Tuesday, July 23, 2019

बिपी–पिएललाई ब्रान्ड र ट्रेडमार्क बनाएर राजनीतिक पसल थाप्ने उत्तराधिकारीहरु

७ श्रावण २०७६, मंगलवार ०१:१७ नागरिक दैनिक एवं Nonstop Khabar नेपाली आधुनिक राजनीतिक इतिहासमा सर्वाधिक प्रभाव राख्ने बिपी कोइराला र पुष्पलाल (पिएल) श्रेष्ठ ४ वर्षको अन्तरमा साउन ६ र ७ गते बिते। पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो। पञ्चायती राजतन्त्रले उनको पार्थिव शरीरसमेत देशमा ल्याउन दिएन। तर उनको अस्तु–जुलुस पञ्चायतकालको प्रतिपक्षीय पहिलो विशाल जुलुस बन्यो, जसले ०३५÷०३६ को राजनीतिक हलचलको एकीकृत आधार तयार ग¥यो। कोइरालाको देहवसान २०३९ साउन ६ गते काठमाडौँमा भयो। यस साता बिपी र पिएल सम्झँदै गर्दा यिनका उत्तराधिकारीले उनीहरूका कर्म, मर्म, आदर्श, चिन्तन, मार्गचित्र र राजनीतिक संस्कृति आत्मसात् गरिरहेका त छन् भन्ने प्रश्न उठ्छ। कि ‘ब्रान्ड’ र ‘ट्रेडमार्क’ मात्र बनाएर ‘राजनीतिक पसल’ चलाइरहेका छन् ? बिपी र पिएलका उत्तराधिकारी अहिले उनीहरूका विचार, सिद्धान्त र आर्दशमा चलेका छैनन्। समाजवादी भने पनि उनीहरू नग्न उदारवादका पक्षधर र बजारवादको अभ्यासमा लागेका छन्। इतिहास छाड्न नसक्नु, थेग्न पनि नसक्नु चुनावी जनमतको बाध्यता हो। बजारको नियम ब्रान्डअनुसार उत्पादन चल्छ र टे«डमार्कअनुसार पसल। अंश र वंशका त हकवाला हुन्छन्, तर सोच, विचार र कर्ममा भने हुँदैन भन्ने कुरा बिपी र पिएलका उत्तराधिकारीले अहिले नेपाली राजनीतिमा प्रस्ट्याएका छन्। बिपी र ‘उत्तराधिकारी’ १) अहिले कांग्रेसभित्र धर्मको राजनीति चलेको छ। बिपी कोइरालाले २०३६ साउन ४ मा ‘विक्ली मिरर’ पत्रिकालाई दिएको लिखित अन्तर्वार्तामा, नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ नि भन्ने प्रश्नको जवाफमा भनेका छन्– ‘नेपाल हिन्दु राज्य हुँदै होइन। कसैले हो भन्छ भने त्यो झेली मात्र हो। नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो। धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ। तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्नै उठ्दैन।’ उनको सोच र जीवन–व्यवहार धर्मनिरपेक्ष थियो। आडम्बरी थिएन। त्यसो त नेपाली कांग्रेसले २०१२ माघ १० र ११ गते वीरगन्जमा सुवर्णशमशेरको अध्यक्षतामा भएको छैठौँ महाधिवेशनले नै समाजवादी र धर्मनिरपेक्षता नीतिसहित १८ वटा प्रस्ताव पारित गरेको थियो। २) उनले सोसलिस्ट डेमोक्रेटको अभ्यास वनको राष्ट्रियकरण, बिर्ता उन्मूलन र राजारजौटा खारेज गरेर सुरु गर्न थालेका थिए। पार्टीभित्रै विभीषण पैदा भएपछि राजभक्त बन्न थाले। झन् कांग्रेसी समाजवादी अथर्तन्त्रको हविगत डा. रामशरण महतले ०४८ सालमा देखाइदिए। विदेशीले बनाइदिएका आधारभूत उद्योगको कांग्रेसी निजीकरणको लिलाम र अहिलेको अवस्था के छ ? त्यो बहुमते दम्भमा ‘समाजवादी’ नीतिगत महाभ्रष्टाचार बहस विषय बन्न सकेको छैन। हरेक नयाँ पार्टी, आन्दोलन वा विद्रोहका लागि नयाँ तर्क, कथ्य, सौन्दर्य सिर्जना अनिवार्य हुन्छ। पञ्चायतले विरोधीलाई अराष्ट्रिय तत्व, बिपीले कम्युनिस्टविरोधी अडिटवाद र कम्युनिस्टले कांग्रेसलाई भारतीय दलाल र पिएलविरोधी ‘अर्धय–नौलो जनवादी’ कम्युनिस्टले उन (पुष्पलाल)लाई कांग्रेसपरस्त भनेर ‘न्यारेटिभ’ नै तयार गरे। आफ्नो औचित्य, आवश्यकता र आफूलाई क्रान्तिकारी देखाउन अर्काको मानमर्दन मात्रै हैन, स्थापित व्यक्तिलाई खलपात्रका रूपमा पनि प्रस्तुत गरिन्छ। ३) बिपी, महेन्द्र र शीतयुद्ध ः सानो देश, ठूलो महत्व– शीतयुद्धको चरमकालमा पहिलो संसद्को आमचुनाव प्रभावित पार्न सिआइएका नेपाल प्रतिनिधिले कांग्रेसलाई राम्रै आर्थिक सहयोग गरे। दरबारले थाहा पाएपछि दुवैलाई गोप्य आर्थिक सहयोग पु¥याउनाका साथै खम्पा काण्डमा चीनलक्षित कस्तो खेल खेलेका थिए र नेपालको रणनीतिक महत्व बुझ्न सिआइए एजेन्ट जोन नेथ नसको अरफेन अफ कोल्ड वार र डुअन आर. क्लारिज को अ स्पाई फर अल सिजन्स : माई लाइफ इन द सिआइए पुस्तक सान्र्दभिक हुन्छन्। अमेरिकी सत्तासँग बिपी कोइराला नजिक भएपछि भारतीय सोसलिस्ट राममनोहर लोहियासँग भने उनको सम्बन्ध चिसियो। कालान्तरमा लोहियाले बिपीलाई भेट समेत दिएनन्, जयप्रकाश नारायणसँग भने नजिकियो। उक्त गुण एसियामै पहिलोपटक निर्वाचित कोइराला सरकारले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गरेर ति¥यो। कोइरालाले चुनावमा पराजित सूर्यप्रसाद उपाध्यायलाई त्यसै गृहमन्त्री बनाएका होइनन्, प्रजातान्त्रिक कांग्रेसकोे उपस्थिति गराउने ‘प्रजातान्त्रिक दिल’ नभई त्यो काठमाडौँको दिल्ली म्यानेजको अस्त्र थियो। अमेरिकी लबिइङ र इजरायल प्रसंगको मूल्य १७ सालको घटनामा भने तिर्न प¥यो। जहावरलाल नेहरू र माओत्से तुङले निर्वाचित बिपी सरकार अपदस्थ र निर्वाचित संसद् भंगमा दरबारलाई दबाब दिएनन्। कालान्तरसम्म फ्रि तिब्बत मोभमेन्टमा सक्रिय जर्ज फर्नान्डिजसँग कांग्रेसको सुमधुर सबन्ध भने रहिरह्यो। सोभियत रुसको सहयोगी इन्दिरा गान्धीको अमेरिकी लबिइङ, बिपीप्रतिको व्यवहार र क्षेत्रीय हैकमवादको प्रतिकारमा राष्ट्रिय मेलमिलाप नीति जन्मियो। सिक्किम र बंगलादेश प्रसंग शीतयुद्ध र आक्रामक भारतीय ‘राष्ट्रवाद’ कै नतिजा थियो। तर बिपी बाबुले ३०को दशकमा अडिट फर्मुलाको नयाँ ‘न्यारेटिभ’ सिर्जना गरे। सो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको हैसियत इन्डोनेसियन कम्युनिस्ट पार्टी र डि.