर देखाउदैछन। April 5 at 5:18 PM • सत्ता कबि,गायक,लेखक,विचारकदेखी कति डराँउछ भन्ने कुरा टर्किस गायीका क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'की सदस्य होलिन बोलेकको आमरण अनशनको दुई सय ८८ औं दिनमा निधनले देखाएको छ ।अर्का सदस्य इब्राहिम गोसेकको अनसनको २सय ९१ चलेको छ । अलविदा हेलिन । अन्तिम सलाम । यहाँ उनको एक कर्न्सन ,सवयात्राको युटयूव राखिएको छ भने थप विवरण https://pahilopost.com/content/20200404152427.htmlमा रहेकाे छ । हेर्नुस युटयूवhttps://www.youtube.com/watch?v=jtn3KE4xeBo र https://www.youtube.com/watch?v=kPoa3ziUPAU April 5 at 8:29 AM • नियत नाप्ने तराजु प्रतक्षमा देखिने परिणाम र ब्यबहार हुँन् । कोरोनाले सवैको कट्टु उतारिदियो । नेता\कार्यकर्ता, देवता\भक्त, कार्य\लगन,उदेश्य\ समर्पण, यात्रा\गन्तब्य । नेता-शासक र कार्यकर्ता-लालदास बने ।दलालहरू भने समय अनुसार चल्ने शक्तिरिझाएर हितसाधन गर्ने चतुरे देखिए ।कोरोना अोली सरकारलाइ रक्षाकवच बन्यो । यो अघोषित कर्फ्यूसंगै स्वसेन्सरसिप देशकोलागी भने धेरै महंगो पर्नेछ । समयसंगै साेच,विचार,अास्था र मान्यता मात्रै हैन् धेरै कुरा फेरिनेछन । April 4 at 7:50 AM • इतिहासको मुल्याङ्कन अहिलेको कर्मले गर्छ।कति जेल वा गोलघर बस्याै ? कति भूमिगत बस्याैँ ? कुन कुन क्रान्तिमा सहभागी भयाै? जनयुद्द् लड्याै, लडायाै ? कति धर्मकर्म, तिर्थवर्त गर्याै ? त्यसले कुनै अर्थ राख्दैन। त्यो त राजनीतिक ब्यापारको भर्याङमात्र बन्छ। इतिहास रक्षा गर्न त अहिलेको मानवकेन्द्रित राजनीतिक भूमिका हो। भन् ...अहिले के गर्दैछाै? अन्याय र अपराधको नेतृत्व त कतै गर्दैर्छैनाै ? कतै अपराधी, ब्यभिचारी, भ्रष्टाचारीकाे अंशियार बनेर छाहारी त दिँदैछनाै ? अपराधलाइ ताली पिटदै त छैनाै ? के अार्यघाट यात्राको हेक्का छ? April 3 at 1:35 PM • सावधानःस्वार्थमा चोटपुग्नेवित्तिकै अाफैँले डेभलप गरेको वेभपत्रिकामा त (kathamandupress.com) ह्यक हुँन सक्छ भने सोही कंपनीले डेभलप गरेका वैकका एप्स र मोवायल वैकिंग इसेवा कति सुरक्षित छन ? प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली र एफवानसफ्टको सहायक कम्पनी सिरान टेक प्रालिको भूमिका अव छताछुल्ल भयो । यो वैक ह्याकर भन्दा पनि ठूलो घटनाको संकेत हाे । यस्ता ह्याकरले चाहेकाे बेला अाफूले डेभ्लप गरेका कुनै पनि वित्तियसंस्थाको निजता मात्रै हैन् सुरक्षा र संवेदनशील क्षेत्रमा समेत सहजै प्रवेश गर्न सक्छन । यसै पनि नेपाली वैकिंग क्षेत्र अाइटीमा अत्यन्तै कमजोर रहेको राष्ट्र वैकले वारंवार चेतावनी दिइरहेकाे छ। इपत्रिका त ह्याक गरेर केन्टेन्टनै अाक्रमित हुन्छ भने यिनले अझ ठूला स्वार्थमा के, के गर्लान । त्यसैले वैकहरूले अाफना ग्राहकलाइ थप सुरक्षा प्रत्याभूत गरून । अव इ-सेवा कारोवार गर्नु खतरालाइ निम्ता गर्नुभन्ने भयाे । यस्ता 'विज्ञलाइ' संमानिय प्रधानमन्त्रीज्यूले सल्लाहाकारबाट तु हटाइनुपर्छ र कानुनी कारवाहीको घेरामा ल्याउनुपर्छ । April 3 at 7:07 AM • भनिरहनै परेन-अशक्त विमार छु । मेरै नामबाट भैरहेका उदण्डताले मै माथी अैाँला ठड्याउनेहरू तिघ्रा ठटाँउदैछन् । कहिले कहीँ अाफैँसंग रिस उठछ-कस्ता नालायक कुलंगार छानीँ छु... छया । मुर्ख र अपराधी अाफन्तभन्दा इमान्दार वैह्री नै पो ठिक हुँदा रहेछन । अब त के गर्नु ? विश्वास अार्जन गर्न पनि नसकिने । टुलुटुलु हेर्नु वाहेक के पो नै गर्न सक्छु र ! उफ, हे ..ट्याङकी April 2 at 9:03 PM • नागरिकप्रशासनको काम जंगीकमानमादिँदा भ्रष्टाचारनियन्त्रणगर्ने नैतिकपुजी सरकारले गुमाएकाे स्पष्ट सन्देश गयाे भने दिर्घकालीन लोकतान्त्रिक ब्यस्थालाइनै यस्ता निर्णयले असरपर्छ।स्वास्थउपकरण खरिदमा प्रश्न उठिरहेकोअवस्थामा सरकारले दिर्घकालिन सोच राख्न सकेन। April 2 at 7:40 PM • कुनैपनि शासकले अाफ्ना सेनापतिका कमजोरीले युद्द हारियो भन्ने छुट पाँउदैन । सेनापति वा सहयोगी छान्ने क्षमतानै योग्य शासक वा मूलनेतृत्वको निसानी हो । April 1 at 9:01 AM • कबिको चिहान नै भक्तरामको जन्मस्थली हो । हरेक शासकहरू श्रीपेचमात्रै लगाँउदैनन् रागदरवारी पनि जन्माउँछन् । यो संसारकै नियम हो,शक्ति गाथा हो । कबि र शक्तिकाे संबन्ध भनेको अागो र पानीको हुन्छ ।

तिब्बतमा पश्चिमाहरुको खतरानाक चासो र नेपालमा फ्री टिबेट मुभमेन्ट - नरेन्द्रजंग पिटर 146 SHARES Share to Facebook Share to Messenger Share to Twitter Share to Email Share to Pinterest Share to More Share to Print ३ बैशाख २०७७, बुधबार १३:२५ Nonstop Khabar जुनबेला कोरोना भाइरस (कोभीड–१९) ले महामारीकाे रुप लिएर धर्तीमा हाहाकार मच्चाउन सुरु गर्दै थियो, त्यहीबेला अमेरिकी सिनेट भने तिब्बतसम्बन्धी नयाँ प्रस्ताव (‘Tibet Policy and Support Act 2019’ January 28, 2020) पारित गर्दै थियो । अहिले कोरोनाको इपिसेन्टर त्यही अमेरिका बनेको छ । याे आलेखमा करोनामा केन्द्रित नभै चीन, तिब्बत लक्षित फेरिएका नीति, नेपाली भूमिबाट चीन विरोधी अभियान, नेपालमा पर्ने असर र त्यसको पृष्ठभूमिको संक्षिप्त विवेचना गरिनेछ । केही थप जिज्ञाशाका उत्तर खोज्ने प्रयत्न पनि गरिनेछ । आखिर ५० वर्षपछि अमेरिकाले तिब्बत नीति फेर्नुका पछाडि के कारण होलान ? किन फेरि ६० वर्षपछि यो पिचास मडारियो ? तिब्बत र पश्चिमा शक्ति लेखक लेखक तिब्बत, इतिहासको उतारचढावमा अनेकौँ चरणबाट महाचीनको छाहारीमा गुज्रियो । ३ जुलाई १९१४ मा भारतको सिमलामा ब्रिटिस प्रतिनिधि आर्थर हेनरी म्याकमोहन र दलाई लामाबीच भएको सम्झौताले भित्री तिब्बतमाथि चीनको प्रत्यक्ष शासन र बाह्य तिब्बतमाथि चीनको प्रभुत्व अन्तर्गत दलाई लामाको स्वशासन स्वीकारियो । बाहिरी तिब्बतमाथि चीनको प्रभुतालाई स्वीकार्ने तर त्यहाँ उसको सैनिक उपस्थितिलाई हरसम्भव तरिकाले रोकेर बफर कायम राख्ने अंग्रेजको तिब्बत–रणनीति थियो । लामो राजनीतिक अस्थिरता भोगिरहेको कमजोर चीन, बाहिरी तिब्बतको बफर हैसियतलाई चुनौती दिनसक्ने अवस्थामा थिएन । पश्चिमा दवदवा लाल चीनको उदयसँगै समाप्त भयो । तर, पनि पश्चिमाहरुले चीनको बढ्दो पुरानो महत्वकांक्षा नियन्त्रण गर्न र अकुत खनिज सम्पदा नियन्त्रण गर्ने कोशिस भने गर्दै गए । मूलभूभाग मुक्तसँगै २४ अक्टोबर १९५० मा रेडियो पेकिङले तिब्बत मुक्त भएको घोषणा ग¥यो । अप्रिल १९५४मा तिब्बतबारे भारतले सन्धी गरेर पञ्चशीलको सिद्दान्त प्रतिपादन गर्यो । पश्चिमा उक्साहटमा दलाई लामा १७ र्माच १९५९मा तिब्बतबाट भारत पलायन भएर ३१ मार्च भारतको तवाङ क्षेत्रमा पुगे । शीतयुद्धको टकराहट त छदै थियो, अझ धर्मशाला आधार बनाएर तिब्बतमा घुसपैठी उनको योजनासँगै हिन्दीचिनी भाइभाइको नारा खारेज गरिदियो । त्यसपछि १९६२ को चीन–भारत युद्धमा भारतले पराजय भोग्यो । तब पनि पश्चिमा शक्ति शान्त भने बसेनन् । तिब्बतबारे उनीहरुसँग दुईवटा हतियार थिए १) तिब्बती बौद्ध आस्था, दलाई लामा र अवतारी संस्कृति २) जातीय उत्तेजना । त्यसलाई अतिसुक्ष्म तरिकाले तिब्बत विषयका सिआईए एजेन्ट जोन केनेथ नसले ‘शीतयुद्धका टुहुरा (Orphan of cold war)’, मिसन सांग्रिलामा प्रकाश पारेका छन् । यसबेला उच्चहिमाली