Wednesday, June 26, 2019

सत्ताले जव दुश्मनी मोल्छ

सर्लाहीमा कुमार पौड्यालको हत्याबारे पुलिस र गृहमन्त्रीको भनाईले पञ्चायत र जनयुद्दकालको सम्झना गरायो । फर्जी मुठभेड र गैह्रकानुनी हत्या सभ्य समाजका लागी कलंक हुँन । के यो जनयुद्द र जनआन्दोलनको जगमा बनेको कम्युनिष्ट सरकार हो ? कथनी र करनीमा कति सांगोपांगो मिलेको छ ? रुपमा सुन्दर भएरमात्रै पुग्दैन्, गुनिला कुरा गरेर मात्रै आलोचनात्मक चेत झुक्किनेवाला छैन् । एउटा कम्युनिष्ट भएर ‘समाजवाद उन्मुख’ पार्टी र सरकारको विरोध रहर र इक्षा कदापी हैन् । जनयूद्दले मञ्चमा पु¥याएकाहरु पनि अहिले जनयुद्दको छायाँदेखी नै तर्सिरहेका छन् । असमतीलाई तह लगाउन एकातर्फ कानुनको साहारा लिँईदैछ भने आप्mनै अदालतको आदेश समेत सरकार पालन गर्दै छैन् । सरकार अलोकपृयताको काँडाघारीमा जेलिँदैजाँदा जति उम्कन खोज्छ त्यति नै काडाँले छियाछिया पारिरहेको छ । सपना देखाउनका साथै विश्वास पनि जगाउनुपथ्र्यो तर दम्भी शक्ति आलोचना सुन्न र पचाउनै सक्दैन् । शक्ति कमजोर बन्दै गएको कुरा पनि अन्तिमसम्म थाहा पाँउदैन् । सर्पले निल्न थालेको भ्यागुताले सामनेको झिँगा सिकार गरेको देखेका आँखावाल–धृतराष्ट्रहरु त्यसवाट शिक्षा भने लिँदैनन् । आलोचनात्मक चेत शक्तिलाई काउसो हुन्छ । संसारकै कम्युनिष्टलाई समाजमा सर्मथक, या बिरोधी मात्र हुन्छन् भन्ने ग्रन्थीले सधैँ दीक्षित गर्यो । बीचमा मध्यमवर्गिय जनताको ठूलो संख्या पनि रहन्छ भन्ने सोचिएन् । बुर्जुवा वर्गभित्रको प्रगतिशील शक्तिलाई सदा उपेक्षा गरियो । मध्यमवर्गलाई साथ नलिँदा क्रान्तिको सामाजिकीकरण हुँन नसकेको पीडा त जताततै रह्यो । अनुशासनका नाममा चल्ने डण्डाले नेतृत्वको आलोचना र स्रिजनात्म चेत दवावमा प¥यो । सहयोद्दा वा कार्यकर्ताका एकपटककै पनि सृजनात्मक चेत कहिल्यै नविर्सेर राजनीतिक सुरक्षामा समेत असर पारियो । निमित्तकारण तयार पारेर जति गम्भीरखाले साहित्य, जनपत्रकारिता प्रतिवन्धित काल वा विद्रोहकालमा स्रिजना भए त्यति बन्धुजन सत्तामा पुगेका बेला भने संसारकै कम्युनिष्टले गर्न सकेनन् । भक्तिकालमा राम्रा लेखक, कबि कलाकारले पनि आप्mनै गौरवशाली इतिहास थेग्न सकेनन् । विद्रोही चेत र आलोचनात्मक चेत कलमको पहिलो उर्जा र जनपक्षधारिता हुँदो रहेछ । जनयुद्दकालीन कयौ लेखक, कवि, पत्रकारहरु अहिले कर्कलाका डाँठ झै लयाकलुरुक परेको देखिन्छ । माओवादीभित्र शान्तिकालमा पुग्दा चरम विवाद भयो । त्यसलाई उर्जादिन तीन पत्रिका तम्सिए । खाँटी आर्दशवादी समयवद्द, मध्यपन्थी क्रमभंग, र नवर्माक्वादी रातो झिल्को । यफयमहरु जनादेशको त सहादत भै सक्या थियो । ग्राम्स्कीले संकेत गरेको क्रान्तिपछिको वर्ग रुपान्तरणले उस्को हैसियत मात्र फेर्दैन् उस्का चिन्तन, सोच र सौन्र्दयता समेत फेरिदिन्छ । जाँन मिर्डल आपूmलाई साठीवर्षदेखीको सडकको माओवादी भन्ने गर्थे । संसारमा न्यायपूण संर्घष भएका थलो पुग्थे । सरोकार राख्थे । सामेल हुन्थे । गैह्र कम्युनिष्ट नोम चोम्स्की, अरुन्धति रोय त चरित्र नायक नै हुँन । तर, नेपालमा सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोगको अवस्था कमजोर छ । आग्रहका पर्खाल र पेटका समस्याले बुद्दिजिवीहरु खुम्चिदै यनजियोकर्म वा परार्मशदाता बनेर बुद्दिब्यापारीबन्दा आप्mनै गौरवता पनि आश र त्रासले थेग्न सकिरहेका छैनन् । जनयुद्दबाट जन्मिएका वौद्दिकतप्काको त अझ कन्तविजोग नै छ । संसद औकातहीनको जमघट र प्रतिपक्ष आग्रही र निरह बनेको बेला यो गम्भीर अवस्थाको संकेत हो । जनअास्था २०७६ असार ११

Sunday, June 23, 2019

मनोयुद्द लडाइकाे ठूलाे माेर्चा हाे ।

बोल्… बोल् मछली, मुख भरी पानी …. किन गर्छस् हँ । बोल् त बोल् … बोलीलाई इतिहासको नजिरमा दश्तावेजिकरण गर्न मात्रै भए पनि बोल् । बोल्ने मात्रै हैन् चिच्या पनि । तेरा बोली सपनामा आतंक बनेर पत्रुहरूको हृदयघात होस् । जानेको, देखेको र भोगेको विषयले घटनालाई सेन्सरहीन भएर बोल् । तेरो बोली पनि कसैलाई उर्जा बन्ला, कसैलाई मुटु छेडने ….तीर बन्ला । बोल् त बोल् …बोल्नै पर्ने कुराहरू…. मन–मस्तिकका कुराहरू, आस र त्रासमा जिन्दगी लतार्नेहरू मुखमा भिरंगी भएर कहिले बोलेका छन र ? बोल् त बोल् र बोलीको मूल्य तिर्दै उठाउनुपर्ने कष्ट पनि उठा…। बोल् त बोल् बोल्नै पर्ने कुराहरू जसरी साच्चैका मान्छे बोल्दै आएका छन् यस संसारमा । सामाजिक सञ्जालमा सो सो आएपछि जनआस्थामा बोल्न सम्पादक जीले भने । जनआस्थासंग नजिक हुँन पनि गाह्रो, टाढा हुँन झन गाह्रो । यो नेपाली पत्रकारिताको भिन्न मानक हो । मनोयुद्धको एउटा हिस्सा बनेको मिडियामा मिडियाचेत सहित सहमतिमा हिम्मत र विमतिमा विवेकपूर्ण सहयात्रा हुन्छ र गर्नै पर्छ पनि । शान्तियुद्धको प्रथम प्रहरमै जनआस्थामा प्रकाशित लेखबारे पार्टीमा ४ पटकसम्म बयानदिनु परेको थियो । शीर्षकवाहेक कहीँ–कतै प्रत्यक्ष–परोक्ष खण्डन वा आत्माआलोचना भने गरिएन । कालान्तरमा बरु पुष्टि भए । मनोयुद्धको एउटा हिस्सा बनेको मिडियामा मिडियाचेत सहित सहमतिमा हिम्मत र विमतिमा विवेकपूर्ण सहयात्रा हुन्छ र गर्नै पर्छ पनि । त्यसैले जनआस्थाका दुश्मनहरु पनि यसकै संवाददाता छन् भने कसैले यसलाई पित पत्रकारिता, धम्की पत्रकारिता भन्छन् कयौँले यसलाई निर्भिक पत्रकारिता पनि । कहिले पनि पूर्वाग्रह वा उत्तेजित भएर जनआस्थास्कूलको छद्मसंवाददाता भने भईन् । आफू त– खुल्ला खेल फरुखावादी । अहिले बोल्नु पर्ने, चिच्याउनु पर्ने, बोलीलाई…अक्षरलाई हतियार बनाउनु पर्ने विषय के–के छन् त ? हामी हतारमा छौँ, सर्टकट केन्द्रित छौँ । गम्भीर विषयमा न बहस गर्छौ न सुन्छौ, न कहन्छौ । तातोतातो पोल्ने, करेन्टलाग्ने समाचार, विचार चाहिन्छ हामीलाई । न हिजो गम्छौ, न भोली सोच्छौ । नेता र कार्यकर्ताहरुको नीजि आचरण र पारिवारीक विषयमा भने अहिले नै नबोलौं । हो, बोल्नु पर्ने कुरा धेरै छन् । पहिलो कुरा त बोल्ने मान्छेहरु पनि यस संसारमा अझै शक्तिसामु लम्पसार नपरेर मानसिकरुपमा ज्यूँदै छन् र बोलीले आन्दोलनभित्रका समस्या चिर्छ, सपना देखाँउछ, शक्तिलाई ऐना हेर्न विवस पार्छ भन्दै जीँउदोको प्रमाणपत्र लिन पनि बोल्नु पर्ने हुन्छ र पर्छ । इतिहासका शिक्षा भनेको पिलन्धरेको रोदन हैन् अरुले गरेका गल्ती दोहोर्याउने मान्छेजातले फुर्सद नै पाँउदैन् इतिहास गम्दा शक्ति, रुप र धन कसैले कज्याउन सकेको छैन् भनेर सिजर, क्लियोपेत्रा, नेपोलियन, हिटलर, मुसोलिन र तोजोलाई सधैँ याद गराईरहन पनि बोल्नु आवश्यक हुन्छ । कुनैवेला महाशक्ति आफ्नै राज्यमा सूर्यास्त नभएको देश भन्ने बेलायत कालान्तरमा आफ्नै उपनिवेश अमेरिकाको हुकुम तामेली गर्नु परिरहेको शक्तिका मैमत्तहरुलाई इतिहासले सम्झाउँछ । कबिताले सपना देख्न ललकार्छ । बोल्नु भनेको साहित्य, कला र कबितासंगको नाता जोडिनु पनि हो । सहादतको लासमाथि चढेर अग्लो देखिने, नाम चम्काउने, शक्ति हत्याउने स्वयम् पहिलाको जीवनलाई गिज्याउनेहरु मात्र हैन्, हिजोदेखी आतंकित भएर नक्कली जीवनमा अभ्यस्त भएकावारे पनि बोल्नैपर्छ । जनयुद्धका कचरा (बाई प्रोडक्ट) झुसे डकारभीत्रका कुरा पनि पर्दाहीन बनाईदिएर मात्रै हैन् आफैँलाइ जनअदालतमा उभ्याउन पनि बोल्न आवस्यक हुन्छ । त्यसैले बोल्नै पर्ने विषय हुँन् …समकालीन राजनीतिबारे, बौद्दिक बहसबारे, देशको राष्ट्रियतावारे, राजनीतिक संस्कृतिबारे, नेताहरुको दुरदृष्टिवारे, आचार, विचार र ब्यबहार र एवं त्यसले पारेको जनमत प्रभावबारे, जनयुद्धभित्रका कुराहरु, अभियन्ताहरु, अहिलेका छियाछिया भएका सपना र त्यसका मार्गचित्र कोर्ने ईन्जिनियरहरुका कथा÷ब्यथा, दुरगामी सोच, कुण्ठा र मनोयुद्धका बीभत्सता, इतिहासको ब्याज खोज्ने वा क्रान्तिका क्षेतिपूर्ति खोज्दै भौतारिनेहरुबारे नांगै बोल्नै पर्छ । सहादतको लासमाथि चढेर अग्लो देखिने, नाम चम्काउने, शक्ति हत्याउने स्वयम् पहिलाको जीवनलाई गिज्याउनेहरु मात्र हैन्, हिजोदेखी आतंकित भएर नक्कली जीवनमा अभ्यस्त भएकावारे पनि बोल्नैपर्छ । जनयुद्धका कचरा (बाई प्रोडक्ट) झुसे डकारभीत्रका कुरा पनि पर्दाहीन बनाईदिएर मात्रै हैन् आफैँलाइ जनअदालतमा उभ्याउन पनि बोल्न आवस्यक हुन्छ । हाम्रो समाज अल्जाइमर रोगले (विर्सने रोग) घाईते छ, इतिहास सधैँ–सधैँ सम्झाई रहनु पर्ने हुन्छ । अहिले दशवर्षे जनयुद्ध ऊ विर्सदै छ, द्धन्दका कारण र त्यसका असर, शान्तियुद्धका अवरोध र निमित्तकारण, सत्ता र सरकारलाई एउटै सोच्ने मनोभाव, त्यसवाट अझ आक्रान्त माओवादी घटक ….हरे राम’ । मधेशबारे कति हामीले श्रृजना गरेका कति अरुले थोपरेका समस्या हुँन त ? भारतीय बढ्दो फासीवाद, त्यसका धार्मिक उग्रता एवं सो बाछिटाले नेपाली राजनीतिमा पारेको असर, सांस्कृतिक सामन्तवाद, त्यसका प्रेतछायाँले गाँजिएको हाम्रो चिन्तन–प्रणाली र नेपालका राजनीतिक दल, सिण्डिकेटको समानान्तर सत्ता अहिले बोल्नु पर्ने, बहस हुँनु पर्ने विषय हुँन् । तर, हाम्रा बोली र बहसहरु शक्तिसामू सेल्फ सेन्सरशिपमा कैद भएका छन् । अहिले भने विगत नियाल्न माओवादीमै केन्द्रित हौँ । अझै सरकारका राम्रा नराम्रा कुरा गर्नेबेला भईसकेको भने छैन् । जनयुद्धको धराप छिचले पनि मनोयुद्धको दलदल माओवादीले छिचोल्न सक्छ कि सक्दैन ? त्यसका अवरोध के, के थिए र हुन् । क) शान्तियात्राको मार्गचित्र अध्यक्ष प्रचण्ड र डा. बाबुराम भटराईसंग रहेनछ । ख) सरकारमा अल्झियो सत्तालाई ख्यालै गरेन् । ग) सरोकारवालाहरुले राजनीतिले यो मोड पनि लिन्छ भन्ने कसैले सोचेकै रहेनछन् । घ) नेत्रविक्रम चन्द विप्लब र शक्ति बस्नेत जस्ता मोर्चाका अग्रपंक्तिका यूवाहरुलाई त अझ रहेनछ । नत्र उनिहरु संसदिय चुनावको टिकट वितरण गर्नेको हैसियतमा रहेर पनि पहिलो निर्वाचन लडेनन् । ङ) क.विप्लबलाई संसदमा ल्याएर महत्वपूर्ण मन्त्रालय दिईएको भए माओवादी पार्टी विभाजन हुँदैनथ्यो (पंक्तिकारसंग एकपटक क.विप्लबले भूमिसुधार आयोगमा जाँने वा नजानेवारे चर्चाहुँदा जवसम्म राज्यसत्ताको चरित्र फेरवदल हुँँदैन तवसम्म कुनै प्रकारका त्यस्ता आयोगको औचित्य नरहने भएकाले नजान नै बेस होला भन्ने सल्लाहा दिईएको थियो) चन्द्रप्रकाश गजुरेललाई कुनै मन्त्रालयको जिम्मा नदिनु फुटलाई अझ मलजल भयो । त्यो ०४२ देखीकै प्रचण्ड–सिपीबीचको सितयुद्द हो । च) युद्दले सत्ता कब्जा गरेको नभई भिन्न चरित्रका शक्तिसंग शान्तिसम्झौता गरेको कुरा पार्टी र सरकारमा आत्मासात गर्न सकेन, सत्ताकब्जा गरेको भ्रममा रह्यो । अहिले झन संक्रमणमकालीन न्यायिक जटिलतालाई छिचोल्ने कानुन न्याय मन्त्रालय महत्वहीन भनेर प्रस्तावित मन्त्री प्रभू शाहले अस्वीकार गरेछन् । त्यसले राज्यसत्ताको शान्तिपूर्ण परिवर्तनको आफ्नै भूमिकाबारे नेतृत्वतहलाई नै वोध नभएको देखिन्छ । यसपहिले रक्षामन्त्री रामबहादुर थापाले सत्ताको मुख्य मेरुदण्ड सेनालाई ८ जर्नेलसम्बन्धी उत्तेजित पार्ने निर्णय गर्नु र न्यायप्रणालीमा तत्कालीन न्याय तथा कानुन मन्त्री देव गुरुंगले उदासिन रहनु शान्ति–सम्झौताले दिशानिर्देशन गरेको संक्रमणकालीन कानुनी अवरोध हटाउन पनि वेवास्ता गरियो । कानुन विभाग अर्थात खीमलाल देवकोटाहरुको आउटलुक र भिजन नै देखिएन । छ) समानुपातिक सांंसद स्वीकारेका मोहन बैध्य किरण, डा. बाबुराम भटराईलाई सदनको उपनेता नियुक्ति गर्नेवित्तिकै एकाएक पहिलो बेन्चवाट पछिल्लो भागपुग्नु अहंकारको टसल र फेरिएको सन्दर्भको सुझबुझ अभाव थियो । अर्को प्रसंग अध्यक्ष प्रचण्डको प्रधानसेनापति रुक्मागत कटवाल प्रकरण । ज) जनयुद्धमा जसरी जनमुक्ति सेनाको अग्रभूमिका हुन्थ्यो त्यसैगरी शान्तियुद्दको (मनोयुद्द) पहिलोपंक्तिमा मिडिया, बुद्दिजिवी संगठन र लेखक, कबि, कलाकार, साहित्यकारको सांस्कृतिक मोर्चाको दायित्व हुनुपर्ने हो । ती तिनैमोर्चा असफल मात्र हैन् जनयुद्दको मुखपत्र जनादेश नेताहरुको लडाई र मिडिया अग्रजको असक्षमताको परिचय बोक्यो । ज्यादा प्रकासित, प्रसारित हुँने माओवादी मिडिया भए त्यसले न नयाँ जनमत श्रृजना गर्न, न भ्रमचिर्नै सक्यो, कालान्तरमा एउटै मिडिया पनि बच्न सकेन् । मिडिया नेताहरुनै या त विभत्सताका सौन्र्दयशास्त्र कथ्न थाले या अन्य मिडियाका छम्द संवाददाता बनेर आफ्नै नेता, पार्टीको हुर्मत काढ्न थाले । नयाँ एसाल्टग्रुप नाममा रहे पनि काममा भने रहेनन् । अझ बुद्दिजीवी संगठन शान्तिको खेतीगर्ने एनजियोको चाकर बन्दै देश-विदेशमा या कर्मचारी सिफारिस केन्द्र । आफनै नातागोतालाई भर्ती गराउने थलो बन्यो । कर्मचारी संगठनका जनयुद्धको खिल्ली उडाउने आतंकथलो बन्न पुग्यो । परिवर्तनका तिनैवटा मोर्चामा नेताहरुको पूmर्को समातेर शक्तिको भर्याङ चढने प्रबृतिको हावीहुँदा आर्दश ठट बन्न पुगे भने आलोचनात्मक चेत ध्वस्तहुँदा अधिकांस नेता मालिकमा र कार्यकर्ता राजनीतिक कमैयामा फेरिए । न्यूक्लस र विप्लब माओवादी एकता भएपछि उनि त्यसलाई पनि उछित्तो काढ्न पुगेर आफू मात्र एक्लो क्रान्तिकारी स्वघोषित भए । फुट र कबितामा मात्र क्रान्तिकारी देख्ने र जीवनमा देखिनु नपर्ने नेपाली वामवुद्धिजिवीको सुन्दर प्रतिक बने गालीपण्डित डा. बराल । जनयुद्धको तिब्रतामा राजनीतिक संस्कृति विकास हुँन सकेन् । त्यसकालागी माओवादी प्रचण्डपथिय सौन्दर्यशास्त्री डा. ऋषि बराललाई नियाले पुग्छ । सर्वप्रथम प्रचण्ड–बाबुरामलाई सत्तोसराप गरेर पार्टी फुटाउने आधार तयार पारे, फेरी बैध्य–बादललाई धारेहात लगाँउदै अर्को फुट जग खन्नपुगेर विप्लब सौन्र्दयगित रच्दै गए, तर त्यहाँ पनि अटेनन् तव हेमन्तप्रकाश वली सुर्दशनसंग मिलेर न्यूक्लस गठन गर्न पुगे । न्यूक्लस र विप्लब माओवादी एकता भएपछि उनि त्यसलाई पनि उछित्तो काढ्न पुगेर आफू मात्र एक्लो क्रान्तिकारी स्वघोषित भए । फुट र कबितामा मात्र क्रान्तिकारी देख्ने र जीवनमा देखिनु नपर्ने नेपाली वामवुद्धिजिवीको सुन्दर प्रतिक बने गालीपण्डित डा. बराल । स्वयम् सुर्दशनको प्रश्न छ …यदि उनि समानुपातिक सांसद भएको भए, जनआस्थाले केही विषय छताछुल्ल नपारेको भए वा प्रभाकर र उनिबीचको अस्वस्थ टकराहट नभएको भए…क्रान्तिकारी जलपमा यि प्रचण्डपथका अर्का राजनीतिक दार्शनिक सौन्दयशास्त्री अहिले अग्रपंक्तिमा प्रचण्डप्रतिनै गालीउवाचक त हुन्थे ? कुनैदिन प्रचण्डपथका सौन्र्दयशास्त्रीहरु अग्रपग्तीमा प्रचण्डप्रति नै गालीउवाचक बनेर अहिले स्तुतिगान गर्नेहरुको अवस्था माओवादीवारे सामान्यअध्यतालाई पनि गजवठट लाग्दो हो । भन्न र भन्न खोजिएका अझ त्यसका भित्रीमर्म फरक हुँदा रहेछन् । अब फेरी सरकारमा पुग्न नपाएको कुण्ठा पुरा गर्न सरकार संचालनको कमिटी अर्को ठट बनेको छ । के प्रकाश,बादल र परियार कमिटीले आफ्नै अध्यक्षको सरकारलाई निर्देशन, नियन्त्रण गर्न सक्ला ? कस्तो सहयोग पुयाउला ? के यो अभ्यासले सत्ताभोकको अरु लालसालाई मलजल त नगर्ला ? माओवादीले आफ्नै इतिहासका कमजोरीबाट सिकेन । त्यसैले यूवानेता दीपशीखाले भने जस्तै बोल्ने चेतको रक्षा गर्न पनि ‘बोले अराजकता, नबोले दासता हुँने भयो । कमी, कमजोरी छताछुल्ल पार्नु भनेको क्यान्सरको अप्रेसन गर्नु हो तव मात्र सपना सकिँदैनन् आन्दोलन अन्त अझै भएको छैन् भन्ने हुन्छ । हो, संपादकज्यू …अहिले बोल्नु पर्ने कुरा धेरै छन् । पहिलो कुरा त बोल्ने मान्छेहरु पनि यस संसारमा अझै शक्तिसामु लम्पसार नपरेर मानसिकरुपमा ज्यूँदैछन् र बोलीले आन्दोलनभित्रका समस्या चिर्छ, सपना देखाँउछ, शक्तिलाई ऐना हेर्न विवस पार्छ जस्ले इतिहासबाट सिक्दैन र सपना देख्दैन उसको अन्त कसैले रोक्न सक्दैन, त्यसैले जीँउदोको प्रमाणपत्र लिन पनि अहिले अझ ज्यादा बोल्नु पर्ने हुन्छ र पर्छ । कमी, कमजोरी छताछुल्ल पार्नु भनेको क्यान्सरको अप्रेसन गर्नु हो तव मात्र सपना सकिँदैनन् आन्दोलन अन्त अझै भएको छैन् भन्ने हुन्छ । (जनआस्थामा प्रकाशित ०७३ भदौ ८गतेको केही परिर्माजन सहित)