एन. अडिटको जस्तो थिएन। असंलग्न परराष्ट्र नीति अनुसरण गर्ने स्वीकार्नो सोसलिस्ट सरकार अपदस्थ गराउन सिआइएको भूमिकामा सुहार्तो सैन्य कुको नरसंहार प्रजातन्त्रवादी बिपीले वकालत गर्नु आफैँमा आश्चर्य थियोे। त्यत्रो ठूलो सोसलिस्ट र प्रजातन्त्रका लागि प्रवासमा लडिरहेको उच्च कदको नेताले भयदोहन गर्दै अडिटवादीका निमित्त तर्क कथ्नु शीतयुद्धको सोभियत रुस/अमेरिकाको राजनीतिक खेलको रणभूमि नेपाल पनि थियो। ३) दुर्गा सुवेदीले ‘विमान विद्रोह’मा ओखलढुंगा प्रसंग, सशस्त्र संघर्ष, विमान अपहरणलगायत पार्टीका आन्तरिक प्रजातन्त्रका विषयमा गम्भीर विषय उठाएका छन्। तर उत्तराधिकारीहरू मौन छन्। कांग्रेस इतिहासको निर्मम समीक्षा गर्दैन। पिएल र ‘उत्तराधिकारी’ १) पुष्पलालले शासकीय क्षमताको परीक्षा दिन पाएनन्, तर ‘आफन्त’बाट प्रताडित नेपाली नेताहरूमा पहिलो उनी नै पर्छन्। इतिहासले कहिलेकाहीँ भद्दा ठट्ठा गर्छ। जिउँदो हुन्जेल पिएल (पुष्पलाल) जोबाट खेदिए, मरेपछि उनकोे साँच्चैको हकवाला दाबी उनीहरू नै गर्दै छन्। संस्थापक महासचिवलाई डा. केशरजंग रायमाझी र मनमोहन अधिकारीका ‘उच्च बौद्धिक’ र ‘शिक्षित गुट’ ले लखेट्यो अनि त्यसपछि ‘क्रान्तिका आतुर नयाँ जनवादी’हरूले। अपहरित संसद् पुनस्र्थापनाका लागि नेपाली कांग्रेससँग संयुक्त आन्दोलन र सहकार्यका लागि गरेको प्रस्तावका कारण उनले कांग्रेसपरस्त र भारतपरस्तका आरोप जीवनभर खेप्नुप¥यो। चौथो महाधिवेशनका महामन्त्री मोहनविक्रम सिंहले आनन्दबहादुरका नाममा ‘गद्दार पुष्पलाल’ किताबै लेखे। कालान्तरमा आत्मालोचित भए पनि सो पुस्तक ‘क्रान्ति कि भ्रान्ति ?’ नाममा पुनः प्रकाशन भयो। प्रचण्ड–किरणको राजनीतिक जीवन पनि ‘गद्दार पुष्पलाल’ भन्दै हुर्किएको हो। २) ३०को दशकमा पिएलले क्रान्ति गरेर ‘गरिखाने’ भएनन् भनेर उनीबाट मुक्तिमोर्चा समूह(जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित, वामदेव गौतम) अलग्गिए। तीसको मध्यमा सोही समूहले पुष्पलालका १२ अपराध पर्चा–अभियान देशैभर चलायो, जेलमा समेत। मुक्तिमोर्चा र कोअर्डिनेसन केन्द्र मिलेर बनेको नेकपा मालेको पहिलो राष्ट्रिय सम्मेलन (११ पुस, २०३५) भन्दा ५ महिनाअघि (७ साउन) बितेका संस्थापक महासचिवलाई श्रद्धाञ्जलि दिनसमेत आवश्यक ठानेन यो पार्टीले, बरु आफ्नो मुखपत्र ‘वर्ग संर्घष’ अंक १ को पृष्ठ ५५ मा– पुष्पलाल गुटः २०१३ पछि यो गुटले विधानसभा निर्वाचनको लाइन ग्रहण ग¥यो। २०१७ पछाडि विघटित संसद्को पुनस्र्थापना लाइन पक्रियो। २०२५ तथाकथित तेस्रो सम्मेलनपछि साझा दुश्मनविरुद्ध संयुक्त मोर्चाको रायमाझी गुटकै झण्डा उठाउँदै कांग्रेससँग संयुक्त भई राजाविरुद्ध सशस्त्र संर्घष गर्नुपर्छ भन्छ। वर्ग दृष्टिकोण लिन नसकेका हुनाले यो गुट वर्ग–शत्रु दुई विरोधी दल राजा र कांग्रेसी, जो अमेरिकी, रुसका दलाल हुन्, आपसी विरोध बुझ्दैन र राजाविरुद्ध काग्रेसीसँग एकजुट भएको छ। यसरी यो गुट रुसी सामाजिक सम्राज्यवादको दलाल, भारतीय विस्तारवादको छद्मभेषी दलाल भएर नेपालमा सम्राज्यवादी हस्तक्षेप र आक्रमणको सहयोगी भएको छ’ भन्दै सकेजति हुर्मत काढ्यो (त्यस सम्मेलनमा सिपी मैनाली, माधव नेपाल, मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित, वामदेव गौतम, अमृत बोहरा, मुकुन्द न्यौपाने, प्रदीप नेपालहरू त मुख्य थिए नै, जेलमै रहेर पनि दस्तावेज अनुमोदन गर्नेमा केपी ओली र राधाकृष्ण मैनालीहरू)। ३) आफूलाई पुष्पलालको उत्तराधिकारी मान्ने सरकारी नेकपाले अहिले उनलाई क्यालेन्डर र मूर्तिमा सम्झे पनि उनका विचार, आर्दशसँग कुनै साइनो राख्दैन। जिउँदो हुँदा खेद्ने, तर मरेपछि अंश र वंश दाबी गर्ने छोराले श्राद्ध गरेजस्तो उसका लागि ब्रान्ड र ट्रेडमार्क भने बनेका छन्– पुष्पलाल। यस अर्थमा मोहनविक्रमहरू इमान्दार छन्, किनकि उनीहरू पुष्पलालबारे कुनै कार्यक्रम गर्दैनन्। ४) पुष्पलालले अघि सारेका र बिपीले सदा अस्वीकार गरेका वाम–प्रजातान्त्रिक संयुक्त मोर्चा र आन्दोलनका लागि भने ०४५÷४६ सम्म गणेशमान सिहंलाई नै कुर्नुप¥यो। त्यसैको निरन्तरता ०६२÷६३ जनआन्दोलन बन्यो। अन्तमा, हरेक नयाँ पार्टी, आन्दोलन वा विद्रोहका लागि नयाँ तर्क, कथ्य, सौन्दर्य सिर्जना अनिवार्य हुन्छ। पञ्चायतले विरोधीलाई अराष्ट्रिय तत्व, बिपीले कम्युनिस्टविरोधी अडिटवाद र कम्युनिस्टले कांग्रेसलाई भारतीय दलाल र पिएलविरोधी ‘अर्धय–नौलो जनवादी’ कम्युनिस्टले उन (पुष्पलाल)लाई कांग्रेसपरस्त भनेर ‘न्यारेटिभ’ नै तयार गरे। आफ्नो औचित्य, आवश्यकता र आफूलाई क्रान्तिकारी देखाउन अर्काको मानमर्दन मात्रै हैन, स्थापित व्यक्तिलाई खलपात्रका रूपमा पनि प्रस्तुत गरिन्छ। पञ्चायतकालमा यस्ता खेल प्रशस्त भए। ती स्वविवेकले हुन्थे वा ‘गुरुवाणी’ ले ? अध्ययनकै विषय हो। तर ती न्यारेटिभलाई आन्दोलनले कालान्तरमा पत्याएन, खारेज गरिदियो। साउन पहिलो हप्ता नेपाली राजनीतिमा दर्शन, विचार, मूल्य, आर्दश, अभ्यास र इतिहास सम्झने वा श्राद्ध गर्ने समय हो। इतिहास तत्काल लेखिँदैन, तर शक्तिले यसको व्यवस्थापन गर्छ। आफ्नो औचित्य साबित गर्न नयाँ शक्तिले स्थापित पक्षलाई बीभत्स रूपमा चित्रण गर्छ वा भूमिका खारेज गरिदिने प्रयत्न गर्छ। खारेज गर्न खोज्नेलाई पनि इतिहासले ऊर्जा र शिक्षा दिँदै ऐना भने देखाइरहेको हुन्छ। नेपाली राजनीतिको केन्द्र भागमा अहिले बिपी र पिएलका हकवाला त छन्, तर सत्ताको राजनीतिक संस्कृति भने ‘रिमिक्स’ छ। अहिले बिपीवाद र पिएलवादको मार्गदर्शनअनुसार नेपाली कांग्रेस तथा सरकारी नेकपा चलेका छैनन्। दुवैको समाजवादी राजनीतिक ऐनामा अन्तर्राष्ट्रिय मुद्राकोष निर्देशित आर्थिक र परराष्ट्र नीतिमा सार्कको बदला बिमस्टेक, असंलग्न परराष्ट्र नीतिको साटो इन्डोप्यास्याफिक देखिन्छन्। त्यसैले उनीहरू राजनीतिक ट्रेडमार्कमा मात्र रहन पुगे। बिपी र पिएल महामानव नभई समयको नाडी छामेर वाणी दिन सक्ने अगुवा नेपाली नेता र विचारक थिए। उनीहरूमा वर्ग पक्षधरता बेजोड थियो, अनि थियो– मूल्यको राजनीति र दृढता। उनीहरूका विचार सांगठनिक ऊर्जा र पुँजी बन्थे। तर शीतयुद्धको ‘ह्याङओभर’बाट दुवै मुक्त थिएनन्।