क्षेत्रको सामाजिक मनोविज्ञान अध्ययन सिआइएका बौद्धिक एजेन्ट लियो रोजले गरेका थिए भने धरातलीय भूमिकामा केनस नसले । खम्पा-कोन्ट्रालाई सिआइएले अमेरिकाको कोलोराडो बेसमा तालिम दिन्थ्यो, पाकिस्तानको पेशावर र भारतको उडिसा केन्द्रबाट सप्लाई, हतियार तथा उपकरण सहित विमानबाट तिब्बतका बिभिन्न भाग र मुस्ताङमा खसालेर तिब्बत आक्रमण गराउँथ्यो । अहिले पनि ‘सिआइए’ र ‘रअ’को तिब्बत अप्रेसन जारी रहेको तथ्य सिआइएका पूर्व निर्देशक ब्रुस रिडेलले ‘जेएफके फर्गटन क्राइसिस’ पुस्तकमा सविस्तार उल्लेख गरेका छन् । शीतयुद्ध सकिए पनि १९६२ को युद्धमा मर्माहत भएको भारत र उदाउँदो चिनियाँ शक्तिबाट त्रसित पश्चिमा शक्ति अहिले पनि तिब्बत मामलामा चीनलाई उल्झाउन चाहिरहेका छन । पश्चिमा शक्ति र चीन १८औं शदीमा युरोपीय महाशक्तिले चीनलाई परास्त गरेर जवरजस्ती अपमानजनक सन्धि स्वीकार गराएर उसको स्वाभिमानमा गम्भीर धक्का दिएपछि चिनियाँहरुमा राष्ट्रियताको सशक्त प्रतिक्रिया देखियो । त्यसका संकेत पश्चिमा नेता र राजनीतिक शास्त्रीहरुले देखिसकेका थिए । चीनको बढ्दो शक्तिको आकलन जोन हेले वर्षौ पहिला गरेका थिए, ‘जसले चीनलाई चिन्न सक्छ त्यसका हातमा पाँच शताब्दीसम्म राजनीतिको साँचो रहनेछ’ १९औं शताब्दीको सुरुवातमै नेपोलियन बोनापार्टको भनाई थियो, ‘चीन एउटा राक्षस हो, उसलाई सुत्न देउ, किनकि जव उ उठनेछ दुनियालाई हल्लाउने छ ।’ अझ सन् १९०२ मा अमेरिकी सुरक्षातन्त्रलाई मात्र लेखिएको एउटा अनुसन्धान पुस्तकमा एलेन एरलेण्डले चीनको भावी माहाशक्ति बनेर उदयहुँने आधारको भविस्यवाणी गरेका छन् । त्यो वेलासम्म कम्युनिष्ट पार्टीको त कुरै छोडाैं, सन यात सेनको कोमिन्ताङ्ग पार्टीको समेत गठन भएको थिएन् । १९ औं शदीसम्म युरोप केन्द्रित विश्वशक्ति २० औं शदीको सुरुमै अमेरिकामा सरेपछि विश्व चौधरियतको युरोपियन भूमिका खुम्चिएर अमेरिकामा स¥यो तर उपनिवेशवादी सत्ताचरित्र पनि नवसाम्राज्यवादमा फेरियो । सन १८४४ जुलाई ३ मा चीन र अमेरिकाबीचको सन्धी उत्तरी मकाउको एउटा गाउँ बाङ्झीमा भएको यो १ सय ७६ वर्षमा ह्वागहो र मिसिसिपीमा धेरै पानी बगिसके । सबन्धका उतार चढाव मात्रै होइन, शक्ति र भूमिका पनि फेरिए । शक्तिमा आउने फेरवदलसँगै सत्तामात्रै होइन, आमधारणा पनि फेरिन्छन् । दोस्रो विश्वयुद्धभन्दा पहिला पश्चिमाशक्ति चीनलाई ‘एशियाको रोगी’ भन्थे । बेलायत, फ्रान्स, अमेरिका र जापानजस्ता शक्तिले उसलाई राजनीतिक र आर्थिक ठूलो शोषण गरे । उनीहरु चीनलाई पूर्वको खरवुजा सम्झन्थे । तर, अक्टुवर क्रान्तिपछि (१९४९) विश्व राजनीतिमा शक्तिराष्ट्रको रुपमा उदय भएको चीन, अहिले आर्थिकरुपमा महाशक्ति बनेपछि भने पश्चिमाहरुको आधा शताब्दी पहिलाको सोच, भूमिका र अवस्था अहिले फेरि फेरियो । दोस्रो विश्वयुद्धले साम्राज्यवादी शक्तिका पात्र, रुप र चरित्र फेरिदियो । पुरानो चीन, अब रहेन । शीतयुद्धको सुरुवातसँगै कम्युनिस्ट फोविया ग्रसित शक्तिको कोपाभाजनमा समाजवादी खेमाविरुद्ध षडयन्त्र गर्न र कम्युनिष्ट विस्तार रोक्ने रणनीतिमा पश्चिमाशक्ति लागे । त्यसको चपेटामा समाजवादी ढल्को विश्व नेतृत्व पनि शिकार भयो । जब चीन र सोभियत रुसका बीचमा वैचारिक र व्यवहारिक द्वन्द्व बढे, तब पश्चिमाहरुले आफ्नो चीनप्रतिको दृष्टिकोण पनि फेर्न थाले । तर, यो सहज भने कदापी छैन् । अमेरिकामा झण्डै ५० लाख चिनियाँ मूलका नागरिक छन भने चीनमा ७ सयभन्दा ज्यादा अमेरिकन कम्पनी । ती सबै एकअर्काको देशका अघोषित नागरिक राजदुत पनि हुन । मेजर जनरल क्लेयर सेनालकी पत्नी श्रीमती एना शेनाल (शेन शियाङमेइ) पनि त्यसमध्ये एक थिइन । अमेरिकीहरु उनलाई चिनियाँ अनअफिसियल डिप्लोम्याटको रुपमा चिन्थे । वासिङ्टन् पोस्ट पत्रिकाले उनलाई कुनै समयमा ‘लेजेन्डरी स्टील बटरफ्लाई’ पनि भनेको थियो । युद्ध हुँदाहुँदै संवाद चल्दै जानु स्वभाविक कुटनीतिक अभ्यास हो, त्यसलाई ट्रयाक टु डिप्लोमेसी भनिन्छ । उनी चीन, अमेरिका र ताइवानमा पनि त्यतिकै सम्मानित छिन । १९७१ को अप्रिलमा चीनको पिङपोङ टिमले अमेरिकी टेबल टेनिस टिमलाई चीनमा निम्तो दिनुका पछाडि शेनालको भूमिका प्रमुख रहेको भनिन्छ । त्यसलाई पिङपोङ कुटनीतिका नामले चिनिन्छ । १९७१ को जुलाइमा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर गोप्य रुपमा चीन पुगे । अर्को वर्ष राष्ट्रपति रिचर्ड निक्सन । मार्गरेट म्याकमिलन ‘निक्सन र माओ’ नामक पुस्तकमा सो भ्रमणले विश्व परिवर्तन गर्यो भन्छन् । निक्सन चीनले आफुलाई भियतनामबाट निस्किन मद्दत गरोस् भन्ने चाहन्थे भने माओलाई अमेरिकी प्रविधि र विशेषज्ञ ज्ञान चाहिएको थियो । उक्त भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधार गर्यो । जनवरी १९७९मा संयुक्त राज्य अमेरिका र चीनले पूर्ण राजनीतिक सम्बन्ध स्थापित गरे । समय फेरियो, शीतयुद्धको अन्तसँगै सोभियत रुसको विघटनले अमेरिकालाई सिधा टक्कर दिने कुनै शक्ति रहेन । तर, चीनको आर्थिक सम्बृद्धिले अमेरिका आसामी भने बनाउँदै लग्यो । सन् २००८ मा आर्थिक मन्दीसँग लड्न उसले अमेरिकालाई ७०० अरब डलर दियो र अमेरिकाको सबैभन्दा ठूलो दाता बन्यो । सन् २००९ मा जर्मनीलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्यो । सन् २०१० मा जापानलाई उछिनेर दोस्रो ठूलो अर्थतन्त्र बन्यो । सन् २०११ मा चीनसँगको अमेरिकी व्यापार घाटा २९५.५ अरब डलर पुग्यो । व्यापारघाटा बढ्दै जानु, चीनलाई तिर्नुपर्ने रिन थपिदै जानु अमेरिकाको निमित्त निश्चय नै टाउको दुखाइको विषय बनेको छ । त्यसैले ब्यापार युद्ध र सामरिक दवाव उसको समस्याबाट उम्कने रणनीति बनेर दक्षिण चाइना सागर दवाव र तिब्बतमाथि हस्तक्षेपका कारण बने । बीआरआईजस्तो चीनको वैश्विक महत्वाकांक्षी योजनाले अझ पश्चिमाहरुको टाउको दुख्ने नै भयो । सन् २०१६ मा राष्ट्रपति चुनावको उम्मेदवारको रुपमा बोल्ने क्रममा निउ ह्याम्पशायरको एक ¥यालीमा डोनाल्ड ट्रम्पले भने, ‘चीनलाई हाम्रो मुलुकमाथि थप अरु बलात्कार गर्ने अनुमति दिन सकिँदैन ।’ उनका भनाई पिटर नावारोद्वारा लिखित पुस्तक ‘चीनद्वारा मृत्यु’ बाट प्रभावित जस्ता देखिन्छन् । सन् २०१८ को मार्चमा ट्रम्पले ट्वीट गरे, ‘व्यापार युद्धहरु नै सही छन् र जित्नलाई सजिलो पनि ।’ तर, बीचमा कोरोनाको माहामारी फैलियो । यसमा आरोपप्रत्यारोप चल्दै गर्दा पश्चिमा समाजमा भने चिनीयाँ जनस्तरको सहयोगले पुराना सत्तासिर्जित आग्रह र विभ्रमहरु तोडिदै जाँदा अब सत्ताका आक्रामक भूमिकालाई प्रभाव पार्नेछ । खम्पा र नेपाल पूर्वी तिब्बतको खामक्षेत्रका वासिन्दालाई खम्पा भनिन्छ । तिनै खम्पाहरुलाई लडाकु कोन्ट्रा सिआईएले बनाएको हो । खम्पा गतिविधि बढेपछि ‘तिब्बती शरणार्थीलाई मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले काठमाडौँको स्यूचाटारमा खोलेको विमानस्थलसमेत बन्द गरायो । मानवीय सहायता सामग्री बोकेर हिमाली क्षेत्रमा उड्ने जहाजमाथि कडा निगरानी थालियो । यो छापामार युद्धमा अमेरिका र भारत दुवैले खम्पाहरूलाई सहयोग गरेका थिए ।’ त्यतिबेला भर्खरै चीनबाट ठूलो पराजय भोगेको भारतले अमेरिकी तिब्बत नीतिलाई समर्थन ग¥यो । ‘बदला लिन खम्पाहरूलाई उक्सायो, सीआईएका सैनिक हवाईजहाजलाई भारतीय विमानस्थलमा इन्धन भर्न अनुमति दियो र ती जहाजले लुकी–लुकी नेपालमाथिबाट उडेर मुस्ताङको ताङ्बे र अरू ठाउँमा प्यारासूटबाट हातहतियार खसाले । उनीहरु मुस्ताङलाई आधारक्षेत्र बनाएर उत्तरीभेगका धेरै जिल्लाबाट तिब्बत आक्रमण गर्न चाहन्थे, कतिपय ठाउँमा घुसपैठ पनि गरे । नेपालसँग सूचना र प्रविधिको कमी थियो भने चीन र पश्चिमाको त्यतिकै दवाव पनि झेलिरहनु परेको थियो । गे हिसी र वाङ्गदीका अन्तरविरोध बढेर समूह विभाजनपछि हिसीले नेपाललाई सघाए ।’ त्यसबेला कसरी नेपालीभूमी चीन विरुद्ध प्रयोग भयो र खम्पाबारे चीन विरुद्ध गोप्य कारवाही भए भन्ने बारेमा रुस्तेम गलीउल्लिनले लेखिसकेका छन् । राजेन्द्र थापा (नेपाली सेनाका सेवानिबृत उपरथी) लेख्छन, ‘जोमसोमबाट उत्तर करिब चार–पाँच घन्टा कठिन हिँडाइमा पुगिने साढे एघार हजार फिटको केसाङमा उनीहरूको हेडक्वार्टर थियो । पहिले जनरल बाबा हिसी कमान्डर थिए । तर पछि खम्पामा आन्तरिक कलहका कारण उनको ठाउँमा गे वाङ्गदीलाई नेतृत्व दिइयो । २०३१ सालको प्रारम्भमा सेनाका प्रधानसेनापति सिंहबहादुर बस्न्यातलाई दरवारबाट एक्सनको आदेश आयो । सेनाका तत्कालीन सहायक रथी सिंहप्रताप शाहलाई अपे्रसन कमान्डर नियुक्त गरियो । त्यतिबेला त्यसलाई युद्ध भनिएन, सैनिक अभ्यास (तालिम) भनियो । सायद भारत र अमेरिकालाई नचिढ्याउनुपर्ने कूटनीतिक विडम्बना थियो त्यो ।’ डा.प्रेमसिंह बस्न्यात (सेवानिबृत रथी) आफ्नो ‘नेप्लिज आर्मी इन टिबेटन खम्पा डिस्आर्मिङ मिसन’ पुस्तकमा लेख्छन्– ‘अमेरिकी गुप्तचर संस्था सीआईएले अन्य खम्पा विद्रोहीलाई तालिम दिन भारतीय गुप्तचर संस्थाहरू इन्टेलिजेन्स ब्युरो (आईबी) र पछि ‘र’ सँग मिलेर भारत, देहरादुनको चक्राता भन्ने स्थानमा पनि ‘स्टाब्लिसमेन्ट २२’ प्रशिक्षण शिविर सञ्चालन गरेको थियो । दलाइ लामा र नेपालमा परिचालित खम्पाहरूलाई तालिम र हातहतियारका साथै अन्य खर्चका लागि सीआईएले हरेक वर्ष १७ लाख अमेरिकी डलर दिने गरेको थियो । सन् १९७२ मा रिचर्ड निक्सन अमेरिकी राष्ट्रपति बनेपछि यो सहयोग बन्द गरियो । अह्रीदमन कम्पनी (नेपाली सेनाको एक गुल्म)का जमदार दानबहादुर चन्दको नेतृत्वमा तीन वटै देश (चीन, भारत र नेपाल) को सीमानाकै केही सय मिटरको टिङ्कर पासमा रहेको जालमा (एम्बुस) खम्पा–कोन्ट्रा कमान्डर गे वाङ्गदीको अन्तसँगै अन्तत खम्पा काण्डकै बिसर्जन पनि भयो । एकातर्फ नेपाली सेना विदेशी खम्पा–कोन्ट्रासँग लड्दै थियो, अर्कोतर्फ सेनाको महत्वपूर्ण कमाण्डर, ‘युद्ध निर्देशक भरत किशोर सिंह वाग्दी हाम्रा मित्र हुन्,उसलाई आफ्नो सुरक्षाका लागि ४०, ५० सशस्त्र गार्ड राख्न दिनु, अन्तमा उसले सबै बुझाएर आफू पनि आत्मासमर्पण गर्नेछ भन्दै थिए ।’ त्यसको तात्पर्य हुन्छः नेपाली सेनाको उच्चतहमा पनि सिआईए र रअको पकड त्यसैबेला पनि देखिन्छ । त्यसको गुन भरत किशोर सिंहलाई भारतले विश्व हिन्दु परिषदको अन्तराष्ट्रिय अध्यक्ष बनाएर ति¥यो भने पैसामा बिक्नेमा प्रहरी इन्स्पेक्टर गोपीकृष्ण श्रेष्ठले समेत घुसलिँदै खम्पा कमान्डरलाई भगाएर गद्दारीमा आफूलाई उभ्याए । सत्तरीको दशकमा काठमान्डु र पोखरामा रहेका खम्पा शरणार्थी क्याम्प अहिले भने उत्तरीभेगका विभिन्न भागमा छरिएर रहेका छन । ९० को दशकदेखि नै धार्मिक आस्थालाई राजनीतिक हतियार बनाउने, विभिन्न रुप र आवरणमा अखण्ड चीन विरोधी भूमिका नेपालमा बढदै गए । सोभियत रुसको विघटनसँगै साम्राज्यवादलाई नयाँ शत्रु चाहिएको थियो भने चीनको तीब्रतम आर्थिक विकासले उ झस्किएको थियो । तर, पिङ्गपङ्ग डिप्लोमेसी र नयाँ विश्वको ढोका खोल्ने ५० वर्ष पहिलाको माओ-निक्सनका अभ्यासले ऊ बाँधिएको भए पनि अमेरिकी अहंकारलाई उत्तेजनामा ल्याएर विजय हासिल गरेका डोनाल्ड ट्रम्पलाई व्यापार युद्धले ‘तिब्बती स्वतन्त्रता अभियान’ भन्दै ‘अमेरिका इज फस्ट’ अभ्यासले लता¥यो । नेपालको कमजोर प्रशासन र आर्थिक प्रलोभनमा बिक्ने प्रबृतिले गर्दा पनि खम्पा–कोन्ट्रा र मतियारलाई केही अनुकूलता भएको छ । ती अवैधानिक रुपमा नेपाल भित्रिनेलाई सुपुर्दगी गर्न खोज्दा अमेरिकी दवाब बढ्यो । तिनीहरुलाई तेस्रो मुलुक जान कानुनी दस्तावेजका लागि दवाव पनि । काठमाडौं उपत्यकामा १३ वटा क्याम्पमा एक हजार सात सय नौ जना तिब्बती शरणार्थी बस्दै आएको प्रहरीको तथ्याङ्क छ । धेरैजसो बौद्ध, जोरपाटी, स्वयम्भू र जावलाखेलमा बस्छन् । जोरपाटी खम्पा क्याम्प, बौद्ध क्याम्प, नाम्गेल उच्च मावि, साम्लेघिङ्घ गुम्बा, पेङसिङ गुम्बा, थाङ गुम्बा, सेचेत गुम्बा, कपन गुम्बा, स्वयम्भु रिफ्युजी गुम्बा, शाक्य मेमोरियल गुम्बा, दोङ छोलिङ गुम्बा, ढोग्रान गुम्बामा तिब्बती शरणार्थी बस्दै आएका छन् । जावलाखेलको ह्यान्डीक्राफ्ट सेन्टरमा ४३१ जना बस्दै आएका छन् । पोखरा अर्को क्याम्प हो । देशभरि करिब २० हजार शरणार्थी रहेको गृह मन्त्रालयको अनुमान छ । १९९३ पछि फेरि गणना भएको छैन् । विगतमा दर्ता भएका शरणार्थीलाई सरकारले परिचयपत्र दिने गरेको छ । युएनएचसिआर लगायत संस्थाहरूले पुनः गणनाको दबाब दिइरहेका छन् । तिब्बतियन रिफ्युजी वेलफेयर अफिसका रूपमा दर्ता गरिएको लाजिम्पाटको ‘कादेन खान्सार’ दलाई लामाको प्रतिनिधिको कार्यालय हो । सो कार्यालयमा धर्मशालाबाटै बजेट आउने गरेको छ । नेपाललाई असर नेपाल भूराजनीतिक संवेदनशील भूगोल भएकाले चीन र भारतको वाच टावरिङ र घुसपैठिया गतिविधिका लागि महाशक्तिहरुलाई रणनीतिक महत्व राख्छ । ती दुवै ठूला अर्थतन्त्र मात्रै हैनन् विशाल भूगोल, ठूलो बजार, ठूलो जनसंख्या पनि हो । ती देशको आन्तरिक विषयमा जस्तोसुकै विरोधी अभियान चल्छ भने नेपालले थेग्न सक्दैन् । अहिले अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी’ र चीनको बिआरआईले सामरिक शक्ति र प्रमुख अर्थतन्त्रबीचका द्वन्द्व मात्र निम्त्याएन्, परस्परविरोधी राजनीतिक व्यवस्था भएका मुलुकबीचका द्वन्द्वले नेपाललाई थप चुनौति थपिदियो । चीनमा सात दशकदेखि ‘कम्युनिस्ट’ शासन छ भने भारत आफूलाई विश्वकै ठूलो प्रजातन्त्रका रूपमा चिनाउन चाहन्छ । शीतयुद्धको अवस्थाभन्दा भारतीय विदेशनीतिको झुकाव अब पश्चिम ढल्को छ । त्यसैले भारतको परम्परागत प्रभाव र चीनको बढ्दो उपस्थितिले यहाँको राजनीति पनि प्रभावित भएको छ । अमेरिकी सिनेटको अहिले पारित प्रस्तावले ३० को दशकको खम्पा–कोन्ट्रा अभियानको पिचास अझै नेपालमा मडारिने थप संकेत देखा परेको छ । त्यसले चीनलाई त दक्षिणी सीमा हिमालय अकाट्य रक्षक बन्न सक्दैन्, असर पार्छ भन्ने थप सोचनिय विषय बनायो नै । चीनले अहिले नेपाली सत्तालाई पूरा भरोसा गर्दैन् । उसको ठम्याईमा भारतले समस्या खडा नगरुन्जेल मात्र नेपाल चीनसँग साखुल्ले हुन्छ, अन्यथा आफ्नो बचनमा टिक्न सक्दैन भन्ने सोच राख्छ । ‘तिब्बती’ समर्थन कि ! चीन विरोध ! नेपालमा चीनविरोधी गतिविधि ‘शीतयुद्धका टुहुरा’ खम्पा वा तिब्बती शरर्णाथीबाट मात्रै भएका छैनन्, त्यसलाई सघाउने, मलजल गर्ने, प्रचारप्रसार गर्ने, जनमत सिर्जना गर्नेमा गैह्रतिब्बतीहरुबाट नै बढी भएका छन । ती मानवअधिकारकर्मी, नागरिक समाज, कानुनी क्षेत्र र मिडियामार्फत समेत सक्रिय छन् । १) संसारका धेरै देशका सत्ता उथुलपुथुलको लागि लगानी गर्ने हंगेंरियन मूलका अमेरिकी