Monday, June 17, 2019

भो, अब कम्युनिस्ट नाममा शासन नगर

गत वर्ष भारतमा ‘नट इन माइ नेम’ नामक एउटा स्वस्फुर्त आन्दोलन चल्यो। धर्मका नाममा विवेकहीन भीडविरुद्धको सो आन्दोलन ‘जे गर, तर मेरो नाममा हैन’ भन्दै प्रबुद्ध समाज सडकमा उत्रियो। नेपाली जनमत वामढल्को छ। समाजवाद र कम्युनिस्टप्रिय पनि छ। तर रूप र चरित्रै कतै पनि समाजवादउन्मुख नदेखिने दुईतिहाइको सरकारलाई जे गर, गर तर समाजवाद र कम्युनिस्टका नाममा भने नगर भन्ने त्यस्तो पत्यारिलो शक्ति सडकमा देखिँदैन। जे छैन् त्यही नाम लिँदै सरकार जनतालाई भीडमा फेर्न खोज्दैछ तर खबरदारीको हैसियतको कुनै समूह आन्दोलन भने सडकमा देखिँदैन। जो काम विरोधीले गर्नुपथ्र्यो, ऊ ‘कम्युनिस्ट’ बाटै गराउन सफल भयो। जतिछिटो ‘कम्युनिस्ट’ भ्रष्ट हुन्छन् त्यति नै फाइदा नग्नपुँजीवादलाई पुग्छ। पंक्तिकारजस्तो पाँच दशकको सशस्त्र संघर्ष र ‘शान्तिमा’ सामेल लालझन्डेले समेत दुईतिहाइको ‘समाजवादउन्मुख कम्युनिस्ट’ सरकारलाई छाती खोलेर सर्मथन गर्न सकिरहेको छैन। विचारमा पकड कमजोर वा विरोधीले मात्रै यसलाई कम्युनिस्ट सरकार भन्छन्। यसका चित्र, चरित्र र भूमिका नियाल्दा यो दक्षिणपन्थी सरकार हो। प्रधानमन्त्रीको संसद्मा व्यक्त तथ्यांक मिथ्यांक बन्छन्। सदनका भनाइ महाठट्टा लाग्छन्। सरकारी कुरा पत्याउन सक्ने एउटै परिणाम पाइँदैन। नाम र झन्डाले मात्र कम्युनिस्ट देखिने पार्टी र सरकारको समर्थन वा विरोध के गर्ने भनेर वामपन्थी नै ठूलो दबाबमा छन्। ‘कम्युनिस्ट’ सरकार देखेर बुर्जुवासमेत लाज मान्न थालिसके। नेकपाका नेतासँग गौरवशाली इतिहास छ, तर गर्विलो इतिहासले मात्र भविष्य बन्दैन। ऐतिहासिक भूमिकाको आदर्श निरन्तरता आवश्यक हुन्छ। सार्थक मापन आदर्शको वर्तमान निरन्तरता हो। वर्ष दिन सरकारको बित्न लाग्दैछ। तर ओली सरकारलाई समयको सही प्रयोग गर्न निस्कँदा उपलब्धि नै बोझ देखिँदैछ। हरेक कुरा योजनाबद्ध विषयान्तर हुँदैछन्। महत्वहीन विषयलाई गम्भीर बहसमा उछालेर वास्तविक विषय ओझेल पारिँदैछ। वाइडबडीमा साँघुरो आदर्श देखियो। भ्रष्टाचार राष्ट्रिय चरित्र र सहमतिको राजनीति बन्यो। संसद्ले शक्तिको दम्भ र नियन्त्रण गर्न सक्थ्यो तर स्वयं अधिकांश सांसदमाथि नै औंला ठडिए। उपलब्धि गुम्ने त्रास देखाएर प्रधानमन्त्री आलोचनालाई रोक्न चाहन्छन्। भ्रष्टाचारमा सबै दल, गुट र गिरोह सिन्डिकेट देखिन्छ। त्यो सहमतिमा विषयलाई थकाऊँ, भुलाऊँ, गलाऊँ, लम्याऊँ, घर्काऊ, तन्काऊ र मत्थर पारौं भनेर लागिपरेका छन्। अर्को ठूलो घटनाले पुराना काण्ड र घटना ओझेल पारिदिन्छ। निर्मला काण्ड, सिन्डिकेट, आईएनजीओ÷एनजीओ, धर्मप्रचारक संगठनप्रतिको नियन्त्रण÷नियमन, आयल निगम, होली वाइन, वाइडबडी जस्ता गम्भीर विषय यस्तै त हो भन्ने सहजीकरण गरिँदैछ। शक्ति केन्द्रीकरण गर्दै गएका प्रधानमन्त्रीलाई सफलताको सूत्र भनेको प्रशंसाबाट पग्लने र आलोचनाबाट उम्लिनु हुँदैन भनेर सल्लाह दिने देखिँदैनन्। विकसित घटनाक्रमले संसद्लाई भ्रातृसंगठन बनाउने कोसिस, संवैधानिक संस्थालाई सरकारी छायामा राख्ने, संसद्को सर्वोच्चता समाप्त पार्ने विषय शुभसंकेत भने जनाउ दिन्छ। दिगम्बर झा दूरसञ्चार प्राधिकरणमा नियुक्त हुनु के उनको दोष हो कि ! नियुक्ति गर्नेको ? उनी कलाकार हुन्, कला प्रयोग गरे। किन, के कारणले उनको नियुक्ति र के कारणले बर्खास्त गरियो ? आखिर दोषी को ? दण्ड कसले पाउने ? किन बालुवाटार नयाँ नयाँ दिगम्बर र कंसाकार खोज्दै जान्छ ? के भूमिकाले मागेका कलंकहीन योग्य नागरिक देशमै नभएकै हो। सिंहदरबारको शक्ति बालुवाटार खिचिएको छ र त्यस शक्तिलाई गैरसंवैधानिक पद सल्लाहकारले प्रयोग गर्दैछन्। बहस भएनन्, विषयान्तर गरियो। रेशम चौधरी प्रसंग गम्भीर विषयलाई बहसहीन बनाउने सरकारी औजार हो। उनी अपराधी हुन् भने संसद्को शपथ एक वर्षपछि गराउनु हुँदैनथ्यो, अदालती आदेश कुर्नुपथ्र्यो। उनी सांसद हुन भने शपथपछाडि जेल पठाउनु हुँदैनथ्यो। आखिर चौधरी अपराधी हुन् कि ! माननीय सांसद ! बहस, निमित्त बहसमा फेरिएका बेला आखिर सतहमा केके भइरहेका छन् त ! महाघुमक्कड बन्दै वर्ष दिनदेखि देश चहार्दै गर्दा तराईमधेस, हिमाल पहाडको पीडा र अवस्था भने समान देखिन्छन्। हिजोको जस्तो घृणाको आवेग फैलाएर सत्ता सिँढी चढ्ने अवस्था त अब छैन तर पार्टीहरूले जे कारण नारा र सपना देखाएर पहिचान र समाजवादकै नाममा सत्ता सिढी चढे, त्यसको ओझ भने थाम्न सकेका छैनन्। राष्ट्रिय विकृतिका कुरा गाउँबस्तीमा ती छताछुल्ल छन्। - राजनीतिक परिवर्तनले व्यक्ति वा समाजमा जागृति र चरम महत्वाकांक्षा बढायो। त्यसको उचित व्यवस्थापन हुन भने सकेन। नेतृत्वमा आएको आदर्शहीनताले महानिराशा छायो। समाज फेर्न गएका ठाकुरेदेखि भाकुरेसम्म आफैं पो फेरिए। सशस्त्र संघर्षले समाजवाद दिन त सकेन, स्वयं नेतृत्व गल्यो, थाक्यो तर भुइँमान्छेमा स्वर र सपना भने ह्वात्तै पलायो। मधेस विद्रोह, जनजाति र दलितका चेतना त्यसैको उपज बने। - गाउँका गाउँ युवाविहीन भएर कृषि उत्पादनमा मात्रै हैन, सामाजिक असन्तुलन बढ्दो छ। नेतृत्वका आदर्शहीन चरित्र देखेर निराशा युवाको राजनीतिसँग सरोकार घट्दो छ। - एनजीओले विकास सित्तै दिने नाममा स्थानीय परम्परागत बीउविजन र नश्ल सखाप हुँदैछन्। - विद्यार्थी १२ पास हुनेबित्तिकै विदेश कसरी, कुन देश जाने भनेर योजना बनाइरहेको छ। सामाजिक र राजनीतिक सरोकारबाट उदासीन यो पुस्ताका अध्ययन रोजाइमा इतिहास, भूगोल, साहित्य र समाजशास्त्र पर्दैनन्। - श्रम वा राजनीतिमा युवाको हस्तक्षेप र आकर्षण कसरी बढाउने कुनै पार्टीसँग योजना नै छैन। युवापंक्तिमा छाएको निराशा मुक्तिको खोजीले लागूपदार्थको खपत बढ्दो छ। सत्ताका प्रोत्साहनमै देश मदिरालय बन्दैछ। खाद्यान्न अभाव रहने जुम्लामा समेत ब्ल्याक लेबल हुस्की सहजै पाउन सकिन्छ। - श्रमको रुचि मरेको र सहज आम्दानीको सोचले अपराधका नयाँ शैली देखिन्छन्। - तर्क र तथ्यको कसौटीमा सत्यको खोजी गर्ने झन्झटबाट टाढिने र भगवान्भरोसे शिक्षित रुढिवाद बढ्दो छ। - सामाजिक सौन्र्दयको अर्थ फेएिका छन। चौतारी, चियागफ वा भट्टीगफमा अभिभावक छोराछोरी कुन देशमा छन् ? कुन स्कुलमा पढ्छन् ? कुन अस्पतालमा उपचार गराइयो ? कुन ठाउँमा घरघडेरी जोडियो भन्ने गफले सामाजिक हैसियत किटान गर्दो छ। बाउ खेताला खोज्न हैरान छन्, छोरो विदेशमा काम खोज्न हैरान्। जुन जग्गा बेचेर विदेश जान्छन्, फर्केर आउँदा त्यही किन्न सक्ने अवस्था पनि धेरैजसोसँग रहँदैन। - उदाउँदो नयाँ नवधनाढ्य वर्ग हरेक सुखान्त र दुखान्त घटनालाई उत्सव फेर्दैछन्। धर्मकर्म, चाडपर्व र मृत्युसंस्कार तुजुग थलो बन्दो छ। - भएका उद्योग कलकाखाना क्रमशः बन्द हुँदैछन्। राजधानीमा मात्रै हैन, अन्यन्त्र पनि बैंक र सहकारी, बोर्डिङ स्कुल र डिलक्स अस्पताल फैलिँदा छन्। - सरकारी स्कुलमा पढ्नु÷पढाउनु वा सरकारी अस्पतालमा उपचार गर्नु÷गराउनु मर्यादाहीन नागरिक रहेछु भन्ने हीनभाव जाग्दैछ। - तीव्रगतिमा धर्म परिवर्तन भइरहेका छन्। यसमा हिन्दु धार्मिक कट्टरताले धकेलिएका ज्यादा देखिन्छन्। केही भने आर्थिक प्रलोभनका पनि छन् भने अन्तर्राष्ट्रिय राजनीति र भूसंवेदनशील भूगोलका साथै दलित समूहमा आएको स्वाभिमान र आर्थिक समृद्धि पनि अर्को पाटो हो। - विकासको नाममा गाउँ÷देहातमा दारे आतंक (डोजर) छ। पर्यावरण ध्वस्त प्राकृतिक सुन्दरता कुरूप पारेको छ। - गाउँबाट चोक, बजार, सहरतिर बसाइँसराइ बढ्दो छ। - सिंहदरबार गाउँमा त पुगेको छ तर भ्रष्टाचार संस्थागत लिएर। त्रिपत्री करले (संघ, प्रदेश र स्थानीय) संघात्मक व्यवस्थाप्रति नै आक्रोश र घृणा छ। संघीयताको मर्म कतै देखा परेन बरु गलत दिशामा जाँदैछ। थेग्न कठिन पर्छ कि ! - राजनीतिकर्मीको एउटा नयाँ सामाजिक समूह उपभोक्ता समितिका नाममा स्थानीय सिन्डिकेट राजनीति र भ्रष्टाचारको चोर दुलो बनेको छ। - अधिकांश जनप्रतिनिधि पूूर्वएनजीओेकर्मी छन्। स्थानीय योजना आईएनजीओले बनाइरहेका छन्। - आधुनिकता र ठूले पहिचान फास्टफुडे समाज मात्रै हैन, भत्ता, राम्रो होटेलको खाना÷खाजाले आसे एनजीओ–समाज पनि बन्दैछ। फास्टफुडे समाजमा राजनीकिकर्मी, कर्मचारी ठेकेदार र एनजीओकर्मीको नयाँ रसायन बनेका छन्। - कर्णालीमा चीनलक्षित आईएनजीओ फन्डिङ बढेको छ। प्रायजसो नेताका एनजीओ छन्, प्रत्यक्ष वा परोक्ष सामेल छन्। कर्णालीमा सञ्चालित १७ सामुदायिक रेडियोमध्ये १४ एनजीओको स्वामित्व छ। - सशस्त्र संघर्षले गरेका सामाजिक, सांस्कृतिक, राजनीतिक हस्तक्षेप र परिवर्तन पूरै उल्टिएका छन्। हिजैका हुकुमे समूह हरेक क्षेत्रमा फेरि हाबी भए। - घुस नदिई÷नखुवाई केही पनि काम बन्दैन भन्ने मान्यता बढ्दो छ। - गाउँबस्तीमा नयाँ अनुहारका जिम्वाल जन्मिरहेका छन्। - सरकारी नेकपाको तल्लो कमिटी अझै माओवादी केन्द्र र एमालले नै छन्। तन मिले पनि मन मिल्न नसकेका। युद्धकालीन तुष अझै नमेटिएको अवस्था छ। - राजनीतिक पार्टी र नमस्तेका नारा फरक भए पनि सबैका चित्र र चरित्र एकै छन्। पार्टीका साइनबोर्ड र नमस्तेका शब्द हटाइदिने हो भने पार्टीका भिन्नता पाउन सकिँदैन। - राष्ट्रिय राजनीतिमा सिन्डिकेट रहेजस्तै भ्रष्टाचारमा स्थानीय तहमा पनि सबैको सहमति छ। एक छन्। - राजनीति अब समाज सेवा रहेन, व्यवसायी र महँगो पनि अचाक्ली नै। केही पछौटे नलगाए नेताका हैसियत नै नभएको ठहरिने। कार्यकर्ता पोस्न विवश नेता पनि भ्रष्ट बन्न बाध्य छ। अन्त्यमा, सबै काम लोकतन्त्रका नाममा, कम्युनिस्टका नाममा, वामपन्थी सरकारका नाममा भइरहेका छन्। समस्याको हल गर्ने जसरी केन्द्रीय सरकारमा नीति, योजना र इच्छाशक्ति छैन, त्यस्तै प्रादेशिक सरकार वा स्थानीय सरकारमा पनि। जे गर्छौं गर तर लोकतन्त्र र समाजवादका नाममा भने नगर भन्ने खबरदारी गर्ने शक्ति पनि देखिँदैन। यो शुभसंकेत भने पटक्कै हैन। हाइलाइट शासनमा हुनेहरूले जे गर्छौं आफ्नै नाममा गर तर कम्युनिस्ट नामको बिल्ला झुन्ड्याएर वास्तविक कम्युनिस्टलाई लज्जित नपार।http://annapurnapost.com/news/118245

इतिहासको आँखीझ्यालबाट प्रचण्डको सार्वजनिकीको त्यो दिन र बीपी र महेन्द्काे सिअाइएबाट नजराना

आजैको दिन डेढदशक पहिला प्रचण्ड सहयोद्धा डा.बाबुराम भट्टराईसंगै माओवादी नयाँ ड्रेसकोड सफारी सुटमा सिकलेसबाट सिधै बालुवाटारमा पुगेर सार्वजनिक भए । उनी जनयुद्धका प्राधिकार, पार्टीका सर्वोच्च नेता, जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर थिए । बिद्रोहको राप र तापले उनी आशाका केन्द्र, परिवर्तनको दश्तावेज, समर्थक र विरोधीकालागी आस र त्रासका सुप्रिमो पनि थिए । जनयुद्धरुपी जाहाजका जाहाजी प्रचण्ड र डा.बाबुरामको सार्वजकिकरण एउटा नया बिद्रोहको फेरवदल अभ्यासलाई दुनिया मिहीन पाराले नियालिरहेको थियो । जनयुद्ध नयाँ मोर्चामा फेरिदा धेरैकुरा फेरिए । त्याग, आर्दश र मूल्यले नयाँ परिवेशमा नयाँ परिक्षा दिनु पर्ने थियो । ११ हजार ५००भन्दा ज्यादाले सहादत र वेपत्तो थिए भने हजारौले शरीरमा गोलकिा छर्रा बोकिरहेका थिए । योवन र सपना क्रान्तिको माहायात्रामा दान गरेका हजारौं कमरेड सार्वजनिक जीवनमा अनेकौँ प्रश्नका जवाफ बन्दै फकिृएका थिए । समाज र पार्टीमा ह्वात्त महत्वाकाक्षा पलाएको थियो । परिवार र क्रुर बजारसंग टुटेका संबन्ध जोडिईसकेका थिए । मित्र र विमित्रका परिभाषा फेरिएका थिए । आग्रह र कुण्ठा बदलाभावको सितयुद्ध झागिंएको थियो । देवत्वकरण र राक्षेसीकरण अभियान त थियो नै । शान्तियुद्धसंगै सवैले सवैलाई पचाइदिने रणनीति बोकेका थिए । त्यस्तो समय थियो, ०६३ असार २ गतेसम्म पुग्दा । अहिले भने धेरै पानी मेची माहाकालीमा बगीसके । साथी बैरी भए, बैरी मित्र भए । आप्mनै विगत कथाजस्तो लाग्न थाल्यो । जनयुद्धभन्दा मनोयुद्ध कडा हुँदो रहेछ । निर्मम समीक्षा नगरी पार्टी फुट्यो र फुट्दै गयो । आप्mनै गौरवता र इतिहास गह्रुगो भयो । इतिहासको ब्यबस्थापन र पक्षधारिता पनि वर्गसंर्घषकै एउटा रुप हो । जनयुद्धका एकाध विभत्सतामा टेकेर मनोयुद्ध चालिन्छन् । यसलाई कार्य, कारण र परिणामसंग जोडिएर हेरमात्र विषय बुझन सकिन्छ । यस लेखमा २ विषय सम्छिप्तमा चर्चा गर्दछु । १)‘नेपाली इतिहासमा राज्यसत्ताको क्रमभंग गराउने जनयुद्द कोसेढुगा थियो । कम्युनिष्टहरुलाई विश्वब्यापी प्रतिकूलता भएकोबला चलेको बिद्रोह राजनीतिक मात्रै नभै सामाजिक, सास्कृतिक चोटिलो हस्तक्षेप र प्रहार पनि थियो । जव एकाध मान्छेले देखेका सपनालाई नैतिकपुजी सहितको इक्षाशक्ति राख्न सक्ने नेतृत्वले अपिल ग¥यो भने एकै पटक समाज जुरुक्क उठ्न त सक्दो रहेछ, त्यसको प्राप्तीकालागी नयाँ इतिहास रच्न पनि सक्दो रहेछ तर, फेरिएको अवस्थामा उपलब्धीलाई बचाउन भने कठिन हुँदो रहेछ भन्ने सन्देश अहिले बन्यो । माओवादी जनयुद्ध भारत र पश्चिमालाई घाँडो बनेको थियो । पहिला वास्तै गरेनन् जव महत्वदिन थाले त्योवेलासम्म नियन्त्रण बाहिर गईसकेको थियो । भारतको किँगंमेकर प्रान्त बिहार, यूपी र बंगालसंग सीमा जोडिएको यस भूगोलको सम्पूर्ण क्रान्तिलाई भारतले सहज मान्नै सक्दैनथ्यो । घटना नेपालका थिए, खैलावैला पुजीवादी संसारभरी नै फैलिएको थियो । भारतको फैलिदो माओवादी बिद्रोहलाई ध्वस्त गर्नु र सन्देश पनि उस्लाई दिनुथियो । अरबसागरदेखी सगरमाथासम्मको रेड क्यारिडोर फैलिदै गएको बामबिद्रोह ध्वस्त गर्नुथियो । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिहले आन्तरिक ठूलो थ्रेटमा नक्सल आन्दोलन –(माओवादी विद्रोह) इंकित गरेका थिए भने नेपाली जनयुद्दले भारतीय माओवादीको मनोवल बढााएको विश्लेषण थियो । सुरुवाती दिनमा भारतीय माओवादीले नेपालमा आएर शैन्य प्रशिक्षण दिएका पनि हुँन भने भारतमा गएर नेपाली माओवादीले उनीहरुसंग शैन्य प्रशिक्षण पनि लिए् । तर सत्ता–विश्लेष्कहरुको जस्तो भारतीय सेनाले खप्पा बिद्रोहीलाई जस्तै देहरादुनको चक्रतामा तालिम दिएको भन्ने नयाँ कथ्यरच्ने कोशिस मात्र थियो । जनयुद्द ध्वस्त गर्न अमेरिका, पश्चिमा र भारत सवैको चासो र चिन्ता एक थियो ।’ अन्यन्त्र पनि लेखेको छु । जनयूद्ध र शान्तियूद्ध बुभ्mन इतिहासका कारक पक्ष नियाल्नुपर्छ । सानैदेशका क्रान्ति, विद्रोह र राजनीतिक घटनाक्रमःले पनि अन्य ठूला र शक्तिशाली देशलाई समेत मनोवैज्ञानिक प्रभाव पार्नेहुँदा ती मुलुकमा हुँने साामान्य घटना पनि उनीहरु चासो राख्छन् । अझ मिहीन ब्यबस्थापन गर्ने प्रयास गर्छन् । दिुवै छिमेकीका विशाल बजार, ठूलो जनशंख्या, प्रचुर कच्चासामाग्री र महाशक्ति बन्ने दौडका बीचमा हामी छौँ । याे पनि पढ्नुस् ः बालुवाटारमा झुल्किएका ‘अलौकिक’ ‘प्रचण्ड’ बहुजातिय, बहुसास्कृतिक यस मुलकमा धेरैदिनदेखी मानवविज्ञान प्रयोगशाला बनाउदा राजनीतिमा समेत प्रभावमा प¥योे । त्यसकालागी ०७ साल, १७ साल ०४६, दशवर्षे जनयुद्द र ०६२÷६३ को घटनाक्रम नियालौ । दुई माहाशक्तिबीच रहँदा पनि असलग्न परराष्ट्रनीति हाम्रा सुरक्षा कवच थिए । तर, अहिले त्यसमा टिकेका भने छैनौँ । महाशक्ति र क्षेत्रियशक्ति झन अन्धराष्ट्रवादी राजनीतिक नेतृत्वमा छन् । घृणाका राजनीतिक आवेग र बजार सुरक्षण पहिलो विषय बनेको छ । विश्वब्यापी नयाँ न्यारेटिभको राजनीतिबन्दा तेस्रो ‘विश्वयुद्द’ बनेर इतिहासले कोल्टे फेरिसकेको भन्ने नयाँ बहस चल्दैछन् । सो नीति र नयाँअवस्थाले शीतयुद्दपछि फेरी चीन घेर्न नेपाल मोहरा बन्दैछ । बेलायती उपनिवेशवाट भारत स्वतन्त्रता भए पनि विरासतको राजनीतिक सास्कृतिकमा भने अग्रेजले फाटेको पाइन्ट भारतमै छोडेरै गएका थिए । त्यस्को निरन्तर प्रभाव पर्दैगयो । शान्तियूद्धमात्रै राजनीतिक प्रयोगशाला भएको हैन् । प्रचण्डको सार्वजनिक भएका डेढदशक पढ्दा अझ इतिहासका गर्भमा रहेका विषय सतहमा ल्याउन आवश्यक छ । त्योदिन हरेक जनयोद्धाका दील र दिमाग र औकात पनि सार्वजनिक भएर परिक्षा दिईरहेका थिए । २) बीपी, महेन्द्र र शीतयूद्द सानु देश, ठूलो महत्वःशीतयुद्दको चरमकालमा पहिलो आमचुनावलाई प्रभावित पार्न सिआएका नेपाल प्रतिनिधीले काग्रेसलाई राम्रै आर्थिक सहयोग गरे । दरवारले थाहा पाएपछि उस्लाई पनि ब्यबस्थापन गर्नुपरेको, दुवैलाई गोप्य आर्थिक सहयोग पु¥याउनका साथै खम्पा काण्डमा चीन लक्षित कस्तो खेल खेलेका थिए र नेपालको रणनीतिक महत्व बुभ्mन सिआए एजेण्ट जोन नेथ नस -John Kenneth Knauss) को अरफेन अफ कोल्ड वार र Duane r\. Clarridge ए स्पाई फर अल टायम्स पुस्तकले सान्र्दभिक हुन्छन् । सिआएकै वौद्दिक अनुसन्धानकर्ता लियो रोजको हिमालयन क्षेत्रको अनुसन्धान हाम्रोलागी महत्व राख्छ । अमेरिकी सत्तासंग बीपी कोइराला नजिक भएपछि भारतीय सोसलिष्ट राममनोहर लोहियासंग भने सम्बन्ध चिसियो, कालान्तरमा लोहियाले भेट समेत दिएनन् जयप्रकाश नारायणसंग भने नजिकियो । पहिलो निर्वा्चित कोइराला सरकारले सो गुन इजरायललाई एसियामै पहिलो पटक कुटनीतिक सम्बन्ध कायम गरेर ति¥यो । कोइरालाले चुनावमा पराजीत शुर्यप्रसाद उपाध्यायलाई त्यसै गृहमन्त्री बनाएका हैनन् यनडिसीको उपस्थिति गराउने ‘प्रजातान्त्रिक दिल’ नभै त्यो काठमाण्डुको दिल्ली म्यानेजको अश्त्र थियो । तर पनि अमेरिकी लविग र इजरायल प्रशंगको मूल्य १७ सालको घटनामा भने तिर्न प¥यो । जहावरलाल नेहरु र माओत्सेतुगले निर्र्वा्चित वीपी सरकार अपदस्थ र संसद भंगमा दरवारविरुद्द दवाव भने दिएनन् । कालान्तरसम्म फ्री तिब्बत मोभमेन्टमा सक्रिय जर्ज फर्र्ना्डिससंग काग्रेसको सुमधुर संबन्ध भने रहिरह्यो । सोभियत रुसको सहयोगी इन्दिरा गान्धीको अमेरिकी लंिवगका वीपीप्रतिको ब्यबहार र क्षेत्रिय हैकमवादको प्रतिकारमा राष्ट्रिय मेलमिलाप नीति जन्मियो । सिक्किम र बंगलादेश प्रसंग शितयुद्द र आक्रमक भारतीय राष्ट्रवादको नतिजा थियो नै । तर, बीपीबाबुले अडिट फर्मुलाको नयाँ न्यारेटिभ स्रिजना गरे । सो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको हैसियत इण्डोनेसियन कम्युनिष्ट पार्टी र डी.यन.अडिटको जस्तो थिएन । असलग्न परराष्ट्रनीति अनुसरणगर्ने इण्डोनेसियाको स्वीकार्नो सोसलिष्ट सरकार अपदस्थ गराउन सिआइएको भूमिकामा सुहार्तो शैन्य कूको आमनरसंहारको प्रजातन्त्रवादी वीपीले वकालत गर्नु आफैँमा आश्र्चय थियोे । त्यत्रो ठूलो सोसलिष्ट र प्रजातन्त्रकोलागी प्रवासमा लडिरहेको उच्चकदको नेताले डी.यन. अडिटको भयदोहन गर्दै अडिटवादी निमित्त तर्क कथ्नु शीतयुद्दको सोभियत रुस÷अमेरिकी राजनीतिक खेल थियो ।