Thursday, July 18, 2019

वार्ताःदुवैआआफ्नै दाउपेचमा

यसलेखमा विप्लब नेतृत्वको नेकपाले लिएको वैचारिक रणनीति र कार्यनीति वारेमा कुनै चर्चा नगरी सिधै वार्ता प्रशंगमा प्रवेश गर्छु । हुनता बिद्रोही समुहको रणनीति र कार्यनीतिले नै युद्द र शान्तिको अभ्यास र मार्ग चित्र तय गर्छ । वार्ता त्यसैको एउटा हिस्सा मात्रै हो । निर्विवाद रूपमा युद्द हुँदाहुँदै वार्ता र वार्ता हुुँदाहुदै युद्दको घनिभूत तयारी भईरहेका हुन्छन् । कलमकार नेकपा माओवादी र सत्ताबीच भएका दुई वार्तामा प्रतक्ष वा परोक्ष सहभागी अनुभववादी समेत हो । सरकार र विद्रोही दुवै यदि आफ्ना मान्यतामा अडिक रहन्छन् भने वार्ता भनेको विपक्षको लक्ष प्रतिको दृढता, शक्ति हैसियतको नाडी छाम्न र शक्ति सञ्चय गर्नु मात्र हुन्छ् । निकास खोज्नु हो भने वार्ता एउटा अवसर बन्छ र लचक हुँन दुवै पक्षलाई आवस्यक हुन्छ । तर अहिले सरकार र विद्रोहीपक्षको केही कुरा भने म बझ्दिन् । दुबैको यो आआफ्नै दाउपेचमा मात्र बुझ्छु । सरकारीपक्षले वार्तामा जाँदा स्पष्ट पार्नुपर्ने विषय १) विप्लव समूह राजनीतिक पार्टी हो कि ! अपराधीक पाटी ! के हो ? यदि राजनीतिक पार्टी हो भने उसंग वार्ता, सहमति हुँँन सक्छ । हुँँनै पर्छ । यदि सोच र मूल्याङ्कनमा ऊ अपराधिक समूह हो भने संविधान, कानुन, प्रचलित ब्यवस्था अनुसार उपचार हुँन गर्नुपर्छ । मैले यो कुरा गृहमन्त्रीको सभाकक्षमा प्रमुख सल्लाहाकार सुर्य सुवेदी पथिक र इन्द्रजीत राई साक्षी राखेर रामबहादुर थापालाई भनेको हुँ । २) सरप्राइज पोलिटिक्स सीके राउत प्रकरणमा त हुँन सक्ला तर विप्लब नेकपामा भने संवाभना देख्दिनँ ।सीके प्रसंगमा सत्ताधारी मधेशवादी नेतृत्वकोे नैतिक हतियार थुत्ने सरकारको उदेश्य थियो । डा.राउतसंग गरिएका सम्झौता राज्यले पालननै गर्न नसक्ने गम्भीर त्रुटी थिए । एकातर्फ न्यायालयलाई अप्रतक्ष ‘हुकुमी आदेश दिईएको थियो भने अर्कातर्फ सार्वभौम राज्यले गर्नै नसक्ने सहमति भएका थिए । विप्लव नेकपासंग यस्तो हुँने लक्षण म देख्दिन् । ट्रयाक टु डिप्लोमेसी नाडी छाम्न त मिडियावाजी हुँन सक्ला् तर गम्भीर अभ्यास हो भने यस्ता प्रचारबाजीले परिणाम निकाल्नुभन्दा घाटा मात्र पुग्छ । डिप्लोमेटिक मोभ अत्यन्तै गोपनिय हुन्छन । गिरजाबाबु र प्रचण्डबीचका कुराकानीमा प्रतक्ष वा परोक्ष सहभागीलाई मात्र चाल बुझे । त्यसैले थाहा लाग्छ । अंशमा टेकेर समग्रमा हमला गर्ने ‘प्रयोगशाला’ एउटा मनोयुद्दको हिस्सा थियो । चुनावको पूर्वसन्ध्यामा बजारमा पुस्तक आँउनु संयोगमात्र हुँदैहैन् । समयको चयनले उदेस्य देखाँउथ्यो । यसैको विमोचन अध्ययन वेगर प्रचण्डले नै गरे । नेताहरू पढ्दैनन्, सहयोगी र सल्लाहाकार ‘मुर्खहरूको’ बगालका आग्रह टार्न नसकेर नेताहरू भूमिका लेख्छन्, विमोचन गरेर त्यस्ता कितावलाई आधिकारिकता दिन्छन् । ३) वार्ताका प्रयास जस्ले गरे पनि हुन्छ, तर विश्वास र सुरक्षाको प्रश्न हुन्छ . सरकार सत्ताधारी पार्टी फरक हुँन । गृहसचिव प्रेमकुमार राई र सरकारी पार्टीका माहासचिवले पहल सह्रायिन छ अझ बाजुरेली सांसद कर्ण थापाले यच.पी हिमालीलाई जनयुद्दकालमा ठूलो गुन लगाएकै हुँन् । वार्ताकारलाई पिँजडामा राखेर सकरात्मक परिणाम निकाल्ने प्रयास भनेको भय र दबाव त पैदा गर्न सक्छ, तर त्यो परिणाममुखी भने हुँन सक्दैन् । विद्रोहीपक्षको सुप्रमो विप्लब मात्रै हुँन्, अन्य सदस्य साक्षी किारामा सदरका हैसियत राख्छन् । एकातर्फ कार्यकर्ताको हत्या र सामान्य कार्यकर्ताको गिरफ्तारी अर्कौतर्फ वार्ताको तयारी ! कतै यो दुलाबाट सर्प निकाल्ने एम्बुस त हैन् भन्ने आशंका पैदा हुन्छ । ४) भोजपुरमा र सर्लाहीमा ३ वटा इन्काउन्टर भए । भोजपुरको पछिल्लो हत्या निर कुमार राई इनकाउन्टर हत्कडीमा मारिए । भोजपुरमा अनौपचारिक पहिरणका पुलिस हत्याको यथोचित जाँज निस्पक्ष सस्थाबाट हुँन आवस्यक छ । ५) आधुनिक सभ्य समाजमा आस्था जोसुकैले जेसुकै राख्न र सपना देख्न पाँउछ । आस्थाले तत्कालीन संविधान र ब्यबस्था खलल भए त्यस्को रक्षा सरकारले गर्ने र यथोचित बिवेचन न्यायालयले गर्छ । के आस्था राखेकै भरमा नागरिक दण्ड हुँनुपर्छ ? अदालतको आदेश स्ययं सरकार मान्दैन भने अवस्था के होला ? बुढी मरी भन्दा पनि काल पल्केको कुरा नागरिक समाज र सचेत नागरिकले बझ्नु पर्नै हो । प्रश्न विप्लबजीहरूप्रति पनि १) के यही राज्य संरचनाबाट वार्तामार्फत तपाईहरूले उठाउनु भएका माग र आन्दोलन पुरा हुन्छन ? म जनयुद्दको ज्वालामुखी क्षेत्र घुम्दै छु । हिजाका सेल्टर र अभधारभूत जनता भन्दै छनः पुच्छर लुकाउनै थियो भने भुक्ने किन ? २) यस संवेदनशील भूगोलमा विद्रोहको छिमेकी र अन्तरराष्ट्रिय समुदायले कसरी बुझेको छ ! ३) सत्ता साझेदारी आन्दोलनका लक्ष कता केन्द्रित छ ? ४) के सहादत र सपनीको चिहानमा अर्को सत्तायात्रा त हैन् ? ५) हिजोका आन्दोलनका धोकाका कारण पैदा भएका घृणा, आग्रह, बदला, तीब्र आकांक्षा, क्रान्तिका क्षतिपूर्ति बिद्रोहका शक्ति त बन्दै छैनन् ! ६) विद्रोहका जनआधार हुँन आवस्यक छ । आधार के ? क्रान्तिका हिरावल दस्ता को ? तपाईले गरेको जनयुद्द हो या जनबिद्रोह, या घुमन्तु बिद्रोह ? आक्रमणको निसाना के र को हो ? ७) वार्ताबाट निकाल्न चाहेको परिणाम के हो ? ८) क्रान्ति, बिद्रोह र आतंकवादबीचमा के फरक हुन्छ ? अन्तमाः म उज्यालोको प्रशंसक हुँ । महत्वपूर्ण बिद्रोही नेतालाई हालै टेलिफोनमा भनेको थिँए- तपाईहरूका सवभन्दा ठूलो कार्यकारी दुश्मन, टेलिफुन, फेसबुक र अन्य सामाजिक सञ्जाल हुँन् । तपाइहरू सवैका टेलिफुन ट्रयाकमा छन् र सत्ता निगानीमा । परिवार भेट एम्बुस हो । अर्थोपार्जनमा लागेका तपाइहरूकै कार्यकर्ता सत्ताका असल सहयोगी छन् । प्रकाण्ड र सुदर्शन घटना पर्याप्त छन् ।पुरानै तरिकाले नयाँ युद्द हुँदैन् । क्रान्ति, युद्द र आन्दोलनको नयाँ तरिका अपनाउनुस् । सत्ता फासिवादी अभ्यासमा छ । समय, नीति, कार्यनीति पहिल्याउनुस् । जनविश्वास जित्नुस् . संवेदनशील भूगोलको मर्मसंग आफ्ना अभियान जोड्नुस् । मित्र खोज्नुस, निकास खोज्नुस् । (जनआस्था २०७६ साउन १, एकाधवाक्य संपादकको कैची चलेछ,सो सहित)