यहुदी धनाढ्य जार्ज स्वरोजको ‘ओपन सोसाइटी फाउन्डेसन (ओएसएफ)’ पश्चिमा एजेन्सीहरुमा अगाडि छ । कम्युनिस्ट पार्टी भित्रै जन्मने न्यूमेन क्लातुरा (लाल मण्डले) र रुमानियाका लाल तानाशाह निकोलाई चाउसेस्कु जस्ता कति जिम्मेवार छन्, त्यसको विवेचना गर्नैपर्छ तर उनको फाउन्डेसन भने संसारमै कम्युनस्टिको क समेत उखेल्ने अभियानमा सक्रिय छ । रुस, पूर्वी युरोपमात्रै हैन् अनेकौं ठाउँमा गतिविधि देखिन्छ । कतिपय देशले ओएसएफलाई प्रतिबन्ध लगाएका छन । पैसाको शक्तिमा लोकप्रिय भावनामा भीड उकासेर समाजवादी अभ्यास विरुद्ध सोरोजको ओएसएफ मात्रै हैन् अनेकौ द्वन्द्व व्यवसायी संगठनहरु पनि सक्रिय छन् । अमेरिकी यो निर्णय कामधेनु गाई बनेको छ । स्वरोजको ओएसएफ चीनको तियानमेन घटनामा ठूलो लगानीकर्ता थियो । काण्डपूर्व नै (१९८९) ओएसएफ त्यहाँबाट निक्लिसकेको थियो । ओएसएफको फण्डिङमा चल्ने नेपालका मिडिया, मानवअधिकार संगठन, नागरिक समाज, राजनीतिक पहुँचधारी रहेका छन् । जसमा पूर्व र वर्तमान राष्ट्रपतिका सल्लाहकार एवं तत्पार्टीमा महत्वर्पूण हैसियत राख्नेहरु, योजना आयोगका सदस्य समेत छन् । १) बौद्ध गुम्वाः आस्था मानवीय आत्मिक विश्वासले पैदा गर्ने उर्जा हो । तर, त्यसले आलोचनात्मक चेतभन्दा अन्धविश्वासतर्फ धकेल्छ । केही वर्ष अगाडिदेखि खुलेका गुम्वाहरु वौद्ध दर्शनको आस्था र योगाभन्दा पनि धर्मशाला प्रायोजित राजनीति लक्षित रहेका छन् । त्यस्ता नवगुम्वाहरु लामाका आराधाना, ध्यान र अध्ययनशालाभन्दा पनि पहेलाबस्त्रधारी तिब्वतियन–कोन्ट्रा उत्पादन केन्द्रमा फेरिँदैछन् । २) उत्तरीभेगमा फैलिएका अधिकांस एनजिओहरुको ओएसएफ र त्यस्तै दानबाट चलेका छन् भने उद्देश्य खम्पा केन्द्रित छ । धेरैजसो पार्टीका नेताहरु तिनै एनजिओका कर्ताधर्ता छन् । ३) नेपालमा चल्ने अधिकांश मिडियामा ओएसएफ र त्यस्तै संस्थाको वर्चश्व छ । त्यसले सम्पादकको छनोट, अवकाशप्राप्त ठूला सम्पादक र लेखक विचारकहरुको बृति व्यवस्थापन पनि गर्दछ । अमेरिकी अनेकौँ प्रतिष्ठित विश्वविध्यालयमा छात्रवृति, त्यहाँका मिडिया हाउसमा इन्टर्नशिप र पुनरताजगी समेत गराँउछ । कर्णालीमा चल्ने २० एफएम रेडियो मध्य १९ वटा रेडियो एनजिओले चलाएका छन् । ४) हरेक राजनीतिक पार्टीको नीति निर्माणतहमा घुसपैठ भएका छन् भने कतिपय सांसदहरु धर्मशालाको पे रोलमा समेत रहेका छन् । अन्तमा, सम्राज्यवादलाई युद्धको आवश्यकता हुन्छ भने अन्धराष्ट्रवाद उसको वैशाखी बन्न पुग्छ । शत्रु सकिएपछि उसलाई नक्कली नै भए पनि दुश्मनको आवश्यकता हुन्छ । उग्रदक्षिपन्थी विचारले आवेग तयार गरेको अमेरिकी रिपब्लिकन र ट्रम्सलाई दोस्रो चुनाव जित्न चीनप्रतिको घृणा फैलाउँदै त्यसै नाउमा चढेर चुनावी यात्रा पार गर्नु थियो । चीन पनि आप्mना सुरक्षा संवेदनशीलतामा चीन सागरलाई नै महत्व दिन्थ्यो । ५० वर्ष पहिलाको सन्धी सिनेटले नै उल्टयाउला भन्ने सामान्यजनले सोचेका पनि थिएनन् । तर, समय आफ्नै क्यालेण्डरमा हाँकिदैन । विश्वमै फैलिएको कोरोना महामारीले सबैका योजना, अपेक्षा र विश्वास भत्काईदियो । फेरि मानवकेन्द्रित राजनीति बहसको केन्द्रीय भागमा पुगे । अमेरिकी तिब्बत नीति गलत समयमा भएको गलत निर्णय बन्न पुग्यो । narenjp@gmail.com सन्दर्भ सामाग्रीहरु – Chapter in the history of Chinese intercourse with the western nation by Allee Ireland, 1902 – http://afe=easia=columbia=edu/main_pop/kpct/kp_imperialism=htm – China and the powers, https://www.nybooks.com/daily/2013/04/09/cias-cancelled-war-tibet/ – https://pabitra.wordpress.com/2008/10/18/%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%A5%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A4%96%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%BE-%E0%A4%85%E0%A4%AA%E0%A4%B0%E0%A5%87/ – https://books.google.com.np/books?id=wSuPhUxWjWAC&pg=PA188&lpg=PA188&dq=Gyen+Yeshe&source=bl&ots=PurI0v4n8f&sig=ACfU3U0Fz6kZcTe3IOo8ziFq6p8TI8Qa6A&hl=en&sa=X&ved=2ahUKEwjoh-G9neDoAhXlIbcAHS2jB6wQ6AEwAHoECAwQKA#v=onepage&q=Gyen%20Yeshe&f=false – https://www=setopati=com/opinion/179546;g\ – CIA against Asia by Rustem Galiullin – Orphan of cold war by John Kenneth Knauss – https://www.nayapatrikadaily.com/news-details/7850/2019-03-06 – https://www.mysansar.com/archives/?p=24393 (नेपालमा सिआइए शैलीको शक्तिशाली सिण्डिकेट By mysansar, on February 3rd, 2012, Narendrajung Peter)

Wednesday, April 1, 2020

फेसबुक डायरीका पाना

Narendra Jung Peter 7 hrs • कबिको चिहान नै भक्तरामको जन्मस्थली हो । हरेक शासकहरू श्रीपेचमात्रै लगाँउदैनन् रागदरवारी पनि जन्माउँछन् । यो संसारकै नियम हो,शक्ति गाथा हो । कबि र शक्तिकाे संबन्ध भनेको अागो र पानीको हुन्छ । कस्तै संकटको घडीमा पनि संका लाग्छ भने प्रश्न गर । प्रश्न, शक्तिसंग गरिन्छ । जिम्मेवारहरू प्रश्न उठेपछि भ्रम फैलिनु पहिल्यै जवाफ दिन्छन । जवाफदेहिताले भ्रम निवारण हुन्छ । जागृत समाज शक्तिसंग जहिले पनि प्रश्न गर्छ । प्रश्न गर्नु जिज्ञाशा राख्नु भ्रम फैलाउनु हुँदैहैन् । विश्वासले सामुहिक अात्मावल जगाँउछ । March 29 at 9:09 PM • युद्द जित्नकालागी दिल,दिमाग,योजना,समय,स्थल,सूचना संयन्त्र,भ्रम दिन र फसाउने, माैषम चयन गर्ने योग्य सेनापतिको अावस्यक हुन्छ । त्यस्ता सेनापतिको अभावमा ठूला फाैज पनि हारेका तर थाेरै सेनाले पनि योग्य सेनापतिको रणनीतिमा ठूला युद्द जित्ने गर्छन । सेनापति प्रतक्ष युद्दमा कमाण्ड गरिरहेको हुन्छ । युद्दको चरित्र हेर्दै तव त सेनापति अाफ्ना फाैजलाइ अगाडि र पछाडि हाक्दै जान्छन । युद्द, कुनै बनिबनाउ फर्मुलले चल्दैन । परिस्थितिले निर्धारण गर्छ र सेनापतिको रणकाैशलमा । दण्ड र पुरस्कार दिन नसक्ने सेनापतिबाट उपकमाण्डर र फाैजको अनुशासन कायम हुँनै सक्दैन । सेनापतिकाे सवभन्दा ठूलो शक्ति र हतितयार भनेकाे उस्माथीकाे विश्वास हो । यो युद्दको नियम हो । March 29 at 7:22 AM • कोरोनाकालः यस्तावेला(संकटकाल) सरकारसंग,सराेकारवालासंग प्रश्न,जिज्ञाशा उठाउन,विरोध गर्न,दवाव दिन,संका गर्न, असहमति जाहेर गर्न मिल्छ कि मिल्दैन होला ? कि ती सवै काेरेन्टाइनमा राख्नुपर्ला ? यो किन भएन, हुँदा कसरी भयो ? जवाफदेहीता पनि त कसैको होला ? March 28 at 8:20 AM • कोरोना भाइरसले सार्वभाैम बहस सरूवात गर्यो- युद्द की शान्ति ! परमाणु हतियार की अस्पताल, अाैषधी,स्वास्थकर्मी !भोकको अोषती बमगोला की खाध्यान्न ! प्रशिद्द पत्रिका न्यूजविकको एकलेख अनुसार अमेरिकाकाे १ वर्षको परमाणु हतlयारको खर्चले ३लाख अाइसियु वेड, ३५हजार भन्टिलेटर र ७५ हजार डक्टरको तलव ब्यबस्थापन हुन्छ । March 27 at 8:56 PM • वैज्ञानिक जानकारी कसैको कम, कसैको धेरै हुँनसक्छ । धेरैभयो भने अति राम्रो । जानकारी भन्दा पनि धेरै जरूरी छ-वैज्ञानिक दृष्टिकोण, वैज्ञानिक सोच ।