Sunday, June 16, 2019

आफ्नै गौरवताको बोझ

नेपाली इतिहासमा राज्यसत्ताको क्रमभंग गराउने जनयुद्ध कोसेढुंगा थियो। कम्युनिस्टहरूलाई विश्वव्यापी प्रतिकूलता भएको बेला सो विद्रोह राजनीतिक मात्रै नभई सामाजिक, सांस्कृतिक चोटिलो हस्तक्षेप र प्रहार पनि थियो। जब एकाध मान्छेले देखेका सपनालाई नैतिक पँुजीसहितको इच्छाशक्ति राख्न सक्ने नेतृत्वले अपिल गर्‍यो भने एकपटक समाज जुरुक्क उठ्न त सक्दो रहेछ, त्यसको प्राप्तिका लागि नयाँ इतिहास रच्न पनि सक्दो रहेछ। तर, फेरिएको अवस्थामा उपलब्धि बचाउन भने कठिन हुँदो रहेछ। माओवादी जनयुद्ध भारत र पश्चिमालाई घाँडो बनेको थियो। पहिला वास्तै गरेनन्। जब महत्व दिन थाले त्यो बेलासम्म नियन्त्रणबाहिर गइसकेको थियो। भारतको किङमेकर प्रान्त बिहार, यूपी र बंगालसम्म सीमा जोडिएको यस भूगोलमा भएको सम्पूर्ण क्रान्ति भारतले सहज मान्नै सक्दैनथ्यो। घटना नेपालको थियो, खैलाबैला भारतमा र पँुजीवादी संसारमा फैलिएको थियो। भारतको फैलिँदो माओवादी विद्रोह ध्वस्त गर्नु र सन्देश पनि उसलाई दिनु थियो। अरब सागरदेखि सगरमाथासम्मको रेड क्यारिडोर फैलिँदै गएको वाम विद्रोह ध्वस्त गर्नु थियो। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले आन्तरिक ठूलो थ्रेटमा नक्सल आन्दोलन (माओवादी विद्रोह) इंकित गरेका थिए भने नेपाली जनयुद्धले भारतीय माओवादीको मनोबल बढाएको विश्लेषण थियो। सुरुवाती दिनमा भारतीय माओवादीले नेपालमा आएर सैन्य प्रशिक्षण ‘दिएका पनि हुन्’ भने भारतमा गएर नेपाली माओवादीले उनीहरूसँग सैन्य प्रशिक्षण पनि लिए। तर सत्ता-विश्लेषकहरूको जस्तो भारतीय सेनाले खम्पा विद्रोहीलाई जस्तै देहरादुनको चक्रतामा तालिम दिएको भन्ने नयाँ कथ्य रच्ने कोसिस मात्र थियो। जनयुद्ध ध्वस्त गर्न अमेरिका, पश्चिमा र भारत सबैको चासो र चिन्ता एक थियो भने रुकुमको खारा आक्रमण विफल भएपछि अर्को बाटो रोज्ने कि सखाप हुने ! माओवादीसामुन्ने चुनौती थपिँदै थिए। पार्टीमा आन्तरिक कलह बढ्दै जानु, पीएलएमा नयाँ भर्ती कम हुँदै जानु, आर्थिक क्षेत्र खुम्चिँदै जानु, विकास निर्माणका कार्य प्रभावित क्षेत्रमा नपुग्नु अनेक कारणले नयाँ नीति लिन पार्टी बाध्य हुँदै थियो। अमेरिकी सेनाको नेपाल उपस्थितिबारे एक साप्ताहिकमा बारबरा एडम्सले आफ्नो कोलममा लेखिन पनि। तब भयो ०५७ कै निरन्तरताको अर्को अभ्यास चुनबाङ बैठक। त्यसले नयाँ दिशा पक्रियो। वर्तमान बुझ्न र भविष्यको मार्गचित्र कोर्न इतिहास बोध दर्बिलो औजार हो । आग्रहबाट इतिहास बुझ्न सकिँदैन, न हिजोको शिक्षा लिन सकिन्छ, न भविष्यको तस्बिरै खिच्न । दरबारसँगको स्वत्वको टकराहटले कम्युनिस्ट फोबियाग्रस्त बीपीभ्राता गिरिजाप्रसाद कोइरालालाई पनि नयाँ ठाउँमा पुर्‍याइदियो। सामन्त टुट्न सक्छन् तर झुक्न सक्दैनन् भन्ने ज्ञानेन्द्र नजिर बने। पूर्वराजा ज्ञानेन्द्रले भारतीय राजदूत श्याम शरण र गिरिजाबाबुसँगको स्वत्वको टकराहटले राजशाही अहंकारले बुझ्न सकेनन्। जनयुद्ध र जनआन्दोलनको संयुक्त नेतृत्वले ०६३ वैशाख ८ गते भारतीय विशेष दूत कश्मिीरी महाराज डा. कर्ण सिंहको आदेश स्विकारेन। त्यसको दण्ड कलिलो गणतन्त्र र नवसामन्त काठमाडौंले न्यारेटिभ नै फेरिएर मधेस विद्रोहका रूपमा झेल्नुपर्‍यो। राजनीति विचारको खेल मात्रै नभई आवेगको कलामय नेतृत्व पनि हो। लोकप्रिय नारा र आवेगी भीड मनोविज्ञानलाई जनयुद्धको राप र तापको अहंकार कलाविहीन राजनीतिका कारण माओवादीले बुझ्न सकेन। उसका नारामा स्वयं खस्किँदै जाँदा नारा नै अपहरणमा परे। जनयुद्धको सुरक्षित अवरोहण गरे पनि उसलाई मनोयुद्धमा फसाएर त्यसको गुण ध्वस्त गर्नु साम्राज्यवादलाई आवश्यकता थियो। अहिले माओवादी विघटनलाई हेरेर बुझ्न सकिन्छ। घटनाक्रमको पनि सूक्ष्म अध्ययन गर्दै शक्ति राष्ट्र आफ्ना हितमा कसरी घटनाको व्यवस्थापन गर्दा रहेछन् ! एउटा ठूलो ग्रान्ड डिजाइनमा धोबीघाट जमघट भयो। आयोजक देखिए पनि प्रायोजक नदेखिएको त्यस भेलाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री त बनायो तर त्यो एकता एक हप्तासम्म पनि टिक्न भने सकेन। माओवादीले जनयुद्ध छिचोले पनि मनोयुद्धको धराप भने छिचोल्न सकेन। निजी पुँजीको विरुद्ध आफ्नै सम्पत्ति पार्टीकरण भएका थिए, सांस्कृतिक रुढिवादमाथि प्रहार भएको थियो, भुईंमान्छे र दलितका विषय आन्दोलनका सिरानमा थिए, उपभोक्तावाद, परिवारवाद, भ्रष्टाचार जेजेका विरुद्ध विद्रोह गरेको थियो, त्यसैको धरापमा फस्दै जाँदा पार्टी फुट्दै गए। शत्रु अन्यत्र रोज्नै परेन। स्वयं प्रचण्डलक्षित विस्फोटक एम्बुस कन्चनपुरमा थापियो। अहिले सत्ताको चरित्र फेरेको र हस्तक्षेपको राजनीतिले समाजमा पारेको प्रभाव, भुईंमान्छेमा पलाएका आत्मसम्मानको भोक र प्रतिरोधी क्षमता जनयुद्धको उपहार बने। इतिहास कहिलेकहीं ठट्टा गर्छ, कहिले निर्मम हुन्छ। अहिले भने पार्टी एकता, मिलन, समावेश भन्ने बहस चलेका छन्। प्रचण्ड नेतृत्वले एमालेसँग र बाबुराम नेतृत्वले उपेन्द्र यादवसँगको एकताको मर्म अझै बुझ्न सकेका छैनन्। उपेन्द्र पहाड चढेका हुन् कि बाबुराम तराई झरेका हुन् ! पार्टी एकता वा संयुक्त मोर्चा भनेको निल्ने वा पचाइदिने खेल हुँदो रहेछ। तत्कालीन नेकपा एकता केन्द्रमा मशालले चौथो महाधिवेशन, सर्वहारा श्रमिक लिग, मसाललाई पचाएर माओवादी बन्यो। निर्मल लामा र रूपलाल विश्वकर्मा बाहिरिए। तर ‘महान् लक्ष’ बोकेका बाबुराम भट्टराई टिके। अहिले महागन्तव्य रोजे। खाराले दिएको शिक्षा र सन्देशले पुरानै तरिकाले नयाँ लक्ष्य पूरा हुँदैन भन्ने अठोटमा जनयुद्धका सुप्रिमो प्रचण्ड निचोडमा पुगेर नयाँ बाटो खन्न थाले। ढाडमा चढेर टाउकोमा हान्दै शान्ति प्रक्रियाका अनेकौं घुम्टी, कयौं संसदीय अभ्यास हुँदै बढे। अहिले केपी र प्रचण्डसँग पार्टी एकताको पच्ने र पचाउने नयाँ खेलको चुत्थो विकल्प थियो। मिलाप त भयो अझै एकता भने पूरा हुन सकेन। हुकुममा चलाउन अर्थात् बहस हुँदै नहोस् भनेर जम्बो कमिटी बने। यसरी एउटा महान् विद्रोहका नेता इतिहासमा कैद भए। अन्त्यमा, वर्तमान बुझ्न र भविष्यको मार्गचित्र कोर्न इतिहास बोध दर्बिलो औजार हो। आग्रहबाट इतिहास बुझ्न सकिँदैन, न हिजोको शिक्षा लिन सकिन्छ, न भविष्यको तस्बिरै खिच्न। १. आफ्ना औचित्य सावित गर्न नयाँ न्यारेटिभ तयार गर्न आवश्यक हुन्छ। प्रजातन्त्र र राष्ट्रियताका आवरण हुने गर्छन्। भयदोहनले मानसिकता तयार गर्नु र नयाँ कथ्यले औचित्य सावित गर्न कुशल तर्कबाज र सशक्त मिडिया चाहिन्छ। बीपीको अडिटवाद, राजा महेन्द्रको अराष्ट्रिय तत्व, माओवादीको गतिविधिका ‘वीभत्सता’ द्वन्द्वउद्यम, डा. कर्ण सिंह मिसन असफलता र काठमाडौंको वर्चश्ववादी नीतिको परिणाम मधेस विद्रोह, सरकारी नेकपाको ‘महान् एकता’, समाजवादउन्मुख र समृद्धिका नाराभित्रका नांगो वास्तविकता सहज र सरल तरिकाले मात्र बुझ्न सकिँदो रहेनछ। २. सार्कको ठाउँमा बिम्स्टेक, असलंग्नताको ठाउँमा इन्डो-प्यासाफिक एलायन्सले नेपाल अब पश्चिमा अर्थात् अमेरिकी हितका लागि तिब्बतको संवेदना र चीन घेर्ने नीतिकै हिस्सा बन्दै गएको छ। यसले शीतयुद्धको बेलाभन्दा महँगो मूल्य तिर्नुपर्ने छ। ३. द्यसंसारमा सानो देश, सानो आकारको अर्थतन्त्र भए पनि सामरिक महत्वको भूभागमा छ भने उसको आन्तरिक विषयमा पनि महाशक्तिको सरोकार हुन्छ। पार्टी र सरकारको सूक्ष्म व्यवस्थापनमा हात हाल्छन्। ४. विचारविहीन पार्टी बनाउन संगठन व्यक्तिकेन्द्रित गराइन्छ। प्रलोभन बाँडिन्छ। कमिटीगत प्रणाली ध्वस्त गरिन्छ। जम्बो कमिटी त्यसैका उदाहरण हुन्। ५. विचारका अगुवाले आफ्नै गौरवताको बोझ उठाउन नसके पनि आन्दोलन, क्रान्ति, विद्रोहले पारेको प्रभाव राजनीति र समाजमा अमिट छाप छोडेर अर्काे चरणको ऊर्जा बन्ने गर्छ। http://annapurnapost.com/news/129987

Friday, June 14, 2019

डेली डायरीका पानाबाट

मृत्यू जिवात्मासंग सवभन्दा नजिक रहने साथी हो । यसले कुकार्यबाट सधैँ होसियार बनाउछ र उपहार वा दण्डदिने समय पनि गोप्य राख्छ । मृत्यूको तिथिमिति थाहा पाइने भए मानिसको जीवन बोझ हुनथ्याे । सम्झनाः मित्र डिअर पैडयाल ................................................................................................................................................... बिष्णु पोख्रेल सम्झदाः विचारलाइ सामाजिकीकरण गर्ने उच्च नैतिकता भएकाे नेपाली माअाेवादी कम. बिष्णुकाे उचाइमा मैले अरू देख्न पाएकाे छैन । छैनन् वा थिएनन त भन्दिन तर म उनीहरूसामु पुग्न भने पाइन । २० काे दशककाे अन्तिम तिर दांगवाट नेपालगंज अध्यनकालागी नेपालगंज अाए । उनीलगायत बालाराम शर्मा(सुर्खेत) महेन्द्रराज शर्मा(नेपालगंज) पार्वती शाह ? (दागं) .... बहादुर शाह ?(दांग) भएर भारत,युपी, नानपारामा तुल्शीलालसंग भेट गरे । महेन्द्राज शर्माकाे संपादकत्वमा नेपालगंजबाट पत्रिका निकालियाे । गणेशनिधी गाैतमसंग घनिस्ठता । २०३८ सालदेखि २०४२ सालसम्म तत्कालीन नेकपा चौमका दाङ जिल्लाका सेक्रेटरी ,२०४२ सालमा मशालको केन्द्रीय सदस्य ।४०काे सुरूदेखीनै सामिप्यता । ०५२साल फागुन १ गतेकाे जनयुद्दकाे शंखघोष पोस्टरिग नेपालगंजकाे धम्बुझीदेखी पश्चिम गणेशपुरसम्मकाे सहकार्य । भूमिगतबाट खुला भूमिकामा पत्रिका निकाल्ने अठोट । खडगबहादुर बुढासंग प्रेशकाे सहकार्य । महेन्द्राज शर्माको नाममा दर्ता रहेकाे पत्रिका लिने काेशिस । त्यहीबीचमा २०५५ साल जेठ २८ गते किसान नेता धनिराम चौधरी सहित तपाइको हत्या भयो । यो हत्यामा कसरी केन्द्रिय सत्ता प्रयोग भयो र अाइजिपी अच्युत खरेलले मिडियालाइ गुन तिरे, त्याे पाटो विभत्स छ । मिडियामालिक,प्रहरीकाे मिलिमतोमा भएकाे हत्याका लुकेका प्रसंग छन नै । कम, तिमी पनी बाँचेका भए, के हुन्थ्याै ? दाजु, लाल सलाम । ......................................................................................................................................सभ्रान्तहरू जस्तो शुसंस्कृत भाषा जनजाति,अादिवासी र भुँइमान्छेले कुटनैतीक र कानुनी भाषाा बोल्दैनन् । सिधा र स्पष्ट बोल्छन् । सत्ता जय नेपाल वा लालसलामको भएपनि चरित्र हुजुरिया नै हो । नेपाली।राजकिय सत्ताका मिडिया शाैन्दर्य इलिटवादी छ । कारण खोज्दैन परिणामको अंशमा खेल्छ। सरकारी नेकपाका शंकर पोखरेल ,योगेस भटटराइ लगायतका माफीहुकुम यसैकाे परिणाम हो । दे अार लाल कभरे इलिट । मेयर चाैधरीसंग रहेको नैतिकपुजी र इक्षााशक्तिपछाडि नसोच्ने नेपाली इलिटको उनले कट्टु उतारिदिए । सभ्यताका पाठ सिकाउनेलाइ पाठ सिकाए । कलंकहीन मान्छे कानुनको घेरामा मात्र रमाँउदैन i am with mr chaudhary , Mayer of Itahari municipality नेपाली पत्रकारज्यूहरू एक्लै घर पुगेर अाफनो अनुहार एकपटक अइनामा हेर्नुस त । सर्पको खुट्टाे सर्पले देखेको हुन्छ । काठमान्डुमा बनाएका महलले तपाइलाइ तर्साउने छ । हरेक साँझका टेवुलले तपाइलाइ झस्काउने छ । मालिकका इसारामा लेखिएका ब्यानर र संपादकियले तपाइलाइ अातंकित पार्ने छ । हमाम मे सव कोइ नंगा । के तपाइले विश्वका माहापत्रकार जुलियस एसेङगे वारे, अवु जमालबारे कहिल्यै बोल्नु भो ? गाैरी लंकेसवारे अावाज निकाल्नु भाे ? बात करता है, इटहरि चाैधरी उपर । कारण ढुडाे ... हुल्लडवाज । मै तो भिडमे चलने वाला भेड नही हुँ । une 6 at 12:04 AM • मैले पनि सर्पको खुट्टा देखेको छु ।मिडियालाई राज्य र आफुलाइ शासक सोच्ने र कर्पोरेट चाकरहरुको मिडिया म्यानेज देखेकै हो । कुरा मिलाएर नबोले पनि इटहरी मेयर द्वारिका लाल चौधरीको कुरामा धेरै दम छ । मिडोयाकर्मी महामानब हैनन,यहि समाजका उपज हुन ।एक पटक राम्रै तरिकाले एइना हेर । कुन नैतिक शाहसले उनिले यो भने ? नेपाली मिडियाजन खोज- बरु खेती गर्छु,मफि माग्दिन भने । यहि वहानामा नेपाली पत्रकरिता भित्रका गम्भीर विषयमा वहस होस । भिडले सत्यता हाकिनु हुदैन । June 5 at 7:03 PM • "यो मुर्दाको शहर हो ।" "हैन हैन,हामी कतै सम्बेदनशील शहरवासिसङ न पुगेको त हैन ! यहि शहर हो,जाहा माहादाता अव्तारदिन चौधराइन,मङल प्रसाद माडसव र कप्तान फत्तेजङ थिए। स्वतन्त्रता सेनानी, लेखक, कलाकर, पत्रकार र खेलाडी जन्मायो, हैन र ! दिदी " उन्को पुरानो भनाइ अहिले झन याद आउँछ । उनी nonngo समाजसेवी थिइन । समाजकी दिदी थिइन । ब्याक्ती एक,ब्याक्तित्व अनेक थियो । उनी बितेको आज १३ दिन भयो । शहरमा उन्को सम्झनामा हामिले एस अवधिमा एउटै सार्वजनिक कार्यक्रम गर्न सकेनौ । दिदी -तिमिलाइ एस्ले केही फरक पर्दैन, तर हाम्रो सम्वेदनाले हामीलाई नै टोक्छ । मेयर डा.धवल तपाइँको घोषणाले मुर्तरुप लियोस । May 29 at 7:16 AM • गणतन्त्र जिन्दावाद । गणतन्त्रकाे राजनीतिक संस्कृित सम्बृद्द गराैँ । गाँडतन्त्र बनाउन चाहानेसंग सचेत हाैँ । नयाँ महाराज\माहारानीहरूसंग सावधान । May 28 at 8:34 PM • प्रधानमन्त्री केपी अोली क्षेत्रियदादा नरेन्द्र मोदिको अश्वमेघ रथारोहण समारोहमा दिल्लीदर्शन गर्दै हुनुहुन्छ । मुसोकोलागी शिह भन्दा बिरालोको अातंक ठूलो हुन्छ । सार्क त जाय भाड मे । तर, भारतीय बुद्दिजिविको स्वतन्त्र राय के छ त ? May 28 at 6:00 PM • सत्ता र सरकारलाइ साच्चै वार्ता चाहेकाे भए विद्रोही शक्तिका नेताहरूलाइ गणतन्त्रदिवसको पूर्वसंसद संमानकार्यक्रममा निम्तालुको सुरक्षा प्रदान गरेर सकुसल उनीहरूलाइ अाफना क्षेत्रजाने इमान्दारिता प्रदसित गरोस्। यसले विश्वासको वातावरण तयार गर्नेछ भने राजनीतिक विषय राजनीतिकतवरले नै हल हुन्छ र गरिन्छ भन्ने सन्देश जाँनेछ । अाशा गराैँ सत्ताकाे उन्मादमा रमेकाे सरकारले अाएको माैका गुमाउने छैन्,पहल लिने छ।

जनयुद्दमा सेक्स: शरीरिक आवस्यकता कि सास्कृतिक विचलन !