Wednesday, July 17, 2019

आऊ प्रियजन !... हुर्रेहुर्रे भन्दै यसरी लुतो फालौँ

दिमागमा खुजुली सल्केपछि लुते महात्म्य लेख्न हौँसिन्छु । खसखस भएपछि पुराना डायरीका पाना पल्टाउन थाल्छु । हिजो पश्चिम नेपालका ग्रामीण क्षेत्रमा भौरीँ पर्व मनाइयो । चन्द्रग्रहण मनाइयो । भगवान चन्द्रलाई ‘बिटुलो’ पारेर छेकिदिएकोमा ‘विश्वासीहरू’ले ग्रहण पखाले । चन्द्रमाबाट अन्तरिक्षयात्रीहरु भने हामीलाई गज्जबले नियालिरहेका थिए । राजनीति र विश्वासमा पनि अहिले ग्रहण लाग्या’छ । सो ग्रहणका दोष ककसमाथि लागेका छन् ? ककसले कसरी पखाल्ने हुन् कुन्नि ? आज साउने संक्रान्ति कृषि पर्व । साँस्कृतिक चेतसँग गजबकै सम्बन्ध छ । रोपाइँ सक्ने, हलो पखाल्ने, गोरु नुहाइदिने, हिलासँग पौँठेजोरी खेलेर थकित ज्यान सुस्ताउने पर्व हो । तर, त्यो भन्दा पनि अर्को पाटो लुतो फाल्ने चलनको महत्व र महात्म्य भने गज्जबै छ । यो कतै राँके पर्व कतै भोस्सो र बयालडाँडी खेलिए तापनि मूलतः लुते देवताको गाली आराधना गर्ने यो चाडवाड नै लुते पर्व हो । राजनेता, गालीपण्डित र केही मिडियाहरु त सदासर्वदा यस्ता पर्व मनाइरहेका हुन्छन् । सबै पर्वका आफ्नै महत्व, अर्थ, मर्म, ऐतिहासिकता र सन्देश भएपनि यो गाली गर्न र लुतो महात्म्यको विशेष चाड हो । लुतेपर्व गाली–पण्डितहरुको योग साधना गर्दै नयाँ गाली आविष्कारको पवित्र दिन । लुते–मुस्लो फाल्दै फलानालाई गरिने गाली नै गालीशास्त्रको पहिलो प्रयोगशाला थियो अरे । अहिले भने अर्काका हुर्मत काढ्ने तर्क र तथ्यमा खेल्दै मालिकको चाकरीप्रथा मौलाएकाले लुतेपर्वको अर्थ र तरिका पनि फेरिए । अथ.. आगे... लुतेपर्व महात्म्य । लुतो लगाइदिने लुते देउता हुन्छन् अरे । उनको श्राप भनेकै अक्करमा लुतो सल्काइदिँदै आफैँले आफ्नो सार्वजनिक बेइज्जत गर्नु परम धर्म र कर्म हुन्छ । अक्करमा लाग्ने र गुप्ताङ्गलाई निशाना बनाउने यो रोगले कुनै समय, थाँतथलोको हेक्का नराख्ने भएकाले सामाजिक हुर्मत त काढ्छ नै सुके लुतोले भन्दा पाके लुतोले फत्रक्कै भए गुप्ताङ्ग पनि झर्न सक्छ । सइन हुन सक्छ । सइनलाई अहिले त क्यान्सर भनिन्छ । लुतो लागेपछि कन्याउन कसैले पनि लाजघिन मान्नै सक्दैन । लुतो र लाजको मितेरी हुन्छ । लाज बचाउन नकन्याउ भन्दा पनि लुते देउताले दिनको चैन र रातको निन्द्रा हराइदिन्छ, ‘खुजुली का कहानी गजब होता है, खुजुली देवका शक्ति भी गजव’ । त्यसैले लुतेहरुको सार्वजनिक थलोमा जाने, भाग लिने औकात लुते देवताले नै हरिदिन्छन् । तब लुतो नलागोस् भनेर लुते देवता पुज्न पुर्खादेखिका जाने जतिका गाली बक्दै लुतो फालिने गरिन्छ साउने संक्रान्तिमा । लुतो फाल्न सात थरिका जडीबुटीका सार्दम जोर्नु पर्छ । त्यसको आयुर्वेद्धिक अर्थ धन्वन्तरी वा चरक महाराजले लेखिदिएनन् । देवीसरो, धुपीसरो, पानीसरो, ककुरडाइनु, कुरिलो, हाँडे उनिँउ र सल्लाको दियाले काठको अर्थ के हुने हो कोनी ! त्यसपछि लुते गोठबाट राँको फाल्दै मेरो लुतो लैजा है फलाना, ‘मेरो लुतो लैजा भनेर जाने जतिको गाली फलाक्यो, चिच्यायो । गाली खाने फलानो । मुखको तीतो फाल्दै चिच्याउँदै बैरीलाई लुतो सल्काइदियो । फलानो भनेको पुस्तौनी शत्रु, हेपिएका जाति । अर्काको हुर्मत काढेर आप्mनो औकात बढाउन लुतो सल्काइदिने, गाली गर्ने, खलपात्र बनाइएकाहरु नै गाली खाने फलाना भन्ने गर्छन् । लुतोको शक्ति अपरम्पार छ । लुतो सल्केको मान्छेको सामुन्ने भद्र मान्छे बस्दैन । लुतेले गुप्ताङ्ग कन्याउँछ । ऊ त लाज, घिन हराएको बेशर्मी बन्न बाध्य हुन्छ । बेशर्मीका हर्कत देखेर सामान्यजन भने लजाउँदै कुलेलाम ठोक्छन् । तब बेशर्मी नाङ्गिएर शक्तिशालीको बेइज्जत गरेको ठानेर खितखिताउँदै मख्ख पर्छ । लुते देवताको परम कृपाले औकात बढेकाहरुको यो महान पर्व हो । आङ कन्याएर अर्काको हुर्मत लिन्छु र शत्रु साधना गर्दै गालीले शक्ति आजर्न गर्छु भनेर सोच्नेको लागि आराध्यदेव पुज्ने वा भाकल गर्ने दिन हो । लुतो सरुवा रोग । जति चिलायो त्यति मजा, जति कन्यायो त्यति नै हाइसन्चो । सुके लुतोको त बखान गरेर साध्यै छैन । लुतो कन्याउने मजा नै अचम्मको हुन्छ् । अर्काको खिसीट्यूरी गर्नु, कुरा काट्नु, चुक्ली लगाउनु, चाप्लुसी गर्नु, आत्मविज्ञापन गर्नुभन्दा पनि औधी मजा आउँछ । लुतो कन्याउनु भन्दा मजा केहीमा हुँदैन । कृषि पर्वको अर्को पाटो लुते पर्व गाली–पण्डितहरुको महान र पवित्र दिन भएकाले शक्ति साधना पर्व पनि हो । यही गाली–सामथ्र्यले नै यस पर्वको ऐतिहासिकता झल्कन्छ । लुतो कन्यायो कन्यायो आफैलााई रक्तमुच्छेल पा¥यो, चिथोर्यो, कोपर्यो, घायल बनायो तर पनि कोपरेर कन्याउन भने नछोड्ने । आफ्नो शत्रु आफै बन्यो । मर्यादापालन गर्नु नपर्ने भएकाले जेजस्तो थलो होस् लुतेलाई लुतो कन्याउन स्वतन्त्रता पाउँछ । अहिले लुते पर्वका रुप र तरिका भने फेरिए । यसका पनि बैरीहरु निक्लिसके । हामीहरुसँगै सिकेर अंग्रेजले मनका भडास् छताछुल्ल चिच्याउन हाइडल पार्कलाई गालीगलौचको स्वतन्त्रता पार्क बनाइदियो । अझ जुकुरवर्गीय फेसबुके पार्क त सेन्सरहीन गाली थलो बन्दा वर्ष दिनको लुते पर्व नै कुरिरहनु परेन । गोरेहरु बाठा छन् । दिमागका खुजुली र खसखस छरपष्ट गरे मान्छे बौलाउँदैनन् भनेर हाम्रो कपी गरिहाले । हामी पनि कहाँ कम र ? पार्टी नेता वा खाइखेलोको अनलाइन छ्यापछयाप्ती छन् । चर्चाका भ¥याङमा गाली औधी बिक्छ । संसारका महान गाली–पण्डितहरु कोही सिद्धान्तको नाममा, कोही विचारका नाममा औकात अनुसारका कलामय गाली सिक्ने कुण्ठे साँस्कृतिक आराधनाको पहिलो पाठशाला नै लुते पर्व थियो । प्रविधिसँगै हाम्रो मौलिक लुते पर्व अहिले मारमा छ । शक्तिका उपासकहरुले लुते देवताबाट गाली सिके र अर्काको बेइज्जत गरेर शक्तिहरणका लागि गालीवाण बर्साउन थाले । यो चलन राजनीतिमा लुतो फाल्ने चलनसँगै भित्रिएको हो भनेर ठोकुवा गर्न सकिन्छ । अझ आन्तरिक वा वाह्य शक्ति संघर्षको बेला गाली संस्कृति मौलाउँछ र गुप्ताङ्गमा लुतो कन्याएझै लाजशर्म सबै त्याग्न हिच्किदैनन् । गाली अहिले शक्तिको स्रोत हो, सिर्जना हो, पौरख हो भनेर कर्म र आदर्श भुल्न पर्ने नै भयो । लुते देउता विरुद्धका चेत पनि थिए । पुर्खाले अगेंरीको पात र छाउने घाँसको रसले उपचार गर्थे । लुतो फोहरसँग आउने र सरुवा रोग भएकाले लुतो फालेर, गाली बकेर मात्र लुतो ठिक हुँदैन भन्नेहरुको कमी थिएन । लुतोमा अँगेरी दल्ने हिम्मत राखे रोग त ठिक हुन्थ्यो नै गुप्ताङ्ग कन्याएर सार्वजनिक थलोमा स्वयंको बेइज्जत गर्नु पनि पर्दैनथ्यो । के अहिलेका गालीमा शक्ति देख्ने र दिमागमा सल्केको लुते चिप्सले विवेकमाथिको रजाइँमा धावा बोल्न आधुनिक अँगेरी घस्न सक्लान ! त्यसैमा लुते पर्वले साउने संक्रान्ति बन्न पाउने थियो । हेक्का भया ! https://ehulaki.com/news/detail/12321/

Friday, July 12, 2019

अाउ, मसंग लोप्पा खेल्न

हे मनुवा... म पर्यावरण हुँ । नदी हुँ,जंगल हुँ, पाखा पखेरा हुँ । म जमिन हुँ, हिमाल हुँ । स्वच्छ वायु हुँ अथवा जिवात्मा र धरतिको जीवन हुँ । तर, तिमीले अति गर्याे र अाफ्नै काल निम्तायाै । मलाइ चुनाैती दियाै । परमाणु भट्टी र परमाणाु हतियार परिक्षाण गर्याै । कयाै टन विस्फाेटक मेरा छातीमा पडकाएर छियाछिया पार्याै । नदी छेक्याै, दोहन गर्याै । जंगल काटयाै , कयाै जिवात्मा र वनस्पती लाेप गरायाै। पाखा पखेरामा डाेजर चलायाै । शक्ति र सम्पतिकालागी के गरेनाै ? अव त अति भाे । म तिम्रा ती सवै बाँध भत्काउदै छु । खाउ ती हतियार र सम्पति । बाढी, पैराे, प्रदुशन बनेर तिम्रा बुद्दिले निम्त्याएकाे दण्ड अब म तिमीलाइ दिन्छु । कहाँ भाग्छाै ? भाग्ने ठाँउ कतै देखेका छाै ? के तिमीलाइ गाँउमा, घरमा बाढी अाउने कुरा थाहा थिएन ? पैह्राे जाँने कुरा थाहा थिएन? खुव बुद्दिमान भयाै...तिम्रा बुद्दि कुकुरका पुछारमा । यो त संकेत र सन्देश मात्रै हो... देख्दै जाउ... म के, के गर्छु ? के मलाइ धेग्न र राेक्न सक्छाै ? अाउ, लाेप्पा खेलाै । याे त कास्टिग हो, पुरा फिल्म त बाँकी नै छ ।

Wednesday, July 10, 2019

छौँडा नलगाइयोस् ...प्रभु !