र, यस्मा यो पनि संविलित छ कि -विज्ञान कुनै चमत्तकारको रूपमा नहेराैँ । यो तार्किक र नियमसम्मत छ । hatraj. March 26 at 12:49 PM • कोरोनाविश्वयुद्द चलिरहेकाे वेला अाअाफना धर्म, मजहव, विश्वास,मान्यता र अास्थाभित्रका अन्धविश्वासलाइ हटाएर, अालोचना र निन्दा गरेमात्र सामाजिक उत्तरदायित्व पुरा हुँनसक्छ । अपराधी, अपचेतन, अन्धविश्वासी र धर्मब्यबसाय हरेक पार्टी, धर्म,पन्थमा हुँन सक्छन्,त्यस्ताकाे वचाउ गर्दा समग्र समूहप्रतिनै अाैला उठ्छ । धार्मिक नेतृत्वले ध्यान पुर्याउन अावस्यक हुन्छ । इटलीमा ५०भन्दाधेरै पादरी मरे भने दक्षिण कोरियामा एउटै चचर्ले अाधा कोरोना फैलायाे । इरानमा धर्माधिकारी मरे । 'अतिहिन्दु' धार्मिकअाधारमा सत्ताप्राप्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतले अन्धविश्वासमा भर नपर्न पहिलोपटक सार्वजनिक अपिल गरे । अहिले संसारकै भिडभाडवाला मन्दिर,मस्जिद र चर्च बन्द भएका छन । धार्मिक विश्वास निजी हो, सार्वजनिक अन्धविश्वास फैलाउनु वा अपिल गर्नु गलत हो, अपराध हो । चाहे हिन्दु अास्थाका प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरूग हुँन् या पोखराका पादरी केशव अाचार्य, या कोरोनाविरूद्द भन्दै गरिने सामुहिक पुजाअर्चना निन्दनिय र अालोच्य छन । March 26 at 8:32 AM • करोना माहाविश्वयुद्दमा धर्म र देउता छुट्टी लिएर अाराम फर्माउदैछन् विज्ञान अहोरात्र युद्दमैदानमा लड्दैछ । संसारका सवै सत्ताधारी भने पूर्ण सुरक्षित छन,विरोधका स्वर कतै नसुन्न पर्दा हाइसञ्चाे मान्दैछन । March 26 at 8:07 AM • सरकारी निर्णय लकडाउन पूर्ण समर्थन । तर भुखमरी-मलाइ यस्तो लाग्छ कि सपोर्ट सिस्टमको तत्काल यदी विकल्प तयार भएन भने अाउने समय करोना सामाजिक अराजकता र अपराधका गम्भीर चुनाैति बन्नेछ । शहर होस या गाँउ मान्छेसंग दुइछाक खाने जोगाड रित्तिदो छ । याे समूहलाइ सरकारी वा सामुदायिक सहयोगको अत्यन्तै अावस्यक छ,नत्र यो हंगर भाइरस बनेर सम्हालि नसक्ने अवस्थामा पुग्ने छ । समयमै, होसियार । March 24 at 9:28 PM • साच्चै एउटा जिज्ञाशाः भ्यूटावर,मन्दिर,प्लेग्राउण्ड र संसारकै ठूलो गाँइको मुर्तीमा खर्चिर्ने केन्द्र, प्रदेश र स्थानिय सरकारले कतिबेडको अस्पताल बनाए होलान ? कोरोना विरूद्द विश्वशान्तिका महायज्ञ भैरहेका छन कि छैनन होला ? मन्दिर,चर्च र मस्जिद नगै धर्म हुँदैन भन्ने भक्तजन अहिले के कसो गर्दा हुँन ? कुनै यनजियो अाइयनजियोले यो सतकार्य कसरी गरिरहेको होला ? ज्वतिषहरू के गरिरहेका होलान ? पण्डित,पादरी र पेशेइमाम कस्लाइ उपदेश सुनाइरहेका होलान ? कोरोनाले धर्म,जाति,भाषा र नागरिकता हेर्छ कि, हेर्दैन होला ? March 24 at 9:16 AM • करोनाःसोच नफेरी बानी ब्यबहार फेर्न सकिँदैन । सोच फेर्न पहिलो अन्तरप्रेरणा हुन्छ भने दाेश्रो भय । परंपरागत सोच,विश्वास र अभ्यासलाइ अादेशबाट नभै अाफ्नैचेतले फेर्ने रहेछ । शिक्षा र ज्ञान फरक रहेछन । कोरोनाले दिएको सन्देश र शिक्षा भनेकाे अन्धविश्वासमाथीको भयंकर हस्तक्षप हो । March 22 at 4:21 PM • प्रायजसो पश्चिमी मिडियालाइ रूस,चीन र क्यूवाजस्ता देशका सकरात्मक मानविय खवरहरू समाचारनै नै बन्दैनन् । नेपाली "मूलधारका" मिडिया पनि त्यसैलाइ पछयाउछन् । यो शीतयुद्दकाे हयाग अोभर हो । अहिले कोरना माहामारी विरूद्द मानवियसेवामा पहिलोकोटीमा हातेमालो विश्वमै चीनले गर्दै छ । भर्खरै बेलायती न्यूज एजेन्सी रोयटर्सले Cuban doctors head to Italy battle coronavirus भन्ने समाचार दियो । क्यूवाली स्वास्थ सेवा र त्यहाँका डाक्टरहरू विश्वकै उत्कृष्ण मानिन्छन् । फोटो रोयटर्स March 21 at 4:05 PM • राजनीतिक सीमा बन्द गरेर अाफू बच्छु र देशलाइ जोगाउछु भन्नेहरू हो .......काेरोना भाइरसले नागरिकता हेर्दैन् न राजनीतिक सीमानामै कैद हुन्छ । सावधानी हाैँ, बिज्ञान सरण पराैँ, विशेषज्ञ डाक्टरको भर पराैँ । अनेकाै भुँइ्फुट्टा सल्लाहाकार च्याउझै उम्रेका छन, तिनका सल्लाहाबाट जोगियैाँ । लक्षणवालाले चर्च, मन्दिर वा गुम्वा, मस्जिद हैन् अस्पताल वा विशेषज्ञ डा समक्ष पुगैाँ । पादरी, इमाम र पण्डित वा लामाको भर नपरैाँ । गैाँमुत्र सेवन गर्नेको अवस्था देखि सक्यैाँ । भागेर कतै सुरक्षित हुँन सकिँदैन् । विदेशबाट अाउनेले पनि अाफ्ना ट्राभल हिस्ट्री र मेडिकल हिस्ट्री स्पस्ट देखाँउ र सकभर दुइहप्ता क्वारेन्टाइनमा बसैाँ । संक्रंमित वलिउड गायिका कनिका कपुरले मच्चाएको भारतको अातंकबाट संक्रमणमा परेका वा संवाभितहरूले शिक्षाा ल्यैाँ। March 20 at 5:58 PM • संस्थागतरूपमा पहिलो पटक हिन्दु 'अतिवादी' विश्वहिन्दुपरिषदले बिज्ञान स्वीकारेर रामनवमी समुहिक नर्गने र घरमै कोरान्टायन गर्ने निर्णय प्रगतिशील हो।कोरोनावायरसका कारणा bhpले अाफ्नु कार्य फेरवदल गर्यो।bhp महासचिव मिलिंद परांडे अनुसार कोरोनावायरस प्रकोप निपटिन वैश्विक अभियानमा सहभागिता हाे।पोपले भेटिगन समाराेहमा बोलेनन,मक्का मस्जिद मात्रै हैन तमाम मस्जिदका पेशे इमामले नमाज सामुहिक नगर्ने भनिसके।यसैबेलामा bhpको यो निर्णय स्वागत याेग्य छ । जय बिज्ञानवाद .धन्य ति डाक्टर र अनुसन्धन्धाता- तिमीहरू अाफै सहिद भएर मानव कल्याण गर्दैर्छाै ।

शौक, उर्दू साहित्य र नेपालगन्ज

अर्थात्, मन्दिर मस्जिदले वैमनष्यता गराउँछ, मिलाप गराउँछ काव्यशाला । अब्दुल लतिफ शौक, उर्दू साहित्य र नेपालगन्जबारे लेख्न थाल्दा हरिवंश राय वच्चनको मधुशालाका पंक्तिलाई 'काव्यशाला' शब्दमा फेर्ने धृष्टता गरेको मात्र हो । जातीय, भाषिक, सांस्कृतिक र धार्मिक रूपमै नेपालगन्जको विशेषता अनेकतामा एकता हो । यस एकतामा सामाजिक सद्भाव नै मुख्य गहना हो । यस वातावरणलाई कतिपय जातीय र धार्मिक आवरणधारी अतिवादीहरूले विभिन्न समयमा खल्बल्याउन नखोजेका होइनन् । तर, नेपालगन्जको सद्भाव-संस्कृतिमा कुनै अन्तर आएन । यहाँ रामलीला, दसैँ, होली, इद, मोहरम्म सबै धर्मका लागि समान चाड रहे । यद्यपि, यस सहिष्णुतालाई बिथोल्न धार्मिक र जातिवादी रंग दिन खोज्नेहरू बेलाबेला सफलजस्तो देखिए । तर पनि यिनको खासै प्रभाव पर्न सकेन । हरेक धर्म र सम्प्रदायका धार्मिक आस्थागत मान्यता सदा अटल रहे र सहिष्णु पनि । त्यसैले के इद, के होली, जुनसुकै अवसरमा पनि रसि, राग, द्वैष र कलहबाट मुक्त रही जातीय सद्भाव वृद्धि भइरह्यो । त्यसैले होली र इद दुई सम्प्रदायलाई मिलाप गराउने विशेषता हुनपुगे । साहित्यिक गतिविधि र अझ मुसाहायरा (काव्यगोष्ठी) यसको एउटा प्रमुख कडी बनेको छ । हिन्दु र मुसलमान दुवैले सायरी भन्छन् । यहाँको मुसाहायरा सुख-दुःख, पीर-उल्लासलाई आपसमा बाँड्ने परम्परा बनेको छ । नेपाली सायरहरू उत्तर भारतका विभिन्न सहरमा हुने गोष्ठीहरूमा सहभागी हुन्छन् भने उताका कवि, सायरहरू पनि बडो उल्लासका साथ नेपालगन्ज आउँछन् । गौड साहब र आरिफ साहबको इन्तकाल (निधन)पछि यस परम्परालाई मरुहुम सायर युनुस, मरहुम सायर प्रकाश राजापुरी, अब्दुल लतिफ शौक, महमद ख्यालीहरूले निरन्तरता दिँदै आएका छन् । अहिले नेपालगन्जको उर्दू साहित्यको हस्ती बनेका शौकले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् भने आजको उर्दू गजलबाट प्रेरणा लिने दर्जनौँ नेपालीभाषी गजलकारहरू उनलाई आफ्नो उस्ताद (गुरु) मान्छन् । भारतमा सन् १८५७ मा भएको गदर विद्रोहपछि मात्र हालको नेपालगन्ज बजारको स्थापना र आवादी भएको हो । बाँकेमा केही पुराना