जनयुद्दमा सेक्स: शरीरिक आवस्यकता कि सास्कृतिक विचलन ! नेपाल कम्युनिष्ट पार्टी माओवादीको जनयुद्धकालमा यौन विचलनलाई सास्कृतिक अपराध भनिन्थ्यो भने अर्कातर्फ अति सुद्धता देखाएर महान क्रान्तिकारी बन्ने रोग पनि त्यतीकै थियो । सनातन चिन्तन जस्तै यौन विषयलाई हेर्ने, बुभ्mने र ग्रहण गर्नेमा बर्लिन पर्खालै लागेको थियो । यसबारे कुरा गर्नु, लेख्नु र बहस गर्नु भनेको प्रक्रिान्तिकारी र फ्रायडवादी चिन्तन हिजो पनि ठानिन्थ्यो र आज पनि । निजी विषय, वासना, लोभ, मोह,माया र अहंकारको संसारबाट माथी उठेर त्यागी देखाउन वा कहलाउन यस्तो गरिन्थ्यो र गरिन्छ । जनयुद्धका यौन विचलन, कमजोरी वा यौन अपराधलाई ‘सास्कृतिक’ शब्द प्रयोग गरिन्छ । यो कारबाही नखेप्ने जनयुद्दको प्रारम्भिककालका उच्चतहमा रहेका प्रचण्ड, किरण,डा. बाबुराम, सीपी गजुरेल र कृष्णबहादुर महरालगायत थोरै मात्र नेता रहे । जनयुद्धकालमा नेताले मात्रै हैन् आमजनताले पनि ‘सास्कृतिक’ कमजोरीका आरोपीले कडा कारवाही, अनुशासन र पदिय भूमिकाबाट समेत बन्चित हुँनुपथ्र्याे । अन्य अपराधको चर्चा त्यती नभए पनि ‘सास्कृतिक’ कारवाहीको चर्चा भने पत्करमा लागेको आगोझै फैलिन्थ्यो पनि । श्र्रम शिविरमा रहनु पथ्र्याे । यौन कमजोरी सास्कृतिको एउटा पाटो रहे पनि त्यो नै समग्र संस्कृति भने थिएन र होईन । कतिपय अवस्थामा विरोधीले सिद्धान्त र राजनीतिमाथी आक्रमण हुँन पनि यस्ता विषय अचुक हतियारै हुन्थ्यो । सेक्सको चर्चा गर्दा मानिस मनोगामी–(एकलनिष्ट) वा पोलीगामी (बहुसमागम) प्राणी के हो ? उस्को सेक्स आचरणको निर्धारण सामाजिक सम्बन्ध, बन्धन र आर्दशले मात्र गर्छ कि उस्का यौनिक ग्रन्थीेले ! उसका वासनाजन्य उत्तेजनाका नियन्त्रण उन्नत चेतनाले मात्र गर्छ कि अचेत शारीरिक आवस्यकताले ? के जवरजस्ती शारीरिक आवस्यकतालाई आर्दश, सामाजिक बन्धन र अनुशासनका डण्डाले मात्र नियन्त्रण गर्न सकिन्छ ? सेक्स जीव वैज्ञानिक आवस्यकता हो । त्यो न रहस्य हो, न सामाजिक मर्यादा उल्लंघन गर्न पाईने वासनाका रतिक्रीडा । त्यो कोरा आर्दशले मात्र पनि ढाकिन सकिँदैन् । सेक्स मनोविज्ञानले जन्माएका समस्यालाई कसरी हल गर्ने भन्ने विषय अन्यक्षेत्रमा भन्दा हरेक आर्दश अभियन्ता वा छापामार युद्ध लडिरहेका पार्टीका समस्या हुँन् । त्यसैलाई उछालेर छापामार युद्धको आवस्यकता, औचित्यतामाथी नै शिकार खेल्ने अरु मनोवैज्ञानिक युद्ध पनि छेडिएका हुन्छन् । त्यसको ज्वलन्त उदाहरण अहिले भारतीय करपोरेट मिडियाले चलाईरहेको त्यहाँको माओवादी प्रतिकार अभियानलाई लिन सकिन्छ भने माओको राजनीतिक जीवन, उनले दिएको विश्व योगदान, सम्राज्यवादविरोधी जनवादी नेतृत्व र नवचीन भन्दा पनि उनको यौनिक जीवनलाई पश्चिमाहरुले उरालेको देख्न सकिन्छ । अझ महान छापामार आर्दश चे गुएभारालाई पनि तनियासंग जोडेर मिथ्थक रचएिका थिए । त्यस्तै जनयुद्धका बीभत्स चित्रण गर्नेहरुले अझ यसलाई करुप तरिकाले उछालेर स्वयौनिक सन्तुष्टि पनि लिईरहेका देखिन्छन् । गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पँुजीले नलोभिएका तत्कालीन बहादुरहरु पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र हैन अहिले नाफाका जिन्दगी विताईरहेका उनीहरु महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । बलात्कार र सहमतिपूर्ण सहवास एउटै हो ? यो प्रश्न जनयुद्ध काल र त्यसपछि पनि बारम्वार उठी रहे । सुरुवातकै समयमा रामबहादुर थापा ‘बादल’ र पंफा भुषाल ‘बिध्युत’ बीचको ‘सास्कृतिक’ समस्याले पार्टीमै ठूलो समस्या आई लाग्यो । बादल जनयुद्धको ज्वालामुखी केन्द्रका ग्रामीण वर्गसंर्घषका नायक र अगुवा थिए । उनको बोली गोली बन्थ्यो र कार्यकर्तालाई कासन पनि । उनका समस्याले आर्दशका कोरा कल्पनाबाट मात्र प्रशिक्षित नेता, कार्यकर्ता तब मर्माहत बन्न पुगे ।त्यसको तुष पार्टीले बादललाई लिन प्यावोवादी भनेर संस्लेषण गर्न पुग्यो । अन्तरपार्टी संर्घषमा ईषको रुपमा लिइयो । परिस्थितिले पोष्टबहादुर बोगटीलाई पश्चिम कमाण्ड नेतृत्व सुम्पियो । जनयुद्धको उत्तरार्धमा मात्र चुनवाङ्ग बैठकमा पुग्दा प्रचण्ड र बादलले आत्मानुभूति गरे । तर, त्यो ईष निमिट्यान्न भने नभएर कालान्तरमा माओवादी विभाजनको एउटा मनोवैज्ञानिक कारण बन्यो पनि । जनयुद्धको उदगमथलो रुकुमको नेतृत्व हेमन्तप्रकाश ओली सुर्दशन जव ‘सास्कृतिक’ विचलनको आरोपमा दण्डित भएर कारवाही गर्नु पर्ने भयो तव कमाण्ड इन्र्चाज दिवाकरसंग छलफल भएर जनयुद्धको भर्जिन लैण्ड बझाङ्ग पठाइने भए । त्यसबेलासम्म सेती–महाकाली माथिल्लो भेगमा माओवादी आन्दोलनको खासै प्रभाव थिएन् । सुर्दशनले यच.पी हिमालीका नाममा बझाङ्ग र पश्चिम पाहाडीक्षेत्रको ऐतिहासिक वर्गवश्लेषण गर्दै विद्रोहको आधार तयार गरे । जेल परे । उम्कन सफल भए । युद्ध र शान्तिकालमा दार्शनिक अध्यताकारुपमा चर्चित रहेता पनि ‘सास्कृतिक’ विचलनताले भने उनलाई छोडेन । यसै विषयमा मिडियाले पनि उनलाई पछ्याईरहयो । अहिले फेरी उनी त्यस्तै ‘सास्कृतिक’ कारवाहीमा परेर चर्चामा छन्। पूर्वी कमाण्डबाट सीपी गजुरेल भारत जानु र शितलकुमारलाई पनि ‘सास्कृतिक’ कारवाही भोगेपछि तेस्रो तहका यानप्रशाद गौतम आलोकले सो जिम्मेवारी सम्हाल्न पुगे । सितलकुमार कुनै दिन डा. बाबुरामका पनि नेता थिए, एकताकेन्द्र बन्दा । तर, राजनीतिमा उनलाई ‘सास्कृतिक’ घटनाले पछि धकेल्यो । परिस्थितिले कमाण्ड नेतृत्वमा एकाएक तेस्रो तहको नेतृत्वले पहिलो जिम्मेवारी लिनुपर्दा आलोकलाई अहंकार, युद्ध सरदारपना देखिनु स्वभाविकै भयो । त्यसले उनलाई पनि जनयुद्दले ‘सास्कृतिक’ कमजोरीबाट जोगाउन सकेन । हाकी स्वभावका गौतमको कडा तर्कपूर्ण भूमिकाले पार्टीभित्रै पनि सैद्दान्तिक वैरी तयार गरिसकेका थिए । निरासबन्दै गएको छापामार युद्धमा स्वयम् आलोकले एसाल्ट बनेर भट्टे डाडाँमा कमाण्ड गरेपछि बिद्रोहले एकाएक मनोवैज्ञानिक उर्जा देशैभरी फैलाएको थियो ।तर उनको अति आत्माविश्वास, अहंकारलेगर्दा दायित्व एवं आर्दशले उत्तेजनालाई जित्न सकेन । अन्यलाई भन्दा उनलाई कडा कारवाही भयो र कारवाही थलो रोल्पा बनाईयो । आपूmलाई प्रचण्डका दाहिने हात र उत्तराधिकारी समेत सोच्ने गौतम त्यत्रो कारवाही होला भन्ने चिताएकै थिएनन् । सेनाले उनका टाउकोमा ३५ लाख रुपियाको इनाम राखेको थियो भने सेनाको कारवाहीमा आपूm पार्टीभित्रै कारवाही परेकोले मारिन्छु भन्ने अनुमाननै गर्न सकेनन् । उनी रक्षकसंगै शाही सेनाद्धारा रोल्पामा मारिए । ती त जनयुद्धकालीन प्रतिनिधीमुलक घटना मात्र भए । जनयुद्दको तुफानी बेग चरिहेको थियो, जवरजस्ती आर्दशबादी देखिने ढोंगीहरु पनि कम थिएनन् । प्रगतिशील पनी कहिँनु, देखिनु, भनीमाग्नु एकातर्फ अर्कातर्फ सामन्ती चिन्तनको ठालू सोच पनि राखिरहनु नै प्रगतिशील रुढिवादको चरित्र हुन्छ । त्यसैले उनीहरुका जीवन र जगत प्रतिका दृष्टिकोण र दैनिक ब्यबहारबीच असन्तुलन देखिरहेको थिँए । हुँनु, कहिँनु, गर्नु र देखिनुबीचको भिन्नताले भोलीका संकेत प्रष्टै झल्किन्थे । त्यसैबेला एकदिनको छलफलमा भनिँछु – म नक्कली आर्दशको कुरा गरेर आत्मरति लिन चाहान्न । पाईन्जेल सुख, सुविस्थामै बस्नु, मिठो चोखै खाँनु, रामै्र सुघ्घर सफा ओछयानमै सुत्न चाहान्छु, । सेक्सलाई पनि घृणाको रुपमा हेर्दिन, जाँडरक्सी निषेध हैन् नियमनको पक्षधर हुँ, आफैँ लिन्छु पनि भनेको रहेछु । अझ आर्दश खोक्नी र शिरक ओढेर रक्सी तन्काउने चिन्तनको म सदा विरोधी नै रहीेँ । कुनै दिनको एउटा घटनाले जीवन फेरिदिएर म विद्रोहले पार्टी खोज्दै माओवादी बनेकोले आर्दश सुनेर नभई वर्गविद्रोहले तानेर पुर्याएको एउटा सफल ब्यबसायी थिँए । त्यो मेरा कुरा नक्कली आर्दशको घेरामा त चट्याङ्ग प¥याझै भएछ । त्यो कुरा हल्लाबन्दै शौन्र्दयशास्त्री २४ क्यारेटका शुद्धतावादी कम्युनिष्ट डा. श्रृषिराज बरालको कानमा पुगेछ । डा.बराललाई त्यसै त तिते करेली त्यसमा नी रुख चढेकी झै बनेर बाँकेका साथीहरु प्रकाश सुवेदी र अशोक रोकायलाई भारतीय सीमा काटनेक्रमःमा भनेछन्– पिटर त रक्सी नभई रातै काट्न नसक्ने, केटी हर्दम चाँहिने र मिठो चोखै नभई भागै नबस्ने रहेछ्’ । त्यो कुराको खुलासा अशोक रोकायले गरे । डा.बरालको त्यो आरोप धेरैपछाडि मात्रै सुन्न पाँई । त्यसबेला मेरो सेल्टर सल्यानमा थियो । कमाण्ड इन्चार्ज देब गुरङ थिए, भेटन आछाम जानु पर्ने भयो । १३ दिनको यात्रापछि रामारोसन, आछाममा पुग्दा रुट गाईडले त डा.बरालको सेल्टरमा पो पु¥याएछन् । थकित थिँए तर उनलाई देखेपछि आवेगमय पो भईँछु । सामान्य भलाकुसारीपछि डाक्टरसाहवसगं भनी–थाकेर आएको छु, उसो तपाईलाई मेरो स्वभाव थाहा नै छ, बिजुलीपानीको ब्यबस्था त गर्नु नै होला, अर्को भन्नैपर्ने कुरा एउटी सुन्दरीको ब्यबस्था पनि गरिदिनु हुँनेछ नै’ । मेरा कुरा सुनेपछि उनको अनुहार एकाएक फेरियो, के भनेको यस्तो ! भनेर पो भन्न थाले । मैले बाँकेमा प्रकाश र अशोकसंग गरेको कुरा सम्झाई । पहिला उनले स्वीकारेनन्, पछि स्वीकारेर आत्मालोचित भए । युद्ध लम्बिदै थियो, अनेकौ प्रकारका मनोचिन्तन र विकार जनमुक्ति सेना र कार्यकर्तामा मानसिक समस्याका रुपमा देखा पर्दै थिए । अन्ततः के कसरी बुझियो, उपचारका कोशिस भए वा भएनन् थाहा भएन । भेरी–कर्णालीका ब्युरो इन्चार्ज थिए, शक्ति बस्नेत । उनलाई एकपटक भनेको थिँए– आगोको सामु नौनी पग्लन्छ नै । सेक्स जीवबैज्ञानिक आवस्यकता हो भने जोडीहरुको कार्यक्षेत्र पनि संगसंगै हुँनु पर्छ नत्र उनीहरुलाई आप्mना पार्टनरसंग भेटने वातावरण मिलाई दिनुपर्छ, यसलाई अनुशासनको डरले मात्र काबुमा राख्न सकिँँदैन् । जुन समय अवस्था, जमघट, जिम्मेवारी र यौन मनोविज्ञानलाई हेर्ने हो भने त्यसको केहीदिनमै आन्तरिक राजनीतिको खेल र प्रतिकृयाको उपजमा उनीलाई पनि परिवन्दले ‘सास्कृतिक’ आरोपमा लाग्यो नै । एकातर्फ शाही सेनाले महिला छापामारलाई यौनदाशी बनाएको ब्यापक चर्चा गर्दथ्यो भने युद्धस्थलमा परिवार नियोजनका अस्थायी साधन छरेर कम्याक्ट पत्रकारद्धारा विभत्स प्रचार गथ्र्याे । त्यसैको अर्को प्रचारमा उत्तेजक औषधी दिएर एसाल्टमा पठाउने भन्ने कुरा पनि हुन्थे । वार जोनमा जहिलेसुकै संगै मेडिकल टीम पनि हुन्छ र हरेक दर्दनासक औषधी भनेका एक प्रकारका लागु औषधी नै हुन्छन् । अर्कोतर्फ जनयुद्ध आफैमा चलायमान समाज थियो । त्यो मोक्ष खोज्ने निराश आर्दशवादी जोगीहरुको बथान थिएन । त्यहाँ जीवन थियो, मान्छे थिए, मान्छेका भौतिक र मानसिक आवस्यकता थिए, विवाहा बन्धन र एकनिष्टता यौन पनि थियो, जन्म बालबच्चा पनि थिए, त्यो युद्धसंगै चलायमान नै थियो । नक्कली आर्दश हरेक सामाजकालागी वैरी बन्छन नै । कुनै पनि समाजको अध्ययन गर्दा हलोको फालीले उस्को अर्थचिन्तन र अवस्था बताँउछ भने त्यो समाजमा योनी सुचिताले (सेक्स अवधारणा) सास्कृतिक अवस्था जनाउँछ । चाहेर वा नचाहेर पनि नेपाली समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक मनोविज्ञानका हरेक पाटा र पक्षबाट जनयुद्दलाई अलग्याउनै सक्ने कुरै भएन । आज त्यसका नेता र कार्यकर्तालाई मात्र नियाले र त्यो दशकका हरेक पाटापक्षको विश्लेषण गर्न पनि यर्थातसंग जोडिदैन । नेपाली प्रमुख राजनीतिक नेतृत्वमा पुष्पलाललाई छोडने हो भने सवै आर्य खसका उप्पलो जातिहरु नै पर्दछन । त्यो काग्रेस, कम्युनिष्ट र पञ्च नेतृत्वका वर्ग, जाति र सास्कृतिक पृष्टभूमि नियाल्ने हो भने आर्य खसको सास्कृतिक सुन्दरता र नैतिकता नै त्यो पार्टीको सुन्दरता र सास्कृतिक मान्यतामा पर्नु स्वभाविकै हुन्छ । त्यसैले गर्दा कतिपय जनजाती, दलित, आदिवासीका चालचलनलाई जनयुद्धले पनि आत्मासात गर्न सकेन । त्यो मदिरा निषेध र योनी सुचितामा पनि लागु भयो । यौन अराजकता, अपराधलाई सास्कृतिक समस्या भन्न थालियो, रेप र सहमतिय समागमलाई भिन्न तरिकाले हेर्न सकिएन् । आखिर जनयुद्धभित्रको सेक्स पनि त नेपाली समाजभित्रकै सास्कृतिक एउटा हिस्सा थियो,यसलाई न अति आर्दसियकोणबाट नियाल्नु हुन्छ न छाडा रुपमा । संपादति अंश स्वास्थ खवरपत्रिका वर्ष ५ अंक १२ २०७२,असार http://dabalinews.com/archives/18136 धन्यवाद

ढुंगेल दिल दिमाग त छैन नी हाैँ,सुन्जुकी ...