समाजवाद उन्मुख कमनिस पार्टी र सरकारको विमतिमा लेख्ने, बोल्ने मात्रै हैन सोच्नै जाँगर नचलोस् अवस्थै नआआओस भन्ने लाग्छ । बुर्जुवा र प्रतिगमनकारी मेरा भूमिकाले नहौसियुन, खितखिताउँदै तिघ्रा नठोकुन् र संसारकै कम्युनिष्टले यस सरकारी पार्टी र सरकारवाट समाजवादी प्रेरणा पाउन्, तिनलाई आत्माबल मिलोस् भन्ने चाहान्छु । तर, यस्ता मेरा पवित्र चाहानाले मात्रै हुँदो रहेनछ । सत्ता र सरकार फरक विषय हुँन् । सिहदरवार पुग्नेवित्तिकै सवैले सवभन्दा पहिला आप्mना पृष्ठभूमिलाई सत्ता–रससंगै पोली खाँदा रहेछन् । अहिले प्रधानमन्त्रीका प्रमुख सल्लाहाकारको छौँडा शब्दले तरंग ल्याएको छ । सामान्यमान्छेले बोल्नु र शक्तिकेन्द्रले भन्नु फरक कुरा हो । समर्थन् गरौँ –यो रुढिवादी अपराधिक प्रतिक शब्द हो । यस्को विज्ञानसंग कुनै साईनो राख्दैन् । समाजमा यसले अन्धविश्वास फैलाँउछ । बोक्सी, झाक्री, नरबली, दैवीसाधनाजस्ता अन्धविश्वासीलाई बल पुग्छ । हालैको घटना नियालौँः दैवी शक्ति बढाउने नाममा नरबलि दिने धनुषा, मिथिला नगरपालिका–६ ढल्केबारका शत्रुधन महतोले छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमारको हत्या ग¥यो भने ‘धरतिमाताका’ लिला त छरप्रष्ट भयोनै । नगरौँ– कमनिस बिरोधी, सरकार बिरोधी आग्रही आरोप लाग्न सक्छ ।’ छौँडा अन्ध्िवश्वासको प्रतिक मात्रै नभै सोच पनि हो । कुनैपनि वेला, कुनै पनि ठाँउमा अपराध बनेर देखिनसक्छ । क्रान्ति, परिवर्तन र कम्युनिष्ट शब्द अर्थ गुमाएर कर्ममा नदेखिएपछि ती या त पाल्सी खेल बन्छन् या आक्रोसमा उत्रिनु बाध्य हुन्छ । शब्द चयन भनेको चिन्तन र सास्कृतिक सोचको तस्विर हो । यस्ले बालुवाटार र सरकारी नेकपाको सोचको एक्सरे मात्रै गरेन् यमआरआईसमेत ग¥यो । आजभोलि छौँडा, बोक्सी, भूत, प्रेत शब्द, गुगल ब्याय, भगवान आदित्य जस्ता शब्द बालुवाटारमै बढगिुन्जिरहेछ । प्रधानमन्त्रीसमेतले ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’ भन्नुभएको थियो । प्रधानमन्त्रीले संसदिय दलको वैठकमा भन्नुभयोः पार्टी सदस्य र सांसदहरुले पार्टीको वचाउ गर्नु पर्छ’ । सही कुरा हो । तर, जव पार्टी पार्टीको हैसियतमा रहँदैन्, राजनीतिक प्रतिवेदनजस्तो विषय सचिवालयले समेत संस्थागतरुपमा पुँजीकरण गर्न पाँउदैन्, कनिष्ठमात्रै हैन् वरिष्ठको हैसियत पनि थप्पडमारको हुन्छ् त्यस्तो बेला कार्यकर्ता र सार्वभौम सांसदका चेतनाको चौतारी कहाँ बन्ने ? छौँडा अन्धविश्वासको तर्क कोरलेर वचाउ गर्ने ? अनुशासन लगाउने नै आप्mनै मर्यादामा बस्दैनन् भने सांसदहरु या त हुकुमपालक हुन्छन् या भत्ता बढाउने बहसमा उल्झिन्छन् । सरकार सांसदहरुको आलोचनात्मक र सार्वभौम भूमिका खुम्च्याउन सांसदकोष बढाएर मिलीजुली बसौँ, बाँडीचुडी खाँउ भनेजस्तै भएको छ । तव पनि किन ऊ भयातुर भएर छौँडा चलाँउछ ! कार्यकारीका सल्लाहाकार पद सामान्य विषय हुदैहैन् । युद्द कला (आर्ट अफ वार)नामक पुस्तक इसापूर्व पाचौसदीका सैन्यविद सञ्जुको क्ग्ल् त्श्ग् विश्वप्रशिद्द कृति हो । सफल राष्ट्राध्यक्षको पहिलो प्राथकिता योग्य सेनापति र दुरदृष्टि भएका सल्लाहाकार चयन गर्छन् । मन्त्री र सेनापतिले आदेश पाएपछि वा आदेशभित्र रहेर कर्तव्य निर्वाहा गर्नुपर्छ, या भूमिकाबाट अलग्गिनु पर्छ । तर, सल्लाहाकारले भने कार्यकारीलाई अपृय नै लागे पनि निर्भिक भएर सल्लाहा दिनुपर्छ । माहाभारत ग्रन्थ लेखकले गम्भीर पात्र चरित्रचित्रण गर्दै समयसंग संवाद गरेका छन् । राजन्धो धृतराष्टका सल्लाहाकार विदुरले युद्द त रोक्न सकेनन् तर सही सल्लाहा दिन पनि चुकेनन् । सिकन्दरका गुरु अरस्तुले उनलाई अलेक्जेन्डर द ग्रेट बनाए, चाणक्यले चन्द्र गुप्तलाइ महान राजा बनाए । बिष्णु गुप्तबाट चाणक्य बन्नु सामान्य कुरा थिएन । त्यसको उच्चवर्णन चिनिया यात्री फायानको यात्राबृतान्तमा पाइन्छ । तर युरोपेली चाणक्य माइकावेलीलाई आधुनिक राजनीतिको माहागुरु भनिए पनि निजी शक्तिस्वार्थले गर्दा उनको बुद्दि धुर्त राजनीतिकालागी माहानग्रन्थ नै बने पनि आप्mनैलागी भने दुश्मन भएर कारावास बन्यो । निक्सनका सल्लाहाकार् ््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््हेनरी किसिन्जरले अमेरिका÷चीनबीच संबन्ध गासेर शीतयुद्दको नक्सा नै फेरिदिए । नरेन्द्र मोदीको थिंक ट्याक इण्डिया फाउन्डेसन र अजित दोभालको भूमिका अहिले परिणाममा देख्न सकिन्छ । नेपालमा भने अपवाद छ । बोसले के मन पराँउछ त्यही मात्रै सल्लाहाकारले सल्लाहा दिन्छन् । त्यस्ता सल्लाहाकार या त पीएका हैसियतमा हुन्छन्, या चाकरका रुपमा । काजी भीम मल्लको हत्या र भीमसेन थापको आत्माहत्या अवस्था पु¥याउन सल्लाहा दिने या मौजा लोभले सुगौली सन्धीगर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायको अवस्थामा हेरे हुन्छ । त्यसैले योग्यहरु प्रा.कृष्ण खनाल र प्रा चैतन्य मिश्रले जस्तै छिटै आपूm गलत ठाँउमा पुगिएछ भनेर अलग भएका होलान ? हे, प्रभु खराव सोच भएका ब्यक्तिको घेरा र संगतबाट मेरो कार्यकारिणीलाई बचाउ ! सोचमा, भूमिकामा, अभ्यासमा गड्बडी भए पुरै देशले, युगले, सपनाले मूल्य तिर्नुपर्ने हुन्छ । अरिंगाल, बारुला, बच्छु, छेपाराहरुले समेत मूल्य तिर्नै पर्छ, छौँडाछौँडी छोडेर कहाँ तह लाग्ला र ! ब्यक्ति संस्थामा फेरिएपछि निजी आग्रहले भन्दा संस्थाका कृयाकलाप नै सर्मथन, आलोचना वा विरोध हुने गर्छन । तर, शर्वज्ञ सोच्ने शक्ति यसलाई रचनात्मक रुपमा नलिँदा आग्रह पैदा गर्छ । छौँडा संस्कृतिको श्रोत भनेको आफैँप्रति विश्वस्त नहुँनु, आप्mना कलाविहीन भूमिकाको दोष अरुलाई थोपर्नु, मूल विषय विषयान्तर गर्न निमित्त तर्क कोरल्नु वा अदृष्य शक्तिप्रति विश्वस्त हुँँनु हो । यसको सुरुवात विचार फेर्न सक्ने तर सस्कृति र विश्वास फेर्न नसक्नेहरुले धेरै पहिला सुरु गरेपनि अशक्त वालक अभिषेक दाहाललाई गुगल ब्याय बनाउदै गुरु अभिषेकबाट भगवान अभिषेक बनाउन राज्य ढुकुटी खर्च गरेर दुनियालाई तमासा देखाउने त्रिमुर्ती (प्रधानमन्त्री, प्रचण्ड र देउववालाई) जान्छ । यस्ता विषयको सल्लाहादिने वा मौन बसेर प्रतिकार नगर्ने हाम्रो ‘चेतनशील’ समाज पनि दोषी बन्छ । उफ् ....रोईरहेको बिज्ञान, चम्किरहेका छौँडाछौँडी ... ्

Sunday, July 7, 2019

क.साँनेसंग फेरी सम्पर्क भयो Read more at: https://samachardainik.com/news-details/23682/2019-07-06