बस्ती भने थिए । वागेश्वरी मन्दिर त अझ पुरानै भइहाल्यो । पहिला बजार पनि सिँधनियाँघाटमा थियो । सुगौली सन्धिपूर्वका तत्कालीन प्रशासक कप्तान थापाको रानीतलाउअगाडिको काठहवेलीको अवशेष अझै छ । सन् १८५८ पछाडि त्यस सन्धिपछि गुमेको भूभाग फिर्ता भएपछि सुब्बा पदमनाथको अग्रसरतामा लखनउजस्तै सहरकै परकिल्पनामा नेपालगन्जको स्थापना भएको हो । त्यस आवादीका लागि जनशक्ति पनि आमन्त्रण गरियो । आमन्त्रितहरूसँगै भाषा, संस्कृति र कला-साहित्य पनि आउने नै भए । त्यसैमा उर्दू साहित्य पनि नेपालगन्जमा भित्रियो । राणाकालमा पश्चिमी शासकीय किल्ला नेपालगन्ज भएकाले त्यस समयमा भारतबाट भाँड, मुजुरा र नचैनीहरू झिकाएर शासकहरूले मनोरञ्जन लिन्थे । भारतबाट आउने कब्बालहरू म्ानोरञ्जनका माध्यम हुन्थे । कतिपय सायरहरूले आफूलाई नाद (धार्मिक लयबद्ध सायरी)मा मात्रै सीमित पारे । यसलाई आधुनिक साहित्यका रूपमा भने मरुहुम (स्वर्गीय) गौड साहब र मरहुम आरिफ साहबले अगाडि बढाए । पारङ्गत सायरहरूको रेखदेखमा नयाँनयाँ प्रतिभाहरू देखा पर्दै गए । सायरीहरूमा प्रेम-प्रसंगहरू अति पाइन्थे भने शासकीय मनोविज्ञान अनुसार पनि राष्ट्रवादी सायरी गराउने शासकहरूको प्रशंसामा पनि उर्दू मजहव (धर्म) हुन्थ्यो । महेन्द्रले आफ्नो राज्याभिषेकमा नेपालगन्जका सायरहरूलाई राजधानी निम्त्याएर उर्दू साहित्यको लोकप्रियतालाई आफ्नो राजनीतिक साधनका रूपमा प्रयोग गर्न चाहेको पनि देखिन्छ । सत्ता र साहित्यको निकटता र दूरी कति हुन्छ भन्ने कुरा स्वाभिमानी सर्जकहरूलाई थाहा नहुने कुरै भएन । कालान्तरमा वदमे अदब र गुलजारे अदवलाई नेपाल उर्दू अदबमा फेर्ने काम अब्दुल लतिफ शौक, ख्याली साहब र मरहुम सायार युनुस साहबको अग्रसरतामा भयो । त्यो दुवै संस्थालाई एक बनाउन प्रयास समूहको पनि भूमिका रहेको र सायरहरूलाई घच्घच्याउनाले गर्दा सफल भएको थियो । हिन्दु र मुसलमानमा द्वन्द्व गराउन दाउ खोजिरहेका अतिवादी तत्त्व हरेक पर्वमा अतिवादीहरू हिंसाको फसल काट्न चाहन्थे । सामाजिक व्यक्तित्वहरू उनीहरूका क्रियाकलापलाई निस्तेज पार्ने प्रयत्न गरिरहन्थे । त्यसमा सबैभन्दा अगाडि साहित्यिक जमात हुन्थ्यो । अँध्यारोका विरुद्ध समग्र मान्छेलाई उभ्याउने र आफ्नो सक्रिय भूमिका खेल्न हौस्याउने साहित्य नै हो । सत्ताले वर्तमानको चौकीदारी गर्छ भने कविताहरूले सपना देखाएर यथास्थिति भत्काउँदै भविष्यलाई चुनौती दिन प्रोत्साहित गरिरहेका हुन्छन् । कुनै पनि जिउँदो साहित्य यथास्थितिमा रमाउँदैन । यसरी आधुनिक नेपालगन्जको उर्दू साहित्यिक विकासमा गौड् साहब र आरिफ साहबको निरन्तरतालाई विरासतका रूपमा अब्दुल लतिफ शौकले बढाउनु र सम्हाल्नु भएको पनि छ भन्दा अत्युक्ति नहोला । तर, समृद्ध उर्दू साहित्यमा गजलबाहेकका विधामा विकास हुन सकिरहेको छैन । कागजको चिरकटोमा लेखिएका उम्दा सिर्जनाहरू छरिएर रहेका छन् । प्रकाशन हुन सकेका छैनन् । समृद्ध उर्दू भाषाको सर्जक प्रतिनिधि मात्रै होइन, शौक साहबले नेपालगन्जको धार्मिक संवेदनशीलतालाई सहिष्णु वातावरणमा ल्याउन जुन भूमिका खेले, त्यस आधारमा भन्नुपर्ने हुन्छ ः मन्दिर मस्जिद वैर कराती मेल कराती काव्यशाला । नेपाल साप्ताहिक अंक ४७१ kbs — Sun, 12/25/2011 - 19:22 सामाजिक समीक्षा नरेन्द्रजंग पिटर नेपाल साप्ताहिक

विरालीको शिकार यात्रा

आज पनि विरालीले त्यही गरी जो उस्का पूर्खाले युगौंदेखि गर्दै आएका थिए । वच्चाहरुलाई शान्त वस्न भन्दै आहारा खोज्न निस्केकी ऊ छिमेकीकै कुडे रित्याएर डम्डम्ती पेट हल्लाउदै आएर उनीहरु सामु ओकली दिई । छाद खाएर टन्न भए विराली सन्तानहरु । हुर्किसकेका सन्तानलाई आफ्नै सिप, सुझ वुझ जाँगर र शिकारमा भरपर्नुपर्छ, आमाको हैन् भन्ने अर्ती दिई उस्ले । त्यस्ता उपदेशहरु हरेक वाउआमाले आफ्ना सन्तानहरुलाई वर्षौदेखि दिदै आइराखेका छन् । आखिर उस्ले पनि दिने भनेको विराली वुद्धि नै त हो जो अरुलाई लागु हुदैन । कहिलेकाहीँ अरुजातले पनि पराइवंशका आनीबानी र व्यहोरा स्वीकार्दछन्, त्यो अर्कै कुरा हो । आज विरालीले सन्तानलाई पारखी र पौरखी बनाउन शिकारमा लगी । आमा पछाडि लाग्दै शिकारी बन्न तम्सेका उनीहरु दाँउनलाग्या बहरझैं ठिँह-ठिँह गरेरै तुजुंग झाडेर पछ्याउन थाले । हुनपनि अभिभावकका पिछा लागेका अवोध सन्तानका बुझाईमा आफ्नै बाउआमा दुनियाँकै सुझबुझ, पौरखी, बलिया र क्षमतावान् हुन्छन् भनेर सोच्नु अनौठो हुदैन । तर आमा भने चिन्तित थिई । पहिलोचोटि पारंगतपार्न सन्तानलाई लिएर शिकारमा जादैं थिई ऊ । दुश्मनसंग होसियारी गराउदैं भन्दै थिई - भुइमा हिड्ने कुकुरसंग र आकाशमा उड्ने चिलसंग पुर्खौली दुश्मनी कस्तो थियो, सुनाउँदै ज्यादै चुलबुल नगर्न सम्झाउदैं ल्याई । निस्पिmक्री छाउराहरु ठट्टा मानेर कुरा सुन्दै गए । कुकुर-विरालाबीच बापवैरी शत्रुता कस्तो हुन्छ बताउदै गई । ठुला र समझदार भईसकेका सन्तानलाई गौरवशाली अतित सुनाएर पारंगत पार्ने हरेक जाति झैं ऊ पनि सन्तानलाई स्मार्ट बनाउन चाहन्थी । दिल, दिमाग र पञ्जामा पुर्खौली तागत आएको थाहा पाएपछि एक्कासि आजैबाट ठुलो भईएछ झै उनीहरुलाई लाग्यो । शिकारको अर्थ मुसा भेटाउनु थियो । पर्वतराजलाई दोहोलो काढ्दै सुरुङयुद्धमै पारंगत मुसाहरु दुलाभित्र बस्दथे । त्यो दुलो नै भेटिएपछी ढुक्क भए । मुसीगन्ध थाहा पाएपछि सन्तानहरुलाई साउतिमार्दै भन्न थाली "चुप लाग्, होसियार बन्, मौका चुकाउनु हुदैन, बिजुली झैं चम्कनुपर्दछ, चट्याङ झैं पड्किनुपर्दछ, ..शिकार थलो आईपुग्यो ।" केही पनि नदेखेका उनीहरुले बुझ्न सकेनन्, उसको भनाईको मर्म थाहा पाउन भ्याएनन् । बाउ-आमाकै थाप्लोमा गिरखेलेका सन्तानले नबुझे झै यो उनीहरुलाई ठट्टै हुन सक्थ्यो । नत उनीहरुलाई शिकारीको पीडा नै थाहा हुन्थ्यो, नत कलानै जानकारी थियो, नत जिउदो शिकार नै पहिले देखेका थिए । उस्ले बिराली चाल बुझन, आफ्ना हरेक दाउपेच नियाल्न भन्दै शिकारको लागि तयार भई । जिउँदो पथ्थर झै अचल हुन अह्राउदै आफू धरापमा बसी । शिकारीको एकाग्रता, धैर्यता, संयमता आमालाई ब्यहारिक गुरु बनाउदै सिक्दै थिए बिराली सन्तानहरु । सामान्य हरकतले पनि मुसो दुलोबाट नआउन सक्थ्यो भित्र उनीहरु जान सक्दैनथे । अर्को तर्फ पहिल्यै दिन खाली हात र्फकन पर्‍यो भनेे निरास हुन सक्ने सन्तानका चिन्ताले आमा सताइएकी थिई । केहि बेरमै जखीमौलो मुसो गर्दन हल्लाउदै दुलो बाहिर निस्कियो । लाग्दथ्यो भरखरै ठूलो युद्ध जितेर आएको होस् अथवा नवप्रेयसी सामु ठूलै पौरख देखाएको होस्, यदि हैन भने किर्ति राख्ने मैदान या पर्वतलाई छिया पारेर अर्को दुलो बनाएको होस् । मंसिरमा त मुसोले १७ बिहे गर्छनरे भन्छन् । हुन सक्छ नौलो दुलाहा बनि भर्खरै जन्तीबाट फर्केको किन नहोस् । जे होस् उसको चाल ढालले कुनै न कुनै गतिलै काम फत्ते गर्‍याजस्तो लाग्दथ्यो । ऊ किन आएको थियो को नी ! सेनापति झैं गरि्वलो बनेर यात प्रतिस्पर्धीलाई हाँक दिदैं अर्को मुसीहरण गर्ने उस्को सोच थियो अथवा गुम्स्याईबाट उक्ताएर सफा हावापानी खान निक्लिएको होस !! जे होस् । कुनैपनि दुर्घटनाले आफू आउने सूचना नदिएझैं मुसाको जीवनपात्रोमा पनि कहीँ कतै त्यसदिन दुर्भाग्य लेखिएको थिएन नत् उस्को दिल दिमाग नै त्यसका लागि तयार थिए । युद्धोन्मादले हौसिएको र विजयले पुलपुलिएको मुसीपुत्रलाई पहाड खोक्रो पारेको, मैदान चाल्नो बनाएको तागत त थाहा थियो तर बिरालासंगको पुस्तौनी वैरी र साँपहरुको कपटीचाल हेक्का राख्न भने सकेको थिएन । अभेद्ध मानिएका किल्ला दुलाभित्र पनि साँप पसेर बच्चा हसुरेको ख्यालै भएन उस्लाई । आज ऊ तिनै कुरा याद गर्न चुकिराखेको थियो । बिजयोन्माद चालढालले जुन झल्किराखेका थियो त्यसैले ऊ होसियार बन्न सकेको थिएन । काल उस्को बाटो ढुकिराखेको थियो, विराली उस्को व्यग्र प्रतिक्षामा आफ्नु पोजिसन सम्हालेर एम्बुस बसेकी थिई, विरालीपुत्रहरु मौनता साँध्दै मातालिला नियाली राखेका थिए । केहीवेर पहिलासम्मका मुसीपुत्रका चर्तीकला धरती गर्भमै थिए । शक्तिमातले चुकेको थियो ऊ । कहिले काहीँ चुक्नु भनेको उम्कनै नसक्ने - नभ्याइने कमजोरी भएझैं ऊ पनि अनिमन्त्रितकालको पाहुना बन्न जादैं थियो । मौका गुमाउनु मुर्खता सोच्ने कुशल शिकारी झैं दुलोबाट निस्पिmक्री निस्केको मुसोलाई विरालीले कसेर झापड हान्दै अचुक वार गरी । मातृ रणकौशलता र वंश शिकारकला नियाली राखेका विरालीपुत्रहरु आवेगमा आए, इशारा पाउने वित्तिकै होमिए शिकारमा । हरियो दुवे चौर खुला थियो, कतै झाडी त के बुट्यानसम्म थिएन, दुलो थिएन । एक निमेश पहिलोको दम्भकालमा फेरिएको थियो मुसाका लागि । दुश्मन मृत्युका लस्कर बनेर सामु थिए । खेलाउदै आहारा बनाउदै थिए । उसका पहाड चपाउने दाँत उनीहरुलाई टोक्नसम्म सक्दैनथ्यो । केहि छिन पहिला प्रेयसीले सुस्ताउन गरिएको आग्रह सोच्दै आफ्नै मुर्खतावाट पछुताउनु भन्दा विकल्प केहि थिएन उसंग । पहिलो झापडमै उसको होस् हवास र घमण्ड हरिई सकिएको थियो, दुलो र झाडी खोज्ने चेत उडिसकेको थियो । हरेक जीवात्माले धनन्जय रहिन्जेल बाँच्न कोशिस गर्ने - नसके सरल तरिकाले मृत्युवरण गर्ने कोशिस गरेझै ऊ पनि त्यसै गर्न थाल्यो । सन्तानलाई वंशगुण सिकाउन थाली बिराली । ऊ मुसालाई सुस्ताउन दिन्थी, दगुर्न - भाग्न दिन्थी, चल्न चटपटाउन दिन्थी, गुहृ्राउन दिन्थी । कहिलेकाहीँ न्वाँरनको बल निकालेर मुसो पनि टोक्न झम्टन्थ्यो । विरालीपुत्र रमाइलो मानेर हेर्दथे, शिकारको मनोभाव नियाल्दथे । ऊ सबैकुरा गर्न दिन्थी थकाउदैं तर उम्कन भने दिदैंनथी । उम्कन लाग्दा झ्याप पञ्जाले हान्थी, चिँचीँ गरेको मुसोलाई दाँतले च्यापेर बच्चासामुन्ने रमितामा राखिदिन्थी बिराली । भोकाएका पेटमा रसाएको ज्रि्रोले परमधामै जान डिलमा उभिएको आहारामाथि विरालीपूत्र मुख मिठ्याउदैं नजर गाढ्दथे । आमा थिई की सन्तानलाई बंशविद्यामा पोख्त गराउन मुसालाई मर्न पनि दिन्नथी- बाँच्न पनि दिन्नथी । तुरुन्तै आहारा पनि बनाउन सन्तानलाई अनुमति पाउदैनथे । अझ प्राणपखेरु नउडीसकेको मुसीपूत्र भने केहीवेर सुस्ताउन पाएको र रमिते बनेको काललाई देखेर ज्यानै बक्सीस पाएझैं चलमलाउथ्यो, केहीपरसम्म न्वारनको बल झिक्दै खुरुरुर दगुर्दथ्यो पनि । ऊ भने फेरि त्यही लिला दोहोर्‍याउँदथी । त्यो खेल देखेर रमाउदथे विरालीपूत्रहरु- जसरी लेण्टलस वटाटियसको अखडामा ग्लेडिएटरहरु आपसको तरवारयुद्धमा सकिंदा रोमन सुन्दरीहरु अट्टालिकामा बसेर खितखिताउदथे, ताली ठोक्दथे । रोमनसभ्यताले संवेदना रित्याउन जसरी अखडा प्रयोग गथ्र्यो अहिले पनि ऊ आफ्ना सन्तानलाई विभत्सताको प्रशिक्षण दिदैं थिई । विरालाहरुले मुसाखेल रोमनसंग सिकेको हो या रोमनहरुले विरालासंग !! यो प्रश्न अझै अनुत्तरित छ । यसरी विरालीले यस युगमा पनि आफ्नै दमखममा वाच्न सन्तानलाई शिकारीकलामात्र सिकार्यन क्रुरताको अभ्यस्त पनि बनाई । शिकारी र शिकारको माहात्म्य बताई । जोसका बेला होस हराएको मुसालाई सावधानी गुमाएकोमा मुर्खता सुनाई । पहिलै शिकार यात्रामा हौसिएका सन्तानलाई सावधान गराउदै भनी "शिकार गर्न ठूलो कुरा हैन त्यसलाई सुरक्षित यथास्थानमा पुर्‍याउन र भोजन गर्न ठूलो हो त्यो नै सफलता" । आफू भन्दा शक्तिशाली धरतीमा धेरै छन् । पशुजातिमा मान्छेसंग त डराउनु पर्दैन उनीहरुले तिम्रो शिकार खोसेर खाँदैनन् तर कुडेंमा जुठो हाल्या देखेमात्र लप्को लाउँछन् तर मार्दैनन् । उस्ले जोड दिदै भनि- मेरा प्यारा सन्तानहरु ! मुसाहरुमा त एकता हुदैन नै त्यसैले डराउनु पर्दैन । कसैलाई झुक्यायो, कसैलाई धम्क्यायो, कसैलाई छक्यायो, कसैलाई रामनामी ओडेको छु कण्ठी बाँधेको छु भन्यो भै हाल्छ तर कुनै पनि वेला पुस्तैनी शत्रु कुकुर झम्टेर आउनसक्छ, चिल उडेर आउनसक्छ - मलाइ चिन्त्ता लाग्ने तिमीहरु कसरी जोगियौला । विचारा मुसो .......धन्यबाद हाम्रो आहारा ....... (मुसोलाई देखाउदै) यही जस्तो मुर्खता नगरे .........दुर्घटना कराएर आउदैन है, त्यस्को सामना गर्न सचेत हुनुपर्छ । सुरक्षा भनेकै सावाधानी हो, प्रतिकूलताको प्रतिकार हो र समस्याको हल गर्ने पहल आफैले लिंदा सफलता पाईन्छ । शिकारलाई मौकै दिनु हुदैन झम्टिहाल्नुपर्छ । यसरी शिकारको व्याबहारिक सिको सिकाएर लोर्के सन्तानलाई आफ्नै पौरखमा शिकार गर्न, जोशमा होस् नगुमाउदै सुरक्षित रहने अर्ती र दिर्घायूको आशिर्वाद दिंदै बिछोडिएको ढाडे (बच्चा पाएपछि विराली र ढाडेको झगडा हुन्छ र छाउरालाई उसले आक्रमण गर्ने हुंदा ऊबाट विराली टाढिएकी हुन्छे) प्रेमी खोज्न अन्यन्त्र लागी । यसरी अहिले पनि विराली संस्कृतिले निरन्तरता पाउँदै गयो । मुसा शिकारको गुर सिक्दै विरालीपुत्रहरु मातृवियोगको गम र शिकार पाएको खुशीमा आफ्नो बाटोतिर लागे । हास्यव्यङ्ग्य नरेन्द्रजंग पिटर(नेपाल म्यागाजिन)

पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा

गत महिना झन्डै तीन हप्ता अस्पतालको ओछ्यानमा ढल्नु पर्‍यो । जीवनलाई नजिकैबाट सुमसुम्याउन पाइने यस्तो अवस्था सामान्यभन्दा फरक हुन्छ नै । बिमारी भेट्ने नाममा अनेकौँ आफन्त र आफन्त भै टोपल्नेहरू आउँछन् । भीडै लाग्छ । भावनासँग जोडिएका आफन्तहरू, साखुल्ले दरिनुपर्ने कुटिलहरू, गुलामी गर्नुपर्ने चाटुकदारहरू, कूटनीतिक सम्बन्ध कायम गर्नुपर्ने चतुरेहरू, तोडिएका सम्बन्ध जोड्नुपर्ने बिमित्रहरूलाई बहाना मिल्छ । टुटेका सम्बन्द जोडिन्छन् भने भैराखेकाहरू अझ खँदिला हुन्छन् । पराई र आफन्तबीचको सीमाङ्कन कोरिन्छ । बिरामी स्वयं पनि आवेग र भावनामय हुने हुँदा उसलाई पनि जीवन र जगत्को समीक्षा गर्ने अवसर मिल्छ । पुनरताजगी हुने यो बेला मान्छे अत्यन्तै भावुक र मानवीय हुन्छन् । अझ आदर्शवादी पनि बन्छन् । कयौँ विषयको प्रायःश्चित गर्छन् । समय घर्केकोमा अधुरा कार्यप्रति चुकचुकाउँछन् । कयौँले अस्पताल शय्याबाटै अन्तिम बकसपत्र र बकपत्र कोर्दछन् पनि । जीवन आशा हो । रिचार्ज गरेर र्फकन्छु वा आफन्तलाई फर्काउन सकिन्छ कि भनेर पुनरजीवनका लागी अस्पताल गइएको हुन्छ, लगिएको हुन्छ । त्यस्तै म पनि शरीर मर्मत गर्ने कारखाना पुगेको थिएँ । धामी, झाक्री, मसान, पिचास, देवी, देवता, ईश्वर र सैतानको अस्तित्वको बदला विज्ञानमाथिको विश्वास र वैज्ञानिक प्रतिको भरोशाले नै जसरी अरूहरू अस्पताल जाँदाहुन त्यस्तै म पनि त्यहाँ पुगेको थिएँ । मर्मत कारखानाका मिस्त्रीको आधुनिक कोठामा पुग्दै मेरो विश्वासमा गम्भीर ठेस लाग्यो । त्यहाँ लेखिएको रहेछ -"उपचार हामी गर्छौँ, ठीक ईश्वरले पार्नुहुन्छ ।" आफैँप्रति विश्वास नभएका मिस्त्रीहरूलाई -डाक्टर) म जीवन सुम्पिदै थिएँ । अपरेसनको लागि भाइले मेरो जिन्दगीको राजीनामा लेखिदियो । एउटा रोग सोचेर गएको त परीक्षणमा अर्काे पो देखियो । यो आध्यात्मिकताको करामत नभई वैज्ञानिक अनुसन्धानको उपलब्धी थियो । साँच्चै नहो ......