दुःखी, स्मृतिका कुइनेटा र राजनीतिक सस्कृति पृय संजुकी विजुली पत्र पाँए । फेरी गंभिर र सवंदनशील कुरा उठाएकी रहिछौ । अन्तर धार्मिक,अन्तर जातिय विवहाः एक वैचारिक विश्लेणमा तिम्रा जिज्ञाशाका यथोचित जवाफ आगामी लालमधेश पत्रिकामा दिने कोशिस गरेको छु । हो.... प्रेम, विवाहा र यौनवारे यथोचित प्रकाश पार्ने प्रयत्न भएको छ । यस्ता विषय सामान्य लेखमा मात्र सकिँदैनन । दुःखी, स्मृतिका कुइनेटा र राजनीतिक सस्कृतिवारे पुस्तक सार्वजनिकी कार्यक्रमको प्रसंगमा तिम्रा भनाई थियो –कतिपय तपाईहरुका कुरा बुभ्mदिन, शब्द गरौँ लाग्छन् । सिधा भनिदिए राम्रो हुँने जस्तो लाग्छ पनि । सन्दर्भ नै जोड्दा पनि कतिपय आप्mनै देशका प्रशंग जोडीदिए हुँने, आफनै नजिरलाई उभ्याए हुन्थ्यो भन्ने पनि लाग्छ । मजस्ती केही पढे लेखेकीलाई त बुभ्mन यति गाह्रो हुन्छ भने तपाईहरुका ती गह्रुगा दार्शनिक शब्द र भाषाहरुलाई अथ्र्याउन सामान्यजनलाई कति गाह्रो पर्दो हो ? त्यस्ता लेखन र भाषणलाई अझ सामान्य साक्षरजनले कसरी बुभ्mलान ? कोही पनि इन्कलाव जिन्दावाद भन्दैमा उम्दा क्रान्तिकारी बन्ला र ? अरुलाई कति गाली गर्न सकिन्छ त्यहीनै चौविस क्यारेटे कम्युनिष्ट बन्छ र ? दैनीक परेका समस्या, निरास बन्दै गएको मान्छेलाई नयाँ मान्छेमा फेर्न आशा जगाउने दायित्व कस्को ? अझ आशा जगाउने मात्र कहाँ हो र आशालाई विश्वासमा फेर्न लागुपर्ने नयाँ मान्छे पनि त बनाउनु प¥यो क्यार !” हो, संजुकी म आफ्ना लेखनमा क्लिष्टताको आरोप खेपी रहेको छु, । सरल सहज बनाउने प्रयास पनि त्यतिकै गरिरहेको छु । सुझावका लागी धन्यवाद । गंभिर कुरालाई सरल भाषामा ब्यक्त गर्न सक्नु एउटा सिद्धहस्त कलमको परिचय हो । तिमीले हिरामणी दुःखी लिखित स्मृतिका कुईनेटा सार्वजनिकिकरण कार्यक्रममा म आफैँले उठाएका विषय, प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी, जनसास्कृतिक महाशंघका अध्यक्ष इश्वरचन्द्र ज्ञावालीले उठाएका विषय र प्रसंगलाई पत्रमा लेखेकी रहिछौ । प्रगतिवादी साहित्यक आन्दोलनका स्कूल बनिसक्नु भएका कमरेड चैतन्यका सामने केही गंभिर विषय उठाउनु र छलफलको माग गर्नु नै असहज तिमीले सोच्नु भने हुँदैन । उहाँ स्कूल हो, प्रगतिवादी साहित्यिक आन्दोलनको केन्द्र हो, धरोहर हो । उहाँलाई राजनीतिक र साहित्यक रुपमा पछ्याउने जमात भएकाले पनि नदीका मुहानमै तितो सत्य राख्दा राम्रो हुन्थ्यो । अझ तिमी गाली गलौच जस्लाई भन्छेउ त्यसैलाई त केही मान्छेले यसो पनि भन्छन –“भुत्ते खुकुरीले कसैको गर्दन छिनाल्न सक्दैन त्यस्तै कुनै पनि चोटिला, आक्रोसपूर्ण शब्द प्रयोगले मात्र वैरी रन्थनाउँछ” । पिलन्धरे शब्द भनेका त बेसारे शब्द हुँन, अनुकुल अनुसार जतापनि मिल्न सक्ने ” । दुःखीको किताब बनेका जीवनसारहरु नेपालको उथलपुथल कालको शब्द चित्र हो । त्यहाँ सपना छन, प्रतिबद्धता छ, जनयुद्धको मर्म, भाव, आक्रोस छ र कोरिएको छ सुन्दर एउटा चित्र । त्यो चित्रमय अवस्थामा संगै हामीले सपना देखेका थियौँ र यात्रा गरेका थियौँ । भावना साटेका थियौँ, साच्चै हो संन्जुकी.....बौलाएर हैन् रगतको मायाभन्दा वर्गिय प्रेम ठूलो हुन्छ भनेर सहयात्रा गरेका थियौँ । अहिले केही अन्यौलता छाएको छ । हिजो विराम गरेँउ कि आज बेठिक, दुबै त एक हुँदैनन नै । पानी कति चिसो छ भनेर किनाराबाट अनुमान मात्र लगाउन सकिन्छ तर चिस्यान थाहा पाउन त नदीमै हेलिनु पर्छ । नदीको चिस्यान र करेण्ट थाहा पाउन हामी दुबैले डुबुल्की मारेका थियाँ, जनयुद्धरुपी महासागरमा । हो, जुनवेला हामी आर्दशयात्रामा खल्ली खाँन अग्नियसागरमा पौडिँदै थियौँ त्यसैवेला दुःखको निजी प्रतिकार तिमीले युवापना मै ग¥यौ । ढिट थियौ । सपना देख्दथ्यौ । पिडामा हुक्र्यौ । त्यसलाई सामना गर्ने ठूला सपना देख्यौ । विपनीमा फेर्न उर्लदो दरौँदीमा हाम फाल्यौ, आफनै सपनाको नेतृत्वगर्दै विरान मूलुकमा कर्म अर्जाप्न थाल्यौ । तिमी स्वय अलिखित काव्य हौ, जस्का हरेक पलहरु सामान्यजनलाई प्रेरणा र तिता सपना लाग्न सक्छन । एउटी किशोरीबाट परिपक्क युवती बन्न र आफनै निर्देशनमा जीवनका रथ चलाउन कति हण्डर खानु प¥यो होला ! च्व च्व । मसंग शब्द र तिमीले पोखेका भावहरुलाई दिइने जवाफ छैन । निजात्मक लडियोस् वा सामुहिक स्वभिमानको लडाई .... अत्यन्तै गाह्रो हुन्छ । अझ उत्पिडित जातीबाट सचेत हुँनु । लम्पटहरुलाई केही पनि चिजको जानकारी हुँदैन, जन्मनु हुर्कनु र बच्चा पैदा गर्नु, थुलथुले शरीरलाई घिसार्दै आर्यघाट पु¥याएर रित्याईदिनु । हाईसंचोको जिन्दगानी .....संजुकी । समस्या तिमी हामीजस्ता केही सोच्नेहरुलाई नै पर्दछ । तर, संन्जुकी .....सोच्दछ दिमागले, दुःख पाँउछ सरिरले । यो दुःखमा सुख खोज्ने हिरामणि दुःखीको स्रिजनाहो । मेरो त्यहाँ भन्नु थियो, दुःखीसंग .... तिमीसंग पोख्नु पर्ने करुवाको पानी मात्रै हैन् महासागरका कथा व्यथा छन, अनुभूति छ । जनयुद्धका महाकाब्य स्मृतिका कुइनेटाहरु मात्र हैन् च्याखुरेका लेक बाट छ, जलजलाका शिखरवाट, राप्तीदुनका फाँटवाट, दुश्मनका किल्लाबाट, सहादतका समाधीहरुवाट, स्वदेशवाट, विदेशवाट संगालिएर मानसपटलमा कैद भएका भावहरुलाई वाणी दिनु, सन्देश दिने माग पृयतम मित्रसंग गरिएको अपेक्षालाई कसरी तिमीलाई अमिलो लाग्यो हँ ..? विगतका सन्देशले वर्तमानको आग्रहलाई सीधै संवोधन गदथ्र्यो नै । वर्तमानको शौन्दर्यकरणमा आग्रहको जलफ आवस्यकता थिएन भन्न मात्र त्यहाँ खोजेको थिँए । “तिमीले पनि बितायौ, मैले पनि विताँए, जस्ले जसरी बितायो बित्ने रहेछ जीवन” भन्ने प्रेमप्रकाश मल्लको कबिता आज फेरी स्मरण गर्न पो मन लाग्यो । एकल विद्रोह र मुक्ति खोजेर तिमी जो भौतारियौ त्यसमा उपलब्धी हाँसिल ग¥यौ भन्ने लाग्दैन । दुःखीको स्वप्नसंसारको चित्र बनेको स्मृतिका कुईनेटोलाई पक्षधारिता र सास्कृतिक उचाईको अर्थमा बुझयौ भने आफनै उपस्थितिलाई न्याय गर्न सकौली । दुःखीको पुस्तकमा दुई भाग बनाउनु पर्दथ्यो भन्ने हो । पहिलो खण्ड साहित्यक, दोस्रो लेखकमा विकसित अहिलेको राजनीतिक मान्यताले निर्देशित सोच । दिपेन्द्र रोकायको नाफाको जिन्दगीमा पनि त्यस्तै कमजोरी देखेको थिँए । हो, सुन्जुकी नेपाली प्रगतिशील आन्दोलनका स्कूल हुनुहुन्छ चैतन्य । द्धन्दवादका व्याख्याता । म पछाडिका वक्ता, टिप्पणीकार, सभा संचालकहरु मेरै भनाईमा केन्द्रित भए र म आक्रमणमा परीँ भन्ने तिम्रो भनाई छ, त्यस्तो मलाई भने लाग्दैन । सभा संचालक स्वयं पुस्तकका भूमिका लेखक पनि हुनुहुन्थ्यो । सबैलाई झर्रो क्रान्तिकारी दरिनु स्वयम् मूल नेतृत्वका उपस्थितिका कारण परिवेशले गरेको माग थियो । त्यसलाई मनोवैज्ञानिक रुपले अभ्ययन गर्न आवस्यक हुन्छ । चैतन्य कमरेड जनयुद्धका सास्कृतिक महारथी । अव प्रष्न उठछ, हामीले जनयुद्धलाई कति सास्कृतिमय बनाउन सक्यौँ ? कति सस्कृतिक आन्दोलनलाई राजनीतिक करण गर्न सक्यौ ? भन्ने समीक्षाको माग हो । चिन्तनमा प्रगतिशील र व्यबहारमा द्धन्दवादी कति बन्न सक्यौ ? र, त्यसका असर शान्तियुद्धकालमा हामीमा के कति र कस्तो प्रकारको देखा पर्यो भन्ने हो । अझ भूकंपको केन्द्रमा जे जस्तो असर पर्छ त्यसको वरीपरी प्रभाव क्रमसः कम हुँदै जान्छ । म एक्लैमा घोत्लिन पुग्छु ..... के कम्युनिष्टहरु बिनम्रताका भाषाहरु प्रयोग गर्न सक्दैनन् ? के गालीगलौच, भद्धा शब्द, सिदा बोल्न नसक्ने र असहिष्णुता नै कम्युनिष्टहरुको परिचय हो त ? या त मलाई सर्मथन गर नत्र तिमी दुश्मनका पग्ती हौ भन्ने मनोभाव त बर्बर आक्रमक बुशको हो । त्यो कम्युनिष्टको हुन सक्छ र ? हामीले दुश्मन र हामी बीचमा पनि ठूलो जनताको हिस्सा छ भन्ने किन बुझन सक्दैनौँ ? क्रान्तिवीरहरुले मात्र सामाजिक परिवर्तन संपन्न गर्न सक्दैनन् भनेर बुझिन पर्दैन र ? तिमीलोई पनि छोएको रहेछ .....किन कम्युनिष्टहरुले साभ्यवादको सुन्दर कल्पना गर्दा वर्तमानका जटिलताबाट उम्किन चाहान्छन ? किन सास्कृतिक आन्दोलनलाई राजनीतिकरण गर्न नसक्दा गाली गलौच, कुण्ठाका प्रलापमा क्रान्तिकारिता खोजिन्छ ? सामाजिकीकरणबाट कटेको राजनीतिले वर्तमानलाई नेतृत्व दिन सक्ला ? दुःखीको पुस्तक टिप्पणी बहानामा त्यहाँ उपस्थित संवेदनशील, जागरुक व्यत्त्विसंग तिम्रा जिज्ञाशा जस्तै म पनि संवाद गर्दै थिँए । अझ हाम्रो सास्कृतिक आन्दोलनका धरोहर चैतन्यसंग जनयुद्धमा हामीले आन्दोलनलाई सुसंकृत बनाउन कहाँ चुक ग¥यौ ? किन गाली सस्कृति हाम्रो विरासतमा प¥यो ? भन्ने हो । तिमीले भनेजस्तै बजारमा सबभन्दा ज्यादा देखिने र छापिने रचना, पत्रिका, पुस्तक हाम्रा हुँने तर पाठकहरुले सबभन्दा कम पढने हाम्रै स्रिजना किन हुँने ? भन्ने थियो । के कारणले हाम्रो आर्कषण घटेको हो ? सास्कृतिक कार्यकारी नेताहरुको जमघटमा त्यो राख्नु अन्यथा सोचिनु हुँदैन .......संजुकी ।

प्यारी गाँउको कुरा भन्छु है.....

पृय सन्जुकी, तिम्रो पछिल्लो पत्रको मेरो यो जवाफ भावनामा हैन् यर्थात एवंम् अर्धसत्य हैन् तितोसत्य बोलेको छ । कार्य, कारण र परिणामलाई सामाजिक गतिसंग भिडाएर अध्ययन र आग्रहहीन मनन गरेमा यसलाई बुझन सहयोग मिल्ला । चुनावको संघारमा लेखिएकोले यो भावना, सास्कृतिक ,सामाजिक र ऐतिहासक पाटा पक्षलाई छोएको हुँने छैन । मात्र राजनीतिक पत्र हुने छ । यहाँ काग्रेस, एमालेको वा माओवादीको कुरा हैन् प्रसंग हो यथास्थिति स्वीर्काने वा परिवर्तन आत्मासात गर्नेको । जुन वर्ग, सस्कृति, पारिवारिक अवस्था र पृष्टभूमि, सामाजिक र आर्थिक हैसियत तिम्रो छ, त्यस्ले तिमीलाई नुतन कुरा आत्मासात गर्न ठालू अहंमताले दिँदैन । तिमी झुक्न सक्दिनौ, बरु टुक्राटुक्रा हुन सक्छेउ । यो तिम्रो दोस नभई जेनेटिक समस्या हो । सामाजिक सम्बन्धले मानिसको चिन्तन विकास गर्छ भने विज्ञानपुत्रीहरुको पनि वैज्ञानिक सोच नै हुन्छ वा राख्नु पर्छ भन्ने केही छैन् । अग्रचिन्तन तिम्रो घृणामा पर्छ, परिवर्तन काउसो । अहिले समाज, सोच, चिन्तन र भूमिकामै कित्ताबन्दी लाग्नेबेला तिमीले पनि आफ्नो कित्ता रोजेकोमा त्यो आस्चर्य हैन् स्वाभाविकै हो । संवेदनात्मक नजदिकता तिम्रा समय गुजार्ने शिर्षक बनिदिन्छन, त्यो उच्चकूलको परिचय पनि हो । ती तिम्रा जीवनका उपहार र पिडा दुवै हुँन । आफुलाई तिमी राजनीतिलाई घृणा गर्छु भन्छेउ तर तिम्रोवारे भने जहिले पनि राजनीतिले सोचिरहेको हुन्छ । तिमी शिक्षित हौ, देश÷दुनियामा अध्ययन गरेकी, शारिरीक रोगको निदानमा तिन दशक उमेर खर्च गरे पनि सामाजिक रोग चिन्न भने समाजिक वैज्ञानिक नै चाहिन्छ । निदानका डाक्टरहरु राजनीतिज्ञ नेताहरु हुँने गर्छन । सोचलाई शक्ति र व्यबहारिहता दिने औजार त पार्टी नै हो, चाहे जुनसुकै होस् । जतिसुकै तिमीले राजनीतिलाई घृणा गरे पनि त्यसैवाट निर्देशित समाज बन्छ, चल्छ र कित्ता पनि रोज्नै पर्छ । चाहे रमिते बनेर होस् या सक्रियतावादी बनेर पक्ष लिनै पर्छ । यो कुनै आश्र्चर्य हुँदैहैन्, केही भन्नु पनि छैन् । शिक्षित, ज्ञानी, जिम्वेवार मान्छेहरुले राजनितिलाई वेवास्तागर्दा हुँने राज्यको अवस्था भनेको नालायक र भ्रष्टहरुले त्यो ठाँउ पाँउनु हो भनेर बुझदैनन् । त्यसैले सन्जुकी .... म पनि रमिते र तमासे बन्न सक्तिन । तिमीले राखेका धारणा, बनाएको सोच र मतदानको निर्णयमा तिम्रो पक्षधारिता नै हो । ठूला घरकी हाकिम–सन्तानले नयाँ कुरा सोच्नु र पक्षपोषण गर्नु त अनौठो हुन्थ्यो नै । उनीहरु टुट्न सक्छन् तर परिवर्तनलाइ स्वीकार्न स्वत्वले दिदैन । भनेउ नी ......भिन्न विचार हुँदा पनि हामी असल साथी बन्न सक्छौँ, त्यो तिम्रो भावनाको कुरा मात्र थियो । म अहिले गाँउवस्ती चाहारिरहेको छु । तिमीले उठाएका विषय दुईटा प्रसंगमा उत्तर सगेँटिएका छन् भन्ने लाग्छ । त्यसैले अहिलेको चुनावलाई पुरानैमा फर्किने की हरहराउदो चम्किलो परिवर्तनलाइ स्वीर्काने भन्नेहरु बीचको हो । म अव सिधै प्रसंगमा केन्द्रित हुन्छु । प्रसंग १– चुनावी चर्चासंगै अहिले फेरी गाँउघरमा सिमलघरे साईलाको चियागफमा कुरा चल्न थालेका छन् । किसानहरु राजनीतिका जटिल, कुटिल र षडयन्त्रतात्मक खेललाई पनि आफनै लोक कथा र गाँउले स्वभावसंग जोडेर गफिने गर्छन् । सिमलघरे साँइलाको चर्चा भमरकोटमा अचम्मैको रहेछ । सिमलको रुखमा हुकिचिलको वासहुँदा कुनै न कुनै दिन त गुँडवाट सुन झर्छ भन्ने विश्वासले त्यहाँ घर बनाएपछि उनको नाम नै सिमलघरे साईलो भएको थियो अरे । विश्वासलाई कारण चाहिँदैन् वरु आग्रह भयो भने अझ आत्मावल बढ्छ । सिमलको रुखमा चट्याग पर्छ भन्दा सुनको आसले त्यही घरवानाउने साइलाको त्यहीँ काल बनेको भन्छन गाँउलेहरु । उनलाई गाँउभरीमा उम्दा देखिने भैसी र गोरु जोरेर तुजुग देखाउनु पर्ने । उनी भैसी किन्दा टम्म खिरिलो, ढाडमा झिगाँबसे पनि लड्ने, कण्ठी भएको, सिंग अर्नाका जस्ता घुम्रिएका सवै कुराको हेक्का राख्थे अरे तर लाहुरी भैसीको कल्चौडो र थुनको वास्ता भने गर्दैनथे अरे । उनान्सय गुणको भैसीको कल्चौडो पन्चपात्र हुँन्थ्यो, थोपो दुध झर्दैनथ्यो । बाहुनाजात ठण्टी भैसी रुपले के गर्नु ! त्यसवेला महिषाहार गर्न नहुँने, अनी छिमल्नु पर्ने । गोरु किन्दा जहिले पनि छनोट देख्दैमा लोभ लाग्ने, तारे र फुर्के, जिउडाल चटक्क मिलेको, छु गर्दा वायुपखीं हुँने । जव जुवा नार्यो, लमतन्न पर्ने । नाँका खोर्सानी हाल्दा बरु हलीलाई नै हान्ने र पर्छाने तर हलो नतान्ने, नजोत्ने । उम्दा रुपका पशु छान्न सिमलघरे साईलाको कोही जोडीदार थिएन तर दुध दिने भैसी कटाउन दिनु पर्दथ्यो, गोरु त अझै घाँडो । गाँउलेहरु बहिस्कारवादीलाई सम्झदै सुन झर्ला भनेर चट्याग परेको सम्झन्छन् भने नपर्गिने भैसी र नजोत्ने गोरु छान्ने सिमलघरे साईलाबाट नयाँपार्टी छान्ने हेक्का राख्नु पर्छ है भन्ने गर्छन । सहरमा नचलेको कुरा गाँउमा लोक कथा, आनीवानी मिलाएर देश÷दुनियाका छलफल हुँने गर्छ, पुराना चौतारीगफ अहिले चियागफमा फेरिएका छन् । चिया गफ रुपमा हुँदैन बावै गुण चिन्नु पर्छ, खिइएका सोचले नयाँ नौलो व्याउदैन बरु तुहिन्छ भन्छन भमरकोटेहरु । नयाँ सोच जस्ले रोप्यो त्यसैले अन्न भित्रयाउछ बाबै, त्यसैको भलो गर्नु पर्छ भन्दै थिए त्योदिन पनि । प्रसंग २ गाँउवाट सहर फर्कदै गर्दा गाडीमा चलेका कुरा हुँन यि । बोलीचली, चालढाल, लवाईखुवाई हेर्दा पढे लेखिेकै देखिने युवाहरुसंग प्रौढहरु गफिदै थिए । चुनावी गफमा सर्वाधिक चर्चामा रहेका प्रचण्ड अन्यन्त्र जस्तै गफको केन्द्रमा थिए नै । स्वीकार वा वहिस्कार दुवैमा उनै थिए । अझ उनको मेची–काली यात्राले देशले चुनावी रंग स्वीकारेको भन्नेमा विमति थिएन । गाली गर्ने, समर्थन गर्नेहरुका आआफनै तर्क र कुतर्क जे भए पनि आफैँलाई उम्दा बनाउने होडै चलेको थियो । नजिकै बसेर चाखमान्दै सुन्दै थिँए । समाज जसरी बाडिएको छ, सोच, विचार, भूमिका र सोच्नेको स्तर पनि त्यतिकै बाँडिएको थियो त्यहाँ । विषयको उठान नै पक्षधारिताको विषय हुन्थ्यो नै सुन्जुकी । कतिको तर्कमा कार्य, कारण र परिणाम जोडिएका हुन्थे, भने कसैका भने आग्रहले रजाई गरेको । जहिले पनि किन र कसोको तथ्यको तराजुमा तर्क आधारित जवाफ खोज्नुभन्दा पनि विश्वास र आग्रहले भ्रमित सत्यको धुँवाको पर्दा लगाइदिन्छ । त्यहाँ पनि पाँडेगाली मिडियाले यसो भनेको र उसो भनेको थियो भन्दै टप्परटुइया उम्दा ठहरिने जुहारी नै चल्दै थियो । विश्वासमा गफ चुटनेहरुले आफैँले दिमाग खियाउने कस्ट भने गरिरहेका थिएनन् तर छलफलको चुरोमा थिए, उनै प्रचण्ड । कान पट्याउने गरेर भईरहेका छलफलमा आआफना आस्थाका डमरु सवैले बजाईरहेको र व्यक्ति विशेषको गाली छेवैमा बसेका शालीन देखिने एक प्रौढलाई भने चित्त बुझेनछ । उनको भनाई यहाँ उल्लेख गर्न मन लाग्यो । तिमीले पनि यसलाई गम्भीर भएर सोचे तिम्रा सिमेण्टिड आग्रह भत्काएर जीवन र जगतलाई नयाँ तरिकाले सोच्न सकौली कि ! मैले तिमीलाइ माओवादी बन्न यो पाँच महिनामा कहिल्यै भनेको छैन, हे विज्ञानपुत्री । तर, रुढमा रमाउने हुँदा पाएको शिक्षा र गरेका कामले भने तिमीलाई गिज्याइरहेको छ । है । अव म तिनै प्रौढले बसयात्रामा राखेको कुरा यहाँ दोहोर्याउछु । ‘खण्डित सत्य अर्धसत्य हुन्छ । त्यसवाट सोच बनाउनेहरुले आफैलाई न्याय गर्न सकेका हुँदैनन् । विश्वासका आधार तथ्यले प्रमाणित गरेको तर्क हुन्छ । आग्रहले विश्वासको मलजल गर्न त सक्छ, पूर्ण सत्यको नजिक पुर्याउन भने सक्दैन । हिजो राजतन्त्र व्यबस्थाको रुपमा सत्य थियो, नेपाली राजनीतिको यर्थात थियो । आज त्यो यर्थात भत्किएको छ, नयाँ यर्थात संघात्मक, लोकतान्त्रिक, गणतन्त्र स्वीकारेको छ । अव समाज पछाडिहट्न सक्दैन र त्यसलाई कसरी विधी विधानमा अगाडिबढाउने अहिलेको चासो र चिन्ता हुँनुपर्ने हो । यहाँ व्यक्तिको चियोचर्चो गरेर मनका बह वान्ता गरेर उम्दा हुईने वा भद्र ठहरिने हैन् समयका गति चिन्नु पर्छ न छिटो दगुरेर न त ज्यादै पछाडि लहसिएर ।’ उनको कुरामा, तर्कमा दम थियो, समयको नाडीछामेका थिए उन्मा अन्य तन्नेरीभन्दा यूवापन थियो । उनका कुरा अझ काँन ठाडो पारेर सुन्दैगँए । प्रचण्ड केन्द्रित गाली, आक्रोस र आग्रहका जवाफमा उनेले भनेका कुरा उल्लेखनिय नै रहे ‘महान मान्छेहरु विचारमा वहस गर्छन, सामान्य मान्छेहरु घटनामा बहस गर्छन, निकृस्ट मान्छेहरु ब्यक्ति, ब्यक्तिमा बहस गर्छन । तपाई हामी बहस, चिन्तन र भूमिका बनाउँदा कुन बन्ने र रोज्ने त आफनै कुरा हो नी ।’ भन त सुन्जुकी सिमलघरे साँइला र ती मेरा वसका सहयात्री प्रौढका कुरा । तिमीलाई पनि आग्रहहीन भए तीकुराका चुरोमा पुग्न सक्छेउ नत्र त्यही स्काइपी वार्तामा राखेका आग्रही दम्भले लतारिनेछेउ । आग्रहको सति जाने कि युगिन बन्ने भन्ने कुरा तिम्रा निर्णयका कुरा हुँन । वास आजलाई यत्तिकैमा विदा, सुन्जुकी ।