(हिजो गजबै भयो । आश्चर्य भयो । साने मरेको रहेनछ, विस्मृति गर्भमा पनि रहेनछ । जीवनदेखी थाकेर, हारेर हराएको पनि पो रहेनछ । उ भासिएको पनि रहेनछ । इन्टरनेटको जमाना, सीमा रहित, बन्धन रहित संसार । सामाजिक सञ्जाल त सवैको औकात, भूमिका, अवस्थाको जनपत्री चाँहानेले सहजै खोतल्न सक्ने । विस्मृतिमा रहेका मान्छे खोज्न सक्ने । टाढिएका मित्रजनसंग जोडिन पनि सक्ने । कमरेड साँनेसंग हिजो फेसबुकमा जोडिँई । हो, उसैवारे सात वर्ष पहिला सम्झनाका केही हरफ लेखेको थिँए । संयोगले फेरी त्यसै थलो नेपालगंजमा छु । त्यही घर, त्यही कोठो । समय फेरिएको मात्र छ । परिवेश अलग छ । साँनेका बाउआमा वितेछन् । बुकुरो ढलेछ । दौँतरीले पनि विर्सेछन् । उस्का कमरेड राजकिय नौला मान्छेबन्दा ऊ भने फेरी ‘मुर्ख’ माओवादीबन्दै आर्दशखेतीमा हाम फालेछ । विचारको नसा, आर्दशका सपनाले कस्तो लठ्याउने हो ....मान्छेलाई ! त्यस्ता मान्छे खाना र मैथुनकालागी, पिउसाकालागी मात्र जिन्दगीका पाना पल्टाउदैनन् । सोचेजस्तै ऊ राजनीतिक सीमा छिचोल्दै फेरी जनयुद्दमा सामेल पो भएछ । शान्ति र युद्दभित्रका धेरै कुरा थाहा पाएपछि देशमा चलेको शान्तिप्रकृया, आफैँलाई मुर्दावाद भन्ने कमिसार र कमाण्डरलाई देखे, भोगेपछि ऊ नयाँमोर्चाको नयाँभूमि, नौलो अभ्यासमा रम्न पुगेछ । ओहो.. साच्चै नै मिखायल लेर्मेन्तोभले ठिकै भनेका रहेछन् – विद्रोही खोज्दछ आँधी, मानाँै त्यहा शान्त छ’ । ओ हो....चेला त गुरु पो बन्यो । अहिले आन्दोलनको सुख सवभन्दा ठूलो सुख हो पो भन्छ । मेरा फेसबुक र टवीटर पछयाएपछि सम्र्पक गरेकोरे । संकेतले धेरै कुरा र अवस्था बुझेँ । विप्लवीको ठेगाना कहाँ हुन्छ र ! २० वर्षपछि डिजिटल संवादले नै भए पनि प्रफुल्लित छु । साँनेको अहिलेको यर्थात कतिलाई तिलस्मी कथा लाग्न सक्छ । उस्लाई नियाल्दा– लालयोद्दाहरु राजनीतिक सीमा, विचार र भूमिकाले नियन्त्रण र निर्देशनमा कैद हुँदैनन् । हुँने, गर्ने, बोल्ने र देखिने एउटै भूमिकामा रहँनु वा आत्मासात गर्नु चानचुने कुरै हैन् । खुव पढेछ, लडेछ, घाइते पनि भएछ । तग्रिँएछ । हो, उस्ले आप्mनै आँखाले लालभूमिमा जाँन मिर्डल, अरुंधती रोय र अनिल चमडियाहरुलाई देखेको रहेछ । walking with com पढ्न सिफारिस गर्यो । गम्भीर खाले क्रान्तिकारी साहित्यका लिंक पनि पठायो । यो समय चानचुने समय हुँदैहैन् । उसंगका सवाद, नौला जिन्दगी, लडेका मोर्चा, फेरिएका भूमिका र कमरेडहरु, अनुभूतिका दृश्यहरु जे मसंग बाड्यो ती उस्कालागी यर्थात भए पनि मेरालागी तिलस्मी कथा बने । मुण्डारी र खडिया लवजमा भएका भिडियो संवादमा चिन्नै नसकेको कम साँनेका मधुरवाणी– बड्डा त बुढाईछन पो ।’ क्या मिठास है .. क्रमशः राख्नेछु नै । मार्मिक कुरा भन्यो –जव क्रान्तिकारीहरुले उपभोक्तावाद सामू लम्पसार परेर आत्मासमरप्रण गर्छन् तव उनीहरुका विचार र सौन्र्दयतामा पनि फरक आँउछ । शब्द त्यही रहेपनि जीवनका अर्थ फेरिन्छन् । वर्ग रुपान्तरण भनेको आफैँप्रतिको अपराध स्वीकार हो ।’ भनाईमा.. क्या गजव दर्शनिक पक्ष थिए । धेरै साथी, कमरेडहरुलाई सोध्यो । उस्ले सोधेका अधिंकास मनुवाहरु कतिपय मरिसकेका थिए, कतिपय धिकिरधिकिर जीवन लतार्दै, घिसार्दै थिए, कतिपय हुर्रेहुर्रेका विन्दास नाटकिय जिन्दगीमा पाल्सी कुरा गर्ने चतुरे बनिसकेका थिए । बेलीविस्तारी लगाँए । खुसी बेचेर सुख किन्ने समाजमा विप्लवी चेतको अनुमाननै लगाँउन सकिँदैन् । विप्लवीहरुसंग एकोहोरो संबन्ध मात्रै हुन्छ । उनीहरुले चाहे हुँने, आपूmले चाहेर नहुँने । निरन्तर सम्पर्कमा रहँने वाचा गरीँ । साँनेले मेरो ७ वर्ष पहिलाको लेख भर्खरै पढेको रहेछ ।) साँने, सपना र भोक अहिलेपनि साँनेले मलाई दिउँसो झझल्को दिन्छ, राती सपनामा आउँछ । मैले भोगी रहेको बजारिया जिन्दगीको खबरदारी गरिराखेको छ । म भूमिगत हुँनु पहिल्यै ऊ अल्पिसकेको थियो । अहिले यायावर, फिरन्ते र स्वप्नद्रष्टा बनेर नयाँ भूमिकामा छ कि ! अथवा सहिद भई सक्यो ! अथवा विस्मृतिको कतै गर्भैमा छ ! भन्न सक्तिनँ । उस्को पहिलाको चालढाललाई देखेर गाउँलेहरु साँने बौलायो भन्दै त्यस्को सबै दोस मलाई नै दिन्छन् । बौलाउने ओखती त्यैँले नै ख्वाएको हो भनेर बात लगाउँनेको कमी छैन् । गरिब, साहारा हराएका असक्त उस्का बाउ–आमाले त अझ मलाई नै दोषी ठम्याएकाछन् । ओ... हो कति स्वार्थी .... शहरले मलाई अहिले गाँजिसकेछ ! त्यो असक्त जोडीलाई शहर पसेपछि मैले अझै पो भेटेको छैन् । मित्र विमित्र भएपछि,क्रान्ति भ्रान्त िभएपछि, बिद्रोहीआत्माले आफैँलाई इस् भनेपछिको यस्तो नोहमत हुँनु आस्र्चय पनि भएन् । हो मकत्ै आफनै मलामी गैरहेको त छैन् । उफ् .. मैले भनेकै जस्तै हुलियाको एउटा जनयोद्धा रुकुम, रोल्पा र जाजरकोटतिर छ अरे भनेर कहिले सुनिन्थ्यो, कहिले सोलु–सल्लेरीतिर । त्यो महाउथुल–पुथलकालको कुरा हो । त्यो माहायात्रामा मलाई कम्ब्याक्ट लगाईदिने कमरेड जीतले भन्नुभएको कुरा हो । उनी भन्थे – ‘आन्दोलनमै छ होला, सपनालाई चित्रमय बनाएर धरतीमै सजाउदै होला’ । अब त कम.जीत पनि रहेनन्, खबर आउने परिस्थिति पनि रहेन् । खुला भएर पनि कति कुरा बिलाए । साँने पनि बिलायो । उस्लाई धुईँपत्तल गरेर खोज्दा न त सास छ न त लासै छ । मरेको र मारिएको भन्ने शाक्षी प्रमाण पनि केही छैन् । त्यतिको टाठो ठिटो कहीँकतै गुपचुप अवस्य छैन् होला । अनेकौ कुरा मनमा खेल्छन्, आफैँलाई पत्यारिदो जवाफ मिल्दैन् । अहिले ती दिन सम्झन्छु । गाउँबाट शहर छिरेको छिमेकी कम्नीस जिम्दारको घरेलु नोकर थियो, साँने । पढ्नमा तिख्खर । काम गर्दै शहरमा पढने भनेर आएको ठिटोले पहिलो पटक ०५४ तिर भेटेको हो । उस्को स्वभाब, जिज्ञाशा र ज्ञानतिर्खाले कायल पारेको थियो । ट्यूसन पढने बोहानामा आउँथ्यो । केही समयपछि एकाएक गंभीर भएर एक दिन सोध्यो – what is revolution sir < जबाफ दिएँ – ‘सबै किसिमको शोषणको अन्त गर्न आपूmलाई बदल्ने, समाजलाई बदल्ने र ससाँर्रै फेर्ने काम । त्यही काम गर्ने मान्छेलाई संसारमै क्रान्तिकारी भन्छन्’ त्यसवेलासम्म माओवादी जनयुद्धको चारैतर्फ चर्चा चलिरहेको थियो । म ज्वालामुखी प्रदेशको फेदी क्रान्तिद्धार नेपालगंजमा खुला रहेर भूमिगत काम गर्थे । छापामारहरुका काम किब्बदन्ती बनेर ‘वर्चश्वशाली’ समाजको आतंकबन्दै गाँउवाट चोक, चोकबाट शहर र साना शहरवाट राजधानी हुँदै देशदेशान्तर फैलिसकेका थिए । गाँउ–गाँउवाट प्रहरी चौकीको उठाउन थालिसकिएको थियो । जिम्दार, जिम्वालहरु, पंंचप्रधानहरु नालावाला लिदै शहर पसिरहेका थिए । सिदासादा र भरपर्दा कमैयाका भरमा खेतीपाती जिम्मा लगाएर शहर पुग्नेहरुले गाँउका अनेकौ कथाहरु लिएर आँउदथे । साँने काम गर्ने घरमा पनि त्यसको अनेकौ चर्चा चल्दो रहेछ । अझ गरिबको पिउसोलाई घराँ राखेर पढाएको र पुल्पुल्याएको भन्दै भौराँटापुको जिम्दारले त सुन्ने गरेरै प्वाक्क मुख खोलेछ ––गोमन साँपको बच्चालाई दुध पियाएको छस््, कुन दिन डस्छ !’ उस्का वेचैनी बढदै गए । के सोच्यो कोनी ! उस्को चेहेरा एकाएक धपक्क बल्यो । चिम्सा आखाँ चम्किए । जिउ तनक्क तन्कायो । गम्भीर बन्यो । कोर्षवाहेकका धेरै किताब लुकीलुकी पढिसकेको थियो । महत्वपूर्ण विषयमा तर्कपूर्ण छलफल गर्ने भईसकेको थियो । ट्यूसन पढन भनेर आएपनि स्कूलेकिताब भन्दा बाहिरैको कुरा नै चाख राख्थ्यो । जिज्ञासा त्यस्तै हुन्थे । दर्शन र राजनीतिक शव्द र अर्थ पनि बुभ्mदै गएको थियो । हाम्रो हेल–मेल, उस्को चाख,रुची र पारिवारिक अवस्थाले हिचकिचाउनु पर्ने कुनै कारण थिएन् । खुला रहेर भूमिगत काम गर्नु त दुवैतर्फ धार भएको तरवारमै हिँडनु झै हुन्थ्यो । कयाँै भूमिगत साथीहरु घरमा आएको, बात मारेको उसले नदेखेको हैन् । गोपनियता बचाएकै थियो । तब खुलस्त भन्न एउटा लक्काजवान बन्दै गएको जिज्ञासु ठिटोलाई दोमन हुँने कुरै भएन् । –अनि माओवादी नी !’ –‘हाम्रो समाजको प्रभूत्वशाली वर्ग बिरुद्धको अभियान दर्शन र आन्दोलन्’ के, के गम्न पो थाल्यो । टोलाउदँै छाना तिर नियाल्न थाल्यो । र, एक्कासी उत्तेजितहुँदै सोध्यो –उनीहरुकहाँ बस्छन् तपाईलाई थाहा छ ?’ –गाँउमा होलान्, पहाडमा वा जंगलमा होलान् जहाँ उनीहरुका वैरी पुग्न सक्दैनन्’ –शहरमा चल्ने भाषा र मिडिया बोलीमै लोली मिलाँउदै भनिदिँए । धेरै दिनसम्म कहीँकतै देखा परेन् । केटो बिरामी परेर घर गएकोले सबैकाम छोराछोरीले गर्नपरेको भनेर जिम्दार्नी बुढीमाउले गनगन गरेको सुनिन्थ्यो । दुईहप्ता पछाडि टुप्प्लुक्क देखा प¥यो । त्यसैदिन मेरो परममित्र ढाकाराम पाठक अनलको बर्दिया धोबनीमा हत्या भएको थियो । बोली र ब्यबहार एउटै राख्ने अनल समाजमा उम्दा माओवादी उदाहरण र आर्दश थिए । खुला रहेर भूमिगत हुनुपर्दा म भने त्यत्रो दुखान्त घटनामा न त खुलेर हृदय मिच्दै रुन सक्थेँ न त अन्तिम दर्शन गर्न जाँनै सक्थेँ । साँनेले नै हो बर्दियाको खबर ल्यायो । उदास देखियो । त्यसभन्दा पहिल्यै अनेकौ बिषयमा कुरा भएका थिए । ऊ त्यति उत्तेजित कहिल्यै भएको थिएन् । त्यतिबेलासम्म माओवादी शब्द सनातनी मानिसलाई तिलस्मी र सहरियाहरुलाई रहस्य, अपराधीहरुलाई आतङक र निसहायलाई सहारा बनिसकेको थियो । जहाँ अन्याय विरुद्ध आन्दोलन हुन्थे, सत्ता त्यहाँ माओवादी घुसपेैठ सोचिहाल्थ्यो । संसदिय दलहरु कनसुत्ले बन्थे भने भगौडा माओवादी सत्ताको कान र आँखा बन्थे । कयौँ मिडिया र विकासे आवरणमा सक्रिय थिए पनि । फूर्सद भयो कि ऊ जिज्ञाशा सान्त गर्न अनेकौ प्रश्न लिएर कुनै पनि बहानामा पुग्दथ्यो । उदासिन हुदाँपनि उस्लाई पर्गेल्न भने सक्तीनथेँ । उस्का भाषा माझिएका र जिज्ञाशा गंभिर हुँदै गएका थिए । –मान्छेलाई शक्ति दिने, सपना देखाउने र त्यसैमा डोर्याउने केले हो ? –विज्ञानको आखीँझयालबाट जीवन र जगतलाई नियाल्ने हो भने सबै कुरा देख्न भोग्न र अनुभूत गर्न सकिन्छ । त्यो भनेको भोक हो । –भोक ! कसरी ?’ –हरेक जिज्ञाशा भनेको ज्ञान भोक हो । हरेक विषयमा कार्य, कारण र परिणाम जोडिएका हुन्छन् । प्रश्नका जवाफ धर्मशास्त्रमा खोज्न थाल्छौ भने त्यहाँ पाँउन सक्दैनौ । धार्मिक बन्न तर्क र उत्तर हैन् विश्वासी बन्नु पर्छ तर हरेक प्रश्न र जिज्ञाशाको जवाफ भने विज्ञानमा हुन्छन् । खोज्ने हिम्मत, धर्य भने हुँनु पर्छ । जबसम्म किन र कसरी भन्ने प्रश्नको सन्तुष्टीलाग्ने जवाफ पाँउदैनौ तबसम्म त्यसको खोजीमा लागी रहन्छौ । त्यसले मान्छेलाई उदेश्यले हौँस्याउछ र मान्छे बन्नको महत्व र कर्तव्यवोध गराँउछ । हेर पश्चिमाजगतमा एउटा लोकपृय कथा छ । तिम्रा प्रश्नका जबाफ त्यस भित्र खोजिँदा अझ बुभ्रmन सजिलो पर्छ कि ! ’ –सुनाउनुस न त’ –अहिलेको इजरायल छ नि , त्यसका मूल बासिन्दालाई यहुदी भनिन्छ । जेरुसेलम भनेको यहुदी, क्रिस्चियन र मुसलमान तिनै धर्मको केन्द्र हो । धरैवर्षदेखी त्यहाँ धर्मयुद्ध भएको चलिरहेको छ । जातिय रुपमा त्यही यहुदी कुलमा जन्मेका ५ जना विदषुकहरुको यो कथा हो । ति बिद्धानहरु सिद्दान्तलाई जाँचेरमात्र प्रयोग गर्थे । सोही अनुसार जीवन कर्म गर्ने उनीहरुमध्येका ईब्राहिमलाई यहुदीहरुले, यसुलाई ख्रिस्तानहरुले र ति दुबैलाई इस्लामले पैगम्बर मान्छ । अरु रहे –कार्ल माक्र्स, सिग्मन फ्रायड र सेमुअल पि हेमिङगटन । हरेक ठाँउमा महान विभूतिहरुलाई समय गुज्रेपछि उनीहरुका अनुयायीहरुले देवतै बनाई दिन्छन् । जस्तो संघंम सरणंम् गच्छयामी भन्ने बुद्धलाई उनका अनुयायीहरुले भगवानै बनाईदिएर मुर्तीपुजाका विरोधी उनकै ससांरमै ज्यादा मुर्ती बनार्ए्दिए ’ –के कस्तो थियो नी ! त ति पाँचको भनाई ?’ –अब्राहमले मानिसको आन्तरिक चालक शक्ति र उर्जा भनेको मस्तिकको खेल हो अर्थात बुद्धि नै मुख्य विषय भन्थे भने दोस्रो थिए –यशु ख्रिष्ट । उनले दया अर्थात हृदयलाई चालक शक्ति माने । तेस्रोेमा पर्दथे– कार्ल माक्र्स । उनी भन्थे –भोक अथवा पेट । चौथोमा पर्दथे– सिगमण्ड फ्रायड् । उनी भन्थे –यौन । पाचाँैमा थिए –सेम्युअल पि हेमिङगटन । उनी सभ्यता बीचको टकराहट्लाई मान्दथे’ –तपाईलाई चाहीँ के लाग्दछ ?’ –मलाई लाग्नु र नलाग्नुसगं केही अर्थ हुदैँन । पूविर्य दर्शनमा पनि यस्ता भनाई सुत्रबद्ध नगरिएका हैनन् । हामी पश्चिमा पढन र ब्यबहारमा उर्तान अभ्यस्त भएर मात्रै हो । मेरो गोरे साथीले सुनाएको कथामात्र तिमीलाई सुनाएको हुँ । ती सबैलाई उपेक्षा गर्न नसकिएपनि मुख्य कुरा मलाई त् भोकै लाग्छ । तिमिले देखेकै छौ –दुनियाका लडाई इतिहासमा भएका भोक बिरुद्धको सर्घष हो । हुने र नहुँने बीचको खाडल र भोक हेर त ! । भोको मान्छेले न त बुद्धी खियाउन सक्छ न त दया नै गर्न सक्छ न त जाती, धर्म र सस्कृति भनेर लड्न भिड्न सक्छ । केही मान्छेले भोकलाई भकारीमा ताल्चा लगाएका छन् केही त्यही भकारी र्फोन तम्सेका छन् । जर, जोरु र जमिनको भोक कस्तो हुदोँ रहेछ ! वासनाको भोक ! स्वाभिमानको भोक ! शक्तिको भोक । यदी भोक सकियो भने कामना रहँँदैन् । त्यसभन्दा पनि सर्बे भवन्तु सुखिनको मानबताको भोक भने अचम्मैे हुन्छ । मान्छे एउटा अनौठो त्यही उर्जाले हाकिन्छ र आफैँलाई समाजलाई र दुनिया बदल्न तम्सन्छ । भोकले वर्ग सर्घष जन्माउछ र मान्छेलाई क्रान्तिकारी बनाउछ । द्रष्ट्रा र भोक्तामात्रै नभई कर्तामा फेरिदिन्छ । ससाँरै आप्mनै घर र बसुदेब कुटुम्बकम बनाएर मानब जातीलाई सजातीमा फेरीदिन्छ् । हामीसंग पूविर्य दर्शनलाई धर्म भनौ या संस्कृति चेतनाका अभ्यास जे भनौँ लोकायत, चार्वाक र बुद्द दर्शन र अभ्यास पढदा हामीले धेरै कुरा भौतिकवादका वारे जान्न पाँउछौँ ’ साँनेका हरेक जिज्ञाशा जस्तै त्यो दिनको प्रश्न झन कडा थियो । कडा प्रश्न थिए, जबाफ पनि सहज थिएन । उस्का ओठमाथी रौं उम्रिसकेका थिए । वलिष्ट बाजु, चौडा छाती र चम्किला आखाँले एउटा गरिब कमैयाको छोरो किशोरबाट परिपक्क यूवा भईसकेको देखिन्थ्यो । अपहेलित गरिब हलीको छोरो न हो । प्रतिभा पनि कस्ता ! जस्तो सुकै वार–बन्देज लगाएपनि हिमनदी पहरा फोर्दै सागरतिर हानिएझै । अपहेलित कूलको साँने त्यो भेगमै पढैयामा गनिन्थ्यो । आरिसेहरु हिलोमा उम्रेको कमल भन्थे । हलीको छोरो साँनेसंग घरेलु नोकर बन्दै पढाई चालु गर्न शहर आएर जिम्दारकोमा कामगर्दा चिनजान भएको हो । किलो सेरा टुले पश्चिम नेपालमा आतङक मच्चाउदा साँनेसगं त्यही पछिल्लो पटक भेट भएको हो । त्यसपछि साँने बौलायो, हरायो, अल्पियो भनेर धेरैले भने । मसंग टयूसन पढन जाने भनेर धेरैले त्यो युवाबारे सोधे । महासमरबाट फर्केपछि उस्का बृद्ध बाबा आमाले सोध–खोज गरे । म आजसम्म नाजबाफ छु । म विश्वस्त केमा छु भने एक न एक दिन नयाँरुपको स्पार्टाकस बनेर हाम्रो गाँउमा आँउने छ । त्यसवेला मेरो पालो प्रश्नकर्ता हुँनेछ र जिज्ञाशाको जबाफ दिने पालो उस्को । सबैको हिसाब किताब गर्ने छ साँनेले । हिजै राती सपनीमा आएको थियो । भन्दै थियो– प्रलयको दिन अझै आएका छैनन्, सपना तुहिएका छैनन्, भोक सकिएको छैन् । जाग... केशर जाग्....अरु हुँन सकिनस् भने पनि आप्mनै वचन कायम गर् । हिजाका कुरा जस्तो त कुरा गर् । मनका कुरा चिच्या...। अरु बन्न सक्दैनस् भने पनि आर्दशवादी बुर्जुवा जस्तो त बन् ।’ उफ ...साँने । शनिबार २१ असार, २०७६ १७:५७:०० मा प्रकाशित Read more at: https://samachardainik.com/news-details/23682/2019-07-06