थाहा नपाउनु नहुनु हुदोँ रहेनछ । मेरा लागि त्यहाँ अनेकौँ भावना पोखिए । नाममा जोडिएको हिब्रुभाषी उपनामलाई मानिसहरू पतरस अथवा क्रिष्तानहरूको सेण्ट पिटरको रूपमा त बुझ्ने भए तर शब्दार्थ चट्टानको रूपमा भने कसैले पनि लिएनन् । लिँदैनन् पनि । परिचय पनि मसँगै. जीवनयात्रामै थियो । त्यसैले नै अनेकौँ प्रश्नको जवाफ तयार हुनुपथ्र्याे, भने मिसिनरी नामकै कारण अस्पतालका पादरी, डाक्टर र स्वास्थ्यकर्मीहरू मेरो लागि प्रार्थना गर्न थाले । उनीहरूका धार्मिक जिज्ञाशा र विश्वासको अनेकौँ तर्कपूर्ण जवाफ दिनुपथ्र्याे । धर्मप्रतिको धारणा जस्तो एउटा विज्ञान अनुयायीले राख्छ मेरो मान्यता पनि त्यस्तै हो भन्ने भनाइले उनीहरू त्यति उत्साही बन्न सकेनन् । पादरी र विश्वासीहरूलाई झन् ठेस लाग्यो । अन्ध-आस्थामाथि विवेकपूर्ण तर्कले विजय पाउन सकेन भने एउटा वैज्ञानिक पनि कसरी अवैज्ञानिक भूमिकाबाट गुजि्रन्छ भन्नेकुरा आधुनिक समाजका शिक्षित व्यक्तिहरूलाई नियालेमा जे देखिन्छ त्यस्तै त्यहाँ पनि देखिन्थ्यो । म सूक्ष्मरूपले हविगत र चर्तिकला पनि नियालिराखेको थिएँ । उनीहरूको विश्वासमा म सैतानले ग्रसित मान्छे हुँदो हुँ । उपचारबाट निको तुल्याउनुभन्दा पनि सैतानबाट छुटकारा दिलाउनु पहिलो धार्मिक कर्तव्य सोच्दथे उनीहरू । जसरी हरेक आध्यात्मवादीहरू मानवीय अध्ययनको उपलब्धी र कमजोरी, प्राकृतिक अनिवार्यताको गुण र दोषको जस र अपजसहरू अदृश्यशक्तिलाई नै दिएर उम्कने गर्छन् त्यहाँ पनि त्यस्तै भैराखेको लाग्थ्यो । यी मिसिनरी अस्पतालको मात्रै कुरा हैन अन्यन्त्रका आधुनिक शिक्षण संस्था, अस्पताल र प्रयोगशालाको अवस्था पनि त्यस्तै हो । सामन्यजनलाई असहाय भएको बेला साहारा खोज्नु र अझ त्यस्तोबेला परभौतिक शक्तिप्रति आशक्ति र भरोशा जाग्नु स्वाभाविक हुन्छ । त्यस्ताबेला भावनात्मक माया र सेवादिने मान्छेप्रति झन् सम्मान बढ्नु र उनीहरूकै अनुकरण गर्नु स्वाभाविकै हुन्छ । यही मानवीय संवेदनाको पाटोलाई समातेर धर्मान्तरण प्रक्रिया दुनियामा चलेको पाइन्छ । धर्मान्तरण कालान्तरमा सांस्कृतिक अतिक्रमणमा फेरिन्छ । लोभ, लालच, अप्ठेरोमा सहयोग र सुविधाको चाहाना त्यसका कारक बनेका हुन्छन् । अर्कातर्फ वैज्ञानिकहरू पनि आफ्ना योग्यतामा विश्वास र भर पर्नु भन्दा पनि मनोवैज्ञानिक त्रासबाट गुजि्रराखेका हुँदा अवैज्ञानिक आचरणमा देखिन्छन् । त्यसैले विज्ञानका आविष्कारहरू स्वयं विज्ञान विरोधी भूमिकामा प्रयोग भइराखेको समेत देखिन्छ । आधुनिकता र आध्यात्मिकताको घोलमेल हुँदा ठिमाहा सोच र भूमिका जसरी उन्नत देशहरूमा देखा पर्दैछ त्यस्तै हामीहरू पनि अछुतो छैनौँ । अहिले आध्यात्मिकता आधुनिक समाजमा बजार संस्कृतिको क्रूर प्रतिष्पर्धाले जन्माएको निराशा र सामाजिक त्रासबाट उन्मुक्तिको साधन बन्दै गएको छ । त्यसैले पनि अहिले कयौँ वैज्ञानिकहरू अवैज्ञानिक भूमिकाबाट गुजि्रराखेका छन् । ं निष्त्रिmय जिन्दगीको पट्यार लाग्दो अवस्था हो बिछ्याउना बास । मैले पनि त्यहाँ अनेकौँ प्रश्न र जिज्ञाशाको सामना गर्नुपर्‍यो र ती तपसिलका हरफमा अन्तस्करणका आवाज बने । नामले त इसाई जस्तो लाग्छौ....... नाम त भीडबाट अलग्याउने सम्बोधनबाहेक के नै हो र! मर्म र ओजन अथवा सन्देश केही हुँदैनन् र ? हुन सक्छन् । अभिभावकहरूका आशा, भरोशा र विश्वास जोडिएका हुन्छन् । जुनबेला नाम दिइएको हुन्छ नामधारी अवोध बालकले न त त्यसको अर्थ लगाउन सक्छ न त स्ांवेदना नै बुझ्न । सबै नामले दिने मर्म, भाव, ओजन, अपेक्षा र सन्देश के, कहीँ र कतै पूरा भएका छन् र! हरेक नामले समय गुजार्दै जाँदा मात्र एउटा चरित्र निर्माण गरिराखेको हुन्छ र त्यो कालान्तरमा प्रतीक बन्न पनि सक्छ । जन्म नि....... हरेक प्राणीझैँ योजनामै पैदायिस भएको हैन मेरो । पुत्र प्राप्तिका कारण आमाले सौता पाउन परेन । औताली परेन छ, वंशमा । पितृहरूले 'वैतरणी तर्न' पाएछन् । प्रथम प्रहर धरतीमा आँखा खोल्दा मौन भएपछि परिवेश आत्तिएछ । तब मलाई चिमोटेर चिच्याउन बाध्य पारियो अरे । जब म चिच्याई-रोएँ, तब सबै हाँसेछन् अरे । प्रसव वेदनाले छटपटाएकी जननी पनि खुसी हुनुभएछ । । जन्मिदा जिउँदा सहिद श्रीपेच मुनि प्रजातन्त्रको अभ्यास गर्दै रहेछन् र कम्युनिस्टहरू पनि राजतन्त्रका छाहारीमा वर्ग सङ्घर्ष गर्दै रहेछन् । न्वारन नि ? अस्वीकृत गरिदिएँ मैले । आप्fm्नै खाले जीवन रमाइलो लाग्यो मलाई तर यसको अर्थ्ा जन्मदातालाई आदर गर्दिन भन्ने चाहिँ हैन है । जसले जीवन र जगत्लाई हेर्ने, बुभ्fm्ने र अनुभूत गर्नै अवस्थामा पुर्‍याउनुभयो- कसरी अनादर गर्न सक्छु र ? उहाँहरूलाई । उत्तराधिकारी र नाताबारे..... आर्थिक हकवाला जो पनि हुन सक्छन्, उपलब्धिका दावी पनि गर्न सक्छन् । जहाँसम्म संवेदना, विचार र साँस्कृतिक उत्तराधिकारीको प्रश्न हुन्छ त्यो कसैको कसैले पनि दावी गर्न सक्दैन र हुनै सक्दैन । अझ सभ्यताको विकासक्रममा त्यसै ओजन र मर्म न त कसैले थेग्न सकेका छन् र हुन्छन् न त दावी न्ौ गर्न सक्दछन्, पेसागत उत्तराधिकारी हुन सक्लान् । राजाको छोरो राजा र जिम्वालको छोरो जिम्वाल तर मानवीय मर्मका कोही पनि उत्तराधिकारी हुँदैनन् । धर्मबारे नि......? समाज विकासको तत्कालीन परिवेशमा भावनात्मक एकताको सूत्र । मनोआतङ्क मुक्तिको शीर्षक । प्राकृतिक विपदासँग जुझ्ने इच्छाशक्ति । जबसम्म आधुनिक राज्यको व्यवस्थित सञ्चालन भइसकेको थिएन तबसम्म सामाजिक कानुनको हैसियत । अब भने जिज्ञाशाको अन्त र अन्धविश्वासको सुरुवात, मानवीय पौरखको अवमूल्यन अथवा अनभिज्ञता । साथै तर्कको अन्त्येष्टी पनि । आदर्श..... बहुजन हिताय-बहुजन सुखाय । सपना देख्ने गरेका छौ ? के सपना नदेख्ने मनुवा पनि हुन सक्छ र! जहाँ सपना सकिन्छन् त्यहाँ जीवन पनि रित्तिन्छ र सकिन्छ । ग्ाति अवरोध हुन्छ । चाहना मर्दछन्, विकास प्रक्रिया रोकिन्छ । बाँच्नुको न त कुनै अर्थ रहन्छ न त तात्पर्य न्ौ । चेत विहीन शरीर त लाश होनि Û अध्ययन बारे ...... जान्नु, बुझ्नु, अनुभूति गर्नु । ज्ञानको सूक्ष्म चक्ष्यु उघार्दै अरूका पनि अनुभूति चाख्ने अवसर । लेख्नुको अर्थ..... शब्दको सार्वभ्ाौम मर्म अभिनन्दन गरेर मन-मस्तिष्क निचोर्दै इतिहासको कठघरामा उभिएर कलम समात्दै वकपत्र दिनु । विज्ञानका भाषामा युगिन हुँदै प्रकृतिसँग धित मारेर बात मार्नु । औपचारिकतामा कैद नभई हृदयलाई छताछुल्ल पारेर समकालीन समाजको अग्रगामी सोचहरू भावी सन्तानलाई हस्तान्तरण गर्नु । कनेर नबोलेका कुराहरू कुथेर नलेख्नु । बुद्धि र ज्ञान..... सापटी, चातुर्य र युगीन दायित्वबोध । सुख र दुःख.... सोच्दछ दिमागले, भोग्छ शरीरले । सिर्जना ..... मानव मस्तिष्कको चर्तिकला । सनातन र विद्रोही विलासी जिन्दगी र आदर्शको जिज्ञाशा-त्यसको मूल्य भुक्तानी । खतरा.... सामना गर्न नसक्नेका लागि अन्त्येष्टी जीवन.... कोरा कागज । सौन्दर्य सम्मिश्रणको अनुपम सङ्गालो । जिज्ञाशा र जिम्मेवारीको अनौठो संयोग । मृत्यु...... समय समीक्षा