एउटा माओवादीको लभ लेटर

सञ्जुकी मेरी पृयतमा पाहारिलो घामताप्दै डायरीका पाना पल्टाउदा तिम्रा सम्झनाले काउकुती लगाँउदै छ । तलाकपत्रका पनि झन्डै २ वर्ष वित्न थालेछन् । सम्झनामा त डिभोर्ष विर्सने छुटै हुँदैन् । पुराना प्रेमपत्र पल्टाउदैछु,। कलामय उपदेश पनि रहेछन् । परिवर्तनका गाथा रित्तिएका छैनन् । स्पार्टाकस र डेविडका उदघोष सुन्दै छु । पाहाडी टाकुरामा अनेकौ स्वर हावाले ल्याउँछ, उडाएर डाँडापारी पु¥याउँछ । टाढाटाढा भएजस्ता धेरै कुरा देखिन्छन् । प्रेम, धन र शक्ति भनेका आगो जस्तै रहेछन् । यी कहिले उत्तम सेवक बन्दा रहेछन्, कहिले खतरा मालिक पनि । तिम्रा मोहिनीशक्ति नियाल्दा पाल्सी कुरा बुझेको रहेनछु भन्ने लाग्छ । तर, यस्तावेला भड्खारामा परोश भनेर रमिता हेर्नेवाला पनि हैन् क्या ! पृयतमा..तिमी अति चंख ...के पार्टी, राजनीति, जीवन र प्रेम साच्चै ठट्टै हुँन त ? तन जित्न जति सजिलो, मन जित्न त ज्यादै गाह्रो पो, हौ । जे छ... त्यो भन्न नसक्नु, जे गर्नु छ त्यो स्वंय हुँन नसक्नु, पाल्सी कुरामा योजना र सपना छिपाउनु । साँचो कुरा लुकाएर नाटकीय जीवन नै यदी क्रान्तिकारी कुरा हुँन् भने अहिलेसम्मका संसारका प्रेमील र क्रान्तिकारीका साहित्य र इतिहास पोलिदिए हुन्छ हैनत् ? १२ वर्षमा खोला फर्कन्छ भन्थे । तर फर्केन् बरु खोलै पो सुक्यो, हरायो । जसरी तिमी अलपियौ । झझल्को भने आँउछ । छाँयालाई पनि अगोँलो मारौ कि जस्तो लाग्छ । हराएका सपनाले पनि सुखद सहभासको आनन्द दिँदा रहेछन्, क्या । यो मलाई मात्रै होकी, त्यता पनि होला ! सिग चिलाएपछि जुधौँजुधौँ लाग्ने । आ बैल मुझे मार भनेजस्तै ..... शक्तिशाली दुश्मन जन्माँई ,सञ्जु । मजा पनि आयो । अक्करमा ठक्कर ठोकेपछि मात्रै मान्छे तिरमिराएर रन्थनिदो रहेछ, सिंगमा चोट लागेपछिका पशु झै । कसैको पीडामा रमाउन सक्ने मान्छे त थिइन् तर ....... सुञ्जु.. यदुवंशीका सन्तानलाई हेरेर अस्तीमात्र एकजना सद्देमान्छेले सोधे –वाँझो रहनु र तुहिँनुमा कुन ठिक ? ओठे जवाफ दिँए–बाँझो रहँनु भनेको जीवन रोकिनु हो । बाँझो नारी सुघ्घर सफा होला, प्रशव वेदना नहोला तर तुहिँदा भविस्यमा गर्भ बस्न सक्छ, जीवन प्रकृया सुरू हुँँन्छ । एकनारी आमाबन्ने महान अवसर बाँझो रहनमा हुँदैन् नि’ । मेरो अस्तव्यस्त जिन्दगीलाई सदा तिमीले हेप्यो र हाम्रा प्रेमिल भावनाका तगारो यही बन्यो । गम्भीर भएर सोच त –सुन्दरता अनुभूत गर्ने आ–आफना नजरियिा हुन्छन् । एउटा आन्दोलनकारी मानुवाको अस्तव्यस्त जिन्दगी स्वभाविकै हुन्छ । क्रान्तिको क्षतिपूर्ति कहिल्यै हुँदैन् । न पछुतो, न कसैसंग गुनासो । असल छोरा, असल पति, असल बाउ, असल अभिवावक ऊ बन्नै सक्दैन् । वासना, लालसा, महत्वकांक्षा सवैमा हुन्छ । तर, मान्छेमा नपाइने र मानवमा हुँने तत्व भनेको ऊ कसैको खेलौना र ज्यावल नबन्नका कारणनै स्वभिमान, गरिमा र संवेदनाले भरिएको हुन्छ । प्रेम, विचार र सिद्दान्त मानव जीवनपद्दती बन्छन् । व्यवसायको रूपमा कहिल्यै राजनीति, क्रान्ति र परिवर्तनलाई बुझेको र स्वीकारेकै हुँदैन् ।’ क्रूर इतिहासले केही तिम्रा भनाई अहिले भने आंशिक सत्य सावित गरिदियो । यो इतिहासको विभत्सकाल भन्न सक्छ्यौ । तर इतिहासबाट नसिक्नेलाई इतिहासले नै दण्डदिने सन्तान भने जन्माउछ । हो, पक्कै हो ..जो मरेर गए तिनीहरूले केही देख्नै पाएनन् । म बाँचेको छु तव न के, के देख्न पाँई । हिजोलाई गम्दै आजका वृतान्त लेख्न थालेको छु । त्यस्ता मान्छेले हुस्सुदण्ड तिर्नै पर्ने हुन्छ जस्ले विज्ञानको नियम थाहा पाँउदापाँउदै पनि निमका रूखमा सुन्तला फल्छ भन्ने मित्थ्या विश्वास गर्ने गर्छन् । जति मानिस धनाढ्य र शक्तिशाली हुँदैँ जान्छ, त्यतिकै अन्धविवाशी, रूढिवादी पनि हुँने रहेछ । ती यति डरपोक हुँदारहेछन् कि आफनै छायादेखी डराउने, चारकिल्लामा पनि सुरक्षित नदेखेर ईश्वरको भाकल गर्ने । भोली के होला भनेर ज्वतिषको पाउ पक्रिने । पाउनेको तीव्र लालसा र गुम्नेको डरले आस र त्रासमा विवेक बन्धकी राख्ने । अझ कुण्ठाग्रसित प्रतिकृयाले सकृय हुँदा समस्याको वेवास्ता मात्र हैन् मानवीय त्रासदीलाई मनोरञ्जन मान्दा पनि रहेछन् । त्यसैलाई सैद्धान्तिकीकरण गर्नपुग्दा रहेछन् । यही त होला, विभत्सताको सौन्दर्यकरण । म त भन्छु, सुञ्जुकी...तिमीले समय र अवस्थाको चयन ठीक ढंगले गर्न सकेकी रहेनछौ । तिमीसंग ज्ञान र सूचना कति छन्, कति लालित्यपूर्ण छन् ती भन्न सक्छ्र्यौ ? । मूख्यकूरा हो, तिमी त्यस ज्ञान र सूचनालाइ प्रयोगगर्ने उचित स्थान र समय चयन गर्न कति सक्छ्यौ भन्ने हो । सूचनाको खानीँ त गुगल लगायत अनेकौँ इन्टरनेट सर्च इन्जन छँदैछन् नि...। हो, तिमीले दिएका चोटका निलडाम सुम्सुम्यादै किन नहिडौँ तर प्यारी... मेरो संमान गर्ने अधिकार भने नलुटिदेउ, भलै तिमी बिमित्र किन नबन् । वान वे ट्राफिकिङ्ग त होला नी, हैन र ! तिमीले दिएका जति पीडा भए पनि बिमित्रताका गित खोक्न कतै मिडियामा गइन नी ... । ख्याल गर–बन्धकी रखिएको दिमागले न त कसैले आफैलाई न्याय गर्न सक्छ न त सृजनात्मक छ्यमतै राख्छ । केहि मान्छेहरु जाडो भयो भने आफ्नै घर पोलेर आगो ताप्ने गर्छन्, घरवार विहीन भएपछि सलाईको काँटीले आगो लगायो भनेर मुर्मुरिन्छन् । आखिर हतियारको के दोष ? चलाउनेले कसरि चलायो ? खुकुरी धार, कि सलैको काटी ! तिमीहामीले चिनेजानेका, संगत गरेकालाई नियाल त–मान्छे भूमिकामै देखिनु परेपछि सर्वांग हुँदोरहेछ. वसन्तमा काग कोइली झै ।ँ पृयतमा सुञ्जुकी .. शिखर चुम्न सजिलो, ओर्लन भने औधी कठिन । नायक खलनायकमा फेरिने । नायकको चुनौती भनेकै नायकत्वको रक्षा गर्न हो । जर, जोरु र जमिनका लोभले उसका पतनपथ सहज बनिदिन्छ । शक्तिभोकले आदर्श पनि विर्सिदिन सक्छन् । खलनायक बनेका पूर्वनायकको गनाएको लाश काधमा हालेर कोही हिड्छ भने ऊ गनाउने मात्र हैन् उस्ले पनि कालान्तरमा कुहिने नियति नै ब्यहोर्छ । ओहो.. एउटा प्रेमिल चखेवाका जोडी पनि छुट्टिन सक्दारहेछन् ! मान्छे कसरी आफ्नै सपनाको मलामी बन्छ ! खुशी बेचेर सुखको खोजीमा भौतारिन्छ ! किन आर्दशलाई पोलीखाँदै डमडम्ती भुँडी हल्लाएर हिड्न लजाँउदैन् ! फेर्न गएका स्वयं फेरिएको कसरी पत्तै पाँउदैनन् ! कसरी आर्दश र स्वभिमान अहंकारमा फेरिएर मानवबाट खाना र मैथुनकालागी बाच्ने अनि बच्चा कोरल्ने मान्छेमा फेरिन्छ ! बिदा पृय सुन्जुकी .....विर्सने छैन् ती अगांलीमा गरमाएका क्षणहरु । तर, तिमी जतिसुकै उज्यालोदेखी तर्से पनि भोली त सूर्य उदय अवस्य हुन्छ हुँनेछ । विर्सन नसकेको एक पागलप्रेमी

युद्ध मूल नेतृत्वका लागि भर्‍याङ मात्रै थियो त ?

रान्ति उत्तर हैन प्रश्न हो –जाँन हालवे ‘जनयुद्ध’ का अगुवा अर्थात् प्रथम प्रहरमा मैले भेटेका प्रचण्ड (२०३७) र बाबुरामहरू (२०४७) अहिले जस्तै थिएनन्। शारीरिक आवरण एउटै भए पनि आदर्श, भूमिका, सपना र प्रतिबद्धता भने आकाश÷जमिन झैं फरक थियो र छ। कुनै बेला समग्र पार्टीकै अभिभावक भएका उनीहरू कालान्तरमा आफ्नै निजत्व, परिवार र घेरामा कैद हुँदै गए। भन्नु, गर्नु, देखिनु र हुनुमा भिन्नता आएजस्तै मित्र–दुस्मन र दुस्मन–मित्र पनि बन्न पुगे। हरेक सम्बन्धले उसका सोच, भूमिका, सपना र लक्ष्य किटान गर्छ। नयाँ चाकर बनेका कार्यकर्ताले गुट बनाए, समाए। आलोचनात्मक चेत निषेध भए। निजी र पुँजीसँग टुटेका सम्बन्ध जोडिनुसँगै त्यागी र क्रान्तिकारी–कार्यकर्ता उत्पादक उनीहरू नै शान्ति प्रक्रियासँगै चाकरीमा रमाउने थाले। राजतन्त्रबाट गणतन्त्रमा फट्को मारे पनि सांस्कृतिक रूपमा क्लेप्टोक्रेसीको छनक राज्यव्यवस्थामा सहमतिको राजनीतिमा आइसकेको थियो भने माओवादी त्यसको एउटा प्रमुख अंशियार। संयोगले बनेका असंख्य विद्रोहीलाई पनि आफ्नै गौरवताको बोझ गहु्रँगो भयो। त्यसबेला गिल्ला गर्ने दुस्मन अहिले त त्यो र यो अवस्था देखेर झन् खित्का नै छोड्छन्। विद्रोहका आफन्त भने निराश, आक्रोशित या कुण्ठाग्रसित थिए। दुवै नेता व्यवहारवादी बन्ने नाममा प्रतिक्रियाले हाकिँदै गए। दुवैका स्वत्वका टकराहट कहिले वैचारिक, कहिले व्यवहार त कहिले सत्ता छिनाझपटका रूपमा चले। त्यसको उच्चतम अभ्यास आयोजक देखिए पनि प्रायोजक नदेखिएको धोबीघाट भेलामा छरपष्ट भयो। कालान्तरमा जसो पर्ला त्यसै टर्ला भनेर अँध्यारो सुरङको यात्रा गर्दै जाँदा फर्कनै नसक्ने सीमामा अहिले पुगेका मात्र हुन्। सोभियत रूसको पतन र बर्लिन पर्खाल ढल्नुसँगै अमेरिकी सुरक्षातन्त्रका विचारक फ्रान्सिस फुकोयामाले के इतिहासको अन्त्य भयो ? भन्न थाल्दै गर्दा नेपालमा भने ‘जनयुद्ध’ सुरु भएको हो। तयारीकै बेला मैले उनको –इन्ड अफ हिस्ट्री एड लास्ट म्यान’ का साथै नक्सल आन्दोलनको उतारचढाव र विघटनबारे भारतीय समाजशास्त्री अभयकुमार दुवेको क्रान्तिका आत्मसंघर्ष र सन् १९९३ मार्चमा प्रकाशित हिमाल अंकको स्टेफिन यफ माइकसेलको लेख दिएर प्रचण्डसँग छलफल गरेको थिएँ। बाबुरामले आफ्नै बाटो समाते तर प्रचण्ड भने जनयुद्धलाई कथा बनाउँदै महाजँघारमा काशी जाने कुतीको बाटोमा बाँकटे हानिरहेछन्। उनले असफल क्रान्तिबाट सिकेर नयाँ क्रान्ति गर्ने हो, विजयमञ्जिल पुर्‍याउने हो भनेपछि मलाई अछामका बाँकावीर, सुदूरपश्चिमका भीमदत्त पन्त र कृष्णशंकर अयंगर, मध्यपश्चिमका कामी बूढा र भवानी प्रसादको जुम्ला, हेमे÷बेसारे र गुल्मी किसान विद्रोह, शमशेरबहादुर बिष्ट र गुल्मी, झापा विद्रोहका कार्य, कारण र परिणाम, जुगेडी जुठपानी संघर्ष र टेष्टबहादुर गुरुङका भूिमका, पहिलोपटक सीमान्तकृत चेपाङ जातिका दशरथ चेपाङको सहादतबारे अध्ययन गर्ने जोस बढाएकै हो। कसरी मधेसमा किसान संघर्ष भए, खोज्न हौस्यायो। इतिहास मुर्दाको कथा न चिहानघारी पर्यटन नै। बरु ‘जसले विगतलाई पेस्तोलले हान्छ, उसको भविष्य बमले छियाछिया हुन्छ’ भन्ने दागिस्तानी कबि अबु निदालको जस्तै हो। यही वैशाख २२ र २३ को प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा ‘जनयुद्ध’ को दुवै मूलजाहाजीले माओवादबाट मात्रै हैन, सिद्धान्तको राजनीतिलाई व्यवहारवादी र आवश्यकताको तर्क दिँदै माक्र्सवादबाटै आफूलाई मुक्त गराए। केपी ओली र उपेन्द्र यादवको सहायक स्विकारे। प्रज्ञाको भीडलाई भरपूर आवेगमा ल्याउने दुवैले कोसिस नगरेका हैनन्। तर, आफैंले अगुवाइ गरेको पार्टी भत्काएपछि पत्याउनेको जमात भने कमै रह्यो। समय र परिस्थितिले ओली र यादवलाई कति फेर्‍यो ! पुराना तुष कति मेटिए ! नयाँ राजनीतिक संस्कृति केका आधारमा बने ! ती भिन्नै चर्चाका विषय हुन्। सबैसामु विवशता भनेको पुरानै तरिकाले नयाँ पाउन नसकेपछि तरिकानै फेर्नु चुत्थो विकल्प रहन्थ्यो, त्यही रोजे। आफ्ना कामकोे औचित्य सावित गर्न सबैसँग तर्क हुने गर्छन्। हत्याराले मान्छे मार्नु अपराध हो भन्ने सोच्यो भने खुकुरी उठाउनै सक्दैन, बलात्कारीले बलात्कार अपराध हो भन्ने लाग्यो भने उसको शारीरिक अंगले कामै गर्दैन। ठगलाई लोभीहरू पहिलो कोटीका ग्राहक बनिदिन्छन् भने चतुर नेतृत्वलाई आस र त्रासबाट हाँकिने कार्यकर्ता। यही समयमा आफ्नै इतिहासलाई मुर्दावाद भन्ने प्रचण्ड र बाबुराम डाक्टर साबका पनि आआफ्नै सीमा, समस्या र तर्क छन्। हरेक घटनाका पछाडि कारण हुन्छ। यो भूसंवेदनशील देशमा नेपाली राजनीति कता जाँदै छ ? देखिएका र अदृश्य, शक्ति र प्रायोजक को हुन् ? हाल्वेकै भनाइमा – क्रान्ति –(विद्रोह) उत्तर हैन प्रश्न हो। आखिर त्यत्रो वेगमय आन्दोलनका रथ सवारहरू एकाएक किन फेरिन्छन् त ? के इतिहासको अन्त भएकै हो ? क्रान्ति र परिवर्तनको युग समाप्तै भएकै हो ? हरेक क्रान्तिको नियति एउटा नयाँ अभिजात शासक वर्ग जन्माइदिनु र आफू भने अझ पीडादायी अवस्थामा पुग्नु हो त ? अगुवा फेरिँदा पनि विद्रोहको हस्तक्षेपले पलाएको जागृति, स्वाभिमान र महत्वाकांक्षाले भने अर्कै सामाजिक मनोविज्ञान तयार गरिसकेको हुन्छ। परिवर्तनले आवेग मात्रै तयार गर्दैन, समाज त खल्बलिन्छ। चरम महत्वाकांक्षा पनि बढाइदिन्छ। जब त्यो पूरा गर्ने वस्तुगत अवस्था हुँदैन तब प्रतिक्रिया थपिँदै जान्छन्। जुन धरातलमा नयाँ नेतृत्वले पहिचान बनाएको हुन्छ जब त्यो आधार नै खस्किन्छ, तब उसले नयाँ बाटो सहजै खोज्न थाल्छ। नयाँ सोच, मान्यता र आदर्श स्विकार्दै नयाँ तर्क सिर्जना गर्छ। सामूहिक कल्याणकारी सोच र अर्कोतर्फ व्यक्तिगत उपलब्धि रक्षा र विकासको एकैसाथ सहयात्रा हुनै सक्दैन। आवश्यकता र औचित्यताको बीच द्वन्द्व हुन्छ नै। आन्दोलनले जनमतलाई भावनामय बनाएपछि त्यसै आवेगको रथ चढेर व्यक्तिबाट व्यक्तित्व त बन्छ तर, बढेको महत्वाकांक्षा त्यही स्तरबाट पूरा नहुने छाँट देखेपछि व्यवहारवादी बन्ने नाममा पहिलाका आदर्श, सपना, प्रतिबद्धता र लक्ष छोड्न कुनै समस्या नै उनीहरूलाई पर्दैन। मधेसी स्वाभिमानी आवेगी रथ चढेर अब त्यसलाई कबाड बनाउने उपेन्द्र यादव र सीके राउतको सन्दर्भमा पनि यो लागू हुन्छ। एउटै घटनाकोे पनि फरक दृष्टिकोण राख्नु र अनुकूल परिणाम नआएपछि फेस सेभ गर्नु, आफ्नै मान्यता त्यागेर निमित्त तर्क कोरल्नु कर्ताकोे नियति र बाध्यता हो। विश्लेषण एकै भए पनि संश्लेषण फरक हुन्छन्। नयाँ भूमिकामा शक्ति फेरि आर्जन गर्ने विषयमा टेस्टेड व्यक्तिका तर्क पत्याउन र आवेगी हुन उसको जीवनचर्या, संगत, शक्ति र भूमिकामा हुँदा राज्य र समाजप्रतिको व्यवहार, आसेपासे र नातागोता, आफन्त एवं सम्पत्ति मोह, परिवारप्रतिको व्यवहार समाजले मिहिन पाराले नियालिरहेको हुन्छ। सिद्धान्त, विचार र भूमिका जोडेर हेरिरहेको हुन्छ। दुस्मन रिझाउन भने भूतपूर्व सिद्धान्तवादीलाई औधी गाह्रो हुन्छ। आफ्नै विगतप्रति गाली गरेर मात्रै दुस्मन खुसी हुँदैन। सर्वांग बनाएर सडकमा म्याराथुन गराएपछि मात्र ऊ रातो मखमल बिछ्याएर बुइगलमा पुर्‍याउँछ। तर, पनि इख मारेको भने हुँदैन। यो वर्ग चरित्रको सांस्कृतिक अवशेष हो। आदर्शवादी फेरिए पनि दुस्मनको मन र मस्तिक भने कहिल्यै फेरिँदैन। फेरिने चाहनेले अनेकौं परीक्षण स्टिल ढोका छिचोल्नुपर्छ। द्वन्द्व व्यवसायीका अन्तर्राष्ट्रिय सञ्जाल र कर्पाेरेट राजनीति त अझ पार गर्नुपर्छ। युद्धोत्तर अवस्थामा संवेदना, भावना र अनुभूति पनि चिहानमै पुरिँदो रहेछ। आफैंले समस्या पैदा गर्नु त्यसैलाई हल गर्न पार्टी लगाउनु, फेरि आफंैमाथि ध्यान केन्द्रित गराउनु र आवेग भर्नेे प्रयत्न दाहाल र भट्टराईका पछिल्ला प्रयास हुन्। अब भने त्यागमय गाथा वीभत्स कथामा फेरिएपछि ‘जनयुद्ध’ उनीहरूलाई युद्धको वाहक वा हकवाला हैन, पुरिएको एउटा सपना मात्रै रह्यो। यसकारण भन्नैपर्ने हुन्छ– शासक वर्गको विचारधारात्मक वर्चस्व यति कलामय हुन्छ कि कुनै दिनका क्रान्तिकारीलाई उपभोक्तावादको अगस्ति भोक र लालसा जगाएर, फसाएर सबैलाई कलामय पचाइदिन सक्दो रहेछ। यो नै ‘जनयुद्ध’ पचाउने मनोयुद्ध हो। लियोनार्दो दा भिन्ची भन्छन्, ‘उनीहरू जो सिद्धान्तविनाको व्यवहार भन्छन्, ती जहाजीजस्तै हुन्, जोविना खैयाको जहाजमा सवार त हुन्छन् तर कहाँ जाने गन्तव्य भने थाहा हुँदैन।’ भावना, क्षणिकता र पक्षधरताका आवेगले उरालिएर वैचारिक फट्को नै हान्नै नसकेकाले भन्नैपर्ने हुन्छ– हामी विचारले चल्ने गरेकै छैनौं। विचारले चल्ने समाज मात्र प्रगतिशील हुने गर्छ। दाहाल भट्टराईले आफ्ना बाटो रोजे। तर सांस्कृतिक सामन्तवादी विचारबाट माथि उठ्न भने सकेका थिएनन् र सकेनन्। सामन्तहरू टुट्न सक्छन् तर आफन्तसँग झुक्न भने सक्दैनन्। सोचको फेरबदलले मात्रैै सांस्कृतिक र संस्कारगत क्रान्ति हुन्न। भौतिक परिवर्तनपछि लाग्दा आफ्नै आदर्शको कुन बेला मलामी गएँ भन्ने कुरा पत्तै हुँदैन। प्रचण्डप्रतिको द्वेषभाव, उग्र प्रतिक्रिया उन्नतिको सबभन्दा वाधक सोचले नै बाबुरामलाई माक्र्सवादबाटै पर हुत्याइदियो। प्रचण्ड भने अघिपछि बढ्न र हट्न सक्ने र निर्णयमा नयाँ खेलमा सामेल हुने मान्छे भने हुन्। बाबुरामले आफ्नै बाटो समाते तर प्रचण्ड भने जनयुद्धलाई कथा बनाउँदै महाजँघारमा काशी जाने कुतीको बाटोमा बाँकटे हानिरहेछन्। नियति नाप्ने एउटै तराजु भनेको परिणामको आकलन हो। तीव्र महत्वाकांक्षा, सामाजिक अन्तरविरोधको अवस्था, फेरिएका आदर्श, पारिवारिक र आफन्त मोह, द्रव्यप्रेम, भुँइमान्छे र विज्ञान चेतप्रतिको बेवास्ता, फेर्न गएका स्वयं फेरिनु र टिक्न नसककेका प्रतिबद्धता, वर्ग रूपान्तरण र अभिजात वर्गको लालसा र नग्न उपभोक्तवादका पछुवा बनेकाले मूल नेतृत्व पंक्तिमा आएको स्खलन ‘जनयुद्ध’ लाई आत्मसात गर्नुभन्दा उनीहरूले भर्‍याङ मात्र बनाएको इतिहासले समीक्षा गर्नेछ। यो समय हो– क्रान्ति र विद्रोहका उत्साही सुधारवादी र स्वप्नद्रष्टाहरूको निराशाको। निराशा चिर्न नयाँ तरिका र अभियानको। दुनियाँ फेर्न आफ्नै लागि घारो र कात्रो बोकेर झ्याम्म रणसमरमा हाम फालेकाहरू स्वयं फेरिँदै सिन्डिकेट अपराधमा सामेल भएपछिको यो निराशा, आक्रोश, छट्पटाहट र चिच्याहट समय हो। आक्रोश जताततै छ तर सडक भने मौन छ। फ्रान्सेली राज्यक्रान्तिका पहिलो पंक्तिका जेकोवियन अन्नुर्णनेता सेन्ट जस्टीको भनाइ थियो–जो अधुरो क्रान्ति गर्छ त्यसले आफ्नो चिहान स्वयं खन्छ।’ दोष अरूलाई मात्रै दिएर पुग्दैन। राष्ट्रिय र सामाजिक अपराध देख्दा पनि मुख सिएर बसेको मेरै पुस्ताको दोष हो। http://annapurnapost.com/news/127306