Monday, July 1, 2019

ढुक्क हुँनुस, सव ठिकठाक छ

संमानिय प्रधानमन्त्रीज्यू शारीरिक र मानसिक रूपमा पूर्णस्वस्थ हाेइबक्सन्छ। उहाँकै कायर्कालमा काठमाण्डु मास्कबिहीन मार्क्समय भयाे । दम्भी र अहंकारी पटक्कै होइवक्सन्न । उहाँ जननिर्वाचित प्रतिनिधीमात्रै हैन्, झापा बिद्रोहका अगुवा, अत्यन्तै सामान्य परिवारकाे स्वअध्ययन र अभ्यासले विद्वान एवं पूर्ण भाैतिकवादी कम्युनिष्ट होइवक्सन्छ । ठूला सपना देखाएर जनइक्षाशक्ति प्रचुर गराउनु हुन्छ । कुसल संगठक भएकाले पार्टी अस्तब्यस्तता र सरकारकाे चुस्तता कायम गर्न अहोरात्र खटनु हुन्छ। पाटी एकताका सामान्य काम मात्रै बाँकी छन । पोलिटब्यूरो र जिल्ला इन्चार्जका नाम लेखिइसकियाे । सफल नायक हाे । सहयोद्दाका हृदयजित्न सफल हाेइवक्सन्छ। न्याय र कानुन पालना गराउन इनकाउन्टर बाध्य भए पनि शुसासनकाे पर्यावाची होइवक्सन्छ । भ्रष्टाचारी ब्यभिचारी,अत्याचारी अाफ्नै पार्टी कार्जेकर्ता वा नातेदार समेत छुट नदिइ दाेहोलाे काढी बक्सेका अनेकाै उदाहरणा छन् । देशकै सवाेर्च कार्यकारी भएकाले अाफ्नै जिल्ला वा निर्वाचन क्षेत्रमात्रै विकास र नियुक्तिमा ध्यान दिवक्सदैन् । सहज र सरल जीवन उहाँकाे पृयता हाे । कसैकाे पनि चित्त दुखे उहाँकाे मनमस्तिकमै पीडाले रातको निन्द्रा र दिनकाे चैन हराँउछ । उहाँ टिम चैन गर्न् अत्यन्तै माहिर भएका कुरा त सरकारी प्रवक्ता र भूमिसुधार मन्त्रीले उहाँकाे बचाएकाे इज्जत नै काफी छ । उहाँकाे कुशल नेतृत्व पाउनु अाम नेपाली र विश्वका कम्युनिष्टहरूको गाैरवता हाे ।

पाका कम्युनिस्टको बेहाल (आलोचक थन्क्याउन सल्लाहकार समिति)

संसारकै कम्युनिस्ट इतिहासमा नेपालमा मात्रै सल्लाहकार समिति बनाइन्छ, तर सल्लाह लिइन्नँ, नेताहरू आफैँ सर्वज्ञ ठान्छन् कम्युनिस्ट पार्टीको संगठनात्मक अभ्यासमा सल्लाहकार समिति, मानार्थ सदस्य वा भेट्रान सदस्यको अवधारणा नै हुँदैन । नेपालबाहेक कहीँ पनि सल्लाहकार समिति छैनन् । रुस, चीन, कोरिया, भारत, अमेरिका, पश्चिम युरोप, क्युबाका कम्युनिस्ट साहित्यमा सल्लाहकारबारे पढ्न पाइँदैन । नेपालमा अशक्त, बुढा, राजनीतिक चुनौती दिने अथवा आलोचनात्मक चेत राख्नेलाई मानार्थ पदमा राखिन्छ । सल्लाहकार समिति राजनीतिक दरबिलो पृष्ठभूमि भएका कार्यकर्ता थन्क्याउने र फाल्ने थलो बनेको छ । जब पार्टी क्रान्तिको औजार बन्ने चरणबाट बुर्जुवा चरणमा गुजिँदै ‘अफिसिल कम्युनिस्ट’ बन्छ, तब नेता कार्यकर्ताको हैसियत पदसँग जोडिन पुग्छ, तब नयाँ पद सिर्जना गर्नुपर्ने हुन्छ । त्यसैले, सल्लाहकार समितिलाई मुखले थिंकट्यांक भने पनि व्यवहारमा मानार्थ समिति बन्न पुग्छ । एमालेमा पाँचाैँ महाधिवेशन ०४८ र पूर्वमाओवादीमा ०४८ को एकताकेन्द्रको माडी महाधिवेशनबाट सल्लाहकार समितिको बनाइयो । जनयुद्धमा माओवादीमा सल्लाहकार थिएनन् । ०७२ मा सल्लाहकार परिषद् बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सल्लाहकारलाई पार्टीको ‘थिङट्यांक’ भनी अथ्र्याएका थिए । माओवादी केन्द्रको हेटौँडा महाधिवेशनमा सल्लाहकारले प्रशिक्षण दिने र वर्षमा ३ चोटी बैठक बसेर पार्टीलाई सुझाब दिने प्रस्ताव पास गरेको थियो । पछिल्लो कालमा माओवादीमा केन्द्रीय सदस्य र सल्लाहकार संख्या नै कसैले थाहा भएन । सरकारी नेकपामा अहिले शक्तिको अतिकेन्द्रीकरण छ । जुन पार्टीमा पोलिटब्युरो र जम्बो केन्द्रीय समिति बैठकसमेत बस्न सक्दैन, वर्ष दिन पुग्दा पनि एकता प्रक्रिया टुंगिएको छैन, त्यसमा यस्ता आलंकारिक संगठनको कार्यकारी हैसियत नै के रहन्छ र ? नेपालमा पार्टी र झन्डा कम्युनिस्ट देखिए पनि वास्तवमा कानुनी बुर्जुवा पार्टी र कम्युनिस्टमा भिन्नता छैन । सदस्य नै नभएर केन्द्रीय समितिभन्दा उच्च पदमा पुगेकोसमेत देखेको छु । कम्युनिस्ट पार्टीमा वृद्ध, पाका, अनुभवी सदस्यले पनि आफ्नै संगठनमार्फत भूमिका खेल्छन् । योग्यता, क्षमता, दक्षता र आवश्यकताअनुसार कार्यविभाजन भएर हरेकको योगदानलाई पार्टी र क्रान्तिप्रति समेटिएको हुन्छ । भूमिकाहीन कार्यकता कम्युनिस्ट हुनै सक्दैनन् । क्रान्ति र शान्ति, आन्दोलनका रूप फरक हुन्छन् । कम्युनिस्ट क्रान्ति गर्न सिपालु तर सत्ता सञ्चालनमा भने बुर्जुवाभन्दा कलामा कमजोर भए । त्यसैले, सल्लाहकार समितिजस्ता गैरकम्युनिस्ट संगठन बनाएर कार्यकर्ता व्यवस्थापन गर्न विवश छन् । नेपालका कार्यकारी आफैँलाई सर्वज्ञ ठान्छन् । पार्टी वा सत्ता चलाउन सल्लाहकारको आवश्यकता महसुस गर्दैनन् । सल्लाहकारलाई निजीसचिव सोच्ने गर्छन् । अधिकांश सल्लाहकार पिएको हैसियतभन्दा स्वभिमान कायम गर्दैनन् । गिरिजाबाबुलाई प्राध्यापक कृष्ण खनालले कुनै सल्लाह दिनै नपरेको बताउँथे । सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझाब दिन बनेको नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्राडा चैतन्य मिश्रको राजीनामा पछाडिका कारक पक्ष नियाल्नुपर्ने हुन्छ । मैले पनि पार्टी र सरकारको सल्लाहकार बन्दा कुनै सल्लाह दिने कष्ट उठाउँनै परेन । यो ‘सौभाग्य’ कर्पोरेटबाहेकका सल्लाहकारले पाएकै हुनुपर्छ । नयाँ पत्रिका https://www.nayapatrikadaily.com/news-details/18505/2019-07-01

सरकारी नेकपाको नियति र ‘नत्र भने...’ का खेल

सरकारी नेकपाको नियति र ‘नत्र भने...’ का खेल: नेपाली लोककथामा नत्रभने कथा अत्यन्तै लोकप्रिय, सन्देशमूलक र अर्थपूर्ण छ ।  कुनै एउटा लोग्ने सधैँसधै श्रीमतिलाई ‘नत्र भने...’ भनेर तर्साउँथ्यो । यसो गर ! त्यसो गर ! गरिनस् कि नत्र भने... ! भनेर आतंकित पार्दथ्यो ।  

हरेक कुरामा ‘नत्र भने’ भन्ने त्यस दिन पनि लोग्नेले पुरानै शैलीमा भन्यो, &lsquo...