किन गम्भीर बहस ओझलमा पर्छन् ?

बहसमा हामी समाजवादउन्मुख गणतन्त्रात्मक मुलुकका नागरिक भनिन्छौ तर शासनको रुप र चरित्र हेर्दा भने क्लटोक्रेसी अवस्थामा देखिन्छ । सुन्दरशब्दको नियति र सत्ताचरित्र नाप्ने औजार भनेको ह्वाँगह्वाँग्ती छ्रयाँगछयाँग्ती देखिने सहजचेतले ठम्याउन सकिने परिणाम नै हुँन् । विकीपिडिया अनुसार–डेमोक्रेसी, एरिष्टोक्रेसी, ब्यूरोक्रेसी भनेझैँ क्लेप्टोक्रेसी पनि एक शासन पद्धति हो । ग्रीक भाषामा kleptes भनेको Thief (चाेर) kratoseg भनेको Rule -(शासन) हो । –अर्थात ‘चोर वा चोरहरू’को शासन नै क्लेप्टोक्रेसी हो । एकजना वा एकजनाभन्दा बढी चोर वा फटाहाले मुलुकको स्रोत आफू, आफ्ना परिवार, आफ्ना जात, आफ्नो समुह वा दल वा गुटको निम्ती कानुन अनुसार र भ्रष्टाचार समेत गरी फायदा उठाएर शोषण, दोहन गरेर वा लुटेर वा चोरेर वा छलेर राज्यको सबथोक आफ्नैझैँ बनाएर राज्य सन्चालन गरिने पद्दतीलाई नै क्लेप्टोक्रेसी भनिन्छ । यो प्रणाली राज्यको ढुकुटीमा रहेको मुलुकी स्रोत आफू खुसी र बदनियतपूर्वक हिनामिना गरेर आफुलाई जसरी पनि फायदा हुने आर्थिक नीति र कानुन र ट्याक्स नीति बनाएर वा फेरबदल गरेर, जनतालाई दिने सेवासुविधा भित्रभित्र बेचीखाई दुरुस्त तर झुठो प्रतिवेदन तैयार समेत गरेर संचालित हुनेगर्छ ।’ संस्थाहरुको वैधानिक शक्ति या त सकिन्छ या व्यक्ति केद्रित भएर बैधानिक अपहरण हुन्छ् । क्लेप्टोक्रेसीलाई सुन्दर पछेउरी ओडाउन सुनियोजीत केही कृतिम र उत्तेजीत वहस सृजना पनि गरिन्छन । भाते, निम्छरो, निकृष्ट,जाहाज, रेलजस्ता बहसले मूलमुद्दा विषयान्तर गर्ने खेल खेलिन्छन् । ब्यक्ति भ्रष्टहुँदा रोक्न नीति, नियम कानुन मात्रै हुँदैन्, समाजको नैतिक दवाव पनि हुन्छ । जव नीति–नियम नै बनाएर भ्रष्टाचार हुन्छन् र पार्टी नै त्यस्को मतियार हुन्छ भने त्यो देशको भयावह अवस्था बन्छ । सिण्डकेट भ्रष्टाचारको मौन साक्षी पार्टी हुन्छ, कार्यकर्ता दिमागलेभन्दा भ्रष्ट जोगाउने खेलाडी बन्छन्न्, बिरोध गरे आफैँ नांगिएला भन्ने अवस्था अर्कोभ्रष्टलाइ आँउछ तव शून्यसहनशीलता आदर्श नाटक भन्ने हुन्छ । सिण्डिकेट सदस्य एकआपसमा औला ठड्याउदै भन्छन– म मात्र भ्रष्ट्राचारी हुँ ? तिमीले टुकुचाको मुहान खोलेका हौ, मैले र मेराले त नुहाएका मात्र हुँन् । सहमति र समझदारीमा वाइडवडी जस्तै अव चुप रहुँ । तै चुप, मै चुप,उ चुप, यि चुप । सवै चुप ।’ सुडान प्रकरण, भ्याट यनसेल, चुडामणी केस, अख्तयारको माहाअभियोग र लोकमान सिह कार्की, राजितराम पाठक, वाइडबडी, नागरिकता, सिके राउतको नाटकिय जेल रिहा र सरकारी सम्झौता, बालुवाटार जग्गा प्रकरण, आयल निगम र खडका काण्ड, राजस्वका अर्वौरुपिया नीतिगत छुट, सुन काण्ड, निमर्ला हत्याजस्ता राष्ट्रिय महत्वका दिर्घकालीन प्रभावराख्ने विषय योजनावद्द बहसबाट खारेजीमा परे । यनसेल साहुजीको प्रायोजनमा सरकारी नेकपाका अध्यक्षको महाभोज र सवैदलका पाहुँनाको उपस्थिति सामान्य विषय मात्रै थिएन । सर्वोच्च कार्यकारीकोे सरकारी निवास बालुवाटारसमेत बिकृमा सरकारीपार्टीका माहासचिवको संग्लग्नता र कृतिम तर्कखेती, नांगा आँखा सामु कानुनी दुहाई र पार्टीको मौनता, यनसेल प्रकरण र सर्वाेच्च न्यायलयको फैसला, खुलामञ्च र भेटवाल प्रकरण । मिडिया नियन्त्रण बिधेयक, हरेक घटनाले पहिलाको बिर्साइदिनु भनेको जनतालाई नै कतै बिर्सनेरोग (अल्जाइमर) लागेको त होइन् ? जहाँ सत्ता र प्रतिपक्षको अदृस्य सम्झौता हुन्छ, सवैकुरा सेटिंगमा चल्छ । आवेगी भीड बनाउन पनि नयाँ र कृतिम मुद्दा अघि सारिन्छन्, अन्यन्त्र मोडने खेल र झेल हुन्छन् । अभियुक्तलाई सिण्डिकेट लागेर चोख्यान्छ । केहीदिन मिडियामा खुव चर्चा हुन्छ, केहीसमय नवित्दै हराँउछ । मिडिया म्यानेज गरिन्छन् । यो संयोग हो ! कि योजनावद्द ! मूलधारका मिडिया हुँन या सामाजिक संजालका बहस हुँन् ती एकहप्ता किन टिक्न पाँउदैनन् ! सक्दैनन् ! कसरी वहसपटलबाट एकाएक हराउँछन ! गायव पारिन्छन् ! जनता नबनिसकेको भगवान भरोसे भिडको सहजमस्तिकले यस्ता विषय पत्तै पाँउदैन्, वास्तै हुँदैन् । एउटा मुद्दाको किनारा लाग्न नपाउदै अर्को मुद्दा उरालिन्छन्, पहिलाको गम्भीर विषय ओझल पारिने वा दवाइने त्यो अदृस्य खेल नै समाजवाद उन्मुखभन्दै अभ्यास गरिने क्ल्टोक्रेसी बन्न पुग्छ् । ‘जयनेपाल’, ‘मेरो सरकार’, ‘निम्छरो’, प्रचण्ड विवाहाको वर्षगाँठ, पार्टी एकता, गुट कलह जस्ता शब्दले आवेगमय बनाउने कोशिस भयो । ती सामाजिक प्रतिकृयाको नाडी छाम्न र गम्भीर मुद्दाकसरी विषयान्तर गर्न सकिन्छ भन्ने योजनावद्द वहस थिए । संगठित अपराधको विषय आन्दोलन बन्न त सकेकै थिएन, बहसबाट समेत हरायो । आचार, विचार र ब्यबहारमा भ्रष्टाचारलाई नेपाली समाजले आप्mनो नियति र पहिचान बनाइसक्यो । जुन उदेश्यसाथ संघिय राज्य व्यबस्थाको कल्पना गरिएको थियो तर सिहदरवार गाँउपस्दा भ्रष्टाचार सस्कृतिलाइ समेत लिएर पस्यो । गम्भीर विषय बहसहीन, कारवाहीहीन, मौनसमाज बनिदिँदा संवेदनहीन, आक्रोसहीन घृणारहित देश बन्यो । आदर्श सुन्दर वस्त्र थिएन्, जीवन थियो, हो । तर शक्ति उन्मादले शासकहरु समयको पदचाप सुन्दैनन् भने इतिहासबाट शिक्षा पनि लिँदैनन् । लम्पट दिमागलाई उन्माद भरेर भ्रष्टपार्दै भ्रष्टहरू आप्mना सुरक्षित बंकर खोज्छन् । जव सरकारप्रति, न्यायालयप्रती, नेताप्रति, पुलिस प्रशासनप्रति, राजनीति र मिडियाप्रति विश्वास हराँउदै जान्छ तव त्यो केही न केही हुँदैछ भन्ने पूर्वसंकेत हो । संयोग मात्रै हैन्, प्रतिपक्ष सहितको सहभागिता सिण्डिकेट राजनीतिको हिस्सा हो । क्लैप्टोक्रेसी सत्ताले गरेको अपराध देशले, समाजले र युगले पुर्ताल गर्नुपर्छ । कहिलेकहीँ निरपराधीले समेत भोग्नुपर्छ । नैतिकपुजी हुनेसंग भने इक्षाशक्ति हुन्छ । उसैले मात्र बादशाहलाई नांगो भन्न सक्छ, पार्न सक्छ र घोडाबाट उतार्न पनि सक्छ । त्रिताल समितिले सिण्डिकेटलाई भने नांग्याँइदियोे । तर, वाइडबडीको पराजुली आयोग खै ? के उस्ले कार्यादेश पायो ? अन्य कतिपय छानविन आयोग त विषय सार्वजनिक गर्ने, दण्डित सिफारिसकर्ता भन्दा पनि घटना दवाउने माध्याम बन्दैछन् । अख्तियार हजारदेखी लाखसम्म त कारवाही दायरामा पार्छ तर करोड अर्व र खर्वको बैधानिकता दिलाउछ । न्यायालयका ठूला फैसला शंकारहित छदैँछैनन् । कतिपय त पेसीरहित मुद्दाकै जीवन गुज्रिसकेको हुन्छ । क्ल्पटोक्रेसी सञ्चालक सिण्डिकेटको अदृश्यहात यति शक्तिशाली छ की ऊ नीति र विधीमै हस्तक्षेप गरेर संसद, अदालत, सिंहदरवार, अख्तियार, बालुवाटार, खुमलटार, मण्डिखाटार म्यानेज गरिदिन्छ । क्ल्टोक्रेसीका कारण गणतन्त्र सहितको लोकतन्त्रमाथी अहिले औला उठ्दैछन् । प्रतिगमन सल्बलायो । सडक मौन छ । नागरिक समाज मौन छ । जनयुद्द र जनआन्दोलनकारीबारे पश्चगामीले प्रश्न त्यसै गरेका हैनन् । राजनीतिलाई ब्यबसाय बनाउने हास्यकलाकार बनेका छन् । युक्रेनका सरकार परिवर्तनको ताजा खवर र इतिहासको निर्ममता भने हेक्कै राखेनन्् । क्ल्टोक्रेसी आलोचनात्मक चेत राख्ने र आन्दोलनमा फेर्नेलाई विप्लवी ठान्छ । जस्ले प्रतिरोधी आवाज उठाँउछ, उ विव्लबी ठहरिन्छ । चेतना र कलम हुकुममा हाँकिने फरमान इस् भनिदिने आतंकारी बन्छन् । सहमतिमा हिम्मत र विमतीमा विवेक भएकाले मात्र क्रान्ति उत्तर हैन् आफैँ प्रश्न हो भन्ने चिच्याहटको नैतिक पुजी राख्छ । जनता लम्पट बनेमात्र क्ल्टोक्रेसी सत्ता रहनेहुँदा विचरा बालअपांगलाइ देवता बनाएर होस् या होलि वायन पियाएर होस् वा भजनकिर्तनको महायज्ञमा किर्तन गाएर मुर्ख र लम्पट समाज बनाउने प्रयास गर्छ । जनयुद्द र जनआन्दोलनको मर्म काउसो बनेर इतिहास, विचार, र पृष्ठभूमिका त कुरा गर्छ तर त्यसैवाट आतकिंत बन्छ । क्ल्प्टोक्रेसी सत्तासंग कानुन, जेल, प्रहरी, कालाकोटे र खैराकोटे जर्नेल मात्र हुँदैनन्, संविधानका पुस्तक र मेरो सरकार मात्र पनि हुँदैन् विषयलाई अन्यन्त्र मोडेर भीड बनेको जनताको मस्तिकमा भुष भरिदिने कला पनि हुन्छ । कृतिम आतंकको बबण्डर मच्चाएर कुथ्थुर पार्न सक्ने खुवी हुँन्छ । हिजोका क्रान्तिकारीलाई खसी पार्ने सनसो पनि हुन्छ । आप्mनै इतिहासलाई विष्टयाउदै बास्नाका भजनकर्ता लेखनदास जन्माईन्छन् । कयौं बुख्याचा ठिंग उभ्याएर चौथोअंगको गौरवतावोधलाई चुथ्थोअंग बनाएर अगाडि सार्न सक्छ । औकात भूलेका कार्यपालिका, ब्यबस्थापिका र न्यायापालिकानै सिण्डकेट छाँटमा म्याराथुन दौडमा सामेल हुन्छन् । आस र त्रासका कलाविहीन नाटक गर्छ । चरम भ्रष्टाचार कुशासन, दिमागी ब्यबस्थापनगर्न ठूला मूद्दालाइ बहसहीन बनाउन सामान्य उत्तेजनात्मक विषय छताछुल्ल पारेर सचेत जनतालाई भीडमा फेर्ने यसको वाध्यता हो । भ्रष्टाचार राष्टिय संस्कार बनिसक्दा सवैतिर आक्रोस हुँदा पनि सडक भने क्ल्प्टोक्रेसी सामु किन मौन छ ! चिच्याउदैन् ! (जनआस्था.. अंक २५ जेठ १ मा प्रकाशित लेख।संपादित अंशसहित)

भारतीय चुनावी परिणाम र यसको सन्देश

भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर राजनीतिमा भक्ति वा नायक–पूजा पतन र आखिरमा तानाशाहीको सिधा बाटो हो । –भारतीय संविधान निर्माता भीम राव अम्वेडकर । भारतीय चुनावी चर्चा गर्दा, परिणाम नियाल्दा त्यहाँको राजनीतिक–नक्सा त एक छ, तर चिन्तन, मूल्य, मान्यता, आदर्श र अभ्यास भने भारत, हिन्दुस्थान र इण्डियामा विभाजित छ । यी तीनै पक्ष आपसमा भिडिरहन्छन्, अन्तरद्वन्द्व चलिरहको छ । धेरैपटक कभर पेजमा प्रशंसा गरिसकेको अमेरिकाबाट प्रकाशित प्रसिद्ध टाइम म्यागजिनको मई २० अंकको आवरण आलेखमा भने भारतीय मूलका बेलायती लेखक पत्रकार आतिश तसिरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारत विभाजनका नाइके’ भनेर लेखे । लेखक मोदी समर्थक भारतीय वरिष्ठ पत्रकार तवलिन सिंहका छोरा हुन् । त्यस्तै अल्पमतप्रतिको घृणा, बहुमतको उन्माद र भयदोहन एवं धार्मिक रथयात्रामा चुनाव सवार हुँदा अहिलेको चुनावी परिणामले हिन्दुस्थानले अन्य पक्षमाथि चुनावी अंकगणितमा विजय हासिल गरेको देखिँदा मोदी सत्ता शिखरमा मात्रै छैनन् टाइममा तासिरले भनेजस्तै डिभाइडर इन चिफ पनि देखिन्छन् । राष्ट्रिय स्वयंसेवक संघको (१९२५ सेप्टेम्वर २५, नागपुर, संस्थापक नेतृत्व– यज.के. हेगडेवार) साँस्कृतिक अन्धराष्ट्रवादको वाहक राजनीतिक शाखा भारतीय जनता पार्टीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दोस्रो कार्यकालको लागि ४२ दलीय गठबन्धनको (यनडिए)लाई ऐतिहासिक जीत भयो । यस चुनावलाई विभिन्न कोणबाट अध्ययन गर्न सकिन्छ, पर्छ । संसारको ठूलो लोकतन्त्रको चुनाव, संगठन, विचार, कला र युद्धस्तरको एकीकृत परिचालन, मिडियाको चतुराईपूर्वक उपयोग, आस्था, पूँजी र प्रविधियुक्त कर्पोरेट राजनीतिको कुशल व्यवस्थापनले परिणाम नियन्त्रणमा लिएको सुक्ष्म अध्ययनको आवश्यक हुन्छ । एक पाटोबाट मात्र नियाल्दा एकाङ्गी हुन पुग्छ । स्वयं भारतमा भएका क्रिया÷प्रतिक्रिया, संसारमै संसदीय राजनीतिको पहिलो अभ्यासकर्ता भारतीय कम्युनिष्टहरुको संसदमा शून्य उपस्थिति ... यी सबै कोणबाट अध्ययन गर्नु पर्छ । छिमेकीका नजरमा क्षेत्रीय महाशक्तिको चुनावी परिणामको संकेत र सन्देश, सत्ता परिवर्तनको अभ्यासमा लागेको भूसंवेदनशील देशबाट दक्षिणतर्फ नियाल्दा झन हाम्रा सरोकारका विषय हुन् । चुनावी परिणामले भगत सिंह मात्रै हैन मध्यममार्गी महात्मा गान्धी पनि भीडले बहिष्कार गरेर गोडसेलाई ‘स्वीकार्यो’ । घगडान काग्रेसी नेता दिग्विजय सिंहलाई भोपालमा पराजय गराउने मालेगाँउ विष्फोट अभियुक्त अर्थात भाजपा नवनिर्वाचित सांसद प्रज्ञा ठाकुरले गान्धीहत्या जायज मान्छिन् भने गान्धीहत्यारा नाथुराम गोड्सेलाई नायक मान्छिन् । चुनावी परिणामले समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणका हकवालाको युपी र विहारमा कन्तविजोग नै भयो । दलित मसिहा भीमराव अम्वेडकर अपहरणमा परे । जब पार्टी आन्दोलन बन्न सक्दैन र स्थायी सत्ताको प्यादा बन्छ तब केरल र पश्चिम बंगालका अफिसियल कम्युनिष्ट अर्थात भाइ काङ्ग्रेस जस्तै हविगत हुन्छ नै । जातीय र क्षेत्रीय आवेगलाई जिम्दारी सोच्नेहरुको (लालुप्रसाद यादव, मुलायम सिंह यादव, मायावती, ममता बनर्जी, चन्द्रबाबु नायडु) कन्तविजोग नै भयो । आवेगका सामने विवेक बबुरो बन्दा शत्रुधन सिन्हा, कन्हैया कुमारको लोकपियताले काम गर्न सकेन । जे, जे आवरणमा भए पनि सिद्धान्तहीन राजनीतिमा साँस्कृतिक राष्ट्रवादको धार्मिक घन सबैमाथि बर्सियोे । यस परिणामलाई तत्कालीन घटना मात्रै नभई इतिहासको नजरिया र वैश्विककोणबाट समेत नियाल्नुपर्छ । सिद्धान्तको राजनीतिको अन्त हुँदा उग्र दक्षिणपन्थको संसारभरमै बिगबिगी चल्यो । पूँजीवादले मानवीय चेहरा समेत उतार्दा उसलाई घृणाको राजनीतिक सिद्धान्तको आवश्यक पर्यो । घृणाको राजनीतिक शक्ति नै सत्ता सिद्धान्त बन्न पुग्दा धार्मिक आवरण र साँस्कृतिक राष्ट्रवाद भाजपालाई सत्ताको बैसाखी बन्न पुगेको हो । अहिले संसारमै चलेको अल्पमतप्रति बहुमतको घृणासोचको राजनीति घृणा राजनीति नव फासिवादीहरुको सिंढी बनेको छ । यूरोप र अमेरिकामा स्वतः श्रेष्ठतावादले प्रवासी र मुसलमानप्रति घृणा नै ट्रम्पको मूलनीति हो । यसको असर संसारभरमै चुनावी राजनीतिमार्फत देखा पर्यो । कुनै बेला संसदमा २ सिटमात्रै ल्याउने संस्था ८ दशकमा प्रचण्ड बहुमत एकैदिने अभ्यास थिएन । त्यसका लागि आन्दोलन हराएका उदारवादी, धर्मनिरपेक्षतावादी र अफिसियल कम्युनिष्टहरु जिम्मेवार थिए र छन् नै । यो भाग्यको निम्ता स्वर्य उनीहरुले नै गर्दा भगत सिंह मात्रै हैन गान्धीसहित ‘विदाई’ र गोड्सेको ‘स्वागत’ भएका हुन् । धेरै दिनदेखि भाजपालाई तर्कवादी, आलोचना चेत, उदारवादी, धर्मनिरपेक्षतावादी, विज्ञानवादी र स्वतन्त्र मिडिया घाँडो बनेका थिए । जेएनयु जस्ता विश्वविद्यालयको चरित्र ध्वस्त योजनाबाट शुरु भएका अभ्यास शासकीय इन्स्टिच्युसनको स्वतन्त्र हैसियत ध्वस्त पारिँदै गइए । इतिहासको पुनव्र्यवस्थापन हुँदै गयो । शैक्षिक संस्थामा साँस्कृतिक राष्ट्रवादको दीनानाथ वात्रा मोडल र इतिहासको पुनर्लेखनमा पी.यन ओक मोडल अभ्यास हुँदै गए । भ्रमित समाचारको बाढी नै आयो । मिडिया सेल र वाइटस एप ग्रुपले जनतालाई राष्ट्रवाद र धार्मिक आवेगी लम्पट भीडमा फेर्दै गयो । सबै एकीकृत योजनामा साँस्कृतिक राष्ट्रवादको न्यारेटिभ तयार भयो । तर, विपक्ष भने भ्रष्टाचार मात्रै हैन आप्mनै इतिहासको बोझले दबेको थियो भने ऊसङ्ग नैतिक अपिलको इच्छाशक्ति, योजना र कार्यक्रम नै थिएन । त्यसैले यो परिणाम आश्चर्यको हुँदै हैन । जेजे आदर्शका नाम दिए पनि संसदीय राजनीतिमा भ्रष्टाचार र परिवारवाद गह नै बनेको हुन्छ । त्यो भाजपालाई न्यारेभी तयार गर्ने अचुक अस्त्र बन्यो भने विपक्षले न एकता देखाउन सक्यो न सर्वस्वीकृत न्यारेटिभमा घेर्न नै सक्यो । नेपालको सन्दर्भमा अझ यस चुनावले भारतवेष्ठित भएकाले अर्थ र महत्व राख्छ । पहिलो आक्रमण धर्मिनरपेक्षतामाथि हुनेछ भने उसको सुरक्षा छातामा राख्ने अर्काे योजना । क्षेत्रिय दादासामु भूसंवेदनशीलता हाम्रा आफ्नै उपहार र पीडा हुन् । चीनको महत्वाकांक्षी वैल्ट एण्ड रोड प्रोजेक्टमा नेपाली सहभागिताका अप्ठयारा आँउनेछन् । भारतीय चुनावी परिणामको नेपाललाई सुखद पक्ष भनेको– जातिवाद, क्षेत्रीयतावाद र तुष्टिकरणको राजनीतिले अब सत्ताको भर्याङ चढ्न सकिँदैन भन्ने सन्देश होे । यसका विविध पाटाको मिहीन चर्चा आगामी लेखमा गरिनेछ । अन्तमा फासिँवाद राजनीतिक भूगोलमा मात्र कैद हुँदैन, क्षेत्रीय र वैश्विक असर पनि पार्छ । आगमन त लोकप्रिय मतबाट हुन्छ, बहिर्गमन भने चुनावबाट भएको इतिहास छैन । अहिले विश्वव्यापी राजनीतिको एउटा धार उग्रदक्षिणपन्थ नै हो । अल्पमतप्रतिको घृणा यसका शक्ति हुन् भने तर्क र बुद्धिजीवी तप्का विज्ञानवादी चेत यसका दुश्मन । वास्तवमा कर्पोरेट राजनीतिको उग्रदस्ता भएपनि साँस्कृितक कभरमा यो सक्रिय हुन्छ र भयदोहन गरेर अल्पमतप्रति घृणा छर्दै नयाँ न्यारेटिभ कथ्छ । कम्युनिष्ट, इस्लाम, दलित, महिला, आप्रवासी र अल्पमत समूह आक्रमणका केन्द्रमा हुन्छन्, लिवरल पनि अछुतो हुँदै हुँदैनन् । उदार प्रजातन्त्रवादीसँग आदर्श त हुन्छ तर आदर्शअनुरुप राजनीतिक चरित्र र संगठनात्मक सक्रियता नभएकाले उनीहरु यो आक्रामक साँस्कृतिक राष्ट्रवादसँग जुझ्न फेरि अर्को सशक्त आन्दोलनको आवश्यकता हुन्छ । https://ehulaki.com/news/detail/8229/?fbclid=IwAR1WwmwR28hel7x27e52HllzmCIPC0BQwmqsN-7oJ48H2Oh6Te-GVIWZFNc

प्रिय इच्छुक! इतिहास न मूर्दाको कथा हो, न त चिहानघारीको पर्यटन

अहिले इच्छुकले सम्पादन गरेका 'जनदिशा' र 'जनादेश' पत्रिका पनि छैनन् । गुटमा कैद भएको इच्छुक प्रतिष्ठानले कहिलेकाहीँ 'कलम' प्रकाशन गर्छ । सहयोद्धाहरु अहिले सहिद र वेपत्ता योद्धालाई अंशवन्डा लगाउँदैछन् । सहयोद्धाहरु रुपमा त छन्, आत्मा र चिन्तन सहित छन् कि छैनन् ? खोज्नै पर्ने हुन्छ । उनी जिउँदै भएको भए – कसलाई राजनीतिक नाइके वा नेता मान्थे होलान् ? कृष्ण सेन ‘इच्छुक’को सहादतमा सम्मान गर्ने कसको नैतिक पुँजी र अधिकार होला ? कृष्ण सेन केका विरूद्ध लडेका थिए ? उनको रचना र कर्म के कस्तो थियो ? उनको सम्पादनमा चल्ने ‘जनादेश’, ‘जनदिशा’ र ‘कलम’को अवस्था के थिए र अहिले के कस्तो अवस्थामा छन् ? उनका हकवालाहरूको सांस्कृतिक र राजनीतिक हैसियत, सोच र सकृयता अहिले कस्तो छ ? कृष्ण सेन ‘इच्छुक’ लेखक, साहित्यकार पत्रकार थिए । दृढ विचारका उनी व्यवहारमा अति सरल थिए । विश्व दृष्टिकोण द्वन्दात्मक तथा एतिहासिक भाैतिकवादी थियो । राजनितिमा वर्गसंघर्ष प्रधान मान्थे । अफन्तप्रतिको प्रेम र दुश्मनप्रतिको महाघृणा थियो । साम्राज्यवादका विविधरूपले राजनीतिमा पारेका प्रभावका उनी घोर विरोधी थिए। जीवनकर्ममा हुने, गरिने, देखिने र बोल्नेमा समानता थियो । पाखण्डको घृणा गर्थे । संस्कृति क्षेत्रमा अझ उनको चासो र चिन्ता थियो । विचार मूल्यरहित हुँदैन त्यसको मूल्य तिर्न विचारवानहरू सदा तत्पर हुनुपर्छ भन्ने मान्यता थियो । विचारलाई कविता र पत्रकारिताको माध्यमबाट कलामय प्रस्तुति गर्दथे भने विचार फेर्नु सामान्य कुरा हो संस्कृति फेर्नु फलामे च्युरा चपाएझैँ मान्दथे । उनी दर्शकमात्र थिएनन् प्रतिरोरोधी सकृयतावादी थिए । लेख्नुको अर्थ वौद्धिक विलासिता नभई उच्च मानवतावादको अभ्यासकर्ता कम्युनिस्ट थिए । भन्थे नै- ‘लेख्नका लागि लड, लड्नका लागि लेख’ भन्दै कलमलाई उनी हतियारका रूपमा बुझ्थे । इच्छुक भाैतिकवादी चेतनशील नास्तिक थिए, नवउदारवादका वैचारिक दुश्मन थिए । उपभोक्तावादका कटुआलोचक । दुश्मन सामु झुक्नु र सम्झैता गर्नु भन्दा निष्ठापूवर्क मृत्युवरण गर्नु पर्छ मान्यता थियो । जिँउदै लाक्षी जीवन गुजार्नुभन्दा अत्सम्मान सहित मर्नु गाैरवता हो भन्ने मान्यता थियो । आज कृष्ण सेन इच्छुुकको सहादत स्मरण दिन । ०५९ जेठ १३ मा महेन्द्र पुलिस क्लवमा याताना दिँदा दिँदै जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक कवि, लेखक तथा पत्रकार इच्छुकको हत्या भएको थियो । अहिले इच्छुकले सम्पादन गरेका ‘जनदिशा’ र ‘जनादेश’ पत्रिका पनि छैनन् । गुटमा कैद भएको इच्छुक प्रतिष्ठानले कहिलेकाहीँ ‘कलम’ प्रकाशन गर्छ । सहयोद्धाहरु अहिले सहिद र वेपत्ता योद्धालाई अंशवन्डा लगाउँदैछन् । सहयोद्धाहरु रुपमा त छन्, आत्मा र चिन्तन सहित छन् कि छैनन् ? खोज्नै पर्ने हुन्छ । उनी जिउँदै भएको भए – कसलाई राजनीतिक नाइके वा नेता मान्थे होलान् ? वा सडकमा कुर्लिन्थे या नयाँ कदम चाल्थे ? कि नरासा कुण्ठाको प्रलाप साहित्यक जलप लगाएर पस्कन्थे अथवा म तल्लो तहमै बसेर भूमिका निर्वाह गर्छु भन्थे कि ? वा शब्दकोषमा रहेका गाली रित्याएर क्रान्तिकारी दरिन्थे कि ? भूपीले भनेको ठिकै हो “….बाँच्नु गाह्रो छ, मर्नै सजिलो रहेछ,।” प्रसंग ७ वर्षजति पहिलेको हो । “किन तपाईं हिजो त्यति सेन्टिमेन्टल हुनुभएको ?” सम्पादकले च्याट संवादमा भन्नुभयो । आइतबार कृष्णसेन इच्छुकको स्मृतिमा क्रान्तिकारी पत्रकार सङ्घले नेपाली मिडियामा नैतिकता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । माओवादी पार्टी फुटेको मात्र थिएन, सहिदलाई समेत भागबन्डा लगाइँदै थियो । सहिदको लासलाई चिरेर हकवाला दावी गर्दै फिरादपत्र बोकेर नालिश हालिँदै थियो । आदर्शको नाममा सहादतको संवेदनालाई बजारीकरण गरिँदै थियो । शान्तियुद्धको चरमकालमा दुश्मनको एम्बुसमा फसेको माओवादी देख्दै थिएँ म । उत्तेजित भएछु । आक्रोशित भएछु । मेरा ठीक सामुन्ने नेताहरू (राजनीतिक र पत्रकार) थिए । उनीहरू नैतिकतालाई व्यवहारिकतामा फेर्ने कार्यकारी भइसकेका थिए वा थिएनन् थाहा छैन । न्युजमेकर चाहिँ पक्कै हुन् । उनीहरू नै मिडिया नैतिकताको पहरेदार प्रेस काउन्सिलका पदाधिकारीको मूल चयनकर्ता थिए । फेरि नैतिकताको विडम्बनापूर्ण रुवाइ किन ? म भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस मार्कण्डेय काट्जुलाई सम्झन्छु । मिडिया बादशाह रूपर्ट मरडोकलाई घोडाबाट उतार्दै न्युज अफ वर्ल्डलाई नत्थी लगाउने लेब्सन आयोगलाई सम्झन्छु । विश्वव्यापी मिडिया बहसलाई सम्झन्छु । देशकै दुईजना पूर्वप्रधानमन्त्री प्रचण्ड र डा. भट्टराई, सञ्चारमन्त्री कृष्णबहादुर महरा, मिडिया नैतिकताको नियमन गर्ने प्रेस काउन्सिलका अध्यक्ष र बहुमत कार्यकारिणी, पार्टीको भातृसङ्गठन बनेका पत्रकारका विभिन्न सङ्गठन देख्छु । समग्र पत्रकारको नेता सङ्गठनका अध्यक्ष नै त्यहाँ थिए तर त्यहाँ सहिद पत्रकार कृष्ण सेनलाई साक्षी राखी उनकै तस्बिरमुनि मिडिया नैतिकताबारे विलाप गरिँदै थियो । विलापमा कुनै नयाँ मार्गचित्र भने थिएन । संवेदना थिएन । पश्चात्ताप थिएन । आगामी दिनमा नैतिकताको मापदण्ड यसरी उसरी गर्ने भन्ने प्रतिवद्धता पनि कसैले गर्नुपरेन । हो, त्यहाँ भनिए झैँ … हामी सिसाघरे पत्रकार अरूलाई टुकुटुकु गिर्खा त हान्छौँ तर हाम्रै घरमा जब लक्षित वर्गले पत्थर मार्ला, त्यसबेला मिडियाकर्मीको हाल के होला ? चिन्ता चाहिँ व्यक्त गरिएको थियो । नैतिकताका उपदेश तिनै दिँदै थिए, जसले उल्लङ्घन गर्दथ्यो प्रोत्साहित गर्दथ्यो, हितअनुकूल नैतिकताको व्याख्या गर्दथ्यो । इच्छाशक्तिहीन वा आग्रहले हाँकिने सरोकारवालाहरू थिए । वक्ता, अतिथि र सरोकारवालाको उपस्थिति, आदर्शका प्रलाप, स्वयम् भूमिकाले चिमोटिरहेको थियो । म त्यहाँ उपदेश, आग्रह र पाखण्डका निन्दारस पिउन विवश थिएँ । हो, त्यसैले सम्पादकज्यू … नाटकीय जीवन र निन्दारसमा नरमाउने म सेन्टिमेन्टल भएको । आक्रोशका दिलभावना छताछुल्ल पारेको । निर्दयी समाजमा सहादतलाई साक्षी राखेर पालन गर्नु नपर्ने नैतिकताका गीत लयबद्ध गर्न सक्दिनथेँ । सुविधाअनुसारको सिद्धान्त कथेर सहिदको सम्मान गर्न सक्दैनथेँ । उसको सहादतको समाचार ‘जनआस्था’ले ब्रेक गरेको युद्धभूमिमा सुनेको थिएँ । आक्रोशका आँशु बगाएको थिएँ । म उसको सुन्दर ओजपूर्ण कविताको उम्दा पाठक हुँ । ज्वालामुखी प्रदेशको सहयात्री हुँ । नैतिकताका अर्थ, मर्म र संवेदना परिस्थितिअनुसार बदलिन्छन् भनेर डा. बाबुराम भट्टराईले भने जस्तो म मान्न सक्दिनँ । एउटा आन्दोलनले पैदा गरेका आदर्श, नैतिकता, सपना, मार्गचित्रका गतिशील सोचको पङ्क्ति नै बदल्दै आदर्शको हकवाला बन्न सकिँदैन भनी सोच्ने मान्छे । न मैले इच्छुकको नैतिकतालाई बिर्सेको छु, न त मिडियाका चटपटे नैतिकताको बजारीकरणमा रमेको मनुवा हुँ । सपना हामीले सँगै देखेका थियौँ, उसलाई साक्षी राखेर पाखण्डका कर्कश स्वर चिच्याउन चाहँदैनथेँ । हो सम्पादकज्यू, त्यसैले म सेन्टिमेन्टल भएको । सार्वजनिक सरोकारको मिडियाले राज्यको तस्बिर मात्रै खिच्दैन, सनातनी सत्तालाई मूलधार भनेर सौन्दर्यकरण पनि गर्छ । सामाजिक टकराहटलाई वाणी दिन्छ । हितअनुकूलको तथ्य टपक्क टिपेर आफ्नै दृष्टिकोणको चित्रकारी गर्छ । आफैँले वकालत गरेको मानकलाई एउटा महाफासिस्टले आफ्नै कानुनलाई धोती लगाए झैँ भताभुङ्ग पनि पार्छ । ‘एउटा साथी पत्रकार बन्न सक्छ तर पत्रकार साथी बन्न सक्दैन’ भन्ने नजिर कायम गर्छ । जब एउटा मानिस एउटा पत्रकारसँग ‘न नजिक हुन् सक्छ न त टाढा’, त्यो अवस्था कस्तो होला ? मिडियालाई राज्य र आफूलाई एउटा शासकका रूपमा जब मिडियाले सोच्न थाल्छ तब नैतिकता वकालतको अर्थ के होला ? यस्ता अन्तरक्रिया सहिदको तस्बिरमुनि गर्नै हुँदैन । गरेदेखि आफैमाथि निर्मम बनेर वाचाकवुल गर्नुपर्छ । नत्र सराध्ये गर्न सहभागी पनि हुनुहुँदैन । कसैले पनि हृदयहीन, संवेदनाहीन कवि बन्न रुचाउँछ, पाखण्डपूर्ण आदर्श र नैतिकताको व्याख्यान गर्छ भने हो प्रिय मान्यवर सम्पादक, त्यो अवस्थामा मलाई माफ गर … म सेन्टिमेन्टल भइदिन्छु । त्यहाँ कृष्ण सेन ‘इच्छुक’कै बखानकर्ता नेता पनि थिए । जब पार्टी मर्छ र गुट मौलाउँछन्, आफ्ना योग्यता, क्षमता र दक्षताको अभ्यास गर्न पनि गुट मतियारको फुर्को समाउनुपर्ने विवशता एउटा राजनीतिक कार्यकर्तालाई चुनौती बनेर आइदिन्छ, स्वाभिमान बचाउने परिवेशको हत्या गर्न प्रेरित गरिन्छ तब त्यो कला राजनीतिक कमैया नबसेका कार्यकर्तासामु बनेपछि कस्तो होला … तिनै नेता जब आदर्शका व्याख्यान सहादतको छहारीमा बसेर गर्छन्त, ब अनौठो भाव जागृत भएर मान्छे सेन्टिमेन्टल भइदिन्छ । सबै परिवर्तनको अगुवाई गर्ने, परिवर्तनलाई व्यवहारिक रूप दिने भनेको त राजनीतिले नै हो, नेताहरूले नै हो । उनीहरूमा सामाजिक चरित्र र अवस्थाअनुसारको नैतिकता अपेक्षित त हुन्छ नै । छिमेकीको पीडाले देशको भूगोल अन्यत्र सार्न नसके झैँ अरू सबै चीज आयात गर्न सके कुनै पनि देशले नेता नै आयात त गर्न सक्दैन नि । तब एउटा अभियन्ता कविता गुन्गुनाउँदै सपनालाई सम्झन्छ, बर्तमानलाई नियाल्छ, भविष्यलाई गम्छ तब हृदयका भावना कुर्लन थाल्छ, आक्रोशहरू शब्द बन्छन् । तब मान्छे सेन्टिमेन्टल भइदिन्छ । इतिहास भनेको न मूर्दाको कथा हो न त चिहानघारीको पर्यटन । प्रतिक्रिया अनेक तरिकाले व्यक्त हुन्छन् । सामान्यजन प्रतिक्रियाको शक्ति बुझ्न र नाडी समाउन चुक्छन् । शक्तिहरू आदेशमा हाँकिन उर्दी गर्छन् तर विद्रोहीहरू संसारमा कहाँ पो उर्दीमा हाँकिए र ? उर्दीमा नहाँकिएका ज्वारभाटाविरुद्ध, शक्तिसामु नैतिकता धितो नराखेका ‘इच्छुक’को सहादत स्मरण गर्नु, सहभागी हुनु अझ नाटकीय कर्कश, संवेदनहीन भाषण सुन्नु आफैमा चुनौती थिए … सम्पादकज्यू । हो, त्यसैले पात्र र प्रवृत्ति देख्दा, व्याख्यान सुन्दा, म सेन्टिमेन्टल भएको । सम्पादकज्यूले भाषण ठोकेर फर्केपछिको फेसबुक स्टाटसले त अझ सेन्टिमेन्टल बनायो नै । (कवि इच्छुकका सहयोद्धा पिटर वामपन्थी विश्लेषक तथा साम्राज्यवाद विरोधी अभियन्ता हुनुहुन्छ र प्रस्तुत लेख अनुमतिसहित उहाँको फेसबुक वालबाट लिइएको हो – सम